Thursday, December 31, 2015

मधेसी मोर्चाद्वारा आन्दोलन घोषणा, मधेसमा मात्रै वार्ता गर्ने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै उसले अब मधेसमा मात्रै वार्ता गर्ने बताएको छ । राजधानीमा दुई दिनसम्म चलेको मधेसी मोर्चाको बैठकले पुस ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम तय जसेको छ । जसमा संविधान संशोधन विधेयक जलाउनेदेखि मन्त्रीदेखि सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउनेसम्म छ । मधेसी मोर्चाले ५ गते जिल्ला सदरमुकाममा र ७ गते नगरपालिका र गाविसमा संविधान संशोधनको विधेयकको प्रति जलाउने घोषणा गरेको छ । यसैगरी पु्स ९ गते मसाल जुलुस निकाल्ने, ११ गते जिल्ला सदरमुकामहरुमा प्रदर्शन र सभा गर्ने र १५ गते सरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने मधेसी मोर्चाको कार्यक्रम छ ।
मधेसमा मात्रै वार्ता गर्ने
मधेसी मोर्चाले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाएको छ । मधेसी, दलित, जनजाति लगायतको मुद्धा सम्बोधनप्रति सरकारको प्रष्ट दृष्टिकोण नभएको भन्दै उनले सरकारको हचुवापनाले वार्ता औचित्यहीन बन्न पुगेको बताएको छ । बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारले बलपूवर्क संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध गरे । उनले अघि भने(हाम्रा धेरै साथीहरु काठमाडौं छाडेर जिल्ला जिल्ला गइसकेका छन् । र, हामी पनि जिल्लातिर जाने हो । यदि सरकारलाई वार्ता गर्ने इच्छा छ भने मधेसमा नै आउनुपर्छ ।’
शिर्ष नेता मधेसमै खटिने
जारी मधेश आन्दोलन फेरी चर्काउने उदघोष गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आफनो शिर्ष नेताहरु लाई मधेश भरी नै खटाउने तयारी गरेका छन । खास गरी पछिल्लो समयमा अली फितलो हुदै गएको आन्दोलनलाई थप सश्क्क्त बनाउन लागेको भन्दै नया कार्यक्रमहरु सार्वजनिक गरेको मोर्चाले  स्थानिय आन्दोलनकारीहरुमा अन्योल वढन  थालेकाले शिर्ष नेताहरुलाई मधेशमै बस्ने रणनिती बनाएका छन । जस अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पुर्व क्षेत्रको कमाण्ड गर्दै विराटनगर केन्द्र बनाएर आन्दोलनमा खटिने छन भने तमलोपा अध्यक्ष महन्थ ठाकुर पश्चिममा खटिने छन । यस अघि देखि नै सदभावना अध्यक्ष विरगंजमा बस्दै आइरहेका छन । त्यसैले महतो विरगंज मै बसेर मध्यको आन्दोलनलाई नेतृत्व गर्ने छन । त्यसैगरी तमसपाका अध्यक्ष महेन्द्र यादव सर्लाहीमा बस्ने योजना छ । यसरी मोर्चामा आबद्ध शिर्ष नेताहरु आफै मधेशका विभिन्न भागमा बसेर आन्दोलनको नेतृत्व गर्ने जनाइएको छ । मोर्चामा आबद्ध सवै तहका नेताहरुलाई काठमाडौ छाडेर मधेशमा आ आफना क्षेत्रमा पुगेर आन्दोलनमा सहभागीता तथा त्यहा सक्रियता जनाउन मोर्चाले आन्तरिक रुपमा भनिसकेका छन । खासगरी  दुई हप्ता अघि मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमण गए पछि जिल्लाहरुमा रहेका मधेशी सवै केन्द्रिय नेताहरु मधेश छाडेर काठमाडौ आएका थिए । जसका कारण स्थानिय स्तरमा आन्दोलनकारीहरु विचको सम्वन्यमा ठुलो समस्या देखिन   थालिएको थियो ।
हिजो र आज गरी दुई दिने मोर्चाको औपचारिक बैठकले गरेको निर्णयहरु आज काठमाडौमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । मोर्चाले सार्वजनिक गरेको नया आन्दोलनको कार्यक्रमहरु आउदो १५ गते सम्मका लागी छन । सार्वजनिक गरिएको कार्यक्रमहरु अनुसार संसदमा प्रस्तुत गरिएको संशोधन विद्येयक जलाउने देखि लाठी जुलुस सहित ठुला ठुला सभाहरुको आयोजनहरु छन ।
वार्ता काठमाडौमा नगर्ने ठाकुरको भनाई
जारी मधेश आन्दोलनको सुरु देखि नै वार्तामा नेतृत्व गरीरहेको मोर्चाका एक घटक तमलोपा अध्यष महन्थ ठाकुरले अव सरकार संगको वार्ता काठमाडौमा नहने उदघोष गरेका छन । मोर्चाको नयां कार्यक्रमहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा ठाकुरले भने, हामीले लचीलो भएर सुरु देखि नै अहिले सम्म १५ पटक वार्तामा बसी सक्यौ तर सरकार पक्षमा यस प्रति गम्भिर भएन, वरु आजको मिती सम्म आन्दोलनलाई खिल्ली उडाउने काम भएको छ । मोर्चाको वैठकले प्रमुख दलहरु संग वार्ताको औचित्य समाप्त भइसकेको बताउदै ठाकुरले भने, यदी सरकार पक्षले कुरा गर्न खोज्यौ भने अव मधेशमै आउनु पर्ने हुन्छ ।
केहि हप्ता अघि मात्रै सरकार परराष्टमन्त्री कमल थापाले दिल्ली साक्षीमा अघि सारेको ४ बुदे रोडम्याप आफुहरुले स्विकार गर्ने ठाकुरले बताए । उनले भने, हामीले दिल्ली जादा पनि आफनो कुरा राखेर आएका छौ, त्यो रोडम्याप अनुसार हामी सहमती गर्न सक्दैनौ । ठाकुरले जारी गरिएको नयां संविद्यानमा अत्यद्यिक त्रुटि रहेको भन्दै यसको पुर्नलेखन मार्फत मधेशको मुद्धा सम्बोधन हुनु पर्छ भन्ने आफुहरुको मान्यता रहेको स्पष्ट पारे । संघियताको सिमाकंनलाई आफनो वटम लाईन बनाएको मोर्चाले मधेशमा दुई प्रदेश हुनु पर्ने अडानमा छन । एक अर्को प्रसंगमा तमलोपा अध्यक्ष ठाकुरले पछिल्लो समयमा दिल्लीले ४ बुदे रोडम्याप मार्फत मधेशी मोर्चालाई अघि वढन दबाब दिइरहेको सन्दर्भमा आएको कुरालाइ अस्विकार गरे । ठाकुरले भने, अहिले सम्म हामीलाई त्यस्तो कुनै दबाब आएको छैन । जारी मधेश आन्दोलनमा भारत सहित अन्य सवै विदेशी मुलुकहरुमो समर्थन रहेको ठाकुरको भनाई छ । खासगरी पछिल्लो समयमा दिल्लीले जारी मधेश आन्दोलनको सुरुमा देखाएको समर्थन पछिल्लो समयमा वदलिएको भन्नेर आईरहेको समाचारहरुलाई ठाकुरले निराधार बताए । उनले भने, नेपालमा भएको हरेक लोकतान्त्रिक अधिकारको लडाइमा भारतको समर्थन थियो र अहिले पनि मधेशीहरुले आफनो अधिकार प्राप्तिको लागी गरिरहेको आन्दोलनमा भारतको नैतिक समर्थन रहेको छ ।
राजनीतिक संकट चाँडै टुङ्गयाएर अघि बढ्न कांग्रेस र मधेसी मोर्चा सहमत
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई(मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक संकट यथाशक्य छिटो टुङ्ग्याएर अगाडि बढ्ने सहमति भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेसले व्यवस्थापिका(संसदमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकबाट आन्दोलनका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने सन्दर्भमा आधार तयार गर्ने भएकाले त्यसमा सहयोग गर्न मोर्चालाई आग्रह गरेको थियो । संशोधन विधेयकमा राज्यका प्रमुख अंगहरुमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने र हालको जिल्लाको इकाइलाई कम्तीमा पनि एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधान राखिएको छ ।
कांग्रेसले मोर्चालाई संशोधन विधेयकलाई थप परिमार्जन गर्न सकिने विभिन्न पक्षहरुका बारेमा जानकारी गराउँदै त्यसमा मोर्चासँग आवद्ध दलहरुको सहमति लिएर आउन आग्रह गरेको थियो । मोर्चाले भने संसदमा पेस भएको संशोधन विधेयकले आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने भएकाले प्रमुख मुद्दाका रुपमा रहेको प्रदेशको सीमासम्बन्धी विषयमा कांग्रेसको स्पष्ट जवाफ माग गरेको थियो । यद्यपि, कांग्रेसको उक्त प्रस्तावलाई मोर्चाले सकारात्मक लिँदै त्यसबारे आवश्यक छलफल गरेर आउने जवाफ दिएको थियो । नेपाली कांग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न के(कस्ता विषयलाई कसरी समेट्न सकिन्छ भन्नेबारे छलफल भएको जानकारी दिए  ।
‘संसदमा पेस भएको संविधान संशोधन विधेयकमार्फत मोर्चाले उठाएका मागलाई कहाँ, कसरी समेट्न सकिन्छ, नमिलेको विषय के हो र कसरी मिलाउन सकिन्छ तपाईँहरुको स्पष्ट धारणा ल्याउनुस् भनेका छौँ, उहाँहरुले सरसल्लाह गरेर आउछौँ, भन्नुभएको छ,’ प्रवक्ता बडूले भने । नेपाली कांग्रेसले वार्ता, संवाद र सहमतिबाटै अहिलेको समस्या हल गर्न सकिने भएकाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न मोर्चालाई आग्रह गरेको थियो । मोर्चाको एक घटक तराई(मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले मोर्चाका नेताहरु काठमाडौँमै रहेको र उनीहरुले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संविधान परिमार्जन सम्बन्धमा कुराकानी भएको जानकारी दिए ।
छलफलमा कांग्रेसका तर्फबाट पार्टी सभापतिसहित अन्य पदाधिकारी र मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

२०७२ पौष ०५ गते आईतबार

No comments:

Post a Comment