Monday, January 20, 2014

मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


काठमाडांैसहित तराईका विभिन्न जिल्लाबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गरेको हो । उनीहरूले पाँच वर्षदेखि विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्दै आएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा बछनपुर्वा(७ बाराका हरिशंकर चौधरी, डुमरिया(३ रौतहटका देवनारायण चौधरी, डुमरिया(१ का दीपक चौधरी र सन्तपुर(२ रौतहटका सुनील चौधरी छन । काठमाडौं, बारा, पर्सा, कपिलवस्तु, सिरहा, महोत्तरी रौतहटलगायतका जिल्लाबाट उनीहरूले सयभन्दा बढी मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ । जनकपुरका दुई स्थानबाट ज.५प ६११२ र ज.५प ७०३२ नम्बरको मोटरसाइकल चोरी गरी भागिरहेको अवस्थामा धनुषाकै लालगढबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । दुई दिनअघि जनकपुर आएका उनीहरूले केही घन्टाको अन्तरालमा दुईवटा छुट्टाछुट्टै स्थानबाट मोटरसाइकल चोरी गरी भागेका थिए । घटनालगत्तै सक्रिय भएका प्रहरीले लालगढस्थित पूर्व(पश्चिम राजमार्गमा प्रहरी भ्यान तेस्र्याएर मोटरसाइकलसहित चारैजनालाई पक्राउ गर्न सफल भएको उपरीक्षक सुवेदीले बताए । प्रहरीका अनुसार चोरी गरेका मोटरसाइकल उनीहरूले ग्रामीण भेकमा लगेर बेच्ने गरेका थिए । एउटा मोटरसाइकल दुई हजारदेखि ३२ हजारसम्ममा बिक्री गर्दै आएको प्रहरीको दाबी छ । ‘पक्राउ परेकाहरूले फिल्मी शैलीमा मोटरसाइकल चोरी गर्दै आएका छन ।’ प्रहरी उपरीक्षक सुवेदीले भने, ‘पक्राउ परेकामध्ये दुईजना जुनसुकै मोटरसाइकलको लक दुई मिनेटमै तोड्नेसक्ने व्यक्ति हुन, बाँकी दुईजना ओभर स्पिडमा मोटरसाइकल चलाउने सक्ने क्षमता भएका व्यक्ति हुन ।’ उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाइ छ ।



मिति ः २०७०/१०/०५

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete