Thursday, December 31, 2015

काठमाडौंलाई तेस्रो पटक ‘सरप्राइज’ दिने मधेसको तयारी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
यसपटक मधेस भ्रमणका क्रममा वीरगञ्ज, सिमरा, लालबन्दी, बर्दिवास, जनकपुर र राजविराजमा केही दिन बिताइयो, जहाँ केही सरप्राइज दिनेखालका गतिविधि देख्न पाइयो ।
शान्त वीरगञ्जमा ब्याण्ड बाजाको धून !
वीरगञ्ज योभन्दा पहिला पनि गएको थिएँ, त्यसबेला ‘ब्याटल जोन’ जस्तो देखिन्थ्यो । एउटा पनि गाडी चलेको थिएन । चारैतिर आर्मी, पुलिस, मानिसहरु, सबै सटरहरु बन्द । यसपल्ट पनि मेरो त त्यस्तै होला भन्ने ‘माइण्ड मेकअप’ थियो । विमानस्थलमा ओर्लिएपछि कसरी जाने भन्ने थियो । तर, ट्याक्सी पाएँ । त्यो ट्याक्सीले वीरगञ्जको घण्टाघरसम्म लैजाँदो रहेछ । वीरगञ्ज पुग्दासमेत आन्दोलन देखिएन । कुनै पनि सटरहरु बन्द थिएनन् । साना गाडीहरु चलिरहेका थिए । सबै नर्मलजस्तै देखियो । मैले सोधेँ, के हो त वीरगञ्ज केन्द्रित आन्दोलन भन्छन्, सबैथोक खुलेको छ भन्दा आन्दोलनकारीहरुले हैन, मानिसहरु थाकेका छन, यो बिहेको सिजन हो भने । मैले पनि गाउँ(गाउँमा ब्याण्ड बाजा बजाएको सुनेँ ।  त्यसोभए आन्दोलन छ कहाँ ? म नाकामा गएँ । त्यहाँ राजनीतिक दलका मानिसहरु बसिरहेका रहेछन् । एकजना महिलाले ब्याण्डेज गरिएको हात देखाउँदै भनिन्( मलाई गुण्डाले आएर कुटे भनिन् । वीरगञ्जमा आन्दोलन कहाँ छ भन्दा नाकामा रहेछ । त्यहाँ धेरै ठूलो संख्या पनि थिएन, १५र२० जनामात्र भेटेँ । मानिसहरुले मितेरी पुलको तलबाट सामानहरु ल्याइरहेका थिए । माथि बाँस लगाइएको थियो, त्यहाँसम्म टेम्पो, ई(रिक्सा, टाँगा गइरहेका थिए । मानिसहरु त्यहाँसम्म जाने र पुलमुनिबाट पारि गएर सामान लिएर आउने र फेरि सवारी साधन चढेर जाने गरेका रहेछन् ।
मैले सोधेँ कि यहाँ १५र२० जना मात्रै देखिन्छ, यतिले मात्र हो त आन्दोलन भएको ? के रहेछ भने त्यो २० जना २० औं हजारका प्रतिनिधि रहेछन् । केही दिनअघि पारिबाट आएकाहरुले जब कुटे, लाखौं मानिस जम्मा भइहाले । माइकमा एकपटक आह्वान गरेपछि वारि(पारि सबैतिरबाट मानिसहरु आउने रहेछन् । काठमाडौं, बालुवाटार वा कसैको त्यहाँ २० जना मात्र छन् भन्ने बुझाइ छ भने त्यो आत्मघाती हुन सक्छ । २० जनासँग लाखौंको मनोविज्ञान जोडिएको छ । यो ‘सरप्राइजिङ’ लाग्यो ।
मैले त्यहाँ नेताहरुसँग कुरा गरें । फोरमका विजय यादव हुनुहुन्छ, उहाँसँग लामै कुरा भयो । उहाँले के भन्नु भो भने नेताहरु दिल्ली गएर आएपछि दिल्लीले निर्देशन दियो होला र अब नाका खुल्ने होला भन्ने सन्देश गयो र मानिसहरु ‘कन्फ्यूज्ड’ भएका छन् । नेताहरु दिल्लीबाट काठमाडौं गए, यहाँ आएनन् । आन्दोलनमा सिथिलता देखिनुको कारण यो हो भन्नु भो उहाँले । अर्को महत्वपूर्ण पक्ष भनेको उहाँ (विजय यादव )ले के भन्नु भो भने हामीले स्कुल बिहान खोल्न दिने भन्यौं । तर, चिसोका कारण बच्चाहरु जान सकेनन् र, हामीले जिल्लास्तरबाटै निर्णय गरेर दिउँसो नै स्कुल खोलेका छौं । जुन सकारात्मक थियो । वीरगञ्जमा व्यवसायीहरुको पनि आफ्नै गुनासो पाएँ । अन्त कतै आन्दोलन छैन, अरु नाका खुलेका छन् । हामीले मात्रै आर्थिक क्षति सहनुपर्ने ? अरुले आन्दोलन गर्नु नपर्ने ?  म जब वीरगञ्ज छाडेर सिमरा कटेँ, आन्दोलन देखिएन । सबै नियमित छ, गाडीहरु पनि चलेका छन् । अर्को पक्ष भनेको प्रत्येक साना नाकाहरुबाट रातभर ग्यासका सिलिण्डर र इन्धनका ग्यालिनहरु आउँदारहेछन् । रात्रीबसहरुमा मानिस कम, ग्यालिन बढी हुँदोरहेछ । मानिसहरु भन्छन, काठमाडौंमा त कुनै अभाव नै छैन, किनभने यत्रो गएको छ । बढी पैसा परेको होला तर, अभाव छैन । त्यो अभाव तराईमा छ, हामीले त छोइनसक्नु मूल्य छ ।
‘चुरे एरिया’ मा रोमाञ्चक अनुभव
म त्यहाँ अवरोधविना प्राइभेट गाडीमा गएको थिएँ । के रहेछ भने आजभोलि विवाहको सिजन भएकाले गाडी नरोकिने रहेछ । विवाहको कार्ड दिन आउने बेला पोष्टर पनि दिनुस् भनेर लिँदा रहेछन् र गाडीको अगाडि र पछाडि शुभ(विवाहको पोष्टर टाँसेपछि कुनै अवरोध नहुने रहेछ । म पनि दुलाहा(दुलहीवाला त्यस्तै गाडीमा गएँ । लालबन्दीमा आइपुग्दा भोक लाग्यो र समोसा खान खोजेँ । मसँगै स्थानीय नेताजी हुनुहुन्थ्यो र कुर्ता लगाउनुभएको थियो । त्यहाँ भएकाहरुले उहाँलाई नओर्लनुस, तिमीहरु नै हो बन्द गर्ने भन्छन् भने । मनोवैज्ञानिक डर रहेछ । म जान्छु भन्दा डूाइभरले जान दिएनन् । हामी राति बर्दिबासमा बस्यौं । उहाँहरुले चुरे एरियामा बस्नुहुन्छ र ? भन्नुभो । मैले मधेसी अनुहार हुँदैमा चुरे एरियाको होटलमा बस्नुहुन्न र भनेँ । बस्छु, जे होला होला भनेर बसेँ ।
महोत्तरीमा देखिएको जागरण र दुई प्रश्नको सामना
भोलिपल्ट महोत्तरी गएँ । मेरो आफ्नो जिल्ला पनि हो । पत्रकार महासंघको भवनमा छलफल भयो । जलेश्वर आन्दोलनका क्रममा बडो क्रुरतापूर्वक प्रहरी दमन भएको ठाउँमध्ये एक हो । त्यहाँ के ‘सरप्राइज’ पाएँ भने पहिला जाँदा मानिसहरुलाई राजनीतिबारे खासै चासो हुँदैनथ्यो । योपटकको आन्दोलनले फरक भएछ । ८० वर्षका बुढाबाहरुले पनि राजनीतिमा चासो राख्नुभएको पाएँ । त्यहाँ मैले सबैभन्दा बढी दुईवटा प्रश्नहरुको सामना गर्नुर्पयो । एउटा यतिसम्म कि मधेस प्रदेशको धेरै माग र्गयौं, यिनीहरुले दिँदैनन् जस्तो छ, अब देशको कुरा किा नगर्ने ? मैले भनेँ( देश भनेको के हो ? आफुनो संसद, आफ्नो कार्यपालिका र आफ्नो न्यायपालिका । संघीयताले अहिले तीनवटै कुरा दिएको छ, प्रदेश सभा, उच्च अदालत र सबै मन्त्रालय बनाउन सक्नुहुन्छ । आफ्नो प्रदेशमा पुलिस प्रशासन बनाउन सक्नुहुन्छ । संविधानको अनुसूची हेर्नुस् भनें ।
अब यो दुई नम्बर प्रदेशलाई यूपीजस्तो बनाउनुस्, जहाँ यूपीमा नजितेसम्म भारतको प्रधानमन्त्री हुन सक्दैन । मैले दुई नम्बर प्रदेशको जनसंख्या हेर्न भनें । अलिकति मात्रै तन्कियो भने ८० प्रतिशत बिजनेश यो प्रदेशमा हुन्छ । किनभने सुनसरीको करिडोर समेट्ना साथ सबै यहाँ हुन्छ । वीरगञ्ज बन्द हुँदा नेपालको सबै प्रदेशको लाइफ लाइन बन्द हुँदोरहेछ भन्ने त प्रमाणित भइसक्यो । अब यहाँको मुख्यमन्त्री नै भोलिको प्रधानमन्त्री हुन सक्छ । स्वराज, स्वशासन र स्वायत्तता नै हो तपाईले खोजेको । सिंगो देशलाई नै यो प्रदेशमा निर्भर हुने बनाउनुस् न भनेर मैले भनेँ । मैले श्रीलंकाको उदाहरण दिएँ । ३० वर्ष युद्ध भयो, हजारौंले ज्यान गुमाए । तर, अन्ततः आन्दोलन कहाँ गयो ? समाप्त भयो । त्यसैले यो बाटो गलत छ, हामीले समाउनुहुँदैन भनेर मैले बडो प्रष्टसँग भनेको छु ।
दोस्रो प्रश्न, हिंसाको बाटो थियो । केही युवाहरुले अब हतियार उठाउनुपर्छ भने । मैले भनेँ कि हतियारको राजनीतिले कहीँ र्पुयाउँदैन । तिब्बतमा दलाई लामाको आन्दोलन अहिंसात्मक भएकाले त्यसलाई संसारले ‘लेजिटिमेसी’ दिएको छ । यो संविधानमा हाम्रा कुरा नसमेटिएकाले आन्दोलन हुँदा भारतले संविधानको स्वागत गरेन । शान्तिपूर्ण आन्दोलन भएकाले अमेरिका, बेलायत, इयू र राष्टूसंघ सबैको सहानुभूति छ । तपाईले बन्दूक उठाउने कुरा गरेको भए कसैले सहानुभूति जनाउने थिएन ।  अर्को कुरा तपाईले ४ सय बन्दुक लिएर सशस्त्र बाटो लिनुभयो भने राज्यसँग ४ लाख बन्दुक छ अहिले केही गाह्रो होला तर, उसका लागि यो ‘इजी’ छ । तपाईले सशस्त्र बाटो लिनुभयो भने इन्काउन्टर सुरु हुन्छ । यो त तराईको विगतको सशस्त्र समूहलाई हेरे हुन्छ । त्यसैले हामीले शान्तिपूर्ण बाटो लिनुपर्छ ।
जनकपुरले सेनालाई जवाफ दियो
म जनकपुर पुग्दा राष्टूपतिको आगमनको तयारी भइरहेको थियो । सबैको भनाइ थियो कि राष्टूपति निहुँ खोज्न आउँदै हुनुहुन्छ । अहिलेको समयमा उहाँको आगमनले आगोमा घ्यू थप्ने मात्र हो । म पुग्दा आर्मीले घरहरुको फोटो खिचिरहेको थियो । मानिसहरु आक्रोशित थिए । कहिल्यै नदेखेको सुरक्षा उपस्थिति थियो । जब मानिसलाई ‘पावर लेसनेस’ भएको अनुभूति हुन्छ, उसले विद्रोह गर्छ । जुन बुधबार प्रमाणित भयो कि जतिसुकै सुरक्षा परिचालन गरे पनि समाधान होइन, प्रत्युत्पादक हुनेछ ।
मूलतः जनकपुर राष्टूपतिको भ्रमणको बहसमा केन्द्रित थियो । राष्टूपतिको भ्रमणले आन्दोलन भड्कायो । मधेसमा कुनै एक ठाउँमा घटना भयो भने अन्य ठाउँमा पनि इलेक्टिूसिटीको जस्तै प्रवाह हुन्छ । जनकपुरको घटनापछि भारदहलगायतका स्थानमा प्रदर्शन भयो । मधेसको एउटा चरित्र के छ भने ब्लड देखेपछि मानिसहरु ‘इरिटेट’ हुन्छन् । त्यसमाथि पहाडी राज्यसत्ताले हिर्कायो भन्ने सेन्स एकदमै छिटो फैलिन्छ । मलाई लाग्छ, अहिलेको अवस्थामा राष्टूपति जनकपुर नजानुभएको भए पनि हुन्थ्यो ।
जनकपुरमा आन्दोलनकारी र प्रहरीबीचको झडपका क्रममा भारतीय नागरिकहरु पनि घाइते भएका छन् । उनीहरु जानकी मन्दिरमा पूजाका लागि हिँडेरै आएका थिए । जनकपुरमा विगतमा त्यसदिन १० करोडको कारोबार हुन्थ्यो । यो एक पटकको अर्थतन्त्रले ६ महिनासम्म धान्थ्यो । तर, योपटक तीर्थालुहरुले यस्तो देखे कि अर्कोपटक उनीहरु नआउन पनि सक्छन् । मानिसहरु मनोवैज्ञानिकरुपमा पनि डराए । यसले आक्रोश बढ्यो ।
सिरहामा प्रहरीको असन्तुष्टि
सिराहामा म केही समय बसेँ । विगतको मधेस आन्दोलन लहान केन्द्रित हुन्थ्यो । तर, योपटक ठिकठिकै मात्र रहृयो । तर, नौलो कुरा के भने जहाँ मधेसीको कमाण्डमा सुरक्षा निकाय खटिएका छन्, त्यहाँ काठमाडौंबाट अर्को व्यक्ति पठाइएको छ । विश्वास नगरेकोजस्तो देखियो । जस्तै(लाहनको डीएसपी मधेसी हो भने त्यही पदको पहाडी मूलको डीएसपी पठाइएको छ र उसैले लिड गर्ने गरेको छ भन्ने गुनासो देखियो । मेसमा पनि पहिले खाइदिन्छ, हामी पछाडि पर्छौं, बोल्यो भने कुट्छ भन्ने केहीले गुनासो गरे । साथै प्रहरीमै रहेका मधेसीहरु चाँहि आन्दोलनप्रति केही ‘पोजेटिभ’ देखिन्थे ।
कार्यक्रम पर्खेर बसेको छ राजविराज
त्यसपछि म सप्तरी राजविराज पुगेँ । त्यहाँ मोर्चाका नेताहरुसँग छलफल गरें । सद्भावनाका दीपेन्द्र चौधरीजी हुनुहुन्छ, फोर फ्रन्टमा हुनुहुन्छ । उहाँले पनि नेताहरुको दिल्ली भ्रमणपछि मानिसहरुमा कन्फ्यूजन देखिएको बताउनुभयो । उहाँले भनेको नयाँ के हो भने जनता आन्दोलनको नयाँ कार्यक्रम कुरेर बसेका छन् । मलाई लाग्छ कि केन्द्रीय नेताहरुको बाध्यता कुरा मिल्छ अनि किन आन्दोलन घोषणा गर्नु भन्ने होला । तर, फिल्डमा कार्यक्रम आएन भन्ने देखियो ।
फोरम नेपालका सर्वेन्द्र साहलाई पनि भेटेँ । उहाँको पनि कुरा सुन्दा तीनरचारवटा तथ्य पाएँ । एउटा, जिल्लाका नेता र केन्द्रीय नेताहरुसँग त्यति धेरै कम्युनिकेशन भएको देखिएन । त्यसले अन्योलमा छन् नेताहरु । कम्युनिकेशन भएको भए दिल्लीमा यो भयो, यो भएन, तिमीहरुले यो डिफेन्स गर भन्ने हुन्थ्यो । त्यो नहुँदा जनताले गरेको प्रश्नको जवाफ पनि दिन सक्ने अवस्था छैन । अर्को, आर्थिक हिसावले उहाँले एउटा ‘टर्म’ प्रयोग गर्नु भएको थियो(‘भगवान भरोसामा चलिरहेको छ आन्दोलन ।’ आफ्नै स्थानीय स्रोतबाट चलेको छ । नेताहरु पनि बाध्य छन् कि आन्दोलन नगरौं, अस्तित्वमा नहुने खतरा । गरौं, स्रोत छैन । तेस्रो, नयाँ कार्यक्रम घोषणाको प्रतिक्षामा छन् उनीहरु । र, चौथो कति लामो आन्दोलन गर्ने ? चिसो छ, विवाहको समय पनि हो । त्यसकारण सिलिथ भएको हो भन्ने कुरा गर्नु भो सर्वेन्द्रजीले ।
स्थानीय रेडियोमा बहस
स्थानीय रेडियोमार्फत स्थानीयसँग पनि मेरो कुराकानी भयो । उहाँहरुको कुरा यो आन्दोलनको सेफल्याण्डिङ हुनुपर्छ । तर, फेससेभ पनि हुनुपर्छ भन्ने छ । राज्यले दमन र्गयो भन्ने गुनासो छ । सुर्खेत र बाग्लुङलाई सम्बोधन गर्न प्रक्रिया नचाहिने, मधेसका लागि सबै प्रक्रिया पुरा गर्नु पर्ने ? र, त्यहाँ पनि अर्को देश र हिंसाको कुरा उठ्यो । कति प्रदेशको लागि लड्ने, वार(पार लड्नुपर्छ भन्ने कुरा आउँदा मैले तर्कपूर्ण रुपमा यो बाटो जानुहुँदैन भनेर भनेको छु ।
शहीद परिवारसँग भावुक क्षण
महोत्तरीमा सहिद रामआधार यादवको परिवारसँग भेट भएको थियो । १६र१७ वर्षको उमेरमा विवाह भएको छ । अहिले भर्खर छोरा जन्मिएको छ । यो कस्तो संयोग भनौं कि के भनौं, आन्दोलनमा ज्यान गुमाएका धेरैका पत्नी भर्खरका छन् । २० वर्षभन्दा कम उमेरका छन् । र, केही भर्खर छोरा जन्मिएका छन् । र, कोहीका साना छोरा छन् । राजविराजमा आन्दोलनका क्रममा ज्यान गुमाएका वीरेन्द्र रामको परिवारलाई भेटें । शिवशंकर दासको घर गएँ, आमा स्ट्याचु (मूर्ति) जस्तै भएर बस्नुभएको छ । आँसु बगिरहेको छ, केही खानुभएको छैन । छोरा बितेदेखि उहाँको अवस्था त्यस्तै छ । कान्छो छोरो, विदेश जान पासपोर्ट बनिसकेको थियो । केका लागि ? ज्यान गुमायो ? संविधान नै पढेको छैन भने कुन धाराका लागि ? शहीद दिलिप साहको परिवारकहाँ गएँ । उहाँकी पत्नी पसलमा बसिरहनुभएको थियो । परिचय दिनासाथ रुन थाल्नुभो । उहाँको प्रश्न छ कि मेरो श्रीमानको के गल्ती थियो ? उहाँ घरको छतमा छोरीसँग खेलिरहनुभएको थियो । त्यसरी ताकेर गोली चलाइयो । उहाँ जुन छोरीलाई तान्न जानुभएको थियो, उसको मानसपटलमा के असर परेको होला ?
दिदीले भन्नुभो( घर जलाएर आगो ताप्दैछौं, कहिलेसम्म ?
समग्रमा भन्दा आज मधेस आन्दोलनको १२१ दिन बढी भइसक्यो । र, काठमाडौंले सम्बोधन गर्न ढीलो गरिरहँदा के भइरहेको छ भन्ने यसले देखाउँछ । महोत्तरीमा दिदीले भन्नुभएको थियो कि आफ्नै घर जलाएर हामी आगो ताप्दैछौं । कति दिनसम्म ? हामी सबै आफ्नो काम बन्द गरेर आन्दोलन गरिरहेका छौं, गरीब भएका छौं । त्यसैले अब यो अलग देश र हिंसाको दुबै प्रश्नलाई चिर्नका लागि ‘सेन्स अफ विन’ र ‘वनरसिप’ दिन जरुरी छ । कांग्रेसले लोभ नगरे हुन्छ, यो देशको कुरा हो । भोलि गरे हुन्छ, भोटको राजनीति ।
अब मधेस आन्दोलन देश र हिंसाको बाटोमा जान लाग्यो भन्नेहरुसँग म सहमत छैन । एकान दुकान तिकान यो प्रश्न उठ्न थालेको छ । अहिले पनि बहुसंख्यक मधेसी समाज यदि देशभित्रै समानता, आफ्नो पहिचान र भविश्य खोज्ने पक्षमा छन् । महोत्तरीमा केही मानिसले अर्को देशको कुरा गर्दा मेरी दिदीले भन्नु भो, कहाँ अरुको देशभन्दा त हाम्रो नेपाल नै ठीक छ । तर, धेरै लामोसमयसम्म ‘स्टेलमेन्ट’ रहृयो, ‘सेन्स अफ लुजर’को सन्देश गयो र अन्तरिम संविधानमा उनीहरुले पाएको अधिकारलाई पनि सुनिश्चित गरिएन भने ‘लङ टर्म’मा यो गलत बाटोमा जान सक्छ कि भन्ने हो । मेरो कामना छ, अर्को पटक मधेस जाँदा यी दुई प्रश्न (देश वा हिंसा) को मैले सामना गर्नु नपरोस् ।
र, काठमाडौं तेस्रोपटक भ्रममा नपरोस
काठमाडौंले मधेसको आन्दोलन सुसुप्त भो भन्ने भ्रम नपाले हुन्छ । तुँवालो लागेपछि त्यहाँभित्रको आगो नदेखिन सक्छ, जुन जनकपुरले सन्देश दिएको छ । मधेसी समाजको एउटा चरित्र के छ भने उसले जहिले पनि काठमाडौंको दृष्टिकोणलाई गलत सावित गर्ने र ‘सरप्राइज’ दिने गरेको छ । फेरि पनि काठमाडौंले त्यो भ्रम राख्यो भने मधेसले गलत सावित गरिदिन्छ ।
संविधान जारी गर्दै गर्दा मधेसमा कहाँ आन्दोलन उठ्छ र भन्ने थियो । तर, १२० दिनसम्म त आन्दोलन भयो र काठमाडौं गलत सावित भइसक्यो । शायद यस्तो हुन्छ भन्ने आंकलन भएको भए त्यतिबेलै संविधानमा सम्बोधनको प्रयास हुन्थ्यो होला । त्यस्तै संघीयताविनै अन्तरिम संविधान आउँदा पनि त्यस्तो आन्दोलन हुन्छ भन्ने गिरिजाप्रसाद कोइरालाले कल्पना गर्नुभएको थिएन । तर, भयो । त्यसैले मेरो कामना छ, काठमाडौंले अब तेस्रो भ्रम नराखोस् । र्‘यासनल’, ‘लजिकल’ र ‘एकोमोडेट’ गरेर जाने हो भने मधेसभित्र भएका तुषहरुलाई विस्तारै कम गर्नुपर्छ र मूल प्रवाहमा ल्याउनुपर्छ ।
(कानुन व्यवसायी तथा मानव अधिकारकर्मी दिपेन्द्र झासँगको कुराकानीमा आधारित । सौजन्य अनलाइनखबर डट कम)


२०७२ पौष ०५ गते आईतबार

No comments:

Post a Comment