Tuesday, July 16, 2013

नर्सिङ प्रति मधेसी छात्राको बढ्दो आकर्षण


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    केही वर्षसम्म छोरी बिग्रे नर्स अनि छोरा बिग्रे कमर्स पढ्छन भन्ने गरिन्थ्यो तर, हिजोआज परिस्थितीले छुट्टै मोड लिइसकेको छ । अहिले प्रायः अभिभावकको चाहना ऋण गरेर भए पनि छोरीलाई नर्स बनाउने हुन्छ भने छोरीहरुको रुचि पनि नर्सिङ पढ्ने हुन्छ । अन्य विषयको तुलनामा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन धेरै सहज छ । त्यसैले यसतर्फ धेरै छोरीहरुको आकर्षण बढेको छ ।
एसएलसीको प्राप्ताङक बमोजिम छनोट प्रक्रियाबाट राखिने र छनोटमा नपरेका छात्रा वषौँसम्म प्रयास गरेका हुन्छन । स्वदेशमा मात्र रोजगारी अवसर नभई विदेशमा पनि राम्रो अवसर पाइने भएकाले नर्स पढाईप्रति धेरैको आकर्षण बढेको हो । नेपालमा केही वर्षयता नर्सिङ पढ्नेहरुका लहर निकै बढेर गएको छ र मेडिकल कलेजको सङ्ख्या पनि त्यही अनुपातमा बढेका छन । तर, त्यो उत्पादित जनशक्तिलाई स्वदेशमा रोजगारी पाउने वातावरण पुनतः बनेको छैन । विकसित मुलुकहरुमा नेपालमा नर्सिङ पढ्नेहरुले पनि रोजगारीको राम्रो अवसर पाउने गरेका छन । त्यसै कारण धेरै छोरीहरुले लाखौँ खर्च गरेर भए पनि नर्सिङ पढ्ने गरेका छन ।
जनकपुरमा संचालित नर्सिङ क्याम्पसहरुबाट प्रति वर्ष कुल २४० वर्ष कुल २४० स्टाफ नर्सहरु उत्पादित भईरहेका छन् । हिजो सम्म पहाडी मुलका मात्र युवतीहरु स्टाफ नर्स रोज्ने गर्दथे । मधेशी मुलका यूवतीहरु यसलाई करियर बनाउने कुरा कल्पना सम्म गर्दैनथे । तर आजको समयमा मधेशी मुलकी यूवती मात्र होईन, दलित, जनजाति, लगायत सधैं वुर्कामा रहने मुस्लिम समुदायकी यूवतीहरुले समेत स्टाफ नर्सको अध्ययन गर्नु अत्यन्त सकारात्मक पाटो देखिएको छ । नेपाल सरकारले छात्रवृत्ति कार्यक्रम अन्तरगत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा र रौतहट गरी ८ जिल्लाहरुका  लागि दलित तथा विपन्न मुसलमान समुदायका लागि स्टाफ नर्सका लागि छात्रवृत्ति प्रदान गरेको छ । २०६७ साल देखि लागु गरिएको उक्त कार्यक्रम अन्तरगत देशै भरीका दश वटा नर्सिङ ईन्सिच्यूटहरुमा अध्ययन अध्यापन भईरहेको छ । सिटिईभिटीले विज्ञापन मार्फत भर्ना आव्हान गरी विद्यार्थी छनौट गरी दश वटा क्याम्पसलाई विद्यार्थी दिने गरेको छ । सोही कार्यक्रम अन्तगत नेपाल सरकारकै स्वामित्वमा रहेको जनकपुर नर्सिङ क्याम्पसले पनि ४० सीटका लागि ३ वर्षे स्टाफ नर्स कोर्षका लागि ६८ लाख ५० हजार ८ सय रुपैयामा टेण्डर लिएको छ । तेस्रो वर्षमा पुगेको उक्त व्याचमा ३१ जना दलित र ९ जना मुस्लिम समुदायकी छात्रा अध्ययनरत छन् । जनकपुर नर्सिङ क्याम्पसका प्रिन्सिपल जयकिशोर लाल भन्छन, “मुस्लिम र दलित समुदायको प्रवेश सकारात्मक हो । तर यहाँ अध्ययनरत मुस्लिम समुदायकी छात्राहरु मध्ये अधिकांश विवाहित र छोरा छोरीको आमा समेत भईसकेको अवस्थामा कक्षामा उपस्थिति अत्यन्त न्यून रहन्छ, जसले गर्दा उनीहरुमा गुणस्तर आउन सकिरहेको छैन ।” २०६० सालमा उक्त क्याम्पसले ३० र ०६१ देखि २०६८ सम्म प्रत्येक वर्ष ४०÷४० विद्यार्थी गरी हाल सम्म ३५० स्टाफ नर्स उत्पादन गरिसकेका छन् । जसमध्ये ४५ प्रतिशत जति मधेसी मुलकी छात्रा रहेको  प्रिन्सिपल लालको दावी छ । ०६७ को ब्याचमा उक्त क्याम्पसकी छात्रा अस्मिता दहालले ९३ प्रतिशत अंक ल्याएर देशैमा सर्वोत्कृष्ट गरेकी थिईन । अहिले जनकपुुरमा जनकपुर नर्सिङ कलेज, जानकी मेडिकल   कलेज, धनुषा नर्सिङ क्याम्पस, मिथिला टेक्निकल एकेडेमी, नेपाल टेक्निकल ईन्सिच्युट, केयर         मेडिकल सेन्टर सहित ६ वटा कलेजहरुमा स्टाफ नर्सको पढाई हुन्छ । प्रत्येक क्याम्पसले ४०÷४० गरी एक वर्षमा २४० नर्स उत्पादन गरिरहेका छन् ।
नेपाल नर्सिङ परिषद्को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हालसम्म १४ हजार ७७ जना स्टाफ नर्स उत्पादन भइसकेका छन भने अ.न.मी १६ हजार २८३ जना तयार भइसकेका छन । हालसम्म एक सय तीन (१०३) वटा संस्थाले तीन वर्षे नर्सिङ विषय अध्ययापन गराउने मान्यता लिइसकेका छन भने विएस्सी नर्सिङका लागि २५ वटा, विएनका लागि १९ वटा, मास्टर अफ नर्सिङका लागि ४ वटा र अनमीका लागि ४८ वटा कलेजले मान्यता लिइसकेका छन ।
नेपालबाट विभिन्न मुलुकमा रोजगारीका लागि जाने नर्सहरुको सङ्ख्या झण्डै तीन हजार जना रहेको परिषद्ले जनाएको छ जसमध्ये नर्सिङ परिषद्बाट अमेरिका, क्यानडा, अष्टेूेलिया र अन्य युरोपेली देशहरुमा दुई हजार ८५० जनाले स्वीकृत लिएर गएका छन भने बेलायत दूतावासबाट मात्र स्वीकृत लिइ एक सय जना नर्स विभिन्न मुलुकमा गएका छन । विदेशबाट आई नेपालका विभिन्न सरकारी वा निजी अस्पतालमा कार्यरत स्टाफ नर्सको सङ्ख्या ६३८ जना रहेको छ ।
    नर्सिङ पेसाप्रति अहिले सामाजिक र पारिवारिक दृष्टिकोण सकारात्मक रुपमा बदलिदै गएको छ र विदेशमा पनि सहजै रोजगारी पाउने भएकाले नर्सिङ पढाइप्रति रुचि बढेको हो ।
स्वास्थ्य जनशक्तिको पलायन बढ्नु दीर्घकालीन रुपमा स्वास्थ्य सेवाको विकास र सेवालाई विकेन्द्रीकरण गर्ने कुराका लागि राम्रो सङ्केत नभएको बताउदै जनकपुर नर्सिङ क्यामपसका प्रिन्सिपल लालले भन्नुभयो ( मुलुकको अस्थिर राजनीतिक व्यवस्था, कमजोर सामाजिक, आर्थिक परिस्थिति योग्य र सक्षम स्टाफ नर्स विदेश पलायन हुनुको प्रमुख कारण हो ।
बेरोजगारहरुलाई रोजगारीको वातावरण बनाउने र विदेशमा मात्रै आफ्नो भविश्य छ भन्ने मनस्थिति परिवर्तन ल्याउन अहिलेको स्वास्थ्य संरचनामा सुधार ल्याउनु जरुरी छ  ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटीले उत्पादन गर्ने सबै भन्दा बढी जनशक्तिमा स्टाफ नर्स पर्छ । यसले वर्षेनी झण्डै चार हजार जना स्टाफ नर्स उत्पादन र्गदछ । सिटिभिटीमा स्टाफ र्नस उत्पादनका लागि आङ्गिक र निजी क्षेत्र गरी ९४ वटा शिक्षालय छन भने अनमीका लागि ४८ वटा शिक्षालय छन् । एउटा शिक्षालयको ४० जनाको भर्ना क्षमता हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अञ्चल क्षेत्रीय शिक्षण अस्पताल तथा राष्टिूस्तरका अस्पतालमा पनि उत्तिकै