Wednesday, May 28, 2014

संजय साह र जिवनाथ चौधरी किन बने एक अर्काको ‘जानी दुश्मन’ ?

संजय साह 
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संजय साह र जिवनाथ चौधरी एक अर्काका जानी दुश्मन हुन भनेर जनकपुरमा जो कोहीले पनि भन्ने गर्छन । दुवै जनालाई जनकपुरमा मानिसहरुले ‘डन’, ‘माफिया’, र ‘गुण्डा’ को समेत संज्ञा दिने गरेका छन् । यद्यपि संजय साह एक राजनीतिक व्यक्ति समेत हुन । उनी संविधानसभाको चुनावमा  धनुषा निर्वाचन क्षेत्र नं. ४बाट दुई पटक सभाषद निर्वाचित भईसकेका छन् । उनी हाल सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत हुन।  यसका अतिरिक्त भौतिक राज्य तथा निर्माण मन्त्रालयका पुर्व राज्य मन्त्रि समेत भईसकेका व्यक्ति हुन । उनी अहिले निलम्वित सभाषद हुन । हाल उनलाई जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश अनुरुप सिरहा कारागारमा थुनुवा बन्दीको जिवन व्यतित गरिरहेका छन् । अर्को तर्फ जिवनाथ चौधरी जिल्ला विकास समिति धनुषामा सह लेखापालको रुपमा कार्यरत एक कर्मचारी हुन । रामानन्द युवा क्लवको पुर्व अध्यक्ष समेत रहिसकेका चौधरी अहिले जिल्ला विकास समितिमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी अहिले निलम्वित कर्मचारी हुन । यसका साथै उनी होटेल सिताप्यालेसका संचालक समेत हुन । दुवै जनाको समानता के हो भने छोटो समयमै अकुत सम्पत्ति हासिल गरेका छन भने दुवै जना आ(आफ्नो पदबाट निलम्बित छन् । संजय साह जेलमा गएपछि जिवनाथ चौधरी प्रति इङ्गित गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य रघुविर महासेठले पत्रकार सम्मेलनमा जनकपुरका एक जना डन संजय साहको प्रवृतिलाई निरुत्साहित गर्न अर्को डनलाई सघाएको भएपनि उक्त डन पनि अब शक्तिशाली बन्न खोजेको आरोप लगाएका थिए । महासेठ जस्तै जनकपुरमा थुप्रै मानिसहरु संजय जेल गइसकेपछि अब जिवनाथ चौधरी झन सशक्त डन हुने खतरा रहेको आँकलन गर्न थालेका छन् ।
 जिवनाथ चौधरी 
किन भयो दुश्मनी ?
जिल्ला विकास समिति धनुषाका तत्कालिन सभापति राम चरित्र साहको कार्यकालमा संजय साहले जिविसबाट अन्दाजी बार्षिक रु. ४ लाखमा कवाडी ठेक्का लिएका थिए । कवाडको ठेक्का लिएको भएपनि राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरुबाट आलु, प्याज, चामल, दाल, फलफुल, गाईभैसी सबैबाट राजश्व असुली गर्ने गर्थे । जिवनाथ चौधरीका अनुसार राजश्व दिन नमान्ने सबारी साधनका डूाइभर र कन्डक्टरलाई संजयका मान्छेहरुले कुटपिट गरी जवरजस्ती कर असुली गर्ने गर्थे । यसरी ४÷५ लाखको ठेक्कामा करोडौं रुपैयाँ अवैध तरिकाले संजयले कमाउन थालेपछि २०५८ साल तिर कवाड ठेक्का संजयलाई जिविसले सोझै नदिई प्रतिस्पर्धा गर्न लगाईयो । ४÷५ लाखमा पाउने ठेक्का प्रतिस्पर्धा गरी संजयले रु. १ करोड १० लाखमा कवाडको ठेक्का लिए । प्रथम किस्ता वापत २० लाख रुपैयाँ जिविसमा संजयले जम्मा गरे र करिव ९०÷९२ लाख रुपैयाँको ग्यारेन्टी नेपाल बंगलादेश बैंकमा जम्मा ग¥यो । बाँकी किस्ताको समय सकिएपछि पनि संजय साहले बुझाउन बाँकी रहेको रकम जिविसमा नबुझाएपछि जिविसले संजयलाई रकम भुक्तानी गर्न पटक पटक ताकेता ग¥यो । यता संजय साहले ठेक्कामा धेरै घाटा भएको हुनाले राजश्व मिनाहा गरिदिन जिविसलाई आग्रह ग¥यो । जिवनाथ चौधरीका अनुसार राजश्व मिनाहा गर्ने अधिकार जिविसलाई नभएको कारण उक्त रकम जम्मा गर्न जिविसले नेपाल बंगलादेश बैंकलाई पटक पटक पत्र लेख्यो । तर पनि नेपाल बंगलादेश बंैकले रुपैयाँ जम्मा गर्न नमानेपछि जिविसले नेपाल राष्टू बैंकलाई पत्र लेख्यो । त्यसपछि २४ घण्टा भित्र रकम भुक्तानी गरिदिन नेपाल राष्टू बैंकले नेपाल बंगलादेश बैंकलाई पत्र लेखेपछि बंगलादेश बैंकले जिविसलाई रकम बुझाएको थियो । त्यसपछि बंगलादेश बैंकले धितोमा राखेको संजयको जग्गा लिलाम गरी रकम असुली गरेको जिवनाथ चौधरीले बताएका छन् । चौधरीका अनुसार, संजयलाई के लाग्यो भने जिवनाथले नै गरेर ठेक्का कम्पिटिशनमा लिनुपरेको र राजश्व मिनाहा पनि हुन नदिनमा चौधरीले नै तत्कालिन एलडिओलाई सहमत गराएको आशंकामा संजयले आफुसँग दुश्मनी गरेको हो । यसका अतिरिक्त आफु पार्ट टाइममा विभिन्न संघ संस्थामा काम गर्न थालेपछि बढ्दै गएको लोकप्रियता र सामाजिक क्रियाकलापमा आफ्नो रुचि बढ्न थालेपछि संजय म बाट तर्सिएर मसँग दुश्मनी मात्र गरेनन् मेरो ज्यान समेत लिन पटक पटक गुण्डाहरुलाई परिचालन गरेको जिवनाथ चौधरी बताउँछन् । संजयले योजना बनाई राम विनोद यादव, ओम प्रकाश यादव र भरत झा समेतको सहयोगमा मेरो घरमा डकैती गर्न लगाएको जिवनाथ चौधरीको आरोप छ । संजय साहले मधेसमा रहेको भुमिगत आपराधिक समुहहरुसँग साँठगाँठ राखि आफु माथि सांघातिक हमला गराएको जिवनाथले आरोप लगाएका छन् । जिवनाथका अनुसार संजयकै निर्देशनमा भुमिगत समुहका आकाश त्यागी भन्ने श्रीराम यादवले जनकपुरको विश्वकर्मा चौक नजिक आफुमाथि गोली प्रहार गराएको, अर्जुन सिंह र प्रकाश विद्यार्थी भन्ने मुकेश चौधरी मार्फत संजयले जनकपुर बम काण्डमा आफुलाई मार्न भनी बम विस्फोट गराएको घटनाबाट पनि संजय साह मेरो ज्यानको पछाडि कति हदसम्म हात धोएरै परेको जिवनाथ चौधरीले बताएका छन् । आफुमाथि जहिले पनि संजयले आक्रमण गर्न लगाएको भएपनि आफु पनि संजय विरुद्ध आक्रामक नभई रक्षात्मक अवस्थामा रहि कानुनको सहाराबाट संजयलाई कानुनी कारवाही हुनुपर्छ भन्ने बाटो नै अख्तियार गरेको जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । आफुले कहिल्यै पनि कसैको अपहरण, हत्या, लुटपाट तथा जवरजस्ती जग्गा कव्जा नगरेको, गरेको छु भने कसैले पनि देखाओस अनि मात्र आफुलाई माफिया वा गुण्डा भन्न मिल्ने तर्क राख्दै जिवनाथ चौधरीले आफु जहिले पनि समाजको सेवाका लागि अग्रसर रहेको बताएका छन् । यति कम समयमै कसरी अकुत सम्पत्ति आर्जन गरेको सबालमा बैंकको ऋणबाट व्यापार, व्यवसाय गरी सम्पत्ति आर्जन गरेको चौधरीले बताएका छन् । जग्गा व्यवसाय, निर्माण व्यवसाय र होटेल व्यवसायबाट आफुले सम्पत्ति आर्जन गरेको चौधरीको दावी छ ।
जिविसमा भ्रष्टाचार प्रकरण
जिविस धनुषामा कुल १ करोड १३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिवनाथ चौधरीसँगै १६ जना कर्मचारी र ७१ जना उपभोक्ता समितिहरु गरी कुल ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जनकपुरमा जो कोही पनि जिवनाथ चौधरी मार्फत नै जिविस धनुषामा भ्रष्टाचार हुने गरेको बताउने गर्छन । जिविस धनुषाकै कर्मचारीहरुका अनुसार पनि कुनै पनि एलडिओ सह लेखापाल रहेका जिवनाथ चौधरीको अनुमति विना कुनै पनि योजना वा कार्यक्रम तय गर्न सक्दैन्थे, वा भनौं जिविसमा जिवनाथको इसारा वेगर पत्ता पनि हल्दैन्थ्यो । जिविसका कुनै पनि कर्मचारीहरु जिवनाथ विरुद्ध बोल्ने आँट गर्दैनथे । तर, जिवनाथ चौधरी भने आफुले जिविसमा भ्रष्टाचारै नगरेको दावी गर्छन । अख्तियारले लगाएको मुद्दा सामाजिक सुरक्षा भत्ताको पेश्की फर्छौट सँग सम्बन्धित भएको हुनाले उक्त कुराको जवाफदेही सम्बन्धित गाविसका गाविस सचिवहरु रहेको चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । अख्तियारमा पनि आफुले भ्रष्टाचार गरेको कुनै प्रमाण फेला नपरेको तर, केही राजनीतिकर्मीको दबाबका कारण आफ्नो चरित्र हत्या गर्न र आफुलाई बदनाम गराउन मात्र प्रपन्च रचिएको चौधरीले बताएका छन् । आफुले तत्कालिन एलडिओ केदार बोगटीलाई समेत धाक धम्की नदिएको तथा एलडिओले पनि आफु बच्न मलाई फसाउन प्रचारबाजी गरेको उनले बताए ।
संजय साह माथि भ्रष्टाचारको आरोप
आफुमाथि भ्रष्टाचारको अभियोग लाग्दा जनकपुरका तथा कथित नागरिक समाज, समाजसेवी, गौसंरक्षण मञ्च र मधेस क्रान्ति फोरमले जिविसमा तालाबन्दी गर्नुका साथै जनकपुर पनि बन्द गराए, नगरमा विरोध प्रदर्शन पनि गरिरहे तर, संजय साह माथि पनि भ्रष्टाचार गरी अकुत सम्पत्ति हासिल गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक एक महिनामा तारेखमा बोलाउँदा ती नागरिक समाजहरु कहाँ थिए भन्ने जिवनाथ चौधरी प्रश्न गर्छन ।
संजय साहले ४ वर्षको आफ्नो सभाषदको कार्यकालमा संसदीय वजेट वापत प्राप्त हुने बार्षिक रु.१० लाखको दरले जम्मा रु. ४० लाखबाट विद्यालयहरुमा कम्प्युटर वितरण र खेलकुद सामग्री वितरणका नाममा नक्कली विल भरपाई तयार गरी कुनै पनि विद्यालयलाई एउटा पनि सामान नदिई अर्थात सामान नै खरिद नगरी जिविस धनुषाबाट सम्पुर्ण रकम झिकी भ्रष्टाचार गरेको चौधरीको आरोप छ । साह राज्य मन्त्रि भएको बेलामा आफ्नो पदको दुरुपयोग गरी कर्मचारीहरुको सरुवा बढुवामा करोडौ रकम कमिशन लिएको, सडक मरम्मतको नाउँमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुर धनुषामा ५ करोड भन्दा वढीको अख्तियारी पठाई आफ्नै पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरुलाई जनकपुर नगरपालिकाको विभिन्न वडाहरुमा उपभोक्ता समितिको अध्यक्ष बनाई, कामै नगरी प्राविधिक र कार्यालय प्रमुखलाई धाक धम्की दिई मुल्याङ्कन गराई सम्पुर्ण रकम संजय साहले आफै भ्रष्टाचार गरेको जिवनाथ चौधरीले आरोप लगाएका छन् ।
अबैध जग्गा कब्जाको आरोप
संजय साहले जनकपुर नगरपालिका वडा नं.२ स्थित रहेको रामजानकी मन्दिरको टूष्टको नाउँमा रहेको ३० कठ्ठा जग्गा किर्ते, जालसाजी र मिलेमतोमा अबौंको जग्गा आफ्नो नाउँमा गराएको जिवनाथ चौधरीले आरोप लगाएका छन् । आफुले कहिल्यै पनि कुनै गुठी वा मठ मन्दिरको जग्गा अबैध तरिकाले नहड्पेको, यदि त्यसो हो भने कसैले सावित गरेर देखाईदिओस चुनौति दिँदै जिवनाथ चौधरीले संजय साहले मन्दिर, गुठी र सरकारी जग्गाहरु समेत किर्ते गरी आफ्नो नाउँमा पारित गराउने गरेको आरोप लगाएका छन् । यति मात्र होइन रत्न सागर मन्दिरका महन्थ बैकुण्ठ दासले विभिन्न मठ मन्दिरका जग्गाहरु अवैध तरिकाले अनधिकृत रुपमा विक्री गरिरहेको र वैकुण्ठलाई संजय साह पक्राउ पर्नु अघिसम्म उनले नै संरक्षण गरिरहेको चौधरीले आरोप लगाएका छन् ।
क्यासिनो प्रकरण
जिवनाथ चौधरीले संचालन गरेको होटेल सिताप्यालेसमा केही महिना अघि क्यासिनो संचालन गर्न लागेको सबालमा जनकपुरमा चौतर्फी विरोध भएको थियो । गौसंरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदिश महासेठले विज्ञप्ति जारी गरी उक्त क्यासिनोबाट जनकपुरका यूवाहरु विग्रने, जुवाको लत लागेर भविष्य नै वर्वाद हुने र जनकपुरको भविष्य नै अन्धकारमा पर्ने र होटेल मालिक धन कमाउने भन्दै विरोध प्रदर्शन समेत गरेका थिए । उक्त सबालमा जिवनाथ चौधरी भन्छन,“ मेरो होटेल वन स्टारको हो र मैले नेपाल सरकारको पर्यटन तथा नागरिक उडययन मन्त्रालयबाट अन्तराष्टिूय विमान स्थल र तारे होटेलमा विद्युतिय मनोरञ्जनात्मक खेल संचालन गर्ने अनुमति लिएका हेप्पी आवर प्रा.लि. काठमाण्डौ सँग सम्झौता गरेको थिएँ । विदेशी पर्यटनहरुको लागि मात्र र नेपाली नागरिक बाहेकलाई मात्र उक्त मनोरञ्जन लिन तथा कुनै पनि गैरकानुनी काम नगराउन जनकपुर नगरपालिकाबाट समेत इजाजत लिईसकेको हुनाले मैले सम्झौता गरेको थिएँ । आफु पनि समाजसेवामा लागेको हुनाले स्थानियवासीहरुको आग्रहलाई दृष्टिगत गर्दै मैले उक्त सम्झौता गरे पनि संचालन हुन दिइन ।”
राकेश नेपाली हत्या प्रकरण
माओवादीको भातृसंगठन वाइसिएलका नेता राकेश नेपालीको भारत विहारको सितामढीमा गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्या प्रकरणमा जिवनाथ चौधरीको नाउँ मुछिएको थियो । चौधरीले नै भारतीय सुटरलाई सुपारी दिई हत्या गर्न लगाएको आरोप समेत लागेको थियो । उक्त सबालमा जिवनाथ चौधरीले तत्काल केही कुरा नगर्ने र उक्त सबाल समेत अहिले नसोध्न द एक्सक्लुसिभलाई आग्रह गरेका थिए । 
जिवनाथ चौधरीले संजय साह विरुद्ध लगाएका यी सम्पुर्ण आरोपहरुको खण्डनका लागि संजय साह जेलमा भएका कारण उनको धारणा उपलब्ध हुन सकेन । 

२०७१ जेष्ठ ११ गते आईतबार

1 comment:

  1. nice information about both party but need clarification and justification form both side before publication because public want to know clear, transparent and perfect news. if it not possible in this article then we are waiting second party clarification in next article of exclusive weekly.

    ReplyDelete