Monday, August 12, 2013

दानवीय संसारमा मानवीय सरोकार


उमेशलाल कर्ण
सुझाव प्रतिक्रियाका लागि इमेल  ठेगाना ः etcumesh@yahoo.com

उपचारका विकल्पहरु धेरै हुन सक्छ र त्यस मध्ये कुन कुनलाई कुन कुन क्रममा प्रयोग गर्दा रोगको उपचार गर्न सकिन्छ । यसमा गलत क्रमको अभ्यास भयो भने त्यसबाट फाइदा हुनुको सटृा साइड इफेक्ट नै बढी भएर आउँछ । एउटा रोग निको भएर अर्कै बल्झिन्छ भने उपचारको सार्थकता रहदैन । यस क्षेत्रमा अव हामी सबै एउटै परिसीमामा रही सहकार्य एवम् प्रजातान्त्रिक अभ्यास गर्न सक्छौं जस्तो लागेको छ, तर अहिले सम्म अन्योलताको कालो बादल हटेको छैन । यस्तो कालो अदृश्य अवस्थामा उज्यालोपन थपेर पारदर्शी काम कारबाहीलाई प्राथमिकता दिने हो कि ?  सबै सरोकार पक्षहरु साझा चिन्तन विश्लेषण गरौं......


    मावन विवेकशिल, सामाजिक तथा सुसंस्कृत सभ्य प्राणीको रुपमा स्थापित भएका छन् । कहिलेकांही मानव अस्तित्वलाई पनि विविध प्राकृतिक संकटहरुले गर्दा ओझेलमा पार्ने प्रमाणहरु प्रशस्त भेटिएका छन् । विश्वयुद्धताका अमेरिकाले जापानको हिरोसिमा र नागासाकी शहरमा परमाणु बम प्रहार गरेर सेकेण्डमै भव्य शहरहरुलाई खरानीयुक्त धुलोमा परिणत गर्ने काम गरेको थियो, जसमा धेरै धनजनको क्षति भएर अहिले पनि त्यसताका भएका विकिरणको प्रभावले गर्दा जन्म हुने सन्तानहरुमा बहुअपाङ्गता मानसिक दुर्बलताहरु देखिएका छन् । अमेरिकाले लिटिलब्वाय र प्mयाटम्यान नाम गरेका परमाणुबमहरुको प्रयोग गरेर आप्mनो सशक्तता देखाएको थियो । त्यस घट्नाको लगत्तै राष्ट्रहरु आप्mना मिल्नेहरुसँग धु्रबीकरण हुन थाले । विश्व परिवेशमा क्षमता भएका देशहरुमा शीतयुद्धको अवस्था आएर एकले अरुलाई सघाउनु भन्दा पनि खुटृा तान्ने संस्कारको विकास भएको थियो । शितयुद्ध भनेको हाम्रो बोलचालको भाषामा ( बोलचाल वन्दहुनु ) तथा मनमुटाव भएको देखाउँछ । अमेरिकाको कुटनीतिक सम्बन्धमा अहिले पनि ठूला विकासका साझेदार राष्ट्रहरुसँग राम्रो भएको अवस्था रहिरहेको छैन ।
    अहिले विश्वसन्दर्भमा भन्दा पनि हाम्रो देशको सुरक्षा लगायत अन्य क्षेत्रमा भएका अवस्थाहरु पनि अत्यन्तै कमजोर एवम् कष्टदायक भएको समाचारहरु सुन्न पाइन्छ, जस्तैः झापामा कार्यरत सुरक्षाकर्मीहरु ठूलो परिमाणको लागुपदार्थ सहित काठमाण्डौमा पक्राउ, महोत्तरीको अपहरणको घट्नामा सामाजिक सहकार्यामा त्रुटी, सिरहा जिल्लामा अहिलेको सन्दर्भमा डाकाका घट्नाहरु दिन प्रतिदिन बढदै गएको तथा सम्बन्धित निकायहरुको भूमिका निष्क्रिय रहनु, महोत्तरीको गौशालामा एउटा निजी स्कूलमा कार्यरत शिक्षकले छात्रावासमा बसी अध्ययनरत वालिकासँग दुष्कर्म गर्ने प्रयाश गरेको, डाक्टरको व्यवहारवाट विरामी आहत महशुश गरेका इत्यादि । यस्ता प्रतिनिधि उदाहरणहरु मात्र हुन, यसका अतिरिक्त अन्य घट्नाहरु पनि उजागर भएकै छ । यसमा भएका दानवीयतालाई कुन हदसम्म हामी स्वीकार गर्न सक्छौं ? यस कार्यमा  हाम्रो पहिलेको जीवन अनुभवको आधारमा के कस्ता अवस्थाहरु थियो भन्न सकिन्छ । सामाजिक सदभाव पटक्कै नभएको र आप्mनै परिवारमा भएका सदस्यहरु वीच सौहार्दपूर्ण सम्वन्धको अभाव भएको जसमा एउटा पत्नीले आपैm सुपारी दिएर पतिलाई विभत्स हत्या गरे गराएको साबुती बयान जिल्ला प्रहरी कार्यालय सिरहामा घटित घट्ना भर्खरको हो ।
    हाम्रो समाजका विविध क्षेत्रहरुमा भएका नराम्रा पक्षहरुलाई प्रोत्शाहन दिने कारक पक्षहरु के के छन् ? यसलाई बढाउने कार्य कहाँबाट भएको छ ? राज्यले यस्ता कामहरुमा कस्तो भूमिका खेलेका उदाहरणहरु छन् ? हामी आम मान्छेको भूमिका कस्तो भएको छ र कस्तो हुनु पर्ने हो ? यी प्रश्नहरुको सेरोफेरोमा रहेर समाधान गर्न आवश्यक छलफलको आवश्यकता भएको छ । सूचना सञ्चारको सञ्जालले यस्ता मुद्दाहरुमा फेसबूकमा अत्यन्तै सहज किसिमले आदान प्रदान भएको छ । मान्छेको आमधारणालाई सर्वेक्षणको आधारमा एउटा मार्ग बताउने खालको निकाश सम्भव भएको छ । नेपाल जस्तो गरिब राष्ट्रहरुमा पटक पटक एउटै निरर्थक प्रयाशहरु गरि रहन आवश्यक थिएन । त्यति खेर नै अत्यन्तै इमान्दारिताका साथ सहकार्य गरेको भए अहिले जस्तो विक्राल असाध्य समस्या आउने थिएन । अफ्रिकन राष्ट्र कंगोमा अधिकांश मान्छे अत्यन्तै गरिबको श्रेणीमा पर्दछन् भने केहीमात्र सरकारी पदहरुको उच्च पदस्थहरु लाभको ठाउँमा पुगि सकेका सम्भ्रान्तहरु अत्यन्तै सुखी तथा आरामको जीवनका लागि  सुख सुबिधाका लागि अति विलासिता जीवन बाँचिरहेका छन् यसको उदाहरणको रुपमा ती सम्भ्रान्त वर्गहरुले बनाएका निजी विमानस्थलहरु जम्मा १२७ रहेको समाचार ( सगरमाथा टिभीको समाचारकर्मीको रिपोर्ट २०७० ) प्रशारण भएको थियो । कङ्गोमा धेरै समूहमा भूमिगत जसले आतङ्कलाई प्रोत्शाहन दिएर महिला तथा वालवालिकाहरुलाई ढाल वनाएर सरकारी निकायहरुसँग युद्धमा समय विताएको छ । यस प्रसङ्गमा एउटा बाँदरको कथाको सन्दर्भलाई चर्चा गर्नु आवश्यक भएको छ । बाँदरको कथामा दुई जना बीच रोटी बाँड्न झगडा हुन्छ र बाँदर उनीहरुको झगडालाई समाधान गर्न एउटा तराजुमा रोटी टुक्राएर उनीहरुलाई दिने सल्लाह गर्दछ जता बढि हुन्छ त्यो बढी भएको पञ्चरुपी बाँदर आपैm खाँदै गए र अन्तमा सबै रोटी बाँदरले मात्रै खाई दिएर झगडा समाधान गर्ने यस प्रशङ्गलाई नेपालको अवस्थासँग पनि मिलेको जस्तो देखिएको छ । अफ्रिकन मुलुक जस्तै हाम्रो पनि सरकारी स्वामित्वको जहाजहरु विस्तारै सकिने अवस्थामा पुगेको छ तर निजिस्तरका विमान कम्पनीहरु आन्तरिक उडानका साथसाथै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनीहरुको उडान विस्तार गर्ने योजना बढ्दै गएर उडान भर्न पनि थालेका छन् ।  निजी विमान कम्पनीहरु अबका दिनमा उनीहरु आप्mनै  विमानस्थल निर्माण गरेर सक्दो सरकारी स्रोतसाधनहरुलाई शोषण गरेर पलायन गराई वैभव सम्पति वृद्धि गरी राष्ट्रका वैभवलाई धुमिल वनाउने खेलका खेलाडीहरुको संख्या दिन प्रतिदिन बढदो छ ।
    अहिलेका मानवीय अस्तित्व संकटमा पर्नु पहिलेका मानवीय स्रोतको विकासमा सरकार, समाज अभिभावकहरुबाट के कस्ता असल अभ्यास भएको छ त्यसमा भर पर्दछ । पहिलेका अवस्थालाई विश्लेषण गर्दा वालवालिकाहरुमा सामाजिकिकरण भएको आधारहरु के के थियो ? बच्चाले पाउनु पर्ने माया ममताको गुणस्तर राम्रो भएन कि ?  शिक्षाका पाठ्यक्रममा उल्टो विषयवस्तुहरुको समावेश गरी अदक्ष शिक्षकहरुको नियुक्ति भयो कि ? कक्षाकोठाको अभ्यासमा उनीहरुमा जुन अवधारणाको विकास हुनु पर्ने त्यो नभएर असान्दर्भिक वातावरणलाई फस्टाउने मौका दिइयो कि ? सेनाको रित्र्mयूटमेन्टमा उनीहरुको प्रशिक्षणमा समावेश भएका विषयवस्तु समाजशास्त्र, मानवशास्त्र, नैतिकशास्त्र, समसामयिक दर्शनका क्षेत्रहरुलाई राख्न हामी असफल भएको संकेत भई रहेको छ । यस प्रकार आवश्यकतालाई विश्लेषण गरी कुन कुन पहिला गर्ने र कुनलाई पछि गर्ने सम्वन्धमा निर्णय गरी काम सम्पन्न भयो भने अपेक्षित व्यवहारको विकास भई आम व्यक्तिहरुमा यस प्रकारको नैराश्यता हुन सक्दैन ।
    वर्तमान नेपाल अहिलेको धेरै लामो संक्रमणमा फँसेको छ यसमा भएका आन्तरिक र बाह्रय अङ्गहरु विग्रेर कामै नलागने अवस्थामा पुगि सकेकोले सुधारात्मक कार्यहरुको जिम्मा सक्षमता भएका विज्ञहरुको समूहलाई दिए उनीहरुको कार्यमा सार्थकता रहेको ठहरिन्छ । मान्छे कुनै दीर्घकालीन रोगको कारणले लामो समय देखि थला परे जस्तै हाम्रो राष्ट्रलाई पनि त्यस्तै दीर्घरोगको संक्रमणले छोएको  जस्तो छ भने त्यसलाई पहिचान गरी त्यसको उपचारको प्रबन्ध गरेर थला परेकोवाट जोगाउन सकिन्छ । नेपालका जनता सार्वभौम सम्पन्न छ भने कुरा नेपालको अन्तरिम संविधान २०६३ मा मात्र उल्लेख भएको छ तर राज्यले गर्ने व्यवहार र शासन शैलीमा सिद्धान्त कहीं प्रयोग भएको देखिदैन । राष्ट्रलाई दीर्घरोगवाट उन्मुक्ति दिलाउन केही उपचारात्मक व्यवस्था गर्नु पर्दछ । उपचारको रुपमा संविधान सभाको दोस्रोको चुनाव, सामूहिक छलफल तथा अन्तरक्रिया, मूलधारवाट विमुख भएकाहरुलाई मूलधारमा ल्याउन कार्यक्रमहरुको सञ्चालन आवश्यक छ । यस प्रकारका विकल्पहरु धेरै हुन सक्छ र त्यस मध्ये कुन कुनलाई कुन कुन क्रममा प्रयोग गर्दा रोगको उपचार गर्न सकिन्छ । यसमा गलत क्रमको अभ्यास भयो भने त्यसबाट फाइदा हुनुको सटृा साइड इफेक्ट नै बढी भएर आउँछ । एउटा रोग निको भएर अर्कै बल्झिन्छ भने उपचारको सार्थकता रहदैन । यस क्षेत्रमा अव हामी सबै एउटै परिसीमामा रही सहकार्य एवम् प्रजातान्त्रिक अभ्यास गर्न सक्छौं जस्तो लागेको छ, तर अहिले सम्म अन्योलताको कालो बादल हटेको छैन । यस्तो कालो अदृश्य अवस्थामा उज्यालोपन थपेर पारदर्शी काम कारबाहीलाई प्राथमिकता दिने हो कि ?  सबै सरोकार पक्षहरु साझा चिन्तन विश्लेषण गरौं......


मिति ः २०७०÷०४÷२७


No comments:

Post a Comment