Tuesday, June 25, 2013

कर्मचारी र व्यवस्थापकले डुवायो ‘नेपाल रेल्वे’


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपालको एक मात्र जनकपुर(जयनगर रेल सेवामा दिनानुदिन ओरालो लाग्दै छ । तीन सेवा प्रदान गर्दै आएको रेल्वेले अहिले एक सेवा मात्र प्रदान गरेको छ त्यो पनि जोखिमपुर्ण । प्रतिघण्टा मुस्किलले १८ किलोमिटरका दरले गुड्ने जयनगर(जनकपुर रेलका यात्रुले आफ्नो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको छ । एउटा बस सञ्चालन गरेको व्यक्तिले दुई तिन वर्ष भित्रमा दुई तिन वटा बस सञ्चालन गर्न सक्षम हुन्छन तर नेपाल रेल्वेमा कार्यरत कर्मचारी, व्यवस्थापकले दोहन गर्नमै सिमित भएका कारण रेल सेवा अव सदाका लागि बन्द हुने कगारमा पुगेको छ ।  चैत्र महिनामा केन्द्रले पठाएको ८० लाख रुपैयाँ कार्मचारीको तलब मै खर्च भएर सिधिएपछि अहिले कर्मचारीलाई तलब खुवाउन महाप्रबन्धकलाई हम्मेहम्मे भएको छ । चालु आर्थिक वर्ष २०६९÷०७० को पछिल्लो ६ महिनामा नेपाल रेल्वेले रु.१४ लाख ९४ हजार यात्रु, मालसमानको लगेज तथा विविध शिर्षकबाट आम्दानी गरेको छ । जव की कर्मचारीको मासिक तलब नै रु.१९ लाख ५० हजार, डिजेलमा रु. ६ लाख, मोबिलमा रु. १ लाख, प्रशासनिक खर्चमा रु. ३ लाख गरी कुल तीस लाख खर्च हुने गरेको रेल्वेका निमित्त महाप्रवन्धक रामेश्वर यादव बताउँछन । किन घाटामा जान्छन रेल्वे भन्ने सवालमा पुर्व महाप्रवन्धक श्याम चन्द्र यादव भन्छन,“ कर्मचारी, महाप्रवन्धक सबै भ्रष्टाचार तथा अनियमितता गर्नमै लाग्छन, जसले जहाँ पायो त्यहीबाट रकम भ्रष्टाचार गर्ने, खर्च बढाउने काम मात्र गर्छन ।” ४ महिना अघि ५ लाख रुपैयाँ लागत इस्टिमेट गरी इन्जिन मर्मतका लागि इन्जिन खोलिन्छन तर बजेट नआउँदा ४ महिना पछि कर्मचारीले १० हजार रुपैयाँमै इन्जिन ठिक गरी सञ्चालन गर्नुले पनि रेल्वेमा कतिसम्म भ्रष्टाचार, लापरवाही हुने गर्दछ, पुष्टि हुन्छ । अहिले नेपाल रेल्वे बन्द नै गर्नुपर्छ भन्ने राज्यले सोच बनाएको बेला कर्मचारीहरु आफ्नो भविष्य खोज्दै हिडेका छन । १७० कर्मचारी मध्ये ५५ जना मात्र स्थायी छन बाँकी सबै अस्थायी । त्यसमा पनि कर्मचारीहरु बीच अन्तरविरोध छ । लोको शाखामा काम गर्ने कर्मचारीहरुलाई ओभरटाइम नदिएपछि १० देखि ५ बजेसम्म मात्र काम गर्ने अडान राखे पछि समस्या झनै बढेको छ । पुर्व महाप्रवन्धक यादव भन्छन,“कर्मचारीहरु बीच अन्तरविरोध स्वभाविक हो । स्टेशनमा काम गर्ने कर्मचारीले अर्को बाटोबाट पनि पैसा कमाउने गरेका छन तर लोको शाखामा काम गर्नेहरु रात परेपनि काममा खटनु परेको हुन्छ ।”
नेपालमा एकातर्फ तीन सय पचास किलोमिटर दुरीको रेल्वे सञ्चालनका लागि ब्रोडगेज सेवा दिने कार्यका निम्ति जग्गा अधिग्रहण प्रकृया नेपाल सरकारले सुरु गरेको छ भने अर्को तर्र्फ एक मात्र जनकपुर(जयनगर रेल सेवामा जीवन मरणको दोसांधमा छ । विश्व भरि नै रेलसेबाको द्रुत गतिका साथ बिकास र बिस्तार भईरहदा जनकपुर रेलसेबा प्रति घण्टा १८ किलोमिटरको दरले गुडदै छ । रेलको लिक, वोगी र ईन्जन मर्मत नहुँदा लाग्छ यो कछुवा नै भइसकेको छ । किनभने यसमा गति नै छैन । कहिले दुर्घटनाग्रस्त भएर त कहिले लिक छोडेर यो चर्चा पाउने गरेको छ । यसमा यात्रा गर्नु भनेको ज्यानको बाजी लगाउनु हो । पूर्वी धनुषामा यातायातको अन्य कुनै विकल्प नरहेका कारण यहाँका बासिन्दा ज्यान जोखिममा राखेरै भए पनि रेलमा यात्रा गर्न बाध्य रहेको रेलयात्री धनुषा ठाढीझिझाका शिवचन्द्र मिश्रकोे भनाई छ ।
रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म पु¥याउने चर्चा चलेको पनि वर्षौ बितिसकेको छ । रेलको लिक मर्मत नहुंदा रेल यात्रा जोखिमपूर्ण बनेको छ । मर्मत सम्भारको अभाबमा जर्जर अबस्थामा पुगेको रेल कुन बेला यो दुर्घटनाग्रस्त हुने हो भन्न सकिन्न ।

दिनप्रतिदिन जर्जर बन्दै गएको रेल्वे सुधारका लागि मन्त्रीहरुले दिने भाषण नियमित कर्मकाण्ड मात्र बन्ने गरेको छ । मन्त्रीहरुको  गुलिया आश्वासनले यहाँका नागरिक केही  समयका लागि रमाए पनि अन्ततः निराश हुने गरेका छन् । ब्रिटिस कम्पनीले महोत्तरीको बिजलपुरा जंगलबाट सालको काठ ढुवानी गरि भारत लैजाने उदेश्यले बिक्रम सम्बत १९९४ मा रेल्बेको स्थापना गरयो । जंगल सखाप भएपछि यस रेललाई राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले यात्रु सेबामा परिणत गरेका थिए । एक दशकअघि सम्म जयनगर(जनकपुर(बिजलपुराको ५२ किलोमिटर क्षेत्रमा रेल गुड्ने गरे पनि सरकारी बे(वास्ताकै कारण अहिले यो रेलसेवा जनकपुर जयनगर २९ किलोमिटरमा मात्र सीमित भएको छ । जीर्ण रेलले  १ सय ७१ ज्ना कर्मचारीलाई पाल्न समेत निकै समस्या उत्पन्न भएको छ । एक मात्र इन्जिन त्यो पनि कति बेला विग्रीने हो ठेगान छैन नेपाल रेल्वे जनकपुरका कर्मचारी बताउछन् ।
बोगीको छानो पनि मर्मत गर्न सकेको छैन कम्पनीले । त्यसैले बर्षातमा पानी चुहिन्छ । त्यतिमात्र होइन बोगी भित्र बत्ति, शौचालय र पानी जस्ता न्युनतम सुबिधाको पनि अभाब छ । सरसफाइमा समेत ध्यान दिइन्न ।
भारतबाट वि.स. २०५१ सालमा सहयोगस्वरुप प्राप्त ईन्जीनलाई नेपाल रेल्बेले मर्मत सम्भार सम्म गर्न सकेको छैन । सहयोगमा प्राप्त चारवटा डिजल ईन्जन मध्ये मर्मतको अभाबमा तीनवटा ईन्जीन लामो समयदेखि बिग्रेर थन्किएको छ । अहिले मात्र एउटा ईन्जिन जयनगर जनकपुर आबत जावत गरिरहेको छ ।
रेल्बेको स्थापनासंगै ब्रिटीस कम्पनीले खजुरीमा स्थापना गरेको कारखाना र स्टीम ईन्जनहरु पनि संरक्षणको अभाबमा घामपानीले नासिदै छन् । चन्द्र, सुर्य, सीता, महाबीर, गोरखनाथलगायतका एकदर्जन भन्दाबढी साना र ठुला स्टीम ईन्जन कामै नलाग्ने अबस्थामा पुगेको छ । यस ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न नसकेपछि कर्मचारीकै मिलोमतोमा बहुमुल्य महंगा पार्ट पुर्जाहरु चोरी भईसकेको छ ।
नेपाल रेल्वेलाई सुधार र विस्तार गर्न सके यहाँका बासिन्दालाई मात्र नभई जनकपुर घुम्न आउने पर्यटकका साथै छिमेकी भारतको सीमाक्षेत्रका बासिन्दाले समेत राहत पाउने थिए । जीवन मरणको दोसांधमा पुगेको रेल सेवालाई कसले संजीवनी देलान् त्यो हेर्न बांकी छ । चरम राजनीतिका कारण पनि जनकपुर रेलको अबस्था दयनीय बनेको छ  । सत्तामा जानेहरु कार्यकर्ता भर्ती केन्द्र नै बनाएका छन् यसलाई । कम्पनीमा जारी वर्षौंदेखिको भ्रष्टाचारीले अब यो कहिल्यै उभो नलाग्ने संस्थामा परिणत हुंदैछ ।


चुहावट नियन्त्रण गरेर रेल्वेलाई नाफामा लगें


    नेपाल रेल्वे कम्पनी ऐनमा गइसकेपछि आफै कमाएर खमु पर्ने स्थिति थियो । विकास निर्माणको लागि राज्यले पनि बेला बेलामा केही रकम दिने गर्छ तर आफै कमाएर खाने अवस्था हो । श्रम तथा यातायात मन्त्री लेखराज भट्ट सँग मैले नियुक्ती लिदाँ युद्धस्तरमा काम  गर्नुस भनेर भन्यो । एउटा व्यक्तिले एउटा बस किने पछि एक वर्ष, दुई बर्षमा ऋण चुक्ता गरी थप दुई, तिन, चार वटा सम्म वसको संख्या पु¥याउन सक्छ भने यो रेलले फेरी किन प्रगति गर्न सकिरहेको छैन भन्ने बुझ्दा धेरै किसिमका चुहावटहरु देख्यिो, त्यो चुहावटलाई कसरी बन्द गर्न सकिन्छ भन्ने तिर गएँ । रेल्वेको आयको मुख्य स्रोतहरु भनेको त्यसको यात्रीहरु, त्यस बाहेक रेल्वेको नाउँमा रहेको जग्गा जमिन । त्यसबाट पनि केही रकम आउँछ । जस्तै जयनगर(जनकपुर(विजलपुरा सम्म रेल्वेको टूयाकको वरिपरिको जमिनहरु रक्सौल देखि अम्लेखगन्ज सम्म केही जग्गाहरु छन । विरगन्जको जग्गा त्यतिबेला कोहीको मुल्यमा यातायात संस्थान हुँदै विक्री गरिसकेको थियो । रक्सौलमा केही जग्गा छन, अहिले त्यो धेरै नै मूल्यवाण जग्गा हो । नेपाल सरकारले भारत सरकारलाई त्यो लिजमा दिएको हो । आम्दानी वढाउनका लागि प्यासेन्जरले टिकट कसरी कटाउने भन्ने तिर सोच्न थाले । खासमा के देखियो भने गरिवहरु, निमुखाहरु जसलाई कुनै प्रकारको माथिबाट अप्रोच हुँदैन, तिनीहरुले मात्र टिकट कटाउने अरु जति धोती, कुर्ता, पैजामा वालाहरुले टिकटै नकटाउने । त्यसलाई टाइट गर्न खोज्दा प्रहरी प्रशासनको सहयोगको पनि समस्या देखें । चेक जाँच पनि जनकपुरमा मात्रै गर्ने परिणटी देख्यिो । अन्य ठाउँ खजुरी, महिनाथपुर तिर विदेशको स्टेशनहरुमा हुने वातावरण नभएको पाएँ । त्यसैले गा¥हो भए पनि ठाउँ ठाउँमा चेक जाँच गरेर टिकट कटाउन यात्रुहरुलाई वाह्य पारें र एउटा आम्दानीको स्रोत जुन घटेको थियो, त्यो वढन थाल्यो ।

    अर्को मुख्यतः इन्जिनको सवालमा मैले के देखे म आफै पनि एउटा किसान भएको नाताले पम्पिङ सेटहरु राख्ने गर्थे, धान चुटने मिल राख्थे, जसबाट मेरो अनुभवले काम गर्यो ।
    इन्जिनमा मोबिल सधै फेरिराख्नु पर्ने हुँदैन तर त्यहाँ के देखियो भने मेसिनहरु विग्रिएको नाउँमा प्रत्येक दिन १० केजीसम्म मोबिल दिनहुँ हाल्ने भन्थ्यो । त्यसमा पनि हालिन्थ्यो वा हालिदैनथ्यो भन्ने कुराको खोजी नै नगर्ने प्रचलन  थियो । ३ सय लिटर मोबिलको मूल्य त्यतिबेला ९ हजार रुपैयाँ पर्न जान्थ्यो । मोबिलको नाउँमा घटाउनु पनि आम्दानी वढाउनु नै हो भनेर मैले खर्च घटाएँ । अव त्यसलाई पारदर्शी कसरी वनाउने सवालमा ७०÷८० वर्ष पहिले राणाहरुले वनाएको रेल्वेको कागजी हिसावले सबै थोक छ तर त्यसमा काम नगरिदिने, नभरिदिने । जस्तो एउटा कुनै पार्टस किनेर ल्यायो, त्यो पार्टस त्यसमा लगायो कि लगाएन त्यो पनि क्लियर नहुने । फेरी पार्टस पनि भारतको कोलकाताबाट किन्नु पर्ने हो, त्यो थिएन । त्यसलाई क्लियर गरे । यति सम्मकी बेल्डिङको सानो रडको टुक्रा नै भए पनि जम्मा गर्नु पर्छ भनेर कडाई गरे । परिणाम स्वरुप खर्च घटन गयो र आम्दानी ह्वात्त वढन पुग्यो । जयनगरमै रेल्वेको नाउँमा भारत सरकारको जुन जग्गा छ त्यो स्टेशनको वरिपरिमा खाल्डो थियो, पोखरीहरु थियो, वर्षेणी ७ हजारमा ठेक्का लगाउँथ्यो । टूयाक वरिपरिको ती जग्गाहरु जुन लिजमा दिनु प¥या छ त्यसलाई व्यवस्थित गर्ने सोच बनाएँ । जस्तै १ कठ्ठाको जग्गामा मार्नौ १ क्विन्टल धान हुन्छ भने आधा मात्रै पनि दियो भने ५० कठ्ठा केजी धान दिनु पर्ने हो । त्यो नगरेर १ सय, २ सय रुपैयाँमा मैले १ वर्षको लागि ५५ हजार रुपैयाँमा लिजमा लगाए ।
अर्को दिनहुँ खरिद गरिनु पर्ने सामानहरु प्रोक्युरमेन्टमा, मानौं ३ सयमा एक प्याकेट एक केजी दिइने चाइनिज वेल्डिङ रडहरुको विल १३ सय सम्म आउथ्यो । प्रक्युरमेन्टले लोको शाखालाई बिल बुझाउँथ्यो, अनि लोको शाखाले पनि त्यसमा १० वटा प्याकेट लेख्ने र ९ वटा ब्ल्याक हुन्थ्यो । यसरी सम्पुर्ण गडवडी तथा चुहावटलाई नियन्त्रण गरे । कर्मचारीहरुको जायज माँग थियो, जस्तै ओभरटाइम गरेको ५(६ वर्षको पैसा बाँकी थियो । संचयकोष बाँकी थियो । सबै कसरी पुर्ती गर्ने भन्ने चुनौती थियो । अनि मैले रक्सौलको जग्गाावट आउने सम्पुर्ण आम्दानीको व्यवस्थित गर्न सक्यो भने कर्मचारीको तलब त्यहीबाट पनि पुग्न सक्छ तर त्यो भ्याइरहेको छैन । तैपनि ५ हजारमा लाग्ने ठेक्का डेढ लाख सम्म पु¥याएँ । जस्तो इन्डियाको रेल्वेको साइडमै नेपाल रेल्वेको जग्गा छ । त्यो जग्गामा ठेकेदारहरुले सिमेन्ट राख्न त्यो जग्गा वाहेक अरु विकल्प नै छैन भारत रेल्वेलाई । अर्को भएको ठाउँमा पनि चौविस घण्टामै राखिएको सामान हटाउनु पर्ने हुन्छ नहटाए नेपाल रेल्वेको जग्गामा तिर्नु पर्ने मूल्य भन्दा धेरै वढी तिर्नु पर्ने हुन्छ । त्यसैले धेरैको चलखेल गर्छन त्यहाँका ठेकेदारहरुले । यहाँ जुन जुन जिएम आउँछन, विभिन्न तरिकाले प्रलोभन दिएर ठेकेदारले आफ्नो पक्षमा तान्ने गर्छ । मैले त्यो सबै ब्लोक गरिदिएँ । हाम्रो जग्गा अब भाडामा जाँदैन भने । अनि त्यहाँ ठेकेदार(ठेकेदार बीचको अन्तरविरोधलाई समातेर डेढ लाख देखि दुई लाख सम्ममा लिजमा दिएँ । त्यो पैसाले त्यहीँका कर्मचारीलाई तलब खुवाउन लगाएँ र वाँकी पैसा यहाँ पनि ल्याएँ । यस अघि हुन्थ्यो के भने त्यहाँका कर्मचारीको तलब पनि यहीँबाट दिनु पथर््यो । यसरी ६ महिनामा ज ितगर्न सकें, ३८ लाख रुपैयाँ सबै खर्च काटेर मुनाफा गरें । प्रचण्डको सरकार ढल्यो, मेरो पनि राजनीतिक नियूक्ती भएको कारण मेरो पद पनि गयो । (२०६५ माघ देखि ६ महिनाका लागि रेल्वे महाप्रवन्धक रहेका श्यामचन्द्र यादव संग द एक्सक्लुसिभले गरेको कुराकानीमा आधारित)


मिति ः २०७०÷३÷९

No comments:

Post a Comment