Tuesday, June 25, 2013

गोली प्रहारबाट चार घाईते


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
३ अषाढमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताको गोली प्रहारबाट महोत्तरीको मनरा कट्टीमा दुई जना घाईते भएका छन् । घाईते दुईजनामध्ये एकजनाको अवस्था समान्य रहेपनि पेटमा गोली लागेका अर्का एकजनाको अवस्था गम्भिर रहेको जनाईएको छ ।
घाईतेहरु महोत्तरीको मनरा कट्टी गाबिस वडा नं ८ का १९ वर्षिय बिकास सिंह र शैलेन्द्र मण्डल हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सिंहको तिघ्रामा दुई गोली लागेको छ भने मण्डलको पेटमा एक गोली लागेको छ । सिंह नेपाली सेनाका सिपाहीमा भर्ना भएर १० गतेबाट सुरु हुने ९ महिने तालिमका लागि असार ८ गते प्रस्थान गर्ने तयारी गरेका थिए ।
मनराकट्टी गाबिस वडा नं ८ स्थित चियापसल अगाडी बसिरहदा रातो रंगको अनटेष्ट डिस्कोभर मोटरसाईकलमा बसि आएका दुईजनाको समूहले अन्धाधुन्ध गोली फायर गरी फरार भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएको छ । दुबैजना मधेसी मूलका अन्दाजी वर्ष ३२ र ३५ को हुनसक्ने घाईते सिंहले जनाए । यता घटनापछि जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक राजन मुक्तिले घटनाको जिम्मेबारीको दाबी गरेका छन् ।
उनले स्थानीय सञ्चारमाध्यमहरुमा फोन सम्पर्क गरी आफ्नो कार्यकर्ताले गोली प्रहार गरेको दाबी गरेका छन् । सुरक्षा निकायमा कार्यरत मधेसी मूलका ब्यक्तिहरुलाई राजिनामा नगरेको र संबिधान सभा निर्वाचनको मिति घोषणाको बिरोधमा कारबाहीलाई तेज बनाउने क्रममा गोली प्रहार गरिएको मुक्तिको दाबी छ ।    
सिंह दामपत्य माथि गोली प्रहार
वन्दको अवज्ञा गरेको भन्दै जनतान्त्रिक तराई मुक्ती मोर्चा (राजन समूह) का कार्यकर्ताहरुले ५ अषाढमा महोत्तरीको मनरामा श्रीमान श्रीमतीमाथि गोली प्रहार गरेको छ । 
गोली प्रहारबाट घाईते हुनेमा मनरा(६ का २६ वर्षिय अभयकुमार सिंह र उनकी श्रीमती सोनम सिंह रहेका छन् ।
जनकपुरको जानकी मन्दिरमा दर्शन गरि ज ५प ५४६० नम्वरको मोटरसाईकल चढेर  जलेश्वर हुदै गाउँ  फर्किने क्रममा मनरा(८ स्थित पुलमा मोर्चाका कार्यकर्ताहरुले उनी माथि गोली प्रहार गरेको हो ।
मोटरसाईकल चढि आएका दुई जना मोर्चाका कार्यकर्ताहरुले पुलमा पुग्ने वित्तिकै दम्पति सिंहलाई मोटरसाईकद रोक्न लगाई पेस्तोल ते¥साउदै श्रीमती सोनमालाई मोटरसाईकलबाट ओरालन भने पछि उनीहरु ज्यान जोगाउन मोटरसाईकल हुक्याएका  थिए । भाग्ने क्रममा मोर्चाका कार्यकर्ताहरुले श्रीमान श्रीमती माथि अन्धाधुन्ध गोली फायर गरेका थिए ।
सात राउण्ड गोली फायर गरिएको र ती मध्ये अभयको वाया हात र खुट्टामा दुई राउण्ड लागेको छ भने मोटरसाईकल पछाडी वसेका सोनमको खुट्टा र तिघ्रामा तिन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले वताउनुभयो ।
गोली लागेर उनीहरु ढलेपछि मोर्चाका कार्यकर्ता थप गोली फायर गर्दै फरार भएको प्रत्यक्षदर्शिले वताएको छ ।
उनीहरुको उपचार जनकपुर स्थित सिटि अस्पतालमा भइरहेको र अवस्था नाजुक रहेको अस्पतालले जनाएको छ ।
असार ५ गते र ६ गते पूर्व राजा ज्ञानेन्द्रका धनुषाको जनकपुर र महोत्तरीको जलेश्वर भ्रमण कार्यक्रम रोक्नु पर्ने माग गर्दै दुई दिने धनुषा महोत्तरी वन्दको आह्वान गरेको र सो को अवज्ञा गरेकोले कारवाही स्वरुप गोली प्रहर गरिएको मोर्चाले जनाएको छ ।




मिति ः २०७०÷३÷९

No comments:

Post a Comment