Tuesday, March 3, 2015

बहुविवाह गर्ने जोडी प्रहरी हिरासतमा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा बहुविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धनुषा हरिणय गाविस ४ का २५ वर्षीय राजकुमार पाशवान र उनका कान्छी श्रीमती १६ वर्षीया रिना पाशवान छन् ।  
घरमा जेठी श्रीमती हुँदा हुँदै राजकुमारले गत फाल्गुन ३ गते दोश्रो विवाह गाउँकै रिना पाशवानसंग गरेर घर भित्र्याएको अभियोगमा पक्राउ परेका हुन् । राजकुमारले यस अघि पाँच वर्ष पहिला धनुषा परबाहाका दशरथ पाशवानकी छोरी वविता पाशवानसंग समाजिक परम्परा अनुसार विवाह गरेका थिए । उनको जेठी पट्टीबाट दुई छोरासमेत रहेका छन् ।  जेठी श्रीमती बबिताले राजकुमारले बहुविवाह गरेको उजुरी दिएको  आधारमा विवाह गरेको पुष्टि भएपछि गत फल्गुन ९ गते जोडीलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विगत तीन वर्षदेखि श्रीमान राजकुमार र ससुरा शुकन पाशवान र सासु बौकीदेवी मिलेर आफुलाई विभिन्न लान्छना लागउँदै यतना र कुटपीट गर्दै आएको जेठी श्रीमती बबिताले दुखेसो पोख्नु भयो । 
विवाताले भन्नु भयो “ घरपरिवारले जति यातना दिएपनि सहेर बसे तर कान्छीलाई भित्र्याए पछि कसरी सहेर बस्नु । त्यसैले न्याय माग्न प्रहरीमा उजुरी दिए । मलाई न्यय चाहियो ” । बबिताका अनुसार श्रीमान राजकुमारले दुई वर्षअघि पनि धनुषा लक्ष्मीपुर बगेवाकी एउटी केटीलाई विवाह गरेर घर भित्र्याउने तर्खरमा रहेको बेला आफुले थहा पाएपछि रोकेको बताउनु भयो । तर यस पटक घरपरिवारले विभिन्न बहानामा कुटपिट र यातना दिन थालेपछि चार महिनादेखि आफु माईतमा बसेकोले  रोक्न नसकेको बबिताको भनाई छ । आफु अढाई वर्षीय र काँखमा रहेका पाँच महिनाका छोरालाई लिएर माईतमा बसेर बीच बीचमा श्रीमानलाई फोन गर्दा पनि उहाँले “तँ लाई ल्याउदिन छाड दिए । के गर्न सक्छस् गर ” भन्दै धम्की दिने गरेको बबिताले बताउनु भयो । बबिताले आफ्नो वुवासमेत स्वर्गबास भईसकेको र माईतको अवस्थापनि दयनीय रहेकोले न्यायका लागि पहल गरिदिन सबैपक्षसंग आग्रह गर्नु भएको छ । 
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ परेका राजकुमार र रिनालाई बहुविवाह गरेको अभियोगको अधारमा कानुनी कारबाही अगाडी बढाएको छ । 

२०७१ फाल्गुन १७ गते आईतबार

No comments:

Post a Comment