Tuesday, July 16, 2013

व्यवस्थित मासु बजार नहुँदा नगर दुर्गन्धित



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
तराईका जिल्लाहरुमा व्यवस्थित मासु बजार नहुूदा गुणस्तरहीन मासु खान उपभोक्ताहरु बाध्य  छन् । अस्वस्थकर मासुका कारण उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्दासमेत सम्बन्धित निकाय मौन बसेको छ ।
    जनकपुरमा दैनिक  ३५ देखि ४० क्विन्टल माछामासु विक्री हुन्छ । लाखौू मूल्यको माछामासुको कारोबार भए पनि नगरपालिकाले अहिलेसम्म व्यवस्थित वधशाला र बजार व्यवस्थित गर्नेतर्पm चासो देखाएको छैन । माछामासु व्यवसायलाई व्यवस्थित गर्ने नाउँमा नगरपालिकाले वार्षिक लाखौं रुपैयाू कर उठाउूछ । तर, त्यो रकमबाट मासु वजार व्यवस्थापनका लागि एक पैसा खर्च गरिएको छैन ।  व्यवस्थित मासु बजार नहुँदा जथाभावी फालिने फोहोरका कारण नगर दुर्गन्धित बनेको र यसको प्रत्यक्ष असर सर्बसाधारणको जनस्वास्थ्यमा परिरहेको छ ।
    गत वर्ष जनकपुरमा व्यवस्थित बधशाला निर्माणका लागि पशु पक्षी बजार निर्देशानालय काठमाडौंले ३० लाख रुपैयाँ जिल्ला पशु सेवा कार्यालय धनुषा मार्फत बढाए पनि काम नभए पछि रकम फ्रिज भएको हो । उक्त रकम मध्ये बधशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका श्याम साहले जनकपुरको मुजेलिया स्थित गुठीको जग्गामा माटो खसाल्ने नाउँमा ४÷५ लाखको रुपैया खर्च गरेको पनि व्यर्थ भएको छ । अहिले उक्त ठाउँमा धान खेती भइरहेको छ ।  नगरमा यसरी विक्री गरिने मासू, माछा सहितको अनुगमन, तथ्याङ्क सवैका लागि जनकपुर नगरपालिकामा ‘मिट इन्स्पेक्टर’ अर्थात ‘हेल्थ इन्स्पेक्टरको नियूक्ती हुन्छ तर ती कर्मचारी कामै नगरी जनताको राजश्वबाट तलब खाने गरेका छन । पशु वधशाला र मासु जाँच ऐन, २०५५ लागू भए पनि जनकपुर, जलेश्वर, सिराहा, मलंगवा, राजबिराज, गौर लगायतका ठुला र साना शहरहरुमा यो ऐन कार्यान्वयन नहूुदा दुर्गन्धित र हानिकारक मासु खान यहाँका बासिन्दा बाध्य छन् ।  नगरपालिका र मासु व्यबसायीहरुको गैर जिम्मेबारीक कारण आम सर्वसाधारणको  स्वास्थ्यसंग  यतिविघ्न खेलवाड भईरहूदासमेत कानुन पालना गराउन बसेको स्थानीय प्रशासन भने कानमा तेल हालेर बसेको छ । यहाुका बजारहरुमा खुलेआम रुपमा मासु व्यवसायीहरुले खसीको भन्दै सर्बसाधारणलाई भुक्याएर बाख्राको मासु दिने गरेपनि कानुन पालना गराउन बसेका स्थानिय प्रशासन मौन बसेको छ । खसीको भन्दा बाख्राको मासु सस्तो पर्ने भएकाले जनकपुरको अधिंकास ठुला बडा होटेलहरुमा व्यबसयीयहरुले बाख्राको मासु किनेर लाने गरेको स्थानीयनगरवासीको भनाई छ । मासु व्यवसायलाई व्यवस्थित गर्न र सर्बसाधारणलाई स्वस्थकर मासु उपलब्ध गराउनकै लागि जिल्ला पशु विकास कार्यालय धनुषाले तीन वर्षअघि नै व्यवस्थित वधशाला बनाउने योजना अघि सारेको थियो ।

मिति ः २०७०÷०३÷३०

No comments:

Post a Comment