Tuesday, March 3, 2015

भारतीय तथा नेपाली नोट सहित ३ जना पक्राउ


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अबैध तरिकाले नेपाली तथा भारतीय नोटको कारोबार गरेको अभियोगमा धनुषा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । १३ फागुनमा धनुषा प्रहरीले जनकपुर उपमहानगरपालिका वडा नं. ५ स्थित पायल ज्वेलर्समा अवैध रुपमा भारतीय रुपैयाको सटही गर्ने गरेको भन्ने ब्यहोराको सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्ला धनुषा गा.बि.स.झोझिकटैया वार्ड नं.१ मा बस्ने महम्मद मोस्तकीम अंसारीको छोरा वर्ष १९ को नुरुद्दीन अंसारी र भारत जिल्ला मधुवनी थाना बासोपटि गाउँ बिरपुर घर भई हाल जिल्ला धनुषा गा.बि.स.धनौजी वार्ड नं.१ मा डेरा गरी बस्ने महम्मद सतार दर्जीको छोरा वर्ष २९ को अलाउदीन राईनलाई नेपाली रु २४,५०,०००।((चौबिस लाख पचास हजार मात्र) सहित पक्राउ गरिएकोमा निजहरुले उक्त रकम पायल ज्वलेर्समा भारतीय रुपैया १५,००,०००।( (पन्ध्र लाख) दिई साटेको भन्ने कुरा बताएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । पायल ज्वेलर्सका संचालकको घरमा उक्त भारतीय रुपैया मध्येका रु १३,००,०००।( (तेह्र लाख मात्र) भारत जिल्ला बाकुरा थाना बिष्णुपुर गाउ बिष्णुपुर घर भई हाल जिल्ला धनुषा जनकपुर उप म.न.पा.वार्ड नं.५ मा डेरा गरी बस्ने राम शंकर दत्तको छोरा वर्ष ३३ को राजु भन्ने गोबिन्द दत्त राख्न जान लागेको अवस्थामा रु १३,००,०००।( भारतीय रुपैया सहित उसलाई पनि पक्राउ गरी तिनै जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग काठमाण्डौ पठाइएको प्रसाईले बताए । 
यसैबीच धनुषा प्रहरीले एक जना यूवालाई अवैध पेस्तोल र गोली सहित पक्राउ गरेको छ । 
१३ फागुनका दिन जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वर धनुषाबाट जिल्ला धनुषा जनकपुर उप महानगरपालिका वार्ड नं.१६ स्थित प्रहरी चौकी कपिलेश्वर अगाडी सडकमा चेक प्वाईन्ट थापी सो सडकमा चल्ने सवारी साधन र सवार ब्यक्तिहरुको चेकजाँच गर्ने क्रममा जनकपुर तर्फबाट औरही तर्फ जाँदै गरेको ना.२ ख.५३१४ नम्बरको यात्रुबाहक बसलाई रोकी सो बसमा सवार रहेका यात्रुहरुलाई चेक जाँच गर्न जाँदा जिल्ला सप्तरी खोजपुर गा.बि.स.वार्ड नं.४ बस्ने घुरन चौधरीको छोरा वर्ष १८ को दिलीप चौधरी नाम बताउने ब्यक्ति माथि शंका लागी निजलाई बसबाट ओर्लिन लगाई निजले बोकेको झोला खोली हेर्दा कालो रंगको कपडामा लुकाई राखेको ःब्म्भ् क्ष्ल् ग्क्ब् (१११ उल्लेख भएको पेस्तोल थान १ र सो मा फिट हुने गोली थान ४ फेला परेको हुँदा निजलाई पक्राउ गरी ल्याईएको धनुषाका डिएसपी कृष्ण प्रसाईले बताएका छन् । २२ हजार रुपैयाँमा सिरहाका एक व्यक्तिबाट खरिद गरिएको उक्त पेस्तोल र गोली धनुषाको तिनकोरिया चौकका लक्ष्मेश्वर भन्ने व्यक्तिलाई रु. ७० हजारमा विक्री गर्नका लागि गईरहेको र विक्री सम्बन्धि डिलिङ्ग टेलिफोनमा भएको पक्राउ परेका चौधरीले द एक्सक्लुसिभलाई बताए । 


२०७१ फाल्गुन १७ गते आईतबार

No comments:

Post a Comment