Monday, August 12, 2013

भौतिक पुर्बाधार निर्माणको करोडौ रुपैया यस बर्ष पनि फ्रिज


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

सडक डिभिजन कार्यालय जनकपुरका कर्मचारी र ठेकेदारहरुको लापरबाहिका कारण भौतिक पुर्बाधार निर्माणको करोडौ रुपैया यस बर्ष पनि फ्रिज भएको छ ।
कर्मचारी र ठेकेदारहरुले समयमै काम सम्पन्न गर्न र गराउन नसकेपछि सडक निर्माणको लागि पठाईएको ७ करोड ५९ लाख रुपैया भन्दा बढि रकम  यस बर्ष पनि फ्रिज भएको हो । डिभिजन प्रमुख देवेन्द्र प्रसाद साह भन्छन,“ ठेक्का विलोमा जानु, बजेट ढिलो आउनु, जेठ महिना देखि नै वर्षा हुन थाल्नु लगायतका कारणले कुल वजेटको ८० प्रतिशत रकम खर्च भएपनि २० प्रतिशत रकम फ्रिज भएको हो ।”
सम्बन्धित निकायले बजेट भन्दा आधा कम रकम कबोलेर ठेक्का हात पार्ने र पेश्की लिएर कामै नगर्ने ठेकेदारहरुलाई अहिले सम्म  कारबाहि गर्न सकेको छैन ।
डिभिजन सडक कार्यालयले धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका ९६ वटा सडकहरुमा सडक कालोपत्रे, कल्भर्ट र नाला निर्माण, पुलपुलेसाको सुरक्षाका लागि तारजाली, माटो पुर्ने र ग्राभेल विछ्याउने लगायतका कामका लागि २० करोड भन्दा बढि रुपैयाको ठेक्का लगाएको थियो । सरकारले प्रत्येक बर्ष सडक लगायतका भौतिक पुर्बाधार निर्मणका लागि पठाउने गरेको करोडौं रकम यसरी नै फ्रिज हुन थालेपछि मध्य तराईका जिल्लामा विकास निर्माण लथालिङ्ग बनेको छ ।  कतिपय अवस्थामा विगतका वर्षहरुमा धनुषामा जिल्ला विकास समिति, जनकपुर नगरपालिका, वृहतर जनकपुर क्षेत्र विकास परिषद र सडक कार्यालयले एउटै योजनामा काम गरेर भ्रष्टाचार गर्ने प्रवृति धनुषामा व्यापक रहेको छ । डिभिजन प्रमुख साह भन्छन,“यस वर्ष हामीले हाम्रो योजना अन्तरगतको ग्रामिण विवरण जिविसमा र सहरी सडकको विवरण जनकपुर नगरपालिकामा पठाइ दिने गरेका छौ तर स्थानिय सरकारहरुले गर्ने कामको विवरण हामी कहाँ पठाउने गरिएको छैन ।”
डिभिजन प्रमुख देवेन्द्र प्रसाद साह

करोडौको लगानी, बालुवामा पानी
आर्थिक वर्ष २०६९ मा सडक कार्यालय धनुषाले करोडौको लगानीमा सडक, माटो, ग्राभल तथा पुल निर्माणमा लगानी गरेपनि उक्त लगानी बालुवामा पानी खन्याए सरह मात्र रहेको छ । यस वर्ष सहरी सडक निर्माण अन्तरगत जनकपुर नगरपालिकाको वडा नं.१मा रु. ५ लाख ७९ हजार, वडा नं. ३ मा रु. ४ लाख ४३ हजार, वडा नं.४ मा रु. ५ लाख ७१ हजारको माटो ग्राभलको काम गरिएको छ । त्यसैगरी वडा नं. ६ मा पिसिसि ढलानका लागि रु. १३ लाख ९९ हजार, परिक्रमा सडकमा ग्राभलिङ र सडक कालोपत्री गर्नका लागि रु. १५ लाख खर्च गरिएको छ ।
सपही माथि नै किन कृपा ?    त्यसैगरी ग्रामिण क्षेत्रमा सपहीमा ८० मिटर पिसिसि ढलानका लागि रु. ८ लाख, सपहीमा सिटीइभीटी जाने सडकमा रु.४ लाख, सपहीमा ३ सय मिटर नालानिर्माणका लागि रु.५ लाख ५८ हजार, सपहीमा क्षेत्रिय सडकमा नाला निर्माणका लागि रु.१४ लाख ९० हजार, रकम लगानी गरिएको छ । यसरी ग्रामिण क्षेत्र अन्तरगत सपहीमै सबै योजना किन परेको हो भन्ने सवालमा कार्यालयका डिभिजन प्रमुख देवेन्द्र प्रसाद साह भन्छन,“ कुन योजना कुन गाउँमा वा नगरपालिकाको कुन वडामा पर्ने हो त्यसको नीति हामी बनाउँदैनौ । रेडबुकमा नाम, पैसा र योजनाको काम अर्थ मन्त्रालय र राष्टिूय योजना आयोगबाटै बनेर आउँछ । हामीले सोही आधारमा अनुमान लगत गरी टेन्डर निकाल्छौ र योजनाको कार्यान्वयन गर्दछौ । ” त्यसै गरी यदुकोहा देखि डुमरिया सम्म साढे सात किलो मिटर माटो ग्राभलका लागि रु. ५० लाख खर्च गरिएको हो । त्यसैगरी दुई नम्बर जलादको १४ र १६ जोडने पुलका लागि क्रमशः रु.५० लाख र रु. ८० लाख खर्च गरिएको कार्यालयले जनाएको छ । कार्यालयका डिभिजन प्रमुख देवेन्द्र प्रसाद साहका अनुसार ८० प्रतिशत कार्य प्रगति भएको छ ।
    यसरी सरसरती हेर्दा जो कोहीले पनि प्रष्ट के बुझ्न सक्छ भने बर्षा हुन लाग्दा जेष्ठ अषाढमा आएर सडकमा माटो ग्राभलको काम गर्नु भनेको कामै नगरी, वा गर्नै परे केही फाट फुट लुगामा चिप्पी टालटुल गरेझै सडकमा कही कतै नामको लागि माटो वा ग्राभल खसाएर योजना पुरा भएको कागजमा देखाउने र वजेटको सम्पुर्ण रकम हजम गर्ने प्रवृति धनुषामा सामान्य बनेको छ । कर्मचारी र ठेकेदारको मिलेमतोमा हुने गरेको यस्तो किसिमको अनियमितता रोक्न जनता अगाडि आउनु नितान्त आवश्यक छ । जनताकै करबाट आउने विकासको उक्त रकम कसैले पनि भ्रष्टाचार गर्न पाउनु हुँदैन, गर्नेलाई स्थानीय प्रशासनले कानुनको कठघरामा उभियाई सुसाशन कायम गर्न गराउन सक्नु पर्दछ ।



मिति ः २०७०÷०४÷२७


No comments:

Post a Comment