Monday, January 20, 2014

चर्चामा एसपी सुवेदी



अजय अनुरागी
जनकपुरधाम............

 १४ साउन २०७० मा धनुषा आएका प्रहरी प्रमुख उत्तमराज सुवेदीको कार्यकालमा पनि अपराधै नभएको भने होइन, तर मुख्य प्रतिवादीहरुलाई पक्राउ गरी चर्चामा आएका छन् । सुवेदी आए यता धनुषामा १२ जनाको हत्या भएको छ भने १० जनाको हत्याको प्रयास भएको देखिन्छ । ८ थान हातहतियार तथा खरखजाना मुद्दामा, १२ थान केही सार्वजनिक अपराध, ४ थान विरुद्ध जवरजस्ती करनी र २ थान करनी उद्योग, ९ थान चोरी, १ थान डाँका, १८ थान सवारी ज्यान र अन्य गरी कुल २ सय ४२ थान मुद्दा दर्ता भइसकेको छ । तर, सुवेदीले विभिन्न फरार अभियुक्त पक्राउ गरी कारवाही गरी कमै दिनमा नाम कमाउन सफल भएका छन् । ७ भदौमा खुनडाँका मुद्दाका अभियुक्त हंसपुरकठपुल्ला(१ का रामबली साह (५४) लाई पक्राउ गरिएको छ । हंसपुरकठपुल्ला(१ स्थित प्रदीप साह, रामबाबु चौधरी, सोनफी मण्डलको घरबाट नगद तथा जिन्सी धनमाल डाँकागरी लगेको र गोली प्रहार गरी घाइते भएका मध्ये प्रदिप साहको उपचारको क्रममा मृत्यु भएको थियो । साहलाई अहिले पुर्पक्षको लागि कारागार पठाइएको छ । त्यसैगरी ३ असोजमा पत्रकार उमा सिंहको लगायत भरतपुर(२ का लक्ष्मीकान्त राय र रमेश दहाललाई घारिलो हतियार प्रहार गरी हत्या गरेको अभियुक्त बल्हासघारा(१ का ३५ वर्षिय स्वामीजी भन्ने उमेश यादवलाई पक्राउ गरी मुद्दा पुर्पक्षको लागि कारागार पठाइएको छ । त्यसैगरी ३ साउन २०६६ मा हातहतियार तथा खरखजाना मुद्दामा तीन वर्ष कैद र ६० हजार जरिवाना गरी मुद्दा फैसला भइसकेका तर फरार रहेका मिथिलेश्वर निकास(३ का उदय यादव भन्ने नविन कुमार यादवलाई १ असोजमा पक्राउ गरी सजाय भुक्तान गर्न कारागार पठाइएको छ । गोइत समुहका पोलिट व्यूरो सदस्य, लक्ष्मीपुर बगेवा(३ का ४१ वर्षिय पृथ्वी सिंह भन्ने श्याम यादवलाई ५ असोजमा पक्राउ गरी विभिन्न मुद्दाका अभियुक्त, मुद्दा पुर्पक्षको लागि कारागार पठाइएको छ । त्यसैगरी भारतको मधुवनी जिल्ला हरिलाखी थाना ग्राम पिपरौन घर भई हाल धनुषाको तुल्सीयाही जब्दी(७ मा वस्दै आएका १९ वर्षिय सन्तोष महत्तोलाई पक्राउ गरी मुद्दा पुर्पक्षको लागि कारागार पठाइएको छ । ४भदौ २०७० मा तुल्सीयाहीका पिन्की कुमारी महत्तो माथि पेटूोल छर्कि आगो लगाई ज्यान मार्ने प्रयत्न सन्तोषले गरेको थियो । त्यसैगरी बल्हागोठ(९ का ४५ वर्षिय रामकुमार यादवलाई २६ भदौमा पक्राउ गरिएको थियो । २१ पुष २०६९ मा बल्हागोठ (९ का अरुण यादव र कपिलेश्वर यादवलाई कुटपिट गरी सख्त घाइते बनाई ज्यान मार्ने प्रयत्न गरेकोमा उनी अहिले धरौटी राति तारेखमा छुटेका छन् । त्यसैगरी धनुषा एकराही(८ का २८ वर्षिय सहमद राइनलाई २१ साउनमा पक्राउ गरी मुद्दा पुर्पक्षको लागि कारागार पठाइएको छ । राइनले ११ वैशाख २०७० मा खरिहानी(६ स्थित रिजवाना खातुनलाई हत्या गरेको अभियोग छ । त्यसैगरी १२ असोजमा बहुअर्वा(६, हाल जनकपुर(८ का ३२ वर्षिय लक्ष्मेश्वर राउत, १३ असोजमा देवडिहा(३ का ३१ वर्षिय ललन पासवान र  २४ वर्षिय नन्द कुमार पासवानलाई हत्याको अभियोगमा पक्राउ गरी हाल पुर्पक्षको लागि कारागार पठाइएको छ । तीनै जनाले मिलेर कुर्था(६ स्थित सडकमा उपप्राध्यापक सत्यनारायण गडेरीलाई ११ असोजमा गोली प्रहार गरी तथा धारिलो हतियार घोंचि हत्या गरेको अभियोग छ ।
त्यसैगरी १६ कार्तिकमा महोत्तरी बथनाहा(४ का २९ वर्षिय दिपक कुमार सिंहलाई पक्राउ गरी हत्या सहित विभिन्न अपराधमा मुद्दाको अनुसन्धान भइरहेको छ । सिंह राजन मुक्ति समुहका सार्प सुटर अजय मुक्ति उपनामले चिनिएका थिए ।
    त्यसैगरी २ मंसिरमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका संयोजक राजन भन्ने रंजित झालाई पक्राउ गरी विभिन्न ३० वटा अपराधिक मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसैगरी २० कार्तिकमा बाँके नेपालगञ्ज(३ का ३२ वर्षिय अभिषेक सिंह,  २४ कार्तिकमा बारा ब्रम्हपुरी(२ का ३१ वर्षिय अनिल कुमार पटेललाई, दोलखा झ्याकु(६ का ३६ वर्षिय कुमार विक्रम खत्रिलाई, काठमाडौ महानगरपालिका(१६ का १९ वर्षिय प्रभाकर नरसिंह राणालाई पक्राउ गरी हत्याको अभियोगमा पुर्पक्षको लागि कारागार पठाइएको छ । चारै जनाले ८ असोज २०७० मा धनुषा वेंगाडावर (८ स्थित सडकमा निरन्जन पाण्डेलाई हत्या गरेर फालेका थिए । ती मध्येका अभिषेक सिंह माथि अन्य ६ वटा हत्याका घटनाहरुमा समेत संलग्नता रहेको प्रहरीको दावी छ ।         त्यसैगरी धनुषा वटेश्वर(९ का ३६ वर्षिय शिवजी भन्ने रामबाबु महत्तो ७ मंसिरमा पक्राउ गरी हत्याको अभियोगमा पुर्पक्षको लागि कारागार पठाइएको छ । २० भादै २०५५ मा ढल्केवर वडा नं. ६ स्थित उखुबारीमा २१ वर्षिय जितेन्द्र भन्ने व्यवडा महत्तोलाई उनले धारिलो हतियार प्रहार गरी हत्या गरी फालेको थियो । त्यसैगरी धनुषा ठाढी झिझा(५ का श्रीलाल मल्लाह सहनीलाई ७ मंसिरमा पक्राउ गरी मुद्दा पुर्पक्षको लागि कारागार पठाइएको छ । १४ कार्तिक २०५८ मा सहनीले धनुषा देउरी परवाहा(८ का ३६ वर्षिय रामचन्द्र ठाकुरलाई हत्या गरी सहनी फरार रहेका थिए । धनुषा वटेश्वर ८ का २० वर्षिय विश्वनाथ यादवलाई २७ मंसिरमा पक्राउ गरी प्रहरीले हत्याको अभियोगमा अनुसन्धान गरी रहेको छ । २६ मंसिरमा आफ्नै श्रीमति बविता देविलाई धारिलो हतियार बञ्चरोले प्रहार गरी सख्त घाइते बनाई डाँका आयो भनि झुठा हल्ला फैलाएको र घाइते बवितालाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याई उपचारको क्रममा मृत्यु भएको थियो ।
    त्यसैगरी जटही(४ गाँढागुढी टोल मधुकरीका २९ वर्षिय विन्देश्वर पासवान लागु औषध गाँजा सहित २३ मंसिरमा पक्राउ परेका थिए । धनुषा जिल्ला अदालतको आदेशले रु.३५ लाख धरौटी राखि पासवान तारेखमा छुटेका छन् । त्यसैगरी २९ पौष २०७० मा रधुनाथपुर(८ का दिपक भन्ने रधुनाथ यादव हातहतियार तथा खरखजाना मुद्दामा, ३० पौषमा मखनाहा(९ लवटोलीका ३० वर्षिय भरत यादव र सतोखर(२ कुशमाहाका ४० वर्षिय गंगा प्रसाद यादवलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ । रधुनाथ यादव अखिल तराई मुक्ति मोर्चा गोइत समुहका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज हुन् ।
को हुन एसपी सुवेदी ?
धनुषाका प्रहरी उपरीक्षक
उत्तम राज सुवेदी ।
विराट नगर घर भएका उत्तम राज सुवेदी ११ चैत्र २०४९ मा प्रहरी निरीक्षक पदमा भर्ना भई प्रहरी संगठनमा आवद्ध भएका थिए । माओवादी विद्रोह कालमा पहाडी जिल्लाका समस्या ग्रस्त क्षेत्रहरु डोल्पा, जुम्ला, जाजरकोट, दांग, दैलेख, पर्सा, उदयपुर देखि काठमाण्डौ वडा कार्यालयका प्रमुख भई प्रहरी निरीक्षकको रुपमा उनले काम गरेका छन् ।
    २०५५ सालमा पर्सा जिल्लामा क्राइम ब्रान्चको इन्चार्जको भुमिका निर्वाह गरिसकेका सुवेदी २२ जेष्ठ २०६२ मा डिएसपी पदमा वढुवा हुन्छन् । डिएसपीको रुपमा पाल्पा, दोलखा, स्याङजामा प्रहरी प्रमुखको रुपमा काम गरेका सुवेदीले काठमाण्डौको अपराध महाशाखामा सादा पोसाकमा करिब ३० महिनासम्म काम गरी अप्रेशन अफिसरको रुपमा योगदान दिएका छन् । ११ माघ २०६९ मा एसपी तहमा वढुवा भएका सुवेदी काठमाण्डौको हनुमानढोकामा सेकेन्ड म्यानको रुपमा अप्रेशन चलाई सात महिना पछि धनुषा प्रहरी प्रमुखको रुपमा सुवेदी आएका हुन् । करियरको प्रायः जसो समय फिल्ड अफिसर र क्राइम ब्रान्च सम्हालेका सुवेदीले धनुषामा आउने वित्तिकै फरार अपराधिलाई पक्राउ गर्ने कार्यलाई पहिलो प्राथमिकताको रुपमा लिए । विभिन्न समयमा प्रहरी परिचालनको लागि योजनावद्ध तरिकाले कम प्रहरी जनशक्तिबाट वढी भन्दा वढी सुरक्षा कसरी दिन सकिने, विभिन्न मेला पर्व तथा सांस्कृतिक महोत्सवहरुमा सुरक्षा व्यवस्था कसरी मिलाउन सकिने, साना हतियार कसरी नियन्त्रण गर्न सकिने, फरार अपराधि पक्राउ कसरी गर्न सकिने लगायतका लक्ष्यहरु पहिचान गरिसकेपछि त्यसको प्राप्तिका निम्ति अवसर र चुनौतिलाई पहिचान गर्दै आफु भन्दा तल्लो दर्जाका प्रहरी अधिकृतहरु समेतको राय अनुसार सुवेदी योजना बनाउँछन् ।योजनालाई कार्यान्वयन गर्नका लागि सुवेदीले विभिन्न रणनीति सहित लिखित ब्लुप्रिन्ट तयार गरी आफ्ना मातहतका कमाण्डरलाई परिचालन गर्ने र तिनको मोनिटरिङ् आफै गर्ने सुवेदीको कार्य शैली रहेको छ ।
बढुवाको पर्खाइमा क्राइम ब्रान्च
क्राइम ब्रान्च धनुषाका इन्चार्ज तथा प्रहरी निरीक्षक गोविन्द पुरी ।
धनुषामा फरार अपराधिहरु पक्राउ पर्दा कमाण्डरको हैसियतले प्रहरी उपरीक्षकको रुपमा चर्चा परिचर्चा हुनु तथा उनको चौतर्फी वाहवाही हुनु स्वभाविक कुरा हो । तर, अपराधि पक्राउ गर्दाको क्षणमा आफ्नो ज्यानै जोखिममा पारेर पनि वर्दीको कर्तव्य निर्वाह गरेका धनुषाका सादा पोसाकमा रहने क्राइम ब्रान्चका टोली असली हिरो बनेका छन् । प्रहरी निरीक्षक गोविन्द पुरीको कमाण्डमा असईद्वय जयलाल यादव, सन्तोष झा, प्रहरी हवलदारत्रय संजय पासवान, प्रेम शंकर ठाकुर र भैरव रावल, प्रहरी जवानद्वय राजेश यादव र मोतीलाल पटेलको योगदान महत्वपुर्ण छ ।
    विगतका तीन वर्ष देखि उक्त टोली फरार अपराधि पक्राउ गर्न सक्रिय छन् । तर, त्यसको सारा जस र वढुवा माथिल्लो दर्जाका प्रहरी अधिकृतहरुले पाउने गरेपनि ती टोलीको स्थान ज्युँका त्यूँ छन् ।
    असई जयलाल यादव भन्छन,“ पुरुषोत्तम कँडेल सावको पाला देखि नै दर्जनौं ठुल ठुला अपराधिलाई पक्राउ गर्न हाम्रो टोलीले ज्यानको बाजी लगाएर भएपनि हामी पछि परेका छैनौं । आग त्यागी, बारुद त्यागी होस वा हरेशिव यादव देखि हालको सशस्त्र समुहका मुख्य नाइकेहरु, सबैको कारवाहीमा हामी आफ्नो जीवनलाई परवाह नै नगरी आदेश बमोजिम कुदेका छौं ।”
    तर एक जना प्रेम शंकर ठाकुर बाहेक उक्त टोलीका कुनैपनि सदस्यको बढुवा हालसम्म हुनसकेको छैन् । पर्सामा भारतीय सुटरलाई पक्राउ गर्नेलाई विभागले एक तह बढुवा गरेझै हामी पनि ती कुख्यात अपराधिहरुलाई पक्राउ गर्नु पनि कम जोखिम होइन भन्दै कि त मिशनमा पठाइदिए वा एक तह वढुवा गरिदिए हाम्रो पनि मनोवल उच्च हुने र त्यसता जोखिम पुर्ण कार्य गर्न थप प्रोत्साहन मिल्न सक्ने असई यादव बताउँछन् ।  मनोबल बढाउने नाउँमा उक्त टोलीका सदस्यलाई ५ सय रुपैयाँ सहितको पुरस्कार प्रदान गरेर विभाग पनि चित्त बुझाउने गरेका छन् ।

मिति ः २०७०÷१०÷०५

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete