Monday, January 20, 2014

राजमार्गमा बस लुट्ने पक्राउ


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

पूर्व(पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माईस्थान सडकखण्डमा यात्रु बस लुटिएको २४ घन्टा नबित्दै घटनामा संलग्न पाँचजनालाई पक्राउ गरेर जनकपुर अञ्चल प्रहरी कार्यालयले बुधबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धारापानी(९ धनुषाका शम्भु कार्की, बडहाडामाला(६ सिरहाका समीर लामा, खानीगाउँ नुवाकोटका अमर तामाङ, फेदीबेसी(४ का राजकुमार अधिकारी र खाल्टे(९ धादिङका राजकुमार गुरुङ रहेका छन । उनीहरूमध्ये समीर लामा र अमर तामाङ गौरीवासनजिकैको जंगलबाट पक्राउ परेका हुन । अरू तीनजनालाई धनुषाको ढल्केबरबाट अनुसन्धानका क्रममा पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेले बताए ।
लामिछाने नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । घटनामा संलग्न अरू तीनजना फरार भएको उनले बताए । पक्राउ परेकाबाट १६ थान मोबाइल सेट, तीन थान खुकुरी, दुई थान एलसिडी टिभी र नगद सात हजार रुपैयाँ बरामद भएको छ । काठमाडांैबाट सिन्धुलीका लागि हिँडेको रात्रिबसलाई गत मंगलबार बिहान पौने चार बजे महोत्तरीको माइस्थान(५ स्थित विश्वकर्मा चोकमा उनीहरूले लुटपाट गरेका थिए । लुटेराले यात्रुलाई कुटपिट पनि गरेका थिए । लामिछानेले भने, ‘एक साताअघि नै काठमाडौंस्थित माछापोखरीमा अपराधीले दार्जलिङ(धरान सञ्चालन हुने बस लुट्ने योजना बनाएका थिए । तर, पछि २८ गते धनुषाको ढल्केबरमा भएको उनीहरूको दोस्रो छलफलमा पूर्व जाने बस लुट्नुपर्ने निश्चित भएको थियो ।’
यसरी लुटियो बस
योजनाअनुसार २८ पुसमा अमर, समीर र राजकुमार गुरुङ काठमाडांै गई सिन्धुली आउने बसको टिकट लिई चढेका थिए । नियमित एक(अर्काको सम्र्पकमा रहेका उनीहरू हेटाँैडा आइपुग्दा बाँकी पाँचजना पनि सोही बसमा चढेका थिए । सर्लाहीको फुलजोरमा बस आइपुग्दा शम्भुले चालकलाई कुटपिट गरी पेस्तोल देखाएर आफँै गाडी चलाए । लामिछानेले भने, ‘बाँकीले यात्रुलाई खुकुरी देखाई कुटपिट गर्दै नगद तथा विभिन्न सामान लुट्न थाले ।’ बस लुटिन थालेपछि २९ किलोमिटर पार गरेको प्रहरीले बताएको छ । बसका कन्डक्टर हरिकृष्ण श्रेष्ठका अनुसार महोत्तरीको माइस्थान पुगेपछि उनीहरू बस छाडेर भागेका थिए । श्रेष्ठले बसमा लुकाएको मोबाइलले पछि आफूले चिनेका एक सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।


मिति ः २०७०/१०/०५

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete