Sunday, June 9, 2013

रिमझिम मेला होइन ‘जुवाको मेला’










माथिको तस्वीरहरुमा प्रष्ट देखिन्छ, देशको भविष्यको कर्णधार भनिएका स(साना बालबालिकाहरु हातमा रुपैयाँ राखेर जुवा खेलेका छन । पढाई लेखाई छोडेर जुवा खेल्न आएका ती विद्यार्थीहरुको लागि त्यो अवसर जनकपुरकै गणेश युवा क्लवले जुराई दिएका हुन । एम्बुलेन्स मरम्मतका लागि आवश्यक परेको १ लाख रुपैयाँ आर्जन गर्नका लागि उक्त क्लवले सार्वजनिक सम्पदा रहेको गोपाल धर्मशालामा  रिमझिम रमाइलो मेला महोत्सवमा जुवाको खाल थाप्न लगाएका छन । 

नेपालको कानुनमा जुवा खाल थाप्नु, थाप्न लगाउने, जुवा खेल्ने सबै अपराधी हुन । प्रतिवन्धीत उक्त कार्य गर्ने÷गराउने दुवैलाई नेपालको कानुनमा कारवाहीको व्यवस्था छ । अचम्म त के छ भने त्यस्तो अपराधी जन्य क्रियाकलापका लागि धार्मिक आस्था रहेको तथा जनकपुरधाममा तिर्थाटन गर्न आउने श्रद्धालु भक्त जनको विश्रामका लागि बनाईएको गोपाल धर्मशालालाई छनौट गरिएको छ । समाजको एक जिम्मेवार यूवा क्लवले त्यस्तो कार्य गर्दा पनि अवैध जुवा रोक्नका लागि जिम्मेवार स्थानिय प्रशासन मौन छ । अझ चाख लाग्दो कुरा के हो भने महिना दिन सम्म चल्ने उक्त जुवाको मेलाको उदघाटन नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष रामआशिष यादवले गरेका छन । पक्कै पनि अध्यक्ष यादवलाई उक्त यूवा क्लवले झुक्याएर वा भ्रममा पारेर उदघाटन गराएको हुन सक्दछ । 
नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष अशोक रौनियार भन्छन,“ एक त जुवाको मेला यूवा क्लवले लगाउनु नै हुदैन, त्यसमा पनि जूवाको मेलाको उदघाटन पत्रकार महासंघका अध्यक्षले गर्नु भनेको समग्र पत्रकारीताकै बदनामी हो ।  भुलबस वा के कारणले महासंघका अध्यक्ष यादवले उदघाटन गरेको भएपनि यादवले तत्काल सार्वजनिक रुपमा जनतासँग माफि मागेर भुल सुधार गर्नुपर्ने हुन्छ ।”


कुनै सार्वजनिक महोत्सव, मेला, प्रदर्शनी आदिमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी सरकारको स्वीकृति लिई सञ्चालन गर्न सकिने व्यवस्था छ । मेलापातमा जुवा नियन्त्रण गर्ने नाममा प्रहरीले लाभ खोज्दा विवाद झडप हुने गरेकाले यस्तो प्रावधान थपिएको  छ ।   जुवा ऐन २०२० मा जुवा खेल्ने कामलाई वजिर्त गर्दै यदि त्यसो गरेमा पहिलोपटकलाई बढीमा २ सय रुपैयासम्म जरिवाना गर्न सकिने उल्लेख गरेको छ । सोही ऐनमा खेलमा प्रयोग भएका नगद तथा जिन्सी भने जफत गरिने उल्लेख गरेको छ । जुवा खेल्न कुनै साधन वा सम्पत्ति राख्न नपाउने, च्याँखे थाप्न नपाउने, सट्टाबाजी गर्न नपाउने, त्यसका लागि अरूले सहयोग गर्न नपाउने व्यवस्था गरेको  छ । 

पटके कसुर गर्नेलाई प्रत्येकपटक एक र एक महिनाका दरले थप कैद सजाय हुने व्यवस्था पनि संशोधित मस्यौदामा छ । यस्तै सरकारी वा सार्वजनिक लाभको पदमा रहेको व्यक्ति जुवा वा सट्टाबाजीमा संलग्न भएको प्रमाणित भए अन्य व्यक्तिलाई हुने सजायमा एक महिनाका दरले थप कैद सजाय हुनेछ । ऐनअनुसार कसुर गर्न प्रयोग भएका वा प्रयोजनका लागि राखिएका तथा जुवाबाट आर्जित सम्पूर्ण चल र अचल सम्पत्ति सरकारले जफत गर्न सक्छ ।जुवा ऐन २०२० ले जुवा खेल्नेलाई रु.२०० र खेलाउनेलाई रु.५०० मात्र जरिवाना गर्ने व्यवस्था गरेको छ ।

No comments:

Post a Comment