Tuesday, June 17, 2014

एक से एक ठगहरु छन् धनुषामा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा ठगहरुको कमी छैन । दिनहुँ ठगहरुले आफ्नो प्रलोभनमा पारी ठगीका शिकार बनाउँदै आइरहेको खबरहरु स्थानिय अखबारमा पनि आइरहेका छन् । नेता देखि चिकित्सक वा व्यापारी देखि भुमाफियासम्मले जनकपुरमा ठगी गरेका प्रशस्तै घटनाहरु छन् । रोचक कुरा के हो भने मरेको मान्छेलाई कागजमा जिवित पारेर नक्कली मान्छे खडा गरी जग्गा विक्री गर्ने देखि बैंकलाई समेत ठगी गरेका घटनाहरु भएका छन्, धनुषामा । पसलेले उपभोक्तालाई ठगी रहेको छ भने नेताले जनतालाई । जस्ले जहाँसम्म भ्यायो ठग्ने काम मात्र गरेका छन् । यद्यपि आम मानिस ठगीलाई बेकारको झनझटमा किन फस्ने भन्दै ठगिएको भएपनि कानुनी उपचारको बाटो खोज्दैनन् । तर, कतिपयले अदालतको ढोका ढकढकाएर ठगी गरिएको रकम त पाएका छन नै ठगी गर्नेहरुलाई जेल भित्र समेत पठाएको देखिन्छ ।
नेपाल जापान सहयोग संस्थाको नाउँबाट राकेश यादवले शौचालय र कल बनाइदिने नाउँमा उमाप्रेमपुरका श्रवण कुमार साहबाट लिएका रु. छ हजार ५ सयको रसिद ।

राष्टिूय मधेस समाजवादी पार्टीका तर्फबाट धनुषा क्षेत्र नं. १ बाट संविधानसभाको चुनावमा उम्मेदवारी दिएका राकेश यादवले धनुषाको उमाप्रेमपुर गाविसका स्थानीय वासीहरुसँग रु. १३ लाख ठगी गरी फरार भएका छन् । धनुषा चोरा कोयलपुरका यादवले उमाप्रेमपुरका स्थानीयवासीहरुसँग खानेपानी र शौचालय निर्माण गरिदिने भन्दै प्रतिव्यक्ति ६ हजार ५ सयका दरले २ सय जनासँग रकम असुल गरी फरार भएका छन् । काठमाण्डौ महानगरपालिका(१२, नयाँवानेश्वर स्थित केन्द्रिय कार्यालय र पजियार भवन त्रिमुर्ती कम्पलेक्स जनकपुरमा शाखा कार्यालय रहेको नेपाल जपान सहयोग नाउँको फर्जी संस्थाका तर्फबाट आफु खटिएको कर्मचारी भन्दै उमाप्रेमपुर गाविसका वडा नं. १ देखि ९ र धनुषा नगरपालिकाका वडा नं. ५ देखि ६ का व्यक्तिहरुसँग रकम असुली गरी फरार भएका छन् । रकम लिए वापत उक्त संस्थाको नाउँमा रसिद समेत यादवले दिएका थिए । २०७० भदौमा उनले रकम बुझेको रसिदहरुसमेत लिएर १५ जनाले यादवलाई कारवाही गरी पाऊँ र ठगी लगेको रकम असुली पाऊँ भनी २५ जेष्ठ २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषामा सामुहिक उजुरी दर्ता गरेका छन् । गिता कुमारी साह, उदगार दास, देवनारायण यादव, विन्देश्वर यादव, सुर्यनारायण यादव, भोला यादव, विकरु दास, रामलखन महत्तो, गिता दास, श्रवण कुमार साह, मोहीत दास, राम अषेशर महत्तो, लालो देवी, सकुन साह र मिश्री साह गरी १५ जनाले उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले राकेश यादवलाई पक्राउ गरी उपस्थित गराउन प्रहरी चौकी चोरा कोयलपुरलाई पत्राचार समेत गरिसकेको छ । राकेश यादवले महोत्तरी जिल्लामा पनि विभिन्न व्यक्तिहरुलाई लाखौं रकम ठगी सकेका छन् ।
धनुषाको वालाबाखर(२ हाल जनकपुर नगरपालिका (४ बस्ने शिवशरण साहले जनकपुर अञ्चल अस्पतालमा कार्यरत रहेका रौतहट हजमिनियाँ १ हाल जनपा (४ बस्ने अनिल कुमार सिंह विरुद्ध २६ जेष्ठ २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ठगीको उजुरी दर्ता गराएका छन् । एकै वार्डमा वसेका हुनाले चिनजान भएपछि विजनेस व्यापार बढाउन पैसा आवश्यक रहेको भन्दै ४ जेष्ठ २०७० मा सिंहले आफुसँग चैत्र मसान्त २०७० सम्म फिर्ता गर्ने शर्त गरी रु. ९ लाख रुपैयाँ लिएको, सो रकम माग्न जाँदा वा ताकेत ागर्न जाँदा उल्टै गालि गलौज गरी ज्यान मार्ने धम्की दिएको हुनाले ठगी लगेको रकम फिर्ता गराई पाऊँ तथा शान्ति सुरक्षा प्रदान गराई पाऊँ भन्दै शिवशरण साहले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
भुचक्रपुरका जिवछ साहले वटेश्वरका जितेन्द्र कुमार साहको नाउँमा काटेको रु. २ लाख ३४ हजार ६ सयको चेक बाउन्स भएको थियो । चेक वाउन्सपनि ठगी हो ।
धनुषा वटेश्वर(८ तथा हाल छिरेश्वरनाथ नगरपालिका(५ महेन्दनगर बस्ने जितेन्द्र कुमार साहले भुचक्रपुर(२ पाटोटोलका जिवछ साहको छोरा जितेन्द्र साहका विरुद्ध २६ जेष्ठ २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गराएका छन् । जिवछ साहले महेन्द्रनगरमा जग्गा बेच्नका लागि आफुसँग रु. ५ लाख लिएको र बाँकी रकम जग्गा रजिस्टूेशन गरिदिएपछि दिने शर्तमा बैयना समेत गरेको तर पछि जग्गा मेरो नाउँमा नगरिदिएको भन्दै वटेश्वरका जितेन्द्र साहले उजुरी दर्ता गरेका छन् । पछि स्थानियवासीहरुसँग छलफल गर्दा जिवछ साहले मेरो नाउँमा रु.२ लाख ३४ हजार ६ सयको राष्टिूय बाणिज्य बैंक महेन्द्रनगर शाखाको चेक काटिदिएको थियो । उक्त चेक २० जेष्ठ २०७१ मा साट्न जाँदा बैंकको खातामा रकम नरहेको भन्दै चेक वाउन्स भएको थियो । अतः ठगी गरिएको रकम असुल गराई पाऊँ भनी जिल्ला प्रहरीमा परेको उजुरीका अनुसार जिल्ला प्रहरीले जितेन्द्र साहलाई पक्राउ गरी उपस्थित गराउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई पत्राचार समेत गरिसकेको छ ।
२० पुष २०६८ का दिन निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यालयका कार्यरत कर्मचारी संजय चौधरीलाई रकम लिन बैंकले शाखा कार्यालय चन्द्रनिगाहपुर पठाउँछ । उक्त रकम लिन पठाइएकोमा चौधरी १ बजेर १५ मिनेटमा चन्द्रनिगाहपुरबाट नेपाल बैंक लिमिटेड शाखा कार्यालय चन्द्रनिगाहपुरको चेक लिई रकम निकासा गरी रकम लिएर जनकपुर फर्कने क्रममा बर्दिवास र लालबन्दी बीचको जंगलमा राजमार्गमा दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समुहले स्कुटर रोक्न लगाई मोवाइल, पर्स र पर्समा रहेको १ सय रुपैयाँ, आवश्यक कागजातहरु साथै बैंकको रु. ५ लाख लुटिगएको जानकारी चौधरीले बैंकलाई गराउँदछ । निजलाई रकम लुट्ने क्रममा कुनै भौतिक क्षति नदेखिएको, घटना भएको भए तत्कालै प्रहरी प्रशासन वा बैंकलाई खबर नगरेको भन्दै बैंकले इलाका प्रहरी कार्यालय वर्दिवासमा उजुरी दर्ता गराउँछन् । अनुसन्धानको क्रममा वर्दिवास प्रहरीले चौधरीलाई पक्राउ गरेर बयान लिएपछि उनले पैसा नलुटिएको तथा आफुले बैंकलाई ठगी गरेको बयान दिन्छन् । ठगी गरेको रुपैयाँ आफु डेरा लिएर बसेको जनकपुर नगरपालिका(२ स्थित रज्जाक धुनियाँको घर अगाडी घरमा चढ्ने सिमेन्टीको सिसि मुनिको नालामा पलास्टिकको थैलोमा पोको पारी लुकाई राखेको प्रहरी सामु चौधरीले बयान दिएका थिए । प्रहरीले उक्त स्थानबाट उक्त रकम बरामद समेत गरेपछि धनुषा जिल्ला अदालतका न्यायाधिश कृष्ण प्रसाद पौडेलको इजलासले १२ माघ २०७० मा निज चौधरीले बैंक समेतलाई धोखा दिई रु. ५ लाख ठगी गरेको वारदात स(प्रमाण पुष्टि भएकाले चौधरीलाई १ महिना कैद र विगो रु. ५ लाख जरिवाना गरेको थियो ।
धनुषा तुल्सीयाही निकास(९ बस्ने कौशलेन्द्र झाले जनकपुर(१२ बस्ने झपसी मुखिया र उनको श्रीमति उर्मिला देवी विरुद्ध २४ भदौ २०७० मा धनुषा जिल्ला अदालतमा ठगीका मुद्दा दर्ता गरेका छन् । आफुले जग्गा खोजिरहेको अवस्थामा संजोगवस विपक्षी झपसी मुखिया र निजको श्रीमति समेतसँग भेट हुँदा आफुलाई पैसाको समेत आवश्यकता रहेको तथा जग्गा विक्री गर्न खोजेको झपसी मुखियाले प्रस्ताव गरेपछि आफुले जग्गा किन्न तयार भएको कौशलेन्द्रले बताएका छन् । जनकपुर नगरपालिका ४ मा पर्ने कित्ता नम्बर ४० को जग्गा मध्ये दक्षिणतर्फबाट ५ धुर जग्गा रु. ३ लाखमा लिने कुरा भई १४ माघ २०६८ मा रामेश्वर पुर्वेले विक्रीनामा कागज लेखी कौशलेन्द्रले झपसीलाई रु. ३ लाख दिएको थियो । उक्त जग्गामा घर बनाउन खोज्दा विरेन्द्र चौधरीले रोक लगाएको र सो जग्गाको विषयमा बुझदा विपक्षीले आफ्नो भनी दावी गरी मलाई दिएको जग्गा निजको नभएर काठमाण्डौ महानगरपालिका ८ बस्ने माधव राज गिरीको रहेको खुल्न आएकोले निज मुखिया दम्पतिले आफुलाई ठगी गरेको र ठगी भएको रकम फिर्ता गराई पाऊँ भनी कौशलेन्द्रले अदालतमा मुद्दा गर्छन । अदालतमा बयानका लागि झपसीलाई पक्राउ गरी उपस्थित गराउँदा मेरो बाजे इश्वर मुखियाले जनकपुर राम मन्दिरको जग्गा बटैया खेती गर्दै आएकोमा सो जग्गामा मोहियानी लागेपछि मोहियानी हक स्वरुप बाजेको हकमा दुई विघा दुई कठ्ठा जग्गा परेको थियो । बाजेको मृत्युपछि एक विघा एक कठ्ठाको दरले बुवा विल्टु मुखिया र काका सरयूग मुखिया बीच भागबन्डा भई सोही अनुसार भोग चलन गर्दै आएकोमा २०६८ सालमा नगराईन ९ बस्ने विरेन्द्र चौधरीले उक्त जग्गाहरु मेरो हो, मैले काठमाण्डौ ८ का माधव राज गिरीसँग २०६६ माघ १७ मा किनेको मालपोत कार्यालय ललितपुरबाट राजिनामा रजिस्टूेशन गराएको थियो । मैले धनुषा जिल्ला अदालतमा मोहियानी हक बदर मुद्दा दर्ता गराएको भएपनि उक्त मुद्दामा मेरो हार भयो र मैले कौशलेन्द्रलाई ठगी गरेको बयान झपसी मुखियाले अदालत सामु गरे । मुखियाको बयानका आधारमा अदालतले रु. ३ लाख १८ हजार जेथा जमानी धरौटी राखेर तारेखमा राखेका छन् भने झपसीको श्रीमति उर्मिला देवीलाई पक्राउ गरी कारवाही अघि बढाउन आदेश दिएका छन् । उर्मिला देवी हाल फरार अवस्थामा छन् ।
    मालपोत कार्यालय धनुषाको जाहेरीले चन्द्रनारायण रजक समेत मिथलेश्वर मौवाही(३ का १२ जना विरुद्ध १९ बैशाख २०६८ मा धनुषा जिल्ला अदालतमा सरकारी कागज कीर्ते तथा ठगी मुद्दा दर्ता गरियो । प्रतिवादीहरु चन्द्रनारायण रजक, सुरेश वैठा, जानकी शरण यादव, रामेश्वर यादव, शिवशरण पंडित, जयचन्द्र साह, रामनरेश राय, पाण्डव मण्डल, कृष्ण साह, रामेश्वर लाल कर्ण, राम चन्द्र राउत समेतले एक आपसमा मिलेमतो गरी मृतक जग्गा धनी रामप्रताप दास र धनेश्वर दासको नाम दर्ताको जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. १३ को कित्ता नम्बर ५२ को ०(०(१८(३, कित्ता नम्बर ११ को ०(४(१(० र कित्ता नम्बर १ को ०(०(१(१ जग्गा नक्कली मानिस खडा गरी धनेश्वर दास र रामप्रताप दास हो भनी नक्कली नागरिकता बनाई सोही नक्कली मानिसहरुजग्गा धनी हो भनी दर्ता श्रेस्तामा नक्कली मानिसको फोटो टाँसी सोही आधारमा उल्लेखित जग्गाहरु प्रतिवादी मध्येका चन्द्र नारायण रजकको नाउँमा राजिनामा पारित गराई लिएको र पछि जयचन्द्र साह र रामनरेश रायले आफ्नो नाउँमा राजीनामा पारित गराई लिए खाएकोले मुलुकी ऐन कीर्ते कागजको महलको १ नम्बर विपरित ३,७ र १२ नम्बरको कसुर बमोजिम सजाय माग दावी गरिएको थियो । उक्त मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधिश भरत लम्सालले २१ पुष २०७० मा चन्द्र नारायण रजक र जयचन्द्र साहलाई मुलुकी ऐन कीर्ते कागजको महलको १२ नम्बर बमोजिम जनही १ वर्ष कैद र रु. १० लाख जरिवाना असुल उपर गर्न आदेश गरेको थियो । मिथिलेश्वर मौवाही ३ का चन्द्रनारायण रजकलाई प्रहरीले २४ चैत्र २०६७ मा पक्राउ गरिसकेको कारण २२ पुष २०७० मा जेल सजाय काटि थुना मुक्त भईसकेका छन् भने महोत्तरी लोहारपट्टी २ का जयचन्द्र साह हालसम्म फरार रहेका छन् ।
    यसैगरी नक्कली मानिस खडा गरी नक्कली नागरिकता बनाई सोही नक्कली मानिसहरु जग्गा धनी हो भनी दर्ता श्रेस्तामा नक्कली मानिसको फोटो टाँसी सोही आधारमा उल्लेखित जग्गाहरु अर्को व्यक्तिको नाउँमा राजिनामा पारित गराई एक हुँदै पाँच पाँच जनासम्म जग्गा विक्री गरेको घटना भएको छ, जनकपुरमा । यति मात्र होइन उक्त जग्गालाई बैंकमा धितो राखि १ करोड रुपैयाँ ऋण लिई बैंकलाई नै ठगी गरेको घटना भएको छ यहाँ । बैंकका मैनेजर भरत बल्लभ दास र जग्गा धितो राख्ने नक्कली व्यक्ति मदन साह जेलमा छन् । उक्त घटनामा  जयचन्द्र साहले रु. ६० लाख र मदन साहले रु. ४० लाख जनकपुरको एक बंैकबाट बैंक मैनेजरलाई विश्वासमा लिई ऋण लिएका थिए ।

२४ घण्टा भित्र रकम दोब्बर दिने भन्दै हजारौंलाई ठगी
२०५२ साल तिर धनुषाको ठाढीझिझा गाविसका तत्कालिन गाविस अध्यक्ष विनोद कुमार महरानले हजारौं व्यक्तिलाई ठगी गरेका थिए । २४ घण्टाभित्र जम्मा गरेको रकमको दोब्बर पारेर फिर्ता गर्ने भनी चलाएको धन्दामा उनले हजारौं व्यक्तिलाई ठगी गरेका थिए ।
    उनी गाविस अध्यक्ष रहेको अवस्थामा गाउँमा पनि समृद्ध भएको कारण उनलाई गाउँलेले मालिक भनेर भन्थे । उनले चलाएको उक्त अभियानमा सुरुका केही चरणहरुमा गाउँका केही मानिसहरुबाट रु.एक हजार लिएर २४ घण्टा भित्रै रु.दुई हजार दिन थाले । गाउँका हरेक वडा र टोल टोलमा एजेन्टहरु खटाइए । उक्त कुरा गाउँमा प्रचार भएपछि गाउँमा रहेका प्रायः सबै मानिसहरुले आ–आफुसँग रहेको रुपैयाँ ती एजेन्टहरुका मार्फत दोब्बर पार्नका लागि जम्मा गर्न थाले । जम्मा गरिएको रकम २४ घण्टामा पाउनेहरु खुशी हुँदै फेरी त्यही रकम दुईगुणा हुने उद्देश्यले जम्मा गर्न थाले । यसरी उक्त कुरा जिल्लाका प्रायः जसो सम्पुर्ण गाउँहरुमा फैलिन थाल्यो ।
        अन्य गाउँका मानिसहरुपनि आफ्नो ठाढीझिझामा पर्ने नातेदार मार्फत पैसा जम्मा गर्न थाले । किसानहरुले आफ्नो गरगहना, गोरु, भैंसी, चौपाया र खेतसम्म विक्री गरी दोब्बर पार्न रकम जम्मा गर्न थाले । यति मात्र होइन ऋण लिएर पनि रकम जम्मा गर्ने होडबाजी नै चल्यो । गाउँमा प्रत्येक दिन मेला जस्तै लाग्ने गथर््यो । रकम बढी हुन थाले पछि २४ घण्टामा दोब्बर पारी दिने गरिएको रुपैयाँ ७ दिनमा दोब्बर गरेर दिन थालियो । १ सय रकम जम्मा गर्नेहरुले विभिन्न लट गरी हजार रुपैयाँ सम्म पनि जम्मा गरे । यसरी जब एक जना मान्छेले एक लाख देखि तीन लाख रुपैयाँसम्म जम्मा गर्न थाले त्यतिबेलासम्म करोडौं रुपैयाँको कारोबार हुन थालेको थियो । त्यो अवधिसम्म दुई चार लटमा आफुलाई चित्त बुझाएकाहरु भने ठगिनबाट बचे । तर, उक्त कारोबारको एक महिना बितेपछि रुपैयाँ फिर्ता दिन एजेन्टहरुले आलटाल गर्न थाले । प्रहरी प्रशासनले पनि केही गर्न सकेको थिएन । मानिसहरु पनि आश्चर्य चकित थिए ।
    दुनियाँमा कुनै पनि बैंकले २४ घण्टा भित्र जम्मा गरेको रकमको दोब्बर भुक्तानी गर्न सक्दैन तर यहाँ कसरी दिइएको छ भन्ने विषयमा कसैले पनि सोचेनन् । अन्ततः धेरै मानिसहरुको रुपैयाँ डुब्यो । उक्त धन्दा चलाउने महरान विरुद्ध इलाका प्रहरी कार्यालय खजुरीमा परेको ठगीको उजुरीमा प्रहरीले महरानलाई पक्राउ ग¥यो । २५ प्रतिशत लेस गरेर पैसा फिर्ता गर्ने करारमा महरान छुटे । केही मानिसले पैसा लेसमा पाएपनि थुप्रैले पाउन सकेनन् । उक्त लतमा फसेका कैयन मान्छेहरु अहिले पनि न घर न घाटको अवस्थामा परेर पछुताईरहेका छन् । गाउँलेको आक्रोश बढेपछि गाउँबाट भागेका विनोद महरान हालसम्म गाउँमा फर्कने आँट गर्न सकेका छैनन । उनी गाउँबाट विस्थापित भई सिरहाको माडरमा वस्दै आएको बताइन्छ ।
 

 २०७१ अषाढ ०१ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete