Tuesday, July 16, 2013

शिक्षाका प्रबन्ध, प्रयोग, प्राप्ती र प्रभाव एक विश्लेषण


उमेशलाल कर्ण   
मानव सभ्यताको प्रादुर्भाव देखि नै कुनै न कुनै रुपमा शिक्षा आदान प्रदानको व्यवहार चल्दै आएका प्रमाणहरु अहिले प्रशस्त भेटिन्छन् । प्राचिन कालमा शिक्षा र धर्मलाई सँगसँगै राखेर सञ्चालन भएको अवस्थाहरु हाम्रा धर्मशास्त्रहरुमा उल्लेख भएको भेटिन्छन् । धर्ममा आधारित शिक्षा प्रणाली अहिले पनि सञ्चालनमा छन् । धर्मलाई नै जीबनका वास्तविक सत्य मानी यसमा रमेकाहरु कम छैनन् । यसको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यस्ता पक्षहरुको विश्लेषण गर्नु अहिले पनि सान्दर्भिक नै देखिन्छन् । मान्छेको व्यवहार यस्तो होस जसमा कुनै अर्को व्यक्तिलाई आहत गर्ने खालका अनुभव गर्नु नपरोस भन्ने अभिव्यक्ति धेरै व्यक्तिहरुबाट सुनिन्छन् । अहिलेको प्राज्ञिक चिन्तनमा कर्म नै प्रधान हो कर्मलाई एउटा निश्चित ढाँचामा परिपालन गर्नका लागि धर्मको विश्लेषण पनि आवश्यक भएको बारेमा छलफल भई रहेको छ । धर्म विनाका कर्म संयमित नभई यसको गुणस्तर र आवश्यकतामा आधारित छ, छैन भन्ने अवस्था ओझेलमा पर्न सक्छ । यस प्रकार शिक्षालाई धर्मको परिपालना गराएरै आवश्यकतामा आधारित हुने गरी सञ्चालन गर्नुृ पर्ने आवश्यकता हामी कहाँ छ । यस्ता सन्दर्भलाई शिक्षा प्रणालीको आधारमा व्याख्या गर्दा धर्म भनेको साझा मूल्य, व्यवहार, ज्ञान, सीपहरुको संगालो हो, जसको निर्माण कुनै आदर्श पुरुष लगायत धर्मानुरागीहरुले गरेका हुन्छन् । उपरोक्त आधारमा धर्म भनेको शिक्षाको पाठ्यक्रम हो जसलाई प्रयोग गरेर शिक्षार्थीहरुको व्यवहारलाई समयानुकुल परिबर्तन गर्न सम्भव हुन सक्छ । यसमा भएका मूल पक्षहरुलाई एउटै धरातलीय स्थानमा राखेर विश्लेषण गर्दा धर्म( आदर्श ) विनाको शिक्षा, शिक्षा विनाको कर्म एवम् कर्म वेगरको धर्मको कुनै काम छैन भन्ने सन्दर्भहरु विभिन्न अनुसन्धानका अनुभव तथा प्राप्तीहरुबाट बुभ्mन एवम् अनुभुत गर्न पाईन्छ ।
    अहिले दर्शनहरुमा यस्ता विषयवस्तु र सन्दर्भलाई धेरै महत्व दिएर चर्चा भई रहेको छ जसमा प्रयोजनवादीहरु शिक्षालाई जीवनका वास्तविक सन्दर्भसँग जोडनु पर्ने आवश्यकतालाई औंल्याएका छन् । उनीहरुमा भएका एकरुपता भनेको शिक्षाले कुनै व्यक्तिलाई बाँच्नका लागि विभिन्न आधारहरु प्रदान गर्दछ जस्तैः कुन काम कसरी र कहाँ कुन अवस्थालाई आधार मानेर गर्दा सफलता प्राप्त गर्न सकिन्छ । दैनिक उपभोगका वस्तुहरु कहाँबाट कसरी हामी प्राप्त गर्दछौं त्यसका सबै आवश्यक ज्ञान गुणका पक्षहरु खोतल्नु पर्ने काम शिक्षाको हो र यसबाट कुनै व्यक्तिको जीवनयापन स्तरीय भएर अरुसँग सहकार्य सहयोगको वातावरण तयार गरी अरुलाई पनि बाँच्न विभिन्न आधारहरु खडा गरिसकेका जनशक्तिहरु शिक्षा प्रणालीबाट उत्पादन हुन्छन् । परापूर्वकालमा मानवीय आवश्यकताहरु सीमित थिए जसबाट शिक्षाको संरचना अत्यन्तै साँघुरो थियो ।
     जब जब हाम्रा आवश्यकताहरु बढ्दै गए तब तब शिक्षाको क्षेत्र विस्तृत हुँदै गए जसबाट अहिलेको शिक्षा अत्यन्तै फराकिलो ( व्यापक ) दायरामा आएको छ । शिक्षाले नै सारा पक्षहरुलाई समेटेर यसमा भएका सौन्दर्यता सुगन्धहरु हामी भएको वातावरणमा छर्न सफल भएर आप्mनो गरिमा बढाउन अग्रसर भएको छ । हामी शिक्षा जस्तो बनाऔं, शिक्षा जसरी चलाआंै, शिक्षा जसरी आर्जन गर्औं गराऔं एवम् शिक्षा जसरी भोग्औं यी पक्षहरुले नै हाम्रा विकसित हुने नहुने चिन्ह ( आधार ) हरुलाई उजागर गर्दछ । पहिलेका र अहिलेका शिक्षामा फरक हुने धेरै पक्षहरु छन्, जस्तै पहिलेका शिक्षामा मानवीय समस्याहरु जसरी देखा पर्दै गयो त्यसरी नै शिक्षाको प्रारुप तयार हुँदै गयो । शिक्षाले मूलतः मानवीय आवश्यकताहरुलाई सम्बोधन गर्ने कार्यमा सक्षम हुनु पर्दछ । आवश्यकताहरुको सम्बोधन गर्न सक्ने शिक्षा भएनन भने शिक्षा गुणात्मक भएन भने चर्चाहरु प्रशस्तै सुनिन्छन । शिक्षालाई आवश्यकतामुखी बनाउन सके मात्र यसमा भएका विविध राम्रा पक्षहरुलाई हामी उपभोग गर्न सक्छौं ।
    समाजका आवश्यकताहरुलाई सम्बोधन गर्ने खालका शिक्षालाई पर्याप्त आधारका शिक्षाको रुपमा लिन सकिन्छ, जस अन्तर्गत आवश्यकता विविध छन् तर यसमा हुनु पर्ने बिबिधतालाई हाम्रा साधन स्रोतहरुको उपलब्धताले पुरा गर्न सकेको छैन । यस प्रकारको अभाव शिक्षामा भएका लगानीको अंश थोरै भएको आधारलाई पुष्टी गर्दछ । शिक्षामा लगानीका अंश वृद्धि गर्नुको अर्थ यो होइन कि दान, कर्जा तथा अरुको सहयोगलाई मात्र परिचालन गरेर शिक्षाका खर्चको जोहो गर्ने तथा शिक्षामा आत्मनिर्भरताको अभाव भएको देखाउँछ ।
    मानव आवश्यकताहरु मध्ये केही आधारभूत आवश्यकता वाहेकका आवश्यकताहरु समय समयमा परिवर्तन भई रहन्छन् । मानवीय आवश्यकता मूख्य रुपमा खाना, नाना, आराम, स्वास्थ्य, मनोरञ्जन, सुरक्षा, विभिन्न पूर्वाधारहरुको तयारी, एकापसमा सहकार्य, शान्ति, सदभाव, व्यवसायीकता, नैतिकता, धार्मिकता, कर्मयोग्यता, सहिष्णुता, सच्चरित्रता जस्ता पक्षहरुलाई शिक्षाले उकास्नु पर्ने अवस्था छ । शिक्षाले अन्तर्राष्टिूय सम्बन्ध, सहकार्यमा पनि आजका वालवालिकाहरुलाई सक्षम बनाउन शिक्षाको निर्माण ( पाठ्यक्रम तयारी ) मा यस्ता सन्दर्भहरु मिसाउने कार्य गर्नु पर्ने हुन्छ । यस प्रकार शिक्षा अत्यन्तै सम्वेदनशील अवधारणा हो शिक्षासँगका व्यवहारहरु ( पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक तयारी, सन्दर्भ सामग्रीहरुको निर्माण, शिक्षण, मूल्यांकन, पृठिपोषण छलफल तथा अनुगमन सहयोग ) गर्न अत्यन्तै सचेत एवम् संयमित हुने आवश्यकतालाई मनन विश्लेषण गर्ने वेला भएको छ । शिक्षामा विशिष्टीकरण गर्नु पर्ने अनिवार्य भएको छ जहाँ जस्तो परिवेश आवश्यकता एवम् वातावरण रहेको छ त्यस्तै प्रकारको शिक्षा सञ्चालनका लागि व्यवस्थापन गर्नु पर्ने आवश्यकता छ । यस्तो अवस्थालाई शिक्षामा स्थानीयकरणको नामले परिचित छ ।
शिक्षालाई आप्mना सन्दर्भहरुसँग जोड्न जति सफल भयौं त्यति नै गुणात्मक शिक्षाको व्यवस्थापन, परिचालन, प्रयोग एवम् प्रतिबिम्वन गर्न सफल भएको प्रमाणित हुन्छ । अहिलेलाई अरुसँग तुलना गर्दै अन्य असल अभ्यासहरुलाई स्थानीयकरण गरी अनुकुल हुने खालका अभ्यासलाई शिक्षामा प्रबेश गराई शिक्षालाई विश्वव्यापीकरण गर्ने चुनौतीपूर्ण हाँक छँदै छ यसलाई पनि व्यवस्थापन गर्नु पर्ने अनिवार्य भएको छ ।
    शिक्षालाई आप्mनै सन्दर्भसँग आबद्ध गराउन सफल भयौं भने मात्र हाम्रो भविष्य सुनिश्चित हुन सक्छ यसलाई सबै सरोकार पक्षहरुले बुभ्mनु पर्ने आवश्यक भएको छ । कहीं हामी अरुका आदर्श, आवश्यकता एवम् कामका लागि शिक्षाको प्रबन्ध गरेका छौं ? यदि छौं भने तत्काल यसलाई विश्लेषण पहिचान गरी यसलाई सुधार गर्दै शिक्षालाई हामी आप्mनो समस्याहरुमा केन्द्रित गरी शिक्षाका कार्यक्रम सञ्चालन गर्न सक्षम हुनु पर्ने आजको ठूलो आवश्यकता छ ।


   

मिति ः २०७०÷०३÷३०

No comments:

Post a Comment