Tuesday, June 17, 2014

धनुषामा उत्तीर्ण प्रतिशत २९.७९ मात्र


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

    यस वर्षको एसएलसी परीक्षामा धनुषाबाट करिब ७१ प्रतिशत विधार्थी अनुतीर्ण भएको छ । गत चैतमा सम्पन्न एसएलसी परीक्षाको शुक्रबार सार्वजनिक परीक्षाफल अनुसार धनुषाबाट २९.७९ प्रतिशत उत्तीर्ण भएका छन भने ७१ प्रतिशत विधार्थी अनुतीर्ण भएका हुन् ।
    जिल्ला शिक्षा कार्यालय धनुषाले जनाए अनुसार नियमित तर्फ विधार्थीहरुको उतीर्ण प्रतिशत २९.७९ प्रतिशत रहेको छ । विगतवर्षको तुलनामा उतीर्ण प्रतिशत बढेपनि शिक्षामा सरकारले लगानीगरे अनुसार प्रतिफल भने आउन सकेको छैन् । विगत वर्षको एसएलसी परीक्षामा धनुषाबाट २६ प्रतिशत विधार्थी उतीर्ण भएका थिए । धनुषामा नियमित तर्फ कुल ९ हजार १ सय २७ परीक्षार्थी सहभागि भएका थिए जसमा मात्र २ हजार ७ सय १९ सफल हुन सकेका छन् । विशिष्ट श्रेणीमा १ सय ९०, प्रथम श्रेणीमा १ हजार ५ सय ३९, द्धितीय श्रेणीमा ९ सय ६६ र तृतीय श्रेणीमा २४ जना विधार्थी उतीर्ण भएका छन् ।
यसैगरी एक्जाम्पटेड तर्फको नतिजा अझै खस्कदो देखिएको छ । धनुषामा एक्जाम्पटेड तर्फ कुल ५.८ प्रतिशत विधार्थी मात्र उतीर्ण भएका छन् । जिल्लाबाट एक्जाम्पटेडतर्फ कुल ३ हजार ३ सय  २० परीक्षार्थी सहभागी भएकोमा केबल १ सय ९४ परीक्षार्थी मात्र उतीर्ण भएका छन् । एक्जाम्पटेड तर्फ धनुषामा २४ जना प्रथम, १ सय ५४ जना द्धितीय र १६ जना तृतीय श्रेणीमा उतीर्ण भएका छन् । नियमित र एक्जाम्टेड गरी धनुषाबाट कुल १२ हजार ३ सय ४७ परीक्षार्थी एसएलसीमा सहभागी भएका थिए भने नगर र ग्रामीण क्षेत्र गरी ३७ परीक्षा केन्द्र तोकिएको थियो ।
एसएलसी अनुर्तीण भएपछि तीन जनाले आत्महत्या गरे
प्रवेशिका परीक्षा (एसएलसी)मा अनुत्र्तीण भएपछि तीन जना छात्राले आत्महत्या गरेका छन् । बागलुङको ग्वालीचौर गाविस(८ की १६ वर्षकी वसन्ती घिमिरेले शुक्रबार साँझ आत्महत्या गरेको प्रहरीले जनाएको छ । खार माध्यमिक विद्यालय ग्वालीचौरबाट प्रवेशिका परीक्षा दिएकी घिमिरे आफ्नै घरको माथिल्लो तलामा आत्महत्या गरेको अवस्थामा फेला परेकी खार प्रहरी चौकीका इञ्चार्ज विष्णुप्रसाद लम्सालले जानकारी दिए ।
    त्यस्तै सोचेअनुसार नतिजा नआएपछि रुकुमकी एक छात्राले आत्महत्या गरेकी छिन् । रुकुमकोट(६ छिप्रिदहिककी १५ वर्षकी रक्षा श्रेष्ठले एसएलसी परीक्षाको नतिजा प्रकाशन भएको केही घन्टामै आत्महत्या गरेकी हुन् । सोह्र सय डायल गर्दा सिम्बोल नम्बर छैन भनेपछि उनले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । लामो समयसम्म छोरी कोठाबाट बाहिर नआएपछि बुबा सत्यप्रकाशले कोठामा हेर्दा छोरीलाई झुन्डिएको अवस्थामा भेटाएको स्थानीयले जानकारी दिएका छन् ।
    रुक्मिणी उच्च मावि रुकुमकोटकी विद्यार्थी श्रेष्ठले जनता उच्च मावि पोखरा परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । यस्तै रुक्मिणी उच्च माविकी अर्की एक छात्राले पनि शनिबार बिहान आत्महत्या गरेकी छिन् । खलङगा(८ रातामाटा घर भई रुकुमकोटस्थित मावलीमा बसेर पढ्दै गरेकी १५ वर्षकी गंगा थापाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान मकै गोड्न गएका बेला रक्षाको शव हेर्न गएकी थापा त्यसलगत्तै झुन्डिएकी जनाइएको छ । उनी झुन्डिएको ठाउँ नजिकै फेला परेको कागजमा ‘मलाई रक्षाले बोलाएकी छे म त्यतै गएँ’ भनेर लेखिएको जनाइएको छ ।

  २०७१ अषाढ ०१ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete