Tuesday, June 17, 2014

समाजको बदलिदो सोच -धर्मेन्द्र कुमार झा ‘धिरु’

धर्मेन्द्र कुमार झा ‘धिरु’
“कुनै गल्ती तब सम्म गल्ती मानिन्छ, जब सम्म आफुले त्यो गल्ती गरेको हुदैन ।”
परिवर्तन संसारको नियम हो । त्यसैले समाज परिवर्तनशील हुनु अस्वभाविक कुरा होइन । समाजिक सँरचनाको परिवर्तन सँगै सामाजिक सोंचमा पनि बदलाव आउने गरेको हुन्छ । सामाजिक परिवेश र विज्ञान प्रविधिले समाजको सोंचमा परिवर्तन ल्याउने मुख्यरुपमा काम गरिरहेको हुन्छ । कुनै कुरा प्रति मानिसको दुईखाले सोंच पाइएको हुन्छ । सकारात्मक वा नकारात्मक । प्रायः मानिसहरु आफ्नो हितका कुरा प्रति सकारात्मक र बांकी कुरा प्रति नकारात्मक सोंच राख्ने गरेको हुन्छ । जसलाई जे मन पर्छ त्यसप्रति सकारात्मक र मन नपर्ने प्रति नकरात्मक सोंच राख्ने हाम्रो प्रवृति नै भइसकेको छ । तर हरेक घटना वा कुरामा सामाजिक तथ्य हुन्छ, जसलाई केलाई कुनै कुराप्रति सोंच बनाउनु उपयुक्त हुन्छ । आफ्नो हितलाई अगाडिमा राखेर मात्रै कुरा गर्नु मानषोचित कुरा हुदैन । एक समयमा कुनै एक घटनालाई गलत भन्ने घटनाको स्वयम पात्र बन्न पुगे त्यो घटनालाई सहि भन्ने जमातको संख्या प्रयात छ । समाजिक तथ्यलाई पहिचान गर्न नसकेर यस्ता जमातको संख्या बढेको हुन्छ । समाजको बदलिदो सोंचलाई चित्रण गर्न मानवीय जीवनको सर्वाङ्गिन अवस्थाका केहि घटनहरुलाई विश्लेषण गरेर बुझन सकिन्छ । एउटै घटनामा एउटै व्यक्तिको सोंच आफु अनुकूल बदलिरहेको हुन्छ ।
        प्राकृतिक वा जैनिक नियमानुसार हुने जन्मलाई पनि समाजले विभिन्न नजरले हेर्ने गरेको छ । जन्मनासाथ बच्चा छोरा हो की छोरी ठम्याउन घरपरिवारलाई हतार हुन्छ । छोरा भए आमा र बच्चा प्रति सबै सकारात्मक सोंच बन्छ भने छोरी भए नकारात्मक । कसै(कसैले भुणमै पत्ता लगाई छोरीलाई हत्या गर्ने गरेको पाइन्छ । यदि बच्चा गोरो वा सुन्दर छ भने पनि सकारात्मक नत्र भने नकारात्मक सोंच भई मन दुःखी भएको सहजै देखिन्छ । कतिले त विभिन्न कारणले बच्चालाई जन्म दिई फोहोरको थैला झै जताततै फल्ने पनि गर्छ । आफुले गरेमा सही अरुले गरेले गरेको भए गलत मान्ने सोंच समाजको छ । अरुको बच्चा काले भए बच्चा सुन्दर छैन कोयला जस्तो छ तर आफ्नो बच्चा भए कृष्ण भगवान जस्तो छ भन्ने । बुहारीले छोरा पाएन भने सबै दोष बुहारीलाई दिने , अल्लछीनी भन्ने तर आफ्नी छोरीले छोरा पाएन भने सबै दोष भगवानलाई दिने ।
