Monday, June 9, 2014

सबारी चालक अनुमति पत्र परीक्षामा अनुत्तिर्ण प्रतिशत वढ्दो

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नयाँ मापदण्ड अनुसार सबारी चालक अनुमति पत्रका लागि सुरु भएको परीक्षामा हालसम्म जनकपुरमा दिइएको परीक्षामा ८ सय ९९ जनाले मात्र मोटरसाइकल चालक अनुमति पत्र प्राप्त गर्न सकेका छन् । ६ बैशाख २०७१ देखि सुरु भएको मोटरसाइकल चालक अनुमति पत्रका लागि ५ जेष्ठसम्म ४ हजार ४ सय जनाले परीक्षा दिएको भएपनि लिखितमा कुल १ हजार ४ सय ४० जना परीक्षा उत्तीर्ण भएका थिए जसमध्ये टूायल परीक्षामा ८ सय ९९ जना मात्र पास हुन सफल भएका छन् ।
विगतका वर्षहरुमा पुरानो मापदण्ड अनुसार लिइने गरेको परीक्षामा ९० प्रतिशत भन्दा माथि उत्तिर्ण हुने गथर््यो तर अहिले नयाँ मापदण्ड अनुसार हुने गरेको परीक्षामा औषत २० प्रतिशत मात्र उत्तिर्ण भएको देखिन्छ । लिखित परीक्षामा तुलनात्मक रुपमा अलिवढी विद्यार्थी पास हुने गरेपनि टूायल परीक्षामा झन वढी फेल हुनेगरेको देखिन्छ । विगतमा विभिन्न एजेन्टहरु मार्फत यातायात कार्यालयमा पैसा बुझाइदिँदा लिखित र टूायल दुवै परीक्षामा पास गर्न सहज थियो तर, अहिले अत्यन्तै कडा भएको छ यद्यपि केही विद्यार्थीहरु पास भइरहेका छन् । परीक्षा समितिका सदस्य समेत रहेका जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजन भेटवालका अनुसार पहिले लिखित परीक्षामा सबै प्रश्नहरु अव्जेक्टिभ हुन्थ्यो तर हालआएर दुईवटा प्रश्न सवजेक्टिभ पनि हुन्छ । दुवै प्रश्नको उत्तर दिनै पर्छ । सवजेक्टिभ प्रश्नमा पास हुनको लागि ९.५ मार्क र अव्जेक्टिभ प्रश्नमा पास हुनको लागि ४०.५ मार्क ल्याउनै पर्छ । भेटवालका अनुसार लिखित परीक्षामा पासहुनको लागि सवजेक्टिभ र अवजेक्टिभ दुवैमा पास हुनुपर्छ । एउटामा पास र अर्कोमा फेल भएपछि लिखितमा फेल नै हुन्छ । पहिले लेख्न पढन नजानेका मानिसहरुपनि अवजेक्टिभ प्रश्नमा टिक लगाएर पास हुन सक्थे तर अहिले लिखित परीक्षा पास हुन सबजेक्टिभ प्रश्नको पनि उत्तर दिनुपर्ने हुनाले पढेलेखेकै हुनुपर्छ । लिखित परीक्षाको उत्तर पुस्तिका सिल गरेर राखिन्छ जसलाई कुनै पनि बेला अनुगमन गर्न सकिन्छ भन्दै टूाफिक प्रमुख भेटवाल भन्छन,“ लिखित परीक्षा र टूायल परीक्षा अत्यन्त कडा र मर्यादित बनाइएको छ । परीक्षाको अनुगमनको लागि जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक र राष्टिूय अनुसन्धान विभागबाट समेत टोली आउने गरेको छ ।”
टूायल परीक्षा पनि अत्यन्तै कडा बनाइएको छ । डन्डीमा घुम्ने, अंग्रेजी अक्षर ८ आकार बनाउने, शरीरलाई व्यालेन्स बनाउने, जेब्रा क्रश, टूाफिक लाइट, सांगुरो बाटोमा कसरी चलाउने, यूटर्न कसरी गर्ने, उकालो ओरालोमा कसरी हाक्ने लगायतका टूायल हुने गरेको कारण विद्यार्थीहरु टूायलमा पनि फेल हुने गरेको भेटवालले बताए । एक जना एजेन्टका अनुसार अहिले पनि लिखित परीक्षामा घुस नचलेपनि ट्रायल परीक्षामा पास गराउनका लागि घुस चलेको दावी गरेका छन् । ट्रायल परीक्षामा पास गराई दिन सेवाग्राहीबाट रु. ८ हजार देखि १० हजारसम्म उठाउने गरेको र जसमध्ये रु.५ हजार यातायात कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरीलाई समेत भागबन्डा गरी पठाइने गरिएको उक्त एजेन्टको दावी छ ।
 प्रत्येक लटमा ४ सय जनाको समुहले परीक्षा दिएको थियो । बैशाख ६ गते लिखित परीक्षामा १ सय ९३ जना पास भएका थिए जसमध्ये टूायलमा १ सय १० जना मात्र पास हुन सफल भएका थिए । त्यसैगरी बैशाख ९ गते लिखित परीक्षामा १ सय ५१ जना पास भएका थिए जसमध्ये टूायलमा ९० जना मात्र पास हुन सफल भएका थिए । बैशाख १२ गते लिखित परीक्षामा १ सय २७ जना पास भएका थिए जसमध्ये टूायलमा ६९ जना मात्र पास हुन सफल भएका थिए । बैशाख १५ गते लिखित परीक्षामा १ सय ४८ जना पास भएका थिए जसमध्ये टूायलमा ९३ जना मात्र पास हुन सफल भएका थिए । त्यसैगरी बैशाख १८ गते लिखित परीक्षामा १ सय १८ जना पास भएका थिए जसमध्ये टूायलमा ८४ जना मात्र पास हुन सफल भएका थिए । बैशाख २१ गते लिखित परीक्षामा १ सय २४ जना पास भएका थिए जसमध्ये टूायलमा ६६ जना मात्र पास हुन सफल भएका थिए । बैशाख २४ गते लिखित परीक्षामा ८२ जना पास भएका थिए जसमध्ये टूायलमा ४२ जना मात्र पास हुन सफल भएका थिए ।
त्यसैगरी बैशाख २७ गते लिखित परीक्षामा १ सय ५३ जना पास भएका थिए जसमध्ये टूायलमा १ सय ११ जना मात्र पास हुन सफल भएका थिए । बैशाख ३० गते लिखित परीक्षामा १ सय १३ जना पास भएका थिए जसमध्ये टूायलमा ७२ जना मात्र पास हुन सफल भएका थिए । जेष्ठ २ गते लिखित परीक्षामा १ सय ३२ जना पास भएका थिए जसमध्ये टूायलमा ७९ जना मात्र पास हुन सफल भएका थिए । जेष्ठ ५ गते लिखित परीक्षामा १ सय ३२ जना पास भएका थिए जसमध्ये टूायलमा ८३ जना मात्र पास हुन सफल भएका थिए ।


  २०७१ जेष्ठ २५ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete