Tuesday, June 25, 2013

ज्ञानेन्द्रको भ्रमण– अनुज मिश्र


सात वर्ष पहिले एउटा लहर चलेको थियो । वर्षो देखि स्थापित केन्द्रविन्दुलाई सबै सदाकालागि विस्थापित गर्न चाहन्थे । एकातर्फ अनवरत पहाड र अर्को तर्फ स साना ढुङ्गाहरु । हेर्दा त्यो दृश्य वर्षौ देखि साल गाडिर बसेको केदारनाथघाम विरुद्ध चलेको मनसुनको विकेन्दीकरण अभियान जस्तै थियो । परापुर्वकालदेखि चलिआएको प्रथा, परम्परा र प्रचलन विरुद्धको त्यो मोर्चाबन्दी पुरा देशलाई अङ्गालामा लिएको थियो । पृथ्वीको गोलार्धमा अवस्थित एक नक्श पुरा विश्वलाई एक संदेश दिन चाहन्थ्यो । फलस्वरुप, ठुलो पहाडलाई अडयाउने ढुङ्गाहरु जाई लागे  र सारा धर्ती समथर भयो । वैचारिक रुपले । सबै क्रान्ति चाहे । त्यो अलग कुरा हो, केही ढुङ्गाहरुले अझपनि गिट्टी र बालुवालाई च्यापेको छ । तिनका अस्तित्वलाई गौण गर्दा सायद उनले केदारनाथ सम्झिनुपर्छ, जहाँ अहिले वालुवा र गिट्टीले आफ्नो विस्तुत स्तीत्वलाई बोध गराएका छन । शाही शान पनि समतल जमिनको एक हिस्सा बने । सबैलाई विश्वास भयो असम्भव केही हुँदो रहेनछ । नेपाल एक राजाविहिन राज्य बन्न पुगे । कुरा त्यतिकैमा रोकिएन । सामाजिक न्याय, लोकतन्त्र र समावेशीको अर्को लहरले हरेक वर्ग, जात, समुदाय, लिङ्ग आदिले अनन्तकालदेखि खेप्दै आउनुपरको उत्पीडन विरुद्ध ६ वर्ष पहिले एक राष्टूव्यापी आन्दोलन शुरु भयो । कतिले यसलाई मधेसी आन्दोलनको नाउँ दिए त कतिले मधेस विरोधी ।
एकलौटी शासनको कक्षा भित्र रहेको स साना कथाहरुको तह उप्किन थाले । सारा मधेश दक्षिण अफ्रिकाको जंगलमा लागेको आगो सरह परिवर्तनको अग्निमा जलिरहयो । पहाडी केन्द्रिकरणको वर्वरतापुर्ण इतिहास नबोकेको कोही थिएनन । पुर्वजहरुको मुखबाट उत्पीडन र दमनको इतिहास सुन्दै र भोग्दै आउनेहरु अन्ततः स्वतः स्फुर्तरुपमा हल्लाबोलेको थिए । धेरैले ज्यान गुमाए, असहाय र अपाङ्ग भए । मधेसी कुरापनि यततत्र सुनिन र बोलिन थाले । महिला, मधेसी , आदिवासी, जनजाति, दलित, मुस्लिम लगायतका पहिचानविहिन, सिद्धान्तकृत, पिछिडिएकाा वर्गहरुले पनि खुला आकास पाए । आवाज पहिलो चोटी सुनिए । ती अधिकारलाई संस्थागत गर्न संविधान सभाको मिति तोकियो यसरी वर्षो पछाडि भएको हक अधिकारको लडाईले लाखौं जनतामा नयाँ आश थपियो । एक महाअध्यान वाँडियो । सुनको संसार पहाडपारीको गाउँ नै थियो जस्तो लाग्यो मानिस हिडदै गए, कोही विरामी परे, केहि मरे तर त्यो संसार अझै आएन । फलस्वरुप संविधान सभाको विघटन भयो । निराश जनमनले आफ्नै प्रतिनिधि पठाए पनि हक अधिकार सुनिश्चित गर्ने साट्टो व्यक्तिगत फाइदामार्ने केन्द्रित देखे ।
    वर्षो जगंल बसेर स्वप्न बाँडेको माओवादी पार्टी पनि हक, अधिकार संस्थागत समेत गर्न सकेनन । मधेसी प्रतिनिधित्व एक भेडिया भन्दा कम लागेनन । दलितको नाउँमा दलले दलाली गरे । महिला महिला भनेर चिनिए र महिला भएकै कारणले अरु वढी हिंसाका सिकार भए । मुस्लिम, आदिवासी, सिमान्तकृत, मधेसी आदि कोटा राजनीतिक क्रेडिट बन्न पुगे ।
यसै विच ज्ञानेन्द्रले जनमानसमा राम्रो पहिचान बनाउन तराई, पहाड र  हिमालको भ्रमण यात्रा प्रारम्भ गरे । विभिन्न थरीको आवाज सुनियो, राजा नै ठिक थिए । कसैले भने, राजा नै चाहिन्छ । भीड ज्ञानेन्द्र उभिने ठाउँमा पनि आजकाल ठुलो नै देखिन थालेको छ । मानिस पुर्व राजा ज्ञानेन्द्रमा पनि आफ्नो भविष्य खोज्न थालेका छन । लोकतन्त्र, गणतन्त्र, नयाँ नेपाल, स्वीजरलैण्डको नाउँबाट नै भयभीत हुने नेपाली जनता इतिहास नै रोज्न वाँध्य हुन थालेका छन । मानौ जहाजमा राखेको कुनै कैदी मौका छोपेर स्वतन्त्र हुन खोज्छ । जहाज वाहिर निस्कदा उसले चारैतिर समुन्द्र नै देख्छ र वाध्य भएर त्यो कैदी फेरिपनि त्यही खोर भित्र आफ्नो जिवन खाजीमा स्वेच्छाले पसेजस्तै केही भविष्य खोज्न थालेको छन । स्व.कृष्णप्रसाद भट्टराई सायद त्यो प्रथम कैदी थिए । विस्तारै(विस्तारै निमुखा जनताहरु हुन थालेका छन ।
सैर्यौ वलिदानी पश्चात अर्जित कथित लोकतान्त्रिक गणतान्त्रिक नेपालमा नै सबैले भविष्य खोज्नुपर्छ । लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गरी ज्ञानेन्द्र झै विगत बोकेका पार्टी, नेताहरुलाई पाखा लाउन सक्ने एकमात्र शक्ति सार्वभौम अव नेपाली जनतामा निहित प्रतिनिधित्व आफैले वा एक सशक्त माध्यमबाट गर्नुपर्ने देखिन्छ । लहरले क्रान्ति निश्चित छ तर दीर्घकालिन परिवर्तन र विकास बैचारिक उपजभए मात्र सम्भव छ । पानीले केदारनाथलाई विकेन्द्रीत गर्ने साहस गर्न  सक्छ भने भ्रष्ट नेता, व्यक्ति र समाजबाट मुक्ति पाउनु कुनै ठुलो कुरा होइन तर चुनौती अवश्य छ । यसरी कर्तव्य विमुख भएर अन्ध्यारोमा उज्यालो देख्नु आशावादी दार्शनिक चिन्तन हुनसक्छ तर हिमहिमाउदो जुनेली रातको फरकपनालाई छुट्टयाउन किनारा लगाउनु पर्छ, धर्ती र स्वतन्त्रताको मानवीय इतिहासमा एक अटुट सम्बन्ध रहेको तथ्यलाई नर्कान सकिदैन । लेखनलाई राजावादी सोचको क्रीडास्थल मान्ने पनि धेरै छन होला तर के पुर्व राजाको प्रसङ्ग नउठाउनु र भय प्रकट नगर्नु पनि समावेशी आवाजको मुख बन्द गर्नु होइन । आखिर यति स्वतन्त्रतापनि ज्ञानेन्द्र गएपछि नै हामीलाई प्राप्त भएको छ ।






मिति ः २०७०÷३÷९

No comments:

Post a Comment