Monday, August 12, 2013

यहाँका स्थानिय क्लब, संघ, संस्था र नागरिक समाजका अगुवा


सरोज मिश्र

केही समाजका अगुवाहरुको कार्य प्रहरी प्रशासनको चापलुसी सम्म सिमित हुन्छ त्यस्ता कुनै पनि नयाँ प्रशासनिक निकायका पदाधिकारी आउने वित्तिकै उनलाई भेटेर आफ्नो परिचय दिन र कुरा मिलाउन कुदि हाल्ने गर्छन । आफुलाई नागरिक समाजको अगुवा भनेर समाज र प्रशासनको आँखा छलेर उस्तै व्यक्तिहरुले पनि अवैध र गैर कानुनी कार्य गर्ने गरेकी पाइन्छ ।

हुन त हाम्रो देश भरि मै सबै भन्दा बढी क्लब– कमिटि, संघ, संस्था र नागरिक समाज भएको शहर हाम्रै जनकपुरधाम हो तर पनि हाम्रो जनकपुर विकास निर्माणको कार्यमा आज पनि सबैभन्दा पछाडि छ । हाम्रो मैथिली भाषामा एउटा उखान छ कि बेसी पुजारी स मठ विगडै छई भन्नाले सुधार कर्ता बढि भयो भने झन काम विग्रिन्छ । हाम्रो शहर जनकपुरमा पनि त्यही भई  रहेको छ ।
    क्लब कमिटि संघ, संस्था र नागरिक समाज आदिको विधानमा समाज सुधार समाज उत्थान, कला, संस्कृति र विकास सम्बन्धित कार्यको लागि पहल गर्ने (कार्य गर्ने) उल्लेख गरिए तापनि धेरै जसो संस्थालाई अझ पनि आफ्नो जिम्मेवारीको बोध (ज्ञान) छैन । अक्सर संस्थाको कार्य बाहकहरुको मनोवृति आफ्नो कार्यकालमा कति धेरै सदस्य बनाउने आफ्नो संस्थाको नाउँ बेचेर कति धेरै धन कमाउने कति भद्र भलादमी र सभ्य मान्छेलाई आफ्नो प्रभावमा ल्याउने, पूजाको नाउँमा चन्दा संकलन गर्ने खालको मात्र हुन्छ । केही क्लबहरुले कहिले काही जनहित सम्बन्धित जनचेतना मुलुक कार्यक्रम पनि गर्ने गर्छन तर प्रायः जसो सामाजिक संस्थाका कार्यबाहकहरुको उद्देश्य संस्थाको नाउँमा धन कमाउने बाटो मात्र छ । केही सामाजिक संस्थाहरु त ठेका पट्टाको काममा पनि रुचि राख्ने गरेका छन त केहीले अपराध र अपराधीलाई संरक्षण दिने सामाजिक संस्थाको यस्तो कार्य पद्धतिले हाम्रो समाज कसरी अगाडी बढन सक्छ ।
    प्रायः जसो हरेक समाजिक संस्थामा राजनैतिक हस्तक्षेप हुन्छ । हरेक संस्था कुनै न कुनै पार्टी अथवा पार्टीको व्यक्तिहरुको अधिनस्त हुन्छ त कुनै संस्था कुनै कुनै व्यक्तिको अधिनमा र इशारामा मात्र चल्ने गर्छ । व्यक्तिले नीजि स्वार्थ पुर्तीका निम्ति पनि संस्थाको निर्माण गर्ने गरेका छन । आफुले गरेको अपराध र आफुले गैर कानुनी ढंगले आर्जन गरेको सम्पत्तिहरुको संरक्षण संस्थाको आड लिई गर्ने गर्छन । व्यक्तिगत रिशिवी पनि कतिले संस्थागत ढंगले उचालने पनि समाजिक संस्थाको नयाँ कार्यकालको लागि कार्य समिति चयनको बखत संस्थाको असुली रुप हेर्न पाउनु हुन्छ । कतिपय संस्थामा सर्व सहमतिबाट भई हाल्छ त कति संस्थामा चुनावी प्रकृयाबाट । सर्व सहमति व्यक्ति विषेशको ढंगले पुगेको बहुमतको आधारमा हुन्छ । जुन संस्थामा चुनावी प्रक्रियाबाट समिति बन्छ त्यस्तो संस्थामा चुनाव लडने व्यक्तिहरुले प्रचार प्रसार र आफ्नो पक्षमा मत ल्याउन व्यापक खर्च व्यहोर्नु पर्दा रहेछ । भन्नुको तात्पर्य यो हो कि संस्थाको हितमा समाजको हितमा कार्य गर्ने व्यक्तिहरु यदि खर्च गर्न सबल छैन भने त्यस्ता व्यक्ति अक्सर कुनै पनि संस्थाको पदाधिकारी अथवा कार्यबाहक बन्न पाइदैन ।
कुनै कुनै संस्था त जातिय संस्था जस्तै हुन्छ । त्यस्ता संस्थामा कुनै निश्चित जातिको वर्चश्व मात्रै हुन्छ । त्यस्ता संस्थामा गैर जातिय सदस्य पनि थौरै मात्रामा हुन्छ । तपाईलाई यो कुरा सुनेर कति आश्चर्य हुन्छ कतिपय संस्था, युवा क्लबहरुमा सदस्यता लिनको लागि पनि धेरै कशरत गर्नु पर्छ । यूवा क्बल भएपनि धेरै कृयाशिल यूवा संस्थामा आफै सदस्य नभई अन्यत्र ठाउँका सदस्यहरु मात्रै वढी भए कति चित दुख्छ होला । होई न ?     आज भोली धेरै जसो समाजिक संस्थाहरु प्रशासनिक निकायका पदाधिकारी विभिन्न पार्टीका नेता आदिाहरुको चापलुसी गर्नमा व्यस्त छन । दुई व्यक्ति बीचमा भएको विवादमा सम्मलित भई पर पंचायत गर्न गराउनमा व्यस्त छन । विभिन्न कार्यालयहरुमा आफ्नो संस्थाको धाक लुकाएर निर्माण सम्बन्धि कामको बजेट लिएर बाँड फाँड गर्नमा व्यस्त छन । समाजिक विकृति, भ्रष्टाचार अन्याय इत्यादीका विरुद्ध आवाज उठाउन लडन कुनै पनि संस्था अग्रसर भएर अगाडी बढेको देखा पदैनन ।
आफुलाई नागरिक समाजका अगुवा, सजग नागरिक समाज, समाज सेवी भनिने भनाउने व्यक्तिहरुको कार्यशैली पनि उस्तै देखिन्छ । केही समाजका अगुवाहरुको कार्य प्रहरी प्रशासनको चापलुसी सम्म सिमित हुन्छ त्यस्ता कुनै पनि नयाँ प्रशासनिक निकायका पदाधिकारी आउने वित्तिकै उनलाई भेटेर आफ्नो परिचय दिन र कुरा कुरा मिलाउन कुदि हाल्ने गर्छन । आफुलाई नागरिक समाजको अगुवा भनेर समाज र प्रशासनको आँखा छलेर उस्तै व्यक्तिहरुले पनि अवैध र गैर कानुनी कार्य गर्ने गरेकी पाइन्छ त्यस्ता प्रवृतिका समाजिक अगुवाहरु विभिन्न कार्यालयबाट आफ्नो नाता गोतामा पर्ने आफन्तहरुको नाउँमा विभिन्न प्रकारको शिर्षकबाट बजेट ल्याई कमाउने काम गर्छन । त्यस्तै व्यक्तिहरुले ठुला ठुला भाषण र ठुला ठुला कुरा पनि ठाउँ हेरेर गर्ने गर्छन । समाजका लागी म बाहेक अरु कोही अगाडी बढन चाहँदैनन भन्ने गर्छन दिनमा उनले नै रक्सि खाने व्यक्तिको निन्दा गर्छन र साँझ तिर ऊ आफै आज धेरै टेन्सन भयो भनेर खाने गर्छन । आफ्नो टोल समाजको हितका लागि अगुवाई गरेर राम्रो काम गर्नेलाई नागरिक समाज भनिन्छ तर यहाँ विपरित छ । तपाईले गम्भिरता पुर्वक विचार गर्नु भयो भने यहाँका अगुवा नागरिक समाजको असल चरित्र बुझ्न सक्नु हुन्छ । हरे शिव हाम्रो समाज कता गइरहेको छ, समाजीक कार्यकर्ता र सामाजिक संघ, संस्थाहरु के गरेर बसि रहेछन ।ल्याउन समाजीक कार्यकर्ताहरुले आफ्नो दायित्व पुर्ण इमान्दारीका साथ किन निर्वाह गर्न चाहँदैनन । हाम्रो समाज कहिले विवेकशिल होला ?
जनक जननी जानकी माताको नगरी जनकपुरधाममा सबैको कल्याण हुन्छ भन्ने गर्छन अन्याय ग¥यो भने त्यसको पतन पनि हुने गरेको छ । तसर्थ जानकी माताले सम्पुर्ण समाजीक समाजमा लागेका व्यक्तिहरुलाई सदबुद्धि प्रदान गरुन ताकी तिनको समाजको हितमा मात्र काम गर्ने उद्देश्य बोकी समाजिक कार्य गर्न सकोस् ।



मिति ः २०७०÷०४÷२७


No comments:

Post a Comment