Monday, June 9, 2014

माछामासु व्यवसायलाई व्यवस्थित पारिने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

अव्यवस्थित रुपमा जनकपुरमा संचालन हुँदै आएको माछामासु व्यवसायलाई व्यवस्थित पार्ने उद्देश्यले जनकपुरमा पहिलो पटक माछामासु व्यवसायी संघ गठन भएको छ । हकिम राइनको संयोजकत्वमा ११ सदस्यीय जिल्ला माछामासु व्यवसायी संघ धनुषा गठन भएको हो । संघका उपाध्यक्षमा जहुर खान, सचिवमा हुसेन कवाडी, सह–सचिवमा मंसुर नदाफ, कोषाध्यक्षमा सफिक चुरिहार, सदस्यहरुमा लक्ष्मण प्रधान, सलामत साफी, फागु साह चुरिहार, शम्भु मण्डल, सुलेमान साफी र मोहम्मद इसराइल रहेका छन् । त्यसैगरी दुई जना सल्लाहकारमा मोहम्मद साजिद हुसैन र मोहम्मद हकिम राइन रहेका छन् । धनुषामा खसिको मासुको नाउँमा बाख्राको मासु बेच्ने, उपभोक्तालाई सहि तौल भन्दा कम माछा मासु दिने गरी उपभोक्ताहरुलाई माछामासु व्यवसायीहरुले ठगी गर्दै आएको थियो । सोही क्रममा खसीको मासुको नाउँमा बाख्राको मासु मिसावट गरी बेचि रहेका हकिम राइनलाई जिल्ल पशु कार्यालय धनुषाबाट अनुगमन गर्न आएका टोलीले ५ जेष्ठमा पक्राउ गरी रु. ५ हजार जरिवाना गरी आइन्दा त्यसो ठगीको धन्दा नगर्ने करार नामा गराई छाडेका थिए । माछामासु व्यवसायी संघका सल्लाहकार मोहम्मद साजिद हुसैन पनि कतिपय व्यवसायीले मापदण्ड विपरित जनकपुरका उपभोक्ताहरुलाई ठगीरहेको स्वीकार गर्दै अब मापदण्ड अनुसार नै विक्री गर्नका लागि आफुहरु संगठित भएको बताउँछन् । जनकपुर नगरपालिका भित्र मात्र करिव १ सय भन्दा वढी माछामासु व्यवसायीहरु छन् । जनकपुरमा व्यवस्थित वधशाला समेत नहुँदा उपभोक्ताहरु अस्वस्थ्य तथा गुणस्तरहिन माछामासु खान बाध्य छन् । माछामासु व्यवसायीहरुको कारण जनकपुरमा दिन प्रति दिन फोहर समेत वढ्दै गएको छ । सडक मै वा ढलमै माछामासुबाट निस्केका फोहरहरु फालिदिने प्रवृति व्याप्त छ । 
माछामासु व्यवसायी संघका सल्लाहकार साजिद हुसैनका अनुसार उनीहरुका व्यवसायीबाट उत्पादन हुने फोहरमैलालाई व्यवस्थापन गर्न तथा कुनै एउटा खास ठाउँमा मात्र विसर्जन वा थुपार्नका लागि चाँडै जनकपुरनगरपालिकाको कार्यालयबाट समन्वय गरी सामाधान खोजिने छ । 
जनकपुरमा थुप्रै व्यवासयीहरु आधिकारिक रुपमा दर्ता नै नगराई पसल खोलेका छन् । त्यसलाई पनि नियन्त्रण गर्नका लागि संघले चाँडै पहल थाल्ने, अनधिकृत विक्रेताहरुलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न लगाई व्यवसायलाई मर्यादित बनाउने साजिद हुसैनले बताए । जतिबेला, जुनसुकै बेला नापतौल तथा गुणस्तर कार्यालयबाट अनुगमनका लागि आउने टोलीले दण्डी तराजु लग्ने गरेको हुनाले गलत गर्नेलाई कारवाही गर्नु ठिक हो तर, पैसा खानको लागि मात्र माछामासु व्यवसायीलाई यसरी दुख दिनु गलत रहेको र त्यसका विरुद्ध आफुहरु संगठित रहेको उनले बताए । माछाामासु व्यवसायलाई कसरी व्यवस्थित पार्ने त्यसको लागि जिम्मेवार रहेको जिल्ला पशु सेवा कार्यालय धनुषा कहिल्यै गम्भीर नरहेको आरोप लगाउँदै हुसैनले अब आफुहरु संगठित भएका कारण त्यसका लागि चाँडै एक डेलिगेशन जाने बताए । माछामासु व्यवसायीलाई तालिम दिइनुपर्दछ भन्दै हुसैनले पशु कार्यालयमा त्यसका लागि व्यापक बजेट आउने गरेको भएपनि कार्यालयका कर्मचारीहरुले आफुहरुलाई तालिम नदिई उक्त रकम भ्रष्टाचार गर्ने गरेको समेत आरोप लगाए । अन्य ठाउँहरुमा माछामासु व्यवसायीहरुलाई व्यवस्थित पार्नका लागि फ्रिज, हिटर इत्यादीमा ४० प्रतिशत पशु कार्यालयले अनुदान स्वरुप लगानी गर्ने गरेको भएपनि धनुषामा त्यस्तो नपाइएको उनले बताए । 
धनुषामा भारतबाट अबैध रुपमा अनधिकृत तरिकाले गुणस्तरहिन माछा र कुखुरा भित्रिरहेकोले त्यसलाई नियन्त्रण गर्न यहाँका स्थानिय प्रशासन गम्भीर बन्नुपर्ने उनले जिकिर गरे । भारतीय कुखुरा १ सय ६० रुपैयाँ प्रतिकिलो किन्न सकिन्छ र नेपाली कुखुराको मुल्य रु २ सय प्रतिकिलो पर्ने गरेका कारण मुनाफाका लागि केही व्यवसायीहरु भारतीय कुखुरा किन्ने गरेको उनले बताए ।

  २०७१ जेष्ठ २५ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete