Sunday, June 9, 2013

विवादित डा. निलम चौधरी मेडिकल ईथिक्सको उलंघन गर्नमै व्यस्त


जिवेश झा

जनकपुर तातिएको छ । गर्मी मौसममा शरिरको तापक्रम बढ्नु भन्दा पनि डा. निलम चौधरीको आतङकले जनकपुर नगर आतङकित छ । डा. चौधरी भु्रणको लिंग पहिचान गर्न र अवैध गर्भपतन गर्नमा माहिर मानिन्छिन् । पेशाले स्त्री रोग बिशेषज्ञको रुपमा कार्यरत डा. चौधरी जनकपुर अञ्चल अस्पतालकी सरकारी चिकित्सक पनि भइसकेकी छिन । अहिले उनी आफ्नै जनकपुर प्रसुती नर्सिङ् होममा बढि समय खर्चिन्छिन् ।  ‘जहाँ दाम, त्यहाँ काम’  भन्ने उखानलाई पुर्ण रुपमा चरितार्थ गरेकी छिन डा. चौधरीले भ्रुण हत्या र लिंग परिक्षण गरेर । जनकपुर प्रसुती नर्सिङ् होममा डा. निलम चौधरीले महोत्तरीकी एक महिलाको भ्रुणको लिंग पहिचान गरेबाट उनि बिबादमा तानिएकी छिन् । कानुनतः लिंग पहिचान गर्नु गैरकानुनी भए पनि चार छोरीकी आमा चन्दादेवी झालाई त्यहि बाटो रोज्न सुझाईयो । डा. चौधरीले भ्रुण छोरी भएको वताएपछि घर फर्किन तयारीमा रहेको परिवारलाई डा. चौधरीकै एक स्टाफ नर्सले गर्भपतन गराउन सुझाव दिन्छ । झा परिवारले पनि सुझाएकै बाटो अंगिकार गर्छ । गर्भपतन गरेर बच्चा बाहिर निकालेपछि चन्दादेवीको कोखमा छोरी नभई छोरा भेटिन्छ । भ्रुण छोरा भएको थाहा पाएपछि गर्भपतन गराउने कक्षमै रहेकी सासु भकानो पारेर रुन थालिन र चर्को स्वरमा हल्ला गर्दै वाहिर निस्किन्छिन । त्यसपछि अस्पतालकै एक नर्सले भ्रुणको लिंग काटेर छोरी नै रहेको दावी गर्न थाल्छिन् ।
लिंग पहिचान गर्ने उद्देश्यले नै दुई पटकसम्म अल्टूासाउन्ड गराईएको , चर्को  शुल्क लिईएको, र आफ्नो गल्ती स्वीकार्नु भन्दा पनि डा.चौधरीले प्रहरी(प्रशासनलाई समेत आर्थिक प्रलोभनमा पारेकोले होला प्रहरीले उजुरीसमेत लिन मानेको छैन । सानालाई ऐन ठुलालाई चैन भन्ने भनाईलाई पुर्णरुपले चरितार्थ गरेको छ धनुषा जिल्ला प्रहरी कार्यालयले । प्रहरी, प्रशासन, प्रेस र नागरिक समाज सबै डा. चौधरीका अगाडी नतमस्तक भएका छन । नतमस्तक किन नहुनु सो गरेवापत आर्थिक लाभ जो मिल्छ । नेपाल पत्रकार महासंघ, धनुषाका अध्यक्ष रामअशिष यादवको मत मान्ने हो भने जनकपुरका पत्रकार कसैको समर्थन वा विरोध गरेका छैनन, सवै पत्रकार आ(आफ्नो  ‘न्युज एङ्गल’  अनुसार समाचार लेखेका छन ।  ‘जनकपुरको पत्रकारितामा कुनै फाटो नआएको बरु समाचारिय दृष्टिकोणमा फरक आएको छ ’  अध्यक्ष यादव थप्छन् । पत्रकार राजेश कर्णले जनकपुर एफ.एम. मा र सुजित झाले रेडियो मिथिलामा विवादमा मुछिएकी डा. चौधरीको अन्तवार्ता लिएका थिए । पत्रकार कर्णले डा. चौधरीकै विचारमा हो(हो गरेको र उनलाई समर्थन गरेको बिश्लेषणहरु भईरहँदा महासंघ अध्यक्ष यादवले भने कुनै पत्रकारले कसैको अंतरवार्ता लिंदैमा उ कसैको पक्षधर हो भन्न मिल्दैन् भन्ने आधिकारिक धारणा व्यक्त गरे । नेपाल पत्रकार महासंघ, धनुषाका सचिव ईश्वरचन्द्र झाको कुरा स्वीकार्ने हो भने जनकपुरीया पत्रकारितामा फाटो नै आएको छ । सचिव झा भन्छन,  “एक  किसिमका पत्रकारहरुले व्यवसायिक पत्रकारिता ग¥या छन भने अर्को थरीकाले डा. चौधरीको पक्षमा समाचार संप्रेशण गरेका छन जुन कि अव्यवसायिक हो । डा. चौधरीलाई समर्थन गर्नेहरुसँग कुनै तर्क छैन । बिगतमा पनि व्यक्तिगत लाभका कारण  यस्ता किसिमका पत्रकारिता भएकै छन । जनकपुर प्रसुती केन्द्रको कामकारवाही गलत नै हो र स्थानिय प्रशासन पुर्वाग्रही बनेको छ अहिलेको सन्दर्भमा ।
पत्रकार श्याम सुन्दर शशीको मत भने अलि पृथक छ । उनका अनुशार पत्रकारहरुले पत्रकारिताको मुलभुत सिद्धान्त (ब्द्यऋ(ब्अअगचबअथ, द्यबबिलअभ ७ ऋचभमष्दष्ष्तिथ) अनुशार नै पत्रकारिता गरी सत्यको नजिकसम्म पुग्नुपर्दछ । पत्रकार शसी भन्छन,  “ चिकित्सकको अधिकार र कर्तव्य कसैको ज्यान बचाउने हो नकि ज्यान मार्ने, आरोपी चिकित्सक र पिडितको पनि आवाज मिडियामा आउनुपर्यो, भ्रुणको आमा(बुवालाई समाचारमा उदृत गरिएको छैन, आमालाई उदृत गरिएको  भए समाचार थप सान्दर्भिक हुन्थ्यो, पत्रकारको काम कसैको ऐक्यबद्धता वा बिरोध जनाउने होईन, अर्कोतर्फ डा.चौधरीलाई   ‘मिडिया स्पेश’ दिनु कुनै प्रकारको समर्थन भने होईन, अहिलेसम्म पनि बिषयबस्तुसम्म हामी पुग्न सकिरहेका छैनौं । जनकपुरमा दैनिक ५०० भ्रुणको हत्या गरिन्छ, डा. चौधरी प्रकरण त एउटा उदाहरण मात्र हो, गर्भपतन रोक्ने तर्फ हामी लागौं र पत्रकारिताको समग्र बिकासमा जनकपुरका पत्रकारहरु लाग्नुपर्छ  । पत्रकार शसीले नीतिगत कुरा गरे पनि आफू सम्बद्ध सञ्चारमाध्यममा भने एक वाक्यको समाचार पनि यस बिषयमा लेखेका छैनन् । पत्रकारितामा भनिन्छ “साईलेन्स ईज अल्सो ए काईन्ड अफ सपोर्ट” अर्थात समाचार नै नलेख्नु पनि एक किसिमको ऐक्यबद्धता वा समर्थन हो ।
अर्कोतर्फ पत्रकार बिरेन्द्र रमणको अनुसार डा. चौधरी वास्तवमै दोषी नै रहेको भन्ने आशयको अभिव्यक्ति समाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरे । रमण मे ३१ तारीखका दिन फेशबुकमा लेख्छन,  ‘अहिले अवैध रुपमा गर्भपतन गरि भ्रुणको लिंग काटेको विवादमा फसेकी डा. निलम चौधरी सुरु देखि नै विवादित व्यक्ति हुन । उनले आप्mनो जवान छोरा(छोरीलाई टुहुरो बनाउदै अरु संग सल्केकी छिन । उनले अर्जुन सिंहसंग विवाह गरेकी थिईन । पहिलो पति समेत चिकित्सक नै थिए । तर आज दवावको कारणले प्रशासन मुद्दाको अनुसन्धान समेत गर्न सकेको छैन । धन्य छ नेपालको कानुन ’ । पत्रकार रमण जुन १ तारीखमा फेशबुकमा केहि जनकपुरीया पत्रकारलाई गैरव्यवसायिक पत्रकारिता गरिरहेको आरोप लगाउँछन् ।  रमण लेख्छन,  ‘जनकपुरका पत्रकारहरु अहिले डा.निलम चौधरीको पक्षमा खुलेयाम उत्रेका छन । उनलाई कारवाही गर्नुपर्छ भनेर अधिकारकर्मीहरु उत्रेको अवस्थामा एक तर्फि रुपमा चौधरीको अन्तरवार्ता लिएर जसरी जोगाउने प्रयास भईरहेको छ, त्यो पत्रकारिताको मुल्य मान्यता विपरित मात्रै नभएर दलालि पत्रकारिताको एउटा नयाँ उदाहरण हुन । जो जनकपुरमा देख्न सकिन्छ ’  । पत्रकार रमणको एक अर्को स्टाट्सलाई पनि हेरौं,  ‘ बल्ल बुझे पहाडी कर्मचारीहरु तराई किन आउन चाहन्छन । मधेसमा रहेका माफियाको विरुद्धमा सामान्य निवेदन दर्ता समेत नगर्दा लाखौ कमाउदो रहेको छ । जनकपुरको एउटा यस्तै घटना भएको छ । केही पत्रकार र प्रहरी प्रशासनलाई रकम दिएपछि डा.निलम चौधरी अपराध गरे पनि त्यो अपराध भएन ’  । डा. चौधरी पेसाले चिकित्सक  छिन, कुन महिलाको गर्भमा कति महिनाको भ्रुण छ र त्यसको कसरी हत्या गर्नुपर्छ भन्ने बिषयमै स्नातकोत्तर गरेकोले होला त्यो संबन्धी उनी दह्रो ज्ञान राख्छिन । उनी बिगतमा पनि विवादित नै रहँदै आएकी छिन । गर्भपतन गर्नमा उनी जनकपुरकी अब्बल दर्जाकी डाक्टर हुन् ।
त्यसैले त उनी आर्थिक रुपमा अत्याधिक सबल पनि छिन । भ्रुणको लिंग परिक्षण र हत्या गरे वापत उनलाई  ‘ डिमान्ड’  अनुसारको शुल्क (दक्षिणा) मिल्ने गरेको एक शुत्रको दावी छ । प्रचलित ऐन कानुन भन्दा माथि रहेको भन्ने डा. चौधरी बर्षौंदेखि जनकपुरमा हैकम जमाएर बसेकी छिन । उनी अकुत सम्पत्ती आर्जन गरेको उनको वर्तमानको आर्थिक हैशियतबाट प्रस्ट हुन्छ । बिगत दुई दशकभन्दा बढिदेखि जनकपुरमा  तान्डब मचाएकी डा. चौधरीको अर्को बिलक्षण बिशेषता भनेको कुटिलतामा माहिर हुनु हो । यहिं बिशेषताका कारण स्थानिय ठुलठुलादेखि मेडिकल काउन्सिल, प्रशासन र संबन्धित सरोकारवालालाई रिझाउन सफल भएका उहाँ कसैलाई टेर्नु हुन्न । को बाट कसरी आशिर्वाद लिनुपर्छ र कसलाई कसरी ठिक पार्नुपर्छ भन्ने कुरा एक पटक मान्छे हेर्दा थाहा पाउनु हुन्छ । त्यसैले त बिगतका राजदरबार, शाही कालका मन्त्री र वर्तमानको सत्तासिन प्रमुखहरुलाई रिझाउन सफल भएकी छिन् । कसलाई कसरी रिझाउनुपर्छ र कस्तो प्रसाद कसलाई दिनुपर्छ भन्नेबारे खुबै जानकार रहेकै कारण गणतान्त्रिक सरकारका मन्त्रीहरुलाई समेत खुश पार्न सफल भएकोले नै होला उनी मेडिकल ईथिक्सको घोर उलङ्घन गरे पनि कारवाहीको हकदार ठहरिएकी छैनन् । र सम्मानित जीवन(यापन गरिरहेकी छिन् । आफूलाई सम्मानित भने पनि अधबैसे उमेरमा सल्किने संस्कारले उनीमाथि प्रश्नचिन्ह लगाउनु सहज बनाईदिएको एक पुरोहित नाम उल्लेख नगराईने सर्तमा भन्छन् ।
यीनलाई यो समाचार लेख्नु अलि चुनौतीपुर्ण नै होला भनेर एक शुभचिन्तकले आफ्नो सल्लाह राखे । तर चुनौतिसँग मुकाबिला गर्न रमाउने यी पङ्तिकारले डा.चौधरीको कुन्डली खोज्न कुनै कशर बाँकी राखेनन् ।

No comments:

Post a Comment