यस्ता जनशक्तिको माग छ । विदेशी मुलुक अमेरिका, अस्टूेलिया, वेलायत, क्यानाडा जस्ता विकसित देशमा पनि रोजगारीको अवसरका साथै वसाईसराई र उच्च अध्ययनको अवसर छ । पछिल्लो पाँच वर्षको बीचमा व्यावसायीक रुपमा सञ्चालित नर्सिङ कलेज निकै बढेका छन जसको नियन्त्रणका लागि नेपाल नर्सिङ परिषद्ले आवश्यक प्रक्रिया थालनी गर्नु पर्ने देखिन्छ । जसमा कलेज सञ्चालकहरुले परिषद्ले तोकिएको न्युनतम मापदण्ड पुरा गरेका छन कि छैनन पढाईको गुणस्तरको बारेमा मुल्याङ्कन र अनुगमन गरी तिनैलाई अझै गुणस्तरयुक्त बनाउने पहल गर्नु पर्दछ । जनकपुरमै संचालित नर्सिङ कलेजहरु मध्ये कुनै पनि निजी कलेज सँग एक सय बेडको अस्पताल छैन । कतिपय कलेजका अस्पतालमा विरामीहरु निकै न्यून हुने भएपछि नर्सहरुमा हुनु पर्ने गुणस्तर आउन सकिराखेको छैन् । दसौं हजार छात्रा स्टाफ नर्स बन्ने लक्ष्यका साथ प्रवेश परीक्षामा प्रतिस्र्पधा गर्ने भएकाले मेहनतचाहिँ आवश्यक  हुन्छ नै । स्कुले अध्ययनमा राम्रो गर्ने छात्रहरुले एसएलसी उत्तीर्ण भएपछि नर्सिङलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।
नेपालमा मेडिकल प्रशिक्षित मानिसको माग विकसित देशमा बढ्दो छ, जसमा सबैभन्दा बढी माग नर्सहरुकै छ । यसले नेपाली नर्सका लागि  युरोप, अमेरिका, अस्टूेलिया, न्युजिल्यान्डजस्ता मुलुकमा करियर बनाउने बाटो खुला गरिदिएको छ, तर यसो भन्दैमा नेपालमा नर्सहरुका लागि  अवसर छैन भन्ने होइन । हरेक वर्ष उत्पादन हुने नर्सको ठूलो संख्या स्वदेशमै पनि खपत हुने गरेको छ । एकार्तफ नेपालमै सरकारी तथा निजी  चिकित्सालयको संख्या बढ्दै जानु र अर्का  तर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज बन्नुले स्टाफ नर्स प्रतिको आर्कषण कायमै रहेको हो।
स्वदेशमै पनि स्टाफ नर्सको आवश्यकता अझै छ स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्ने रामजानकी कोचिङ सेन्टरका प्रबन्ध र्निदेशक ले गनेश साह भन्छन, हाल करिब १ सयवटा नर्सिङ कलेज सञ्चालन हुनु र अझै खुल्ने क्रममा रहनुले यसलाई पुष्टि गर्छ ।
सरकारी कलेजहरुको तुलनामा प्राइभेट सिटिइभिटी को अध्ययन शुल्क बढी छ । सरकारी कलेजमा न्यून शुल्कमा  अध्ययन गर्न पाउने भए पनि सिटिइभिटी अन्र्तगतका कलेजमा २ लाख ५० हजार देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्छ ।
इन्स्टिच्युटमा स्टाफ नर्सको प्रवेश परीक्षाका लागि अध्ययन गर्नुपर्ने विषय, यसअघिका प्रवेश परीक्षाका प्रश्नपत्रको  समाधान अभ्यास तथा नर्सिङ अध्ययनका आधारभूत ज्ञान प्रदान गरिने साह बताउँछन “नर्सिङ स्वास्थ्यसँग सम्बन्धित भएर पनि सामाजिक प्रतिष्ठा र सेवासँग सम्बन्ध जोडिएको विषय हो त्यसैले स्टाफ नर्स बन्ने विद्यार्थीमा के कस्ता  गुण हुनुपर्छ भन्ने कुरा पनि प्रवेश परीक्षा तयारी कक्षाले जानकारी दिन्छ ।” सिटिइभिटीले स्टाफ नर्स कार्यक्रम सञ्चालनको सम्बन्धन दिनुअघि  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक कलेज तथा काठमाडौं विश्वविद्यालयमा मात्र यो कोर्स अध्यापन हुन्थ्यो ।
    नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पस (६१ सिट, १ सिट कर्मचारीका छोराछोरीका लागि), ललितपुर नर्सिङ  क्याम्पस (४५ सिट), पोखरा नर्सिङ क्याम्पस (४५ सिट), वीरगन्ज नर्सिङ क्याम्पस ४० (३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन) नेपालगन्ज नर्सिङ क्याम्पस ४० (३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन सिट), विराटनगर नर्सिङ क्याम्पस  ४५ (३५ सिट स्कलरसिप तथा  १० सिट डोनेसन सिट) छन्। त्रिभुवन विश्वविद्यालय अन्र्तगतका ६ वटा क्याम्पसमा २ सय ७६ जनाले भर्ना पाउँछन । त्रिभुवन विश्वविद्यालय  तथा वीर हस्पिटलको नाम्समा प्रवेश परीक्षा दिन एसएलसीमा न्यूनतम ५० प्रतिशत अंक हासिल गर्नुपर्छ । यी ७ वटा विश्वविद्यालय कलेजमा भर्ना  पाउन कठिन मानिन्छ। वीर अस्पतालमा ४० जनाले अध्ययन गर्न पाउँछन ।
सिटिइभिटी तथा त्रिविविका पाठ्यक्रम एकै प्रकारका हुन्छन जसमा प्रथम वर्षमा आधारभूत नर्सिङ कम्युनिटी इन्टिग्रेटेड साइन्स, होम  भिजिटिङ, दोस्रो वर्षमा मिडवाइफरी, ए, बी, सी, नेपाल परिचय, बिहेविएर साइन्स, नर्सिङ केयर अफ चिल्डूेन र तेस्रो र्वषमा र्नसिङ केयर अफ  एडल्ट, लिडरसिप एन्ड म्यानेजमेन्ट आदि विषय अध्ययन गर्नुपर्छ ।
स्टाफ नर्स भएपछि कमसेकम तीन र्वषको अनुभवपछि मात्र नर्सिङ स्नातक (बिएन नर्सिङ ) गर्न सकिन्छ तर सिटिइभिटीका कलेजहरुमा एक  वर्षको अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ । नर्सिङको अध्ययनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा तीन वर्ष समयावधिको बढीमा  १ लाख रुपैयाँसम्म खर्च हुन्छ । सिटिइभिटीअन्तर्गतका कलेजमा ३ देखि ४ लाखसम्म खर्च हुन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नर्सिङ  क्याम्पसहरुमा प्रतिमहिना दुई सय रुपैयाँ छात्रवृत्ति पाइन्छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क छात्रावास पाउँछन् ।
सेवामुखी हुन सकेनन
जनकपुुरमा कार्यरत नर्सहरु सेवामुखी भन्दा पनि बढी पैसामुखी हुन थालेका छन् । खास गरी जनकपुर अञ्चल अस्पतालमा कार्यरत नर्सहरुको व्यवहार विरामी मैत्री हुन नसकेको जनगुनासो छ । रातीको सिफ्टमा कार्यरत नर्सहरु विरामीलाई हेरचाह गर्नुको सट्टा सुतेरै । रमाईलो गरेर विताउने गरेका छन् । जनकपुर अञ्चल अस्पतालमा २४ जना स्टाफ नर्सको पद स्वीकृत भए पनि १३ जनाको नियुक्ती मात्र रहेकोले पनि उक्त समस्या आउने गरेको नर्सहरु नै बताउँछन् । निजी अस्पतालमा कार्यरत नर्सहरुको पारिश्रमिक राम्रो नभए पछि नर्सहरु प्राय ः जसो दुई दुई ठाउँमा समेत काम गर्ने गरेको, यसका साथै नर्सिङमा स्नातकको अध्ययन समेत गर्दा नर्सहरुले विरामीलाई हेरचाह गर्न सकिरहेका छैनन् ।
    जनकपुर अञ्चल अस्पतालमा कार्यरत नर्सहरु मध्ये कतिपय जानकी मेडिकल कलेज रम्दैया समेत जाने गरेको कारण थकाईले गर्दा पनि तिनीहरुको सेवा प्रभावकारी हुन सकेको छैन् ।
   

मिति ः २०७०÷०३÷३०

No comments:

Post a Comment