        शिक्षा मानव जीवनको ज्योती हो । शिक्षा विना मानिस अन्धो सरह हुन्छ । शिक्षाको मुख्य उदेश्य संसारलाई बुझने र समाजलाई सरल(सहज तथा सुविधायुक्त बनाउन विभिन्न कुराको अविष्कार गर्ने नै हुन । शिक्षाका विभिन्न विधाहरु छन । जो सबै समाजका लागि आवश्यक छ । कुनै एउटाको विकास गरेर समाजको विकास सम्भव छैन । जस्तै शरिरका सबै अंग(प्रव्यगंको आफ्नै महत्व छ कुनै एउटाको अस्तिवले मात्रै मानव शरिरले पुर्णकाम गर्न सक्दैन । सामाजिक विज्ञान होस या प्राकृतिक विज्ञान दुबैको व्यक्तिकै महत्व छ । तर वर्तमान अवस्थामा शिक्षालाई पनि ज्ञान पाइन्छ । र त्यसै आधारमा शिक्षाका विधाहरु प्रति सामाजिक सोंच निर्माण भइरहेको छ । जसको परिमाण स्वरुप भोल िगएर समाजमा कुनै खास विधाले मात्रै स्थान पाउने खतरनाक सम्भावना देखिन्छ । सबैका छोरा(छोरी डाक्टर(इन्जिनियरहरु कसरी बाच्छन होला ? समाजलाई राम्रो विद्मार्थी भन्दा राम्रो मान्छेको आवश्यकता हुन्छ तर सबै आमा(बुवालाई आफ्नो बच्चा अरु जे गरेपनि कक्षामा प्रथम नै होस भन्ने चाहन्छन । अहिले बच्चाहरुमा ज्ञान वा बुझाई भन्दा बढी अंक ल्याउने होडबाज िबढेको छ । पहिलेको समाज छोरा(छोरीलाई विद्धान भद्र भएको हेर्न चाअन्थे भने अहिलेको समाज छोरा(छोरीलाई धनी र शक्तिशालीको रुपमा हेर्न चाहन्छन ।
        समाजमा विवाह प्रति पनि अजब(गजबको सोंच पाइन्छ । कोहि विवाह प्रति सकारात्मक हुन्छ भने कोही ऐरेन्ज मैरेज प्रति त कोही मात्रै सँगै बस्ने (स्टेयीगं टुरेटर ) प्रति सकारात्मक रहेको पाइन्छ । वैवाहिक जोडि सोंच , विचार र आत्माको मिलन भन्दा स्टेटस, सम्पत्ति र खानदानको मिलनको आधारमा तय हुने गरेको छ । जसले गर्दा पारिवारिक द्धन्द्ध र अविश्वासको सिर्जना भईरहेको सहजै देखिन्छ । समाजको बदलिदो परिवेश सँगै महिलाहरु आफुले पुरुषकै दाँजोमा मान(सम्मान पाउने अपेक्षा गर्ने गरेको छ । र त्यो स्वभाविक तथा जायज पनि हो । तर केटा छनौटको सोंच व्यही पुराने रहेको छ । जुन तालमेल खादैंन । यदि मान(सम्मानमा बराबरी चाहिएको छ भने समान स्तरर वा सोंचमा विवाह पनि गर्न सक्नु पर्छ । न की आफु भन्दा हरेक कुरामा सबल भएकै व्यक्तिसंग ।   विवाहको जोडी छनौटमा स्तर भन्दा सोच मिल्ने कुरालाई आधार बनाई केही हद सम्म दुवै पक्ष लचिलो हुनु आवश्यक देखिन्छ । जो टिकाउ र खुशी परिवार हुन सक्छ । आजकाल सम्बन्ध विच्छेदको संख्या बढेको छ । जसलाई समाजले सकारात्मक सोंचले हेर्नेगरेको छ । तर त्यो वास्तवमा बेमेल विवाहको परिणाम हो । त्यो आफैमा गलत होइन त्यो त गलत छनौट प्रक्रियाको उपज हो । सोच र विचार मिलेको हुँदैन त्यहाँ त स्तर र खानदानको मेलले आपसी रिएक्शन देखाएर विग्रेको सम्बन्धकोे परिणाम सम्बन्ध विच्छेद हो । पहिले मान्छे सहेर बस्थे आजकाल सहेर बस्दैन । इगो क्लैसले समस्या सिर्जना गरेको हुन्छ । जुन पैसा र खानदानले सामाधान गर्न सक्दैन । माया र विश्वासको आधारमा टिक्ने सम्बन्धलाई दाइजो र स्तरले टिकाउन सक्दैन । हरेक छोरीको बुबाको लागि दहेज प्रिय भइहाल्छ । समाजले जहिले पनि दहेजलाई नकारात्मक दृष्टिकाणले हेर्छ भने यसलाई आश्रय कसले दिने गरेको होला त ? दिने बेलामा खराब र लिनेबेलामा राम्रो वाह रे समाज । वैवाहिक जोडी छनौटको प्रक्रियामा परम्परागत सोचको अन्तले मात्रै  सम्बन्ध विच्छेद र दहेजप्रथालाई अन्त गर्न सक्छ ।
समाजमा विभिन्न किसिमका पैशा भएका मानिसहरु हुन्छन । एकले अर्कालाई सहयोग गरिरहेका हुन्छन । विविद्यता संसारको नियम पनि हो । तर समाजमा कुनै पैशा प्रति वढी सम्मान र कुनै प्रति अपमानपुर्ण व्यवहार । जुन पेशाले शहरमा घर जोड्न सक्छ, गाडी जोड्न सक्छ, घरमा आधुनिक शुख सुविधाका  समानहरु भित्रयाउन सक्छ, साँझ पख रमझम र वाइन विस्किको खर्च व्योहोर्न सक्छ, बच्चाहरुलाई निजी शैक्षिक संस्थाहरुमा पढाउन सक्छ, घरका सदस्यहरुलाई आधुनिक पोशाकमा डुलाउन सक्छ त्यो पेशा वा पद प्रति समाजको सकारात्मक सोच हुन्छ बाँकी त झारपात । अर्थ उपार्जनको आधारमा पेशा प्रति सोच बन्दै गएको छ । जसले समाजमा धेरै विकृति पनि जन्माएको छ । एक जना शिक्षक भनाईले मलाई झकझक्काए । उनले भने ‘मलाई कसैमाथि धेरै रिस उठ्यो भने म उसका सन्तान शिक्षक होस भनेर सराप्छु ।’ अब शिक्षक जस्तो प्रतिष्ठित पेशा प्रति पनि समाजको यस्तो सोच छ । शिक्षक लेक्चरर भन्दा मालपोत, भन्सार वा राजश्व कर खरिदारको सामाजिक प्रतिष्ठा बढी हुन्छ । तपाईलाई समाजले सोध्छ,“कति कमाउँछौं, शहरमा घर छ कि छैन, गाडी किन्यौं ?” अपेक्षित उत्तर आएन भने तपाई केही गर्नुभएको छैन । तपाईको कुनै सामाजिक गणना हुनेवाला छैन । त्यसमा पनि साहित्यकार, कलाकार, पत्रकार, कवि, लेखक, समाजसेवी हा..हा..हा..।
“आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” । यो उक्तिले बृद्धाको महत्वलाई चरिता गर्छ । तर बृद्धा प्रतिको समाजिक सोच अव धेरै बदलिएको छ । पहिलेको जस्तो बृद्धालाई परिवारको महत्वपुर्ण वा निर्णयात्मक अवस्थामा मान्यता दिएको पाइदैन । बृद्धलाई एक समयमा घरको शोभा मानिन्थ्यो भने आज आएर प्रायः परिवारमा वृद्धालाई बोझ (भाडी) को रुपमा हेरिन्छ । लोकलाजको देखावा बाहेक बृद्ध प्रति आत्मा देखि सम्मान र सेवाको भावना बहुत कम व्यक्तिहरुमा नेग्लेक्ट गर्ने आम यूवा पिढीको चलन भइसकेको छ । प्रायः परिवारका सदस्यहरु बृद्धाहरुलाई घरमा एक्कलै छोडी आफुहरु आफ्नो र बच्चाहरुको भविष्य बनाउने नाममा शहर पलायन हुने त संस्कृति नै भइसकेको छ । एक अर्कालाई मिस्स गर्ने तर समय नदिने । बृद्धाहरुको भावनात्मक कुरालाई अनावश्यक र वाययात ठान्नेको कमि छैन । जसले गर्दा बृद्धाहरुलाई बृद्ध अवस्थाबाट आत्मग्लानी महसुस भइरहेको छ । उनीहरुलाई लाग्छ बृद्धा हुनु अगावै यो दुृनियाबाट विदा पाए वेश हुन्थ्यो होला । तर फेरी त्यही सन्तान प्रतिको मोह, आफ्नो छोरा छोरी, नाता नतिनीको प्रगति हेर्ने । शायद नयाँ पुस्ता वा युवा युवतीको यो विर्सिरहेको छ कि हाम्रा आमा बुवा हामी सानो हुँदा हामी खाए खान्थ्यो, हामी सुते सुत्थ्यो, हामी रुदा वा जाग्दा हामीलाई हेरचाह गर्दै बस्थ्यो , हामी हजारौं प्रश्न तोते बोलीमा सोध्दा हामीले उत्तर पाउँथ्यौं, उनको निद्रा, भोक, खुशी, काम, इच्छा आकाक्षा सबै थोक हाम्रो खुशीमा गाँसिएको हुन्थ्यो । त्यही प्रक्रियाबाट सबैलाई गुज्रिनु पर्छ । हामी पनि आफ्ना सन्तानका लागि त्यही गरिरहेका छौं जुन हाम्रा आमा बुवाले गर्नु भयो । तर हामी यो किन विर्सिन्छौं कि बच्चा र बृद्धामा कुनै फरक हुँदैन । सबैलाई यि अवस्थाहरुलाई आत्मसात गर्नुपर्छ । जस्तो हामी आफ्नो आमा बुवालाई गर्छौं त्यही हामी पनि पाउँछौं । तर विड्म्बना बाँचुनजेल हामी बृद्धाहरुको लागि केही गर्न सक्दैनौं तर मृत्यु परान्त भनाउँदा सामाजिक प्रतिष्ठाका लागि ठुलो भोज भात लगायत अन्य गतिविधिहरु गछौं । त्यो शायद मर्ने व्यक्तिको लागि केही होइन त्यो त हाम्रो  झुठा शान मात्र हो । साँच्चै केही गर्नुछ भने बृद्धाहरुको लागि उनको जीवनका लागि गरौं । अन्यथा बकवास ।
निष्कर्षमा भन्दा मानिस स्वभावतः साझा इन्टरेस्टका लागि साकारात्मक सोच बनाउँदा रहेछ । तसर्थ माथि मानव जीवनको जन्म देखिको मृत्यु परान्त सम्मको घट्ना परिघटनालाई स्मरण गराउन खोजिएको जसले साझा रुचि वा अवस्था प्रति सकारात्मक सोचको विकास होस । जस्तै समाजमा कसैको छोरा वा छोरी भागेर विवाह गर्यो वा अन्तर जातिय विवाह गर्यो भने समाजका अन्य व्यक्तिहरु घृणा गर्ने गर्छन तर फेरी आफ्नो घरको कुनै सदस्यले गर्यो भने चुप लाग्छ । भन्नुको तात्पर्य सामाजिक परिवेश बदलिरहेको छ कुनै कुरालाई नकारात्मक सोचले हेर्नु भन्दा सार्वजनिक हित वा साझा हितको भए सकारात्मक सोचका साथ सहयोग गर्नुपर्छ । हाल जनकपुरको गंगासागर सफाई अभियानमा धेरै मानिस जुटेका छन् । भर्खरै विद्युत आपुर्तिका लागि पुरै जनकपुर सडकमा आर्लेका थिए । त्यसमा व्यापारीहरुको पनि व्यापक उपस्थिति थियो । जवकी उनीहरु अरु मुद्धाहरुमा खासै चासो देखाउँदैनन । अब पालो आएको छ ‘जनकपुरको स्वरुप बदल्ने’ जसमा सबैको सकारात्मक सोचको साथ सहयोग चाहिएको छ । जनकपुर निर्माणमा अरु केही कुराको खाँचो छैन मात्रै खाँचो छ त सकारात्मक सोचको । एक पल्ट गम्भीरताका साथ गंगासागरमा डुबुल्की लगाउँदै नकारात्मक सोचलाई त्याग्दै देशको मुहार परिवर्तन गर्न निहित स्वार्थलाई त्यागदै हाथेमालो गरी अगाडी बढौं ।


  २०७१ अषाढ ०१ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete