Tuesday, March 3, 2015

तस्करसँग मिली मुद्दा छिनोफानो गर्दै वन पदाधिकारी


कमलेश मण्डल
जलेश्वर............
फितलो कानुनी व्यवस्थाका कारण बन तस्करीका अभियुक्तहरु ध्माधाम धरौटीमा छुट्न थालेका छन् । जिल्ला वन  कार्यालय महोत्तरीमा बुझाइएका तस्कर तोकिएको सजायवापत केही रकम धरौटी राखेर उम्कने पाउने कानुनी व्यवस्थाका कारण बन तस्करी नियन्त्रणमा आउन नसकेको हो ।
इलाका वन कार्यालय बाँकेले खयरमारा जंगलमा जंगल फडानी गरिरहेकै अवस्थामा खयरमारा ७ का अरुणकुमार यादवलाई पक्राउ गरी ८ क्यूफिट काठ बरामद गरेको हो । कार्यालयले एक अधिकृत तोकेर कारबाही अगाडि बढाएको जिल्ला सहायक वन  अधिकृत वैदेहीशरण लाल कर्णले बताए ।
उनका अनुसार तस्करीमा सँलग्न रहेको आरोपमा पुस २४ गते पक्राउ परेका यादव विरुद्ध वन ऐन २०४९ को दफा ४९९ङ० अनुसारको कसुर अपराध गरेको ठहर हुन आएकाले  वन कार्यालयले ४ हजार रुपैया र ६ महिनाको कैदको माग दावी गर्दै मुद्दा चलाएको छ ।
पक्राउ परेकाहरुले जंगल फडानी गरी काठ तस्करीको गरेको स्वीकार समेत गरेको थिए । यादवले सकारी बयान गरेको हुनाले  वन कार्यालयको न्यायिक अदालतले सोही ऐनको दफा ५० घ उनलाई चार हजार  जरिवाना र ६ महिनाको जेल सजायको फैसला सुनाए । तर  उनी २७ पुसमा आठ हजार पाँच सय रुपैया धरौटी राखेर उम्किसकेका छन् । मुख्य तस्कर को हुन यसको अझ सम्म खुल्न नसकेको कार्यालयले जनायो । त्यस्तै  हातीलेटको जंगल बाट ज १ त १९५६ नम्बरको ट्याक्टरमा १५ क्वीन्टल साखुको दाउरा ल्याउदै गर्दा औरही ३ मंगल महतोलाई औरही बाटै वन गस्ती टोली पक्राउ गरी वन कार्यालयमा बुझाएको छ । महतोले आफनै प्रयोजनका लागि दाउरा ल्याएको वन कार्यालयको अनुसन्धान बाट खुलेको छ ।
त्यस्तै  जंगल फडानी गरी भारत तर्फ तस्करी गरीरहेकै अवस्थामा वेलगाछी ७ का वीरेन्द्र कुमार महतो, कमलेश महतो, विजय कुमार महतोलाई वनले पक्राउ गरियो । उनीहरु सँग ७ सय ८५ क्यूफीट साखुको काठ बरामद गरेको थियो। हाल उनीहरुलाई वनले जनही १ हजार १ सय ७७ रुपैया धरौटी लिई छाडेका छन । त्यस्तै माइस्थान ३ का सूर्यमान थोका, शुभ लाल थिंग लाई  ३ दशमलव ६७ क्यूफीट काठ सहित पक्राउ  गरियो । त्यस्तै सशस्त्र प्रहरी बल सितापुर भंगहाले सिंग्याही ७ का जगदिस यादव, देवनारायण यादव, कान्छा यादवलाई २ टायरगाडामा लोड गरी भारततर्फ तस्करी गरेका साखुका