Sunday, June 9, 2013

निजी विद्यालयका बस क्षमताभन्दा बढी विद्यार्थी कोच्चदै



 एक्सक्लुसिभ सम्वाददाता

जनकपुरका नामै चलेका निजी बिद्यालयले बसमा क्षमता भन्दा दोब्बर बिद्यार्थी कोचेर राखेको पाईएको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले जनकपुरमा गरेको अनुगमनको क्रममा निजी बिद्यालयले बसमा क्षमता भन्दा दोब्बर बिद्यार्थी कोचेर राखेको पाईएको हो । आकर्षक नारा दिएर सब भन्दा बढि बिद्यार्थी भर्ना गर्न सफल भएका र यातायात सुबिधाको नाममा अभिभाबकबाट मासिक ८ सय रुपैया भन्दा बढि असुल्दै आएका जनकपुरका नामै चलेका मोनास्टीक सेकेन्डूी बोडिङ्र्ग स्कुलको बसमा बालबालिकाहरुलाई कोचेर हालेको पाईएको छ ।  सिद्धार्थ शिशु सदन, होली क्रस हाई स्कुल, मदर टेरेसा लगायतका निजी बिद्यालयका बसमा सबारी नियम बिपरित नम्बर प्लेट नलेखेको, कागजपत्र नबोकोको लगायतका सम्सयाहरु भेटिएको टूाफिक प्रहरीले जनाएको छ । निजी बिद्यालयको बस पहेलो रंगकै हुनु पर्ने, बालबालिकाहरुको सुरक्षाका लागि अनिर्बाय रुपमा झ्यालमा जाली लगाएको हुनु पर्ने, क्षमता भन्दा बढि बिद्यार्थी राख्न नहुने लगायतका प्राबधानहरु रहेपनि जनकपुरका निजी बिद्यालयले नियम कानुनको वेबास्ता गर्दै आएको छ ।  जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक सुरेश ठाकुर भन्छन,“ अनुगमनको क्रममा स्कुल बसका चालकहरुले सबारी चालक अनुमतिपत्र प्राप्त गरेपनि गाडी चलाउँदा साथमा नराख्ने, सिट क्षमता भन्दा वढी विद्यार्थी कोचेर राख्ने गरेको पाईयो । कागजपत्र नबोक्ने ती चालकहरुलाई कागज ल्याएर कारवाही स्वरुप आर्थिक दण्ड तथा जरिवाना गरियो ।” क्षमता भन्दा वढी विद्यार्थी कोच्ने विद्यालयका शिक्षकलाई बोलाई अब आइन्दा त्यसो नगर्न निर्देशन दिइएको सई ठाकुरले जानकारी गराए । तराईको प्रचण्ड गर्मीमा क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने गरेकै कारण आफुहरुलाई मानसीक तनाब उत्पन्न हुनुका साथै दुर्घटना समेत हुने गरेको बिद्यार्थीहरुले नै बताएका छन् ।

No comments:

Post a Comment