Monday, June 9, 2014

हारसरमा अभिमुखिकरण


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषाको हारसरमा शुक्रबारदेखि दुइ दिवसीय गाविस स्तरीय शान्ती समितिको संयोजक र महिला सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । अभिमुखिकरण कार्यक्रम स्थानीय शान्ति समिति धनुषाको आयोजनामा शुरु भएको हो ।
स्थानीय शान्ति समिति धनुषाका संयोजक प्रकाश यादवको अध्यक्षतामा शुरु भएको सो दुई दिवसीय अभिमुखिकरण कार्यक्रमको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी प्रहलाद पोखरेलले उद्घाटन गरेका छन् ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रहलाद पोखरेलले १० वर्षे जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका कारण मुलुकमा ठुलो उपलब्धी हासिल भएको बताएका छन् । तर यस्ता विभिन्न आन्दोलनले समाजमा उपलब्धी सँगै क्षती समेत भएको उनले बताए । उनले यस्ता द्वन्द्वका समस्या समाधानका लागि सबैले आ(आफ्नो क्षेत्रबाट अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले मुलुक संक्रमणकालीन अवस्थामा रहेको भन्दै उनले यस्तो अवस्थामा आ(आफ्नो ठाउँबाट समाजलाइ सकारात्मक परिवर्तनका लागि भुमिका खेल्नु समाज र ठाउँका लागि राम्रो हुने बताए ।
सो अभिमुखिरण कार्यक्रममा कानुनी शासन, मध्यस्थता सीप तथा मेलमिलाप, संक्रमणकालीन न्याय र मानव अधिकार तथा स्थानीय शान्ति समिति र गाविस स्तरीय शान्ति समितिको काम, कर्तव्य र अधिकारको विषयमा मुख्यतः सहभागिहरुलाइ प्रशिक्षण दिइने स्थानीय शान्ति समितिका निमित्त कार्यालय सचिव बिनोद महराले जानकारी दिए । निमित्त सचिव महराका अनुसार पहिलो दिनको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रहलाद पाखरेल तथा मानव अधिकारकर्मी अभिनाश कर्णले सहजीकरण गरेका छन् भने दोस्रो दिनको कार्यक्रममा राष्टिूय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक बुद्धनारायण साहनी तथा स्थानीय शान्ति समितिका संयोजक प्रकाश यादवले सहजीकरण गर्नेछन् ।

  २०७१ जेष्ठ २५ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete