Wednesday, May 28, 2014

एडिबीको राजनीतिकरण

जनकपुर नगरपालिकाका पुर्व मेयर बजरंग साहको अगुवाईमा
एडीबी परियोजना बचाउ अभियान अन्र्तगत निकालिएको जुलुस ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर नगरपालिका एकीकृत शहरी विकास आयोजना कार्यान्वयन इकाईले आयोजना अन्त्य नभएको स्पष्ट पारेको छ । आयोजना व्यवस्थापक गंगा प्रसाद यादवले विहिवार एक प्रेस विज्ञप्ति जारी गरी जनकपुर नगरपालिका भरको २६ किलो मिटर सडक र सोही दुरीमा ढल र फूलगामामा तय भएको व्यवस्थित ल्याण्डफिल साइटको निर्माण्ँको आयोजना का कार्यहरु संचालनमा नै रहेको जनाएका छन ।    फोहर व्यवस्थापन गर्ने कार्यको लागि विगतमा गुठी संस्थान केन्द्रीय कार्यालय र जनकपुर नगरपालिका बिचमा २०७० साल असार ३१ गते फूलगामा गाविसमा १२ विघा १७ कठ्ठा १७ दशमलव ५ धुर जग्गा २० वर्षे लिजमा लिने गरी सम्झौता भैसकेको र उक्त स्थानको माटो परिक्षणको कार्य समेत सम्पन्न भैसकेको जनाइएको छ । फूलगामामा ल्याण्डफिल्ड साइटको जग्गा राजर्षि जनक विश्वविद्यालयको लागि प्रस्तावित जग्गा भएको भनी विभिन्न व्यक्तिबाट आएको अभिव्यक्तिका कारण परियोजनामा केही ढिलाई मात्र भएको विज्ञप्तिमा उल्लेख छ ।   एडिबीको कार्य तत्कालै सुचारु गर्न जनकपुरधाममा सक्रिय विभिन्न युवा क्लबहरुले माग गरेको छ । जनकपुरधामको शौन्दर्यीकरणको निम्ति एडिबीको सहयोगमा संचालित २६ किलोमिटरको पक्की सडक र वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न फूलगामामा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साइटको कार्य तत्काल सुचारु गर्न माग गरेको हो । एडिबी परियोजना बचाउ संघर्ष समितिको माग प्रति समर्थन जनाउदै क्लबले परियोजना तत्कालै सुचारु गराउन दवाव दिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   एडिबी परियोजना बचाउ संघर्ष समितिको विहिवार बसेको वृहत भेलामा राम युवा कमिटी, राम जानकी युवा कमिटी, महावीर युवा कमिटी, गणेश युवा कमिटी, जिरो माइल युवा कमिटी, भैरव युवा कमिटी, जनकपुर युथ क्लब, जनकपुर युवा मंच, रामानन्द युवा क्लब, चनचेतना युवा कल्वले समर्थन जनाएको छ । यस्तै युवा नेपाल, जनकपुर अंचल ग्यास व्यवसायी संघ, समाजवादी युवा लिग, जनक युवा क्लब, माई युवा कमिटी, कुर्मी समाज सेवा समिति र अमृत युवा कमिटीले समर्थन जनाएको विज्ञप्तिमा उल्लेख छ ।    
एडीबी बचाऔं जनकपुर बनाऔं अभियान अन्तर्गत 
जनकपुरको जनक चौकमा शुक्रबार देखि 
अनिश्चित कालिन धर्नामा बसेका अभियानीहरु ।

केही राजनीतिक दलका अगुवाले आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न फूलगामामा सर्वेक्षण र डिजाइन समेत भई टेण्डर गर्ने अन्तिम समयमा अवरोधको सृजना गर्न थालेको संघर्ष समितिले ठहर गरेको छ । नेपाली कांग्रेस नगर कार्य समितिले एडिबी परियोजना बचाउ संघर्ष समितिको कार्यको विरोध गरेको छ । नेपाली कांग्रेस नगर कमिटी जनकपुरले जनकपुर नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण मानिएको एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाका सन्दर्भमा नेपाली काग्रेसप्रति गरिएको नकारात्मक प्रचारमा सत्यता नभएको सो पार्टीले स्पष्ट गरेको छ ।  सो पार्टीको जनकपुर नगर कार्यसमितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति रामसरोज यादवले परियोजनाको तेस्रो चरणको कार्यक्रमअन्तर्गत ल्यान्डफिल्ड क्षेत्रका लागि भनी चयन गरिएको पूmलगामा गाविस उपयुक्त नभएको तथ्यतर्फ ध्यानाकर्षण गराउदा परियोजना फिर्ता जानेजस्ता भ्रम उत्पन्न गरिएको  बताए ।  परियोजनाबाट निर्माण हुने सडक तथा ढलको सर्वे डिजाइन सम्पन्न हुन लागेको र त्यसको प्रतिवेदन पनि यथाशीघ्र सम्बन्धित निकायमा स्वीकृतिका लागि जाने अवस्था रहेको बताउदै उनले ल्यान्डफिल्ड क्षेत्रका बारेमा स्थानीय निकायका एक हजारभन्दा बढी जनताले हस्ताक्षर गरी सो स्थलमा ल्यान्डफिल्ड साइट निर्माण गर्न नहुने भनी नगरपालिका तथा जिल्ला प्रशासनमा लिखित निवेदन दिएको र विमानस्थल विस्तार गर्दा चराचरुङगीहरुको अवस्थालाई ध्यानमा राखी सो क्षेत्रबारे पुनविर्चार गर्न ध्यानाकर्षण गराइएको हो भने ।    एडिबीको परियोजना समाप्त हुन लागेको भनी बदनियत पुर्ण तरिकाले भ्रामक र कपोकल्पित तरिकाले प्रचारवाजी, नाराबाजी तथा नौटंकी ढंगले हस्ताक्षर अभियान संचालन गर्ने गरेको जनाएका छन् । उनले संघर्ष समितिका संयोजक पूर्व मेयर बजरंग प्रसाद साहको भ्रमपुर्ण कार्यको भत्र्सना समेत गरेका छन् । 
फूलगाममा ल्याण्डफिल्ड साइट निर्माण हुन नसक्ने भन्दै १ हजार भन्दा बढी स्थानियहरुले हस्ताक्षर समेत गरेकाले स्थानियको इच्छा विपरित फूलगामामा नै ल्याण्डफिल्ड साइट निर्माण गर्न लगाउनु धोका हुने उनले तर्क गरेका छन् ।   उक्त स्थल प्रस्तावित राजर्षि जनक विश्वविद्यालयका लागि पहिला नै छनोट भैसकेकाले फूलगामामा ल्याण्डफिल्ड साइट निर्माण गर्न नमिल्ने तर्क गरेका छन् ।  धनुषाको पुष्पलपुर, सिनुरजोडा, धारापानी तथा   गोपालपुरमा विकल्पका रुपमा लिनुपर्ने उनले माग गरेका छन् । 


२०७१ जेष्ठ ११ गते आईतबार

No comments:

Post a Comment