Tuesday, April 14, 2015

काकीले काटिन भतिजोको सम्बेदनशिल अंग

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

अनैतिक सम्बन्ध राख्दाको परिणाम के हुन्छ भनेर अन्य खोज्न जानु पर्दैन । धनुषामा पछिल्लो दिनमा मात्रै अनैतिक सम्बन्ध राख्ने दुई जना यूवाहरु त्यसको शिकार भईसकेका छन् । सुरुमा सहमति मै सम्बन्ध राख्ने र पछि कुरा नमिल्दा शारिरीक सम्बन्ध राखि रहेकै बेलामा महिलाले पुरुषको सम्बेदनशिल अंग नै काटि दिने खतरनाक प्रवृति धनुषामा वढ्न थालेको छ । २५ चैत्र २०७१ मा एकराही ४ वस्ने ३५ वर्षिय उषा देवी पासवान (परिवर्तित नाउँ)ले नातामा भजितो पर्ने २५ वर्षिय प्रकाश पासवान (परिवर्तित नाउँ) को सम्बेदनशिल अंग काटिदिएकी छिन् । राति करिब १० बजे तिर सानो चुप्पी जस्तो धारिलो हतियारले प्रकाशको सम्बेदनशिल अंगलाई काटिदिएपछि थप उपचारका लागि धरान पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक भगिरथ रेग्मीका अनुसार उक्त घटनाको अनुसन्धान भई नै रहेको तथा ती महिला प्रहरीको नियन्त्रणमा रहेको छ । रेग्मी भन्छन,“ घटनाको पुरा अनुसन्धान नहुनजेल सम्म महिला र पुरुष मध्ये को पीडित र को पिडक हुन छुट्याउन गाह्रो छ ।” ४ सन्तानकी आमा रहेकी उक्त महिलाको श्रीमान वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् ।
    यस अघि पनि जनकपुर उपमहानगरपालिका वडा नं. १७, लोहनामा १ जना महिलाले यसरी नै नातामा पर्ने आफ्नै भतिजोको सम्बेदनशिल अंग काटि छिनाई दिएकी थिइन । ४ फागुन २०७१ मा पार्वती मण्डल (परिवर्तित नाउँ) ले प्रदिप मण्डल (परिवर्तित नाउँ) को सम्बेदनशिल अंग काटि दिएकी थिइन । उनको पनि श्रीमान वैदेशिक रोजगारीमा रहेको छ । प्रदिपले प्रहरी र धनुषा जिल्ला अदालतमा दिएको बयान अनुसार उनको नातामा आफ्नै काकी पर्ने पार्वतिले अनैतिक सम्बन्ध राखि रहेको बेलामा हाँसो ठट्टामा उनको हाथ खुट्टा बाँधेर ओछ्यान नजिकै रहेको धारिलो हतियार हसियाले सम्बेदनशिल अंग काटिदिएको हो । कुरा के हो भने प्रदिपसँग पार्वतीको विगत लामो समय देखि अनैतिक सम्बन्ध रहेको थियो । तर, ४ फागुन २०७१ मा प्रदिपको विवाह भयो अनि पार्वतीले प्रतिशोध लिन सम्बन्ध राख्न बोलाई सम्बेदनशिल अंग काटि दिएको प्रदिपको भनाई छ । हुन त प्रदिप पनि बैदेशिक रोजगारीमा गएको बेला पनि फोनमा उनको कुरा हुने गथर््यो ।
     तर, पार्वतीले अदालतमा भने दिएको बयान अनुसार प्रदिपले उनलाई जवर्जस्ती करनी गरेपछि आफ्नो सतित्व  रक्षाका लागि सम्बेदनशिल अंग रिसको आवेगमा आएर काटेको बताएकी छिन । पार्वतीका अनुसार उनी सुतिरहेको बेला राति शरीरमा हाथ लगाउँदा व्यूँझे पछि ओछ्यानबाट भुईमा लडाई १० मिनेट पछि रिसको आवेग थाम्न नसकेपछि ओछ्याउनको छेउमा रहेको हसियाले प्रदिपको सम्बेदनशिल अंग काटिदिएको हो ।
    यता प्रहरीले गरेको अनुसन्धानबाट प्रदिप र पार्वती बीच मोवाइलमा धेरै पटक कुराकानी हुने गरेको कल डिटेल्सबाट पत्ता लागेको छ । ९ माघ २०७० देखि घटना भएको मिति ८ फागुन २०७१ सम्म पार्वतीले प्रयोग गरेको मोवाइल नम्बर ९८१७६९३८३० बाट प्रदिपले प्रयोग गरेको मोवाइल नम्बर ९८१३८७१४९६ मा ४७ पटक कुराकानी भएको देखिन्छ । त्यसैगरी प्रदिपले पार्वतीको मोवाइलमा २१ पटक कुराकानी गरेको देखिन्छ । घटना भएको मिति ८ फागुन २०७१ मा ८ बजेर ५८ मिनेटमा पार्वतीले नै प्रदिपलाई फोन गरेको कल डिटेल्सबाट देखिन्छ ।
    यसरी हेर्ने हो भने नातामा आफ्नै काकी र भतिजो पर्ने ती दुवै जना बीच लामो समय देखि फोन सम्पर्क भईरहेको हुनाले पनि प्रदिपले पार्वती माथि लगाएको विगतको लामो समय देखि रहेको अवैध सम्बन्धका कारण उक्त घटना भएको भन्ने कुराको सत्यता वढी हुने सम्भावना देखिन्छ । यता पार्वतीले आफुलाई प्रदिपले जवर्जस्ती करनी गरेका कारण आफु गर्भवती भएको बताएपछि धनुषा जिल्ला अदालतले जनकपुर अञ्चल अस्पताललाई १८ चैत्र २०७१ मा पत्र लेखेर पार्वतीको गर्भ रहे÷नरहेको, रहे कति महिनाको रहेको भनेर गर्भवती जाँच गरिदिन पत्र लेखेको छ । यता ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दा प्रदिपले चलाएपछि धनुषा जिल्ला अदालतको न्यायाधिश भरत लम्सालको इजलासले पार्वतीलाई थुनामा राखेर मुद्दाको अनुसन्धान अगाडी वढाउन आदेश गरिएको छ । अदालतको उक्त आदेश अनुसार ४ चैत्रमा पार्वतीलाई कारागार कार्यालय सिन्धुली पठाइएको छ ।
    माथिका ती दुई घटनाले के देखाउँछ भने श्रीमान वैदेशिक रोजगारीमा रहेको अवस्थामा घरमै रहेका सदस्यहरुसँग अनैतिक सम्बन्ध राख्ने प्रवृति धनुषामा मात्र नभएर तराईमै ठुलो विकृतिको रुपमा फैलिदै गएको छ । मिथिला समाजमा काकी भनेको आमा हो । काकी सँगको शारिरीक सम्बन्धलाई न त समाजले मान्यता दिएको छ, न त कानुन मै । कानुनमा पनि हाड नाता तथा करनी मुद्दा अन्तरगत त्यस्तो सम्बन्ध राख्ने महिला र पुरुष दुवैलाई अपराधि मानिन्छ । त्यस्तो अनैतिक सम्बन्धको कानुनमा दण्ड र सजायको व्यवस्था पनि गरिएको छ । अनैतिक सम्बन्ध कुनै पनि हालतमा अनैतिक नै हुन्छ र त्यसले खतरनाक परिणाम नै निम्तियाउँछ भन्ने कुरा उक्त घटनाले पुष्टि गरिसकेको छ ।
    परिणाम स्वरुप प्रदिप अहिले आफ्नो पुरुषत्व गुमाउनु परेको छ भने पार्वती जेलमा कैदी बन्नु परेको छ । अनैतिक सम्बन्धले सम्बन्ध राख्ने दुवै व्यक्तिको जीवन मात्र वर्वाद गर्दैन बरु त्यसको चपेटामा धेरै परिवार र परिवारका सदस्यहरु पनि पर्ने गर्छ । तसर्थ खास गरी महिला अधिकारकर्मी वा पुरुष अधिकारकर्मीहरुले गाउँ गाउँमा गएर अनैतिक सम्बन्ध राख्नु र त्यसबाट उत्पन्न हुने दुषपरिणामको बारेमा चेतना मुलक कार्यक्रमहरु गर्नु आवश्यक देखिन्छ ।

२०७१ चैत्र २९ गते आईतबार

No comments:

Post a Comment