Wednesday, May 28, 2014

जिवनाथ चौधरी र मुकेश चौधरी बीच ‘डिल’ भएकै हो त ?


मुकेश चौधरी
 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर बम काण्ड सम्बन्धि जनकपुरका सभाषद संजय कुमार साह र अर्जुन सिंह भनिने मुकेश चौधरी बीच भएको वार्तालाप सम्बन्धि अडियो टेपका लागि मुकेशले जीवनाथ चौधरीसँग डील गर्न थुप्रै प्रयास गरेको प्रमाणहरु खुल्न आएको छ ।
 २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चौकमा गराइएको बम विस्फोटनबाट ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं मान्छे घाइते भएका थिए ।  उक्त घटनाको जिम्मेवारी मुकेश चौधरीले लिएका थिए । तिनै मुकेश चौधरी र घटनाका लागि निर्देशन दिएको जनकपुरका सभाषद संजय साहसँगको कुराकानीको टेप संजयका शत्रु जिवनाथ चौधरीलाई विक्री गर्नका लागि मुकेशले विभिन्न प्रस्तावहरु गरेको खुलेको छ । 
मुकेश चौधरीले जिवनाथ चौधरीलाई सन् १९ अगस्त २०१२ देखि २८ सेप्टेम्बर २०१२ सम्म पठाएका विभिन्न एसएमएसको विवरणलाई हेर्ने हो भन्ने दुवै जना बीच डिलका लागि कुराकानी भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।  मुकेश चौधरीले टेप लिकआउट गर्नका लागि ५० लाख रुपैयाँको प्रस्ताव गरेको देखिन्छ । मुकेशले प्रस्ताव गरेको डिल नस्वीकारे जिवनाथका विपक्षीलाई नै टेप विक्री गर्न सक्ने र उनको शत्रु संजय साहलाई प्रमाण दिईसकेपछि उनलाई कानुनबाट जोगाउन सकिने मनसाय समेत मुकेशको हुन सक्ने समेत प्रस्तावको क्रममा पठाइएका वाक्यहरुबाट अर्थ लगाउन सकिन्छ । 
जीवनाथ चौधरी
मुकेश चौधरीको भारतीय मोवाइल नम्बर ९१७८९७५०४३७५ बाट जिवनाथ चौधरीको मोबाइल नम्बर ९८५४०२००१३ मा पटक पटक गरेको एसएमएस का आधारमा दुवै जना बीच डिल भएको हो कि भन्ने आशंका उत्पन्न भएको छ । धनुषा जिल्ला अदालतमा जिल्ला प्रहरी धनुषाले प्रमाणको रुपमा एसएमएसलाई पनि आधार बनाएको देखिन्छ । प्रहरीले मुकेश चौधरीले गरेको एसएमएसका विवरण प्रस्तुत गरेपनि जिवनाथ चौधरीको मोवाइलबाट एसएमएस मार्फत जवाफ फर्काइएको हो वा होइनन त्यस सम्वन्धि कुनै कुरा उल्लेख गरेको देखिदैन । 
एकातर्फ मुकेश चौधरीले जनकपुर बम काण्ड गराउनका लागि संजय साहसँग ओम प्रकाश यादव मार्फत भारु ५ लाख रकम पेशकी स्वरुप लिएको देखिन्छ भने अर्को तर्फ संजय साहसँग डिल गरिएको 
मुकेश चौधरीले जिवनाथ चौधरीलाई गरेको एसएमएस विवरण यस प्रकार छ ।
१९ अगस्त २०१२, आइतबार, विहान १०ः३५
जनकपुर बम काण्ड संजय साहले नै गराएको थियो । यो बम काण्ड तपाईलाई ज्यानले नै मार्ने उद्देश्यले गरिएको थियो । म संग घटनाको पुरा सत्य विवरण छ ।
१९ अगस्त २०१२, आइतबार, विहान ११ः३९
वबलबपउगचाबह२नmबष्।िअयm, एबकक धयचम स् ज्ञद्दघद्धछज्ञद्दघद्धछत्त, यो मेल खोलेर चेक गरिलिनुस ।
२१ अगस्त २०१२, मंगलबार, मध्यान्ह १२ः१४
तपाई काम गरिरहनु भएको छ । उत्ता तपाईको शत्रु तपाईको घर र होटलमा विष्फोट गराउने तयारीमा छन् । म तपाईलाई पटक पटक फोन गर्न सक्दिन ।
२२ अगस्त २०१२, बुधबार, विहान ११ः१४
तपाईले मेल चेक गर्नुभएको छ भने पक्कै पनि जनकपुर बम काण्ड सँग सम्बन्धित संजय टकला र मुकेश चौधरी बीच भएको वार्तालापको सानो स्याम्पल टेप सुन्नु नै भएको होला । तसर्थ तपाईले यो बुझि सक्नु भएको होला कि मसँग संजय टकलाको विरुद्ध के के छन् । जुन दिन बम काण्ड सम्बन्धित पुरा टेप सबैको सामुने आउनेछन्, दुनियाँको कुनै पनि ताकतले टकला र उसको गुरगालाई फाँसीमा झुन्डिनबाट कुनै कानुनले बचाउन सक्दैन । चौधरी साहव, संजय टकलाको बर्वादिको सहि किम्मत लगाउनु होला । पुरा काला सच्च तपाईको हातमा हुनेछ । जवाफ हुन सके एसएमएसको माध्यमले नै दिनु होला ।
२२ अगस्त २०१२, बुधबार, राति ८ः५९
चौधरीजी, अलि व्यस्त रहेको कारण मैले तपाईलाई फोन गर्न सकिन्न ।

२३ अगस्त २०१२, विहिबार, विहान ११ः१८
पुरा पच्चास लाख लाग्ने छ । हो वा होइन, तपाई माथि निर्भर छ । रह्यो कुरा संजय टकलाको, टेप आउट हुने वित्तिकै संजय मात्र होइन बरु अरु थुप्रै मान्छेहरु पनि जेल जाने छन् । टेप आउट भएपछि मलाई पनि धेरै कठिनाईको सामना गर्नुपर्ने हुनसक्छ । तपाई बच्चा जस्तो नसोच्नुस् । तपाईको दुश्मन शान्त भएर बस्नेबाला छैन ।
२४ अगस्त २०१२, शुत्रबार, दिनको २ः१८
म केही जरुरी कामले बाहिर गइरहेको छु । केही दिन हाम्रो कुराकानी हुन सक्ने छैन । र तपाईको म्याटरमा मैले सुरेन्द्रलाई तपाईसँग कुरा गर्न भनिसकेको छु । सुरेन्द्रको नामले तपाईलाई फोन आउने छ । तपाई उसंग कुरा गरेर फाइनल गर्न सक्नुहुनेछ ।
२५ अगस्त २०१२, शनिबार, दिउँसो २ः००
सुरेन्द्र ।
२५ अगस्त २०१२, शनिबार, दिनको २ः११
सुरेन्द्रले तपाईलाई फोन लगाईरहेको छ । कुरा गरिहाल्नुस् ।
२६ अगस्त २०१२, आइतबार, दिनको ५ः४८
चौधरीजी, सुरेन्द्रसँग मेरो कुराकानी भयो । यदि तपाईलाई टेप लिनुछ भने पेमेन्ट पहिले गर्नुपर्छ । भोलिसम्म तपाईले फाइनल जवाफ दिनु पर्छ । यदि भोलिसम्म तपाईको जवाफ आउँदैन भने डिल क्यान्सिल ।
२७ अगस्त २०१२, सोमबार, दिनको ५ः२४
चौधरीजी, तपाईले फाइनल जवाफ दिनुभएन । म तपाईको विपक्षीसँग पनि डिल गर्न सक्छु ।
२७ अगस्त २०१२, सोमबार, दिनको ५ः२७
तपाईको विपक्षीलाई स्याम्पल पठाइदिएँ ।
२७ अगस्त २०१२, सोमबार, राति १०ः४७
डिल क्यान्सिल ।
२८ सेप्टेम्बर २०१२, शुक्रबार, विहान १०ः५९
कसैले बताएको थियो कि तपाईको सोच परिवर्तन भईसकेको छ । तर, बताउनेले गलत बताएको थियो । मलाई कुरा गर्ने कुनै सौक छैन ।
उक्त एसएमएसका सम्बन्धमा जिवनाथ चौधरीलाई सोध्दा उनले पनि मुकेशले एकतर्फी रुपमा एसएमएस गरेको मोबाइलमा संग्रह गरेर राखेका एसएमएस देखाउँदै आफुलाई फसाउन तथा पैसा माग गर्नका लागि समेत एसएमएस पठाएको हुन सक्ने द एक्सक्लुसिभलाई बताएका छन् । 
मुकेश चौधरीले पठाएको एसएमएस धनुषा प्रहरीका तत्कालिन प्रमुख पुरुषोत्तम कँडेल, प्रहरी वरिष्ठ उपरीक्षक माधव जोशी, सिआइवी प्रमुख (हालका आइजीपि) उपेन्द्र कान्त अर्याल र प्रहरी महानिरीक्षक कुबेर सिंह राणा समेतलाई एसएमएस देखाई बम काण्डका मुख्य अभियुक्त संजय साहलाई कारवाही गर्न मौखिक उजुरी गरेको जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । 
बम विष्फोट भएको दिन बम विष्फोट हुनुभन्दा पाँच मिनेट अगाडि मात्र मुकेश चौधरीले “भाईजी जल्दी निक्लु” अर्थात दाई छिटो निस्कनुस भनेर जिवनाथ चौधरीलाई एसएमएस गरेको चर्चा पनि हुने गरेको छ । उनले उक्त एसएमएसलाई आधार मानि प्रशासनलाई तत्कालै जानकारी गराएको भए बम विष्फोटनबाट भएको मानविय क्षतिलाई न्युन गर्न सकिन्थ्यो वा क्षतिलाई पुर्नतः रोक्न सकिन्थ्यो भन्ने जनकपुरमा चर्चा हालसम्म पनि भईनै रहेको छ । उक्त सबालमा जिवनाथ चौधरीले आफुलाई कुनै पनि एसएमएस नआएको दावी गर्छन । 
यदि मुकेश चौधरीले त्यस्तो कुनै पनि एसएमएस मलाई गरेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषा र धनुषा जिल्ला अदालतमा समेत मेरो मोवाईल कलको कल डिटेल्स छ, त्यहाँबाट पनि पत्ता लगाउन सकिने भन्दै आफुलाई संजय साहले बदनाम गराउन र बम काण्डको अनुसन्धान प्रक्रियालाई डाइभर्ट गर्न योजना तहत षडयन्त्र गरेको जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् ।  
बम विष्फोट भएका दिन विस्फोट गर्नु भन्दा पहिला मैले नै जिवनाथ चौधरीलाई भीडबाट निस्कन फोन गरेको थिएँ भनेर मुकेश चौधरीले प्रहरी समक्ष गरेको बयान कागजमा उल्लेख गरिएको छ । जीवनाथ चौधरीसँग बराबर कुराकानी भइरहन्थ्यो, जिवनाथ चौधरीले मेरो पार्टी सहयोगको लागि धेरै पटक चन्दा सहयोग गरेको थियो, त्यसैले निजलाई मार्ने कुनै योजना थिएन भनेर मुकेश चौधरीले अदालतमा गरेको बयान कागजमा उल्लेख छ । यस सबालमा जिवनाथ चौधरीले पनि मुकेश चौधरीले प्रकाश विद्यार्थीको नाउँले आफुलाई चन्दा सहयोग गर्नका लागि फोन गरेको द एक्सक्लुसिभ समक्ष स्वीकार गरेका छन् । 
तर, आफुले कुनै पनि हालतमा सहयोग नगर्ने बताएपछि उनले जिविसका तत्कालिन एलडिओ सुर्यकान्त झा, इन्जिनियर शम्भु मिश्र, कर्मचारी युनियनका अध्यक्ष ज्ञानेन्द्रदेव लगायतलाई फोन गरी चन्दा मागेको कुरा कल डिटेल्सबाट पनि हेर्न सकिने जिवनाथ चौधरीले बताएका छन् । 
बम विस्फोट हुनुभन्दा केही दिन अगाडि मात्र प्रकाश विद्यार्थीको नाउँले मुकेश चौधरीले आफुलाई जनकपुरको एमाले कार्यालयमा बम विस्फोटन गराएको र चन्दा नदिए तपाईको होटल सिताप्यालेसमा समेत बम विस्फोट गराईदिने चेतावनी दिएको जिवनाथ चौधरीले बताएका छन् । आफुसँग पटक पटक मोवाइलमा कुराकानी    भएको देखाएर बम विस्फोटनमा समेत फसाउन मात्र मुकेशले आफुलाई फोन गरेको हुन सक्ने जिवनाथले बताएका छन् ।



२०७१ जेष्ठ ११ गते आईतबार

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete