Monday, January 20, 2014

‘जीउँदो लाश झैं बाँच्दैछन आन्दोलनका घाईतेहरु’


संतोष सिंह
जनकपुरधाम............
   

    ५ माघमा मधेशवादी दलहरुले विगत ५ वर्ष देखि बलिदानी दिवश मनाईरहेका छन् । मधेश आन्दोलनका क्रममा ४२ जनाले शहादत दिए भने हजारौं घाईते भए । आन्दोलनमा ज्यान गुमाउनेहरुलाई सरकारले पनि शहीद घोषणा गरी राहत स्वरुप दश लाख रुपैया प्रदान त गरे तर गम्भिर घाईते भई अपाङ्ग भएकाहरुलाई न त सरकारले नै केहि गरेको छ न मधेशवादी दलले नै । आफ्नो जीवन त बर्बाद भयो–भयो, परिवारकै जीवन पनि कष्टकर हुन थालेपछि मधेश आन्दोलनमा दिएको बलिदानी व्यर्थ भयो भनेर आफ्ैलाई घाईतेहरुले धिकारीरहेका छन् । बरु मरेकै भए कष्टको जीन्दगीका दिनहरु देख्न पर्दैन्थ्यो भन्दै घाईतेहरु पछुताई रहेका छन् । आन्दोलनबाट स्थापित भएका मधेशवादी दलहरु तिनका नेताहरु मन्त्री भई भोगविलाशका जीवन बिताईरहेका छन् भने घाईते परिवारको थालमा भातको बन्दोबस्त गर्न पनि गा¥हो भईरहेको छ । यतिसम्म कि घाईते भएकाहरुले आफ्ना छोरा–छोरीहरुलाई विद्यालय समेत पठाउन असमर्थ भएका छन् । मधेश आन्दोलनको आडमा रातारात चर्चीत भएका नेताको नाम सुन्दा नै आँसु बगाउने आन्दोलनका घाइतेहरु अब आक्रोशित हुन थालेका छन् । आन्दोलनमा प्रहरीको निशानामा परि घाइते भएका मधेसीहरु घाइते भएर बाच्नु भन्दा त त्यती नै बेला मर्नु बेस हुनथ्यो भन्दै दुःखेसो पोख्न थालेका छन् ।
 मधेश आन्दोलनमा प्रमुख योगदान दिएको जनकपुर, जलेश्वर र मलंगवाका मधेसी जनताले नेताहरुलई सुख र धनि बनाउनु बाहेक केहि उपलब्धी आन्दोलन बाट नभेटेकोे आक्रोष व्यक्त गरेका छन । महोत्तरीको सदरमुकाम जलेश्वरमा एक शरीरमा तीन गोलीको घाउ लिएर ४ छोराछोरी र एक श्रीमती सहित ६ जनाको परिवार चलाउन धौ–धौ भएका जलेश्वर २ का ३० वर्षीय सुरेश पासवानको दैनिक जिवन नै कष्टकर बनेको छ । मसला उद्योगमा काम गरेर दैनिक २ सय ५० रुपैयाले    साँझ बिहान हातमुख नै जोडन नपुगेको बताउदै पासवानले छोराछोरीलाई स्कुल पठाउन नसकेको दुःख पोखेका छन् । ०६४ माघ ५ गते पासवानको दुबै घुडा र बाँया हातमा गोली लागेर घाईते भएका उनि भारि समान बोकेर हिडन नसक्ने भएकोले मसाला उद्योगमा रातदिन काम गरेर ६ सदस्य परिवारका लागि जसो–तसो गुजारा गरिरहेका छन् ।
    आर्थिक अभावकै कारण पासवानका २ छोरा र २ छोरी बिद्यालय जान सकेका छैनन् । मधेस आन्दोलनमा घाईते भएपछि भारतको सितामढीमा उपचार गराएका पासवानले हाल सम्म सरकाबाट कुनै किसिमको राहत पाएको छैन । महोत्तरीमा उपचार पछि कतिपय घाइतेहरु बैदेशिक रोजगारमा गएको भए पनि कतिपय त कुनै काम नै गर्न सक्ने अवस्थामा छैनन् । आन्दोलनमा खुट्टा गुमाएका महोत्तरी रतौलीका विजय ठाकुर हाल केहि गर्न सकेको छैन ।
     उनि लगाएत आन्दोलनमा गोलि लागेर घाइते भएका महोत्तरीका कलाम राइन, विवेक झाको अवस्था समेत दयनिय रहेको छ । महोत्तरीमा शान्ति समितिका अनुसार मधेस आन्दोलनमा १ सय ४५ जना घाइते भएका छन् । भने आन्दोलनको क्रममा मृत्यु भएका जलेश्वर ३ का ४८ वर्षीय कयुम दफलीलाई शहीद घोषणा गरिएको छ । महोत्तरीमा ९ जना प्रहरीको गोली लागेर गम्भिर घइते भएका थिए ।
यता मधेस आन्दोलनको क्रममा सर्लाहीमा मात्रै ६२ जना गम्भिर घाइते भएको मधेसी जनअधिकार फोरम नेपाल सर्लाहीले जनाएको छ । घाइते मध्ये १५ जना प्रहरीको गोली लागेर अंगभंग भएका थिए । जसमध्येका केहि घाईतेहरु हाल सम्म पनि बेड रेस्टमा छन् । सर्लाहीमा प्रहरीको गोली लागेर मधेस आन्दोलनको क्रममा रामएकबाल राय, आसिफ अली अन्सारी, रामनरायण साह, दिनेश राय र संजय रायको मृत्यु भएको थियो । ‘प्रहरीको गोली मुखको ओठ मुनिबाट कन्चटबाट बाहिर निस्के पछि उपचारका लागि भारतको सितामाढी स्थित एक अस्पतालमा ४ दिन पछि होस आयो र पत्रिकामा देखे मैले आफनै नाम सन्तोष चौधरीको मृत्यु ’ सर्लाहीका कौडेना १ का २२ वर्षीय सन्तोष चौधरीले भने–घाइते भएपछि कक्षा ९ को पढाइमै सिमित भए । अहिले न त जोडले बोल्न सक्छु न त कुनै काम गर्न सक्छु । आन्दोलन पछि भविष्य नै अन्धकार भयो । हाल सम्म कुनै प्रकारको राहत पाउन नसकेका चौधरी मधेसी जनअधिकार फोरम सर्लाहीका सक्रिय कार्यकर्ता छन् । तर उनको भविष्य कहा जाने हो चौधरी आफै पनि बेखबर छन् ।

मिति ः २०७०/१०/०५

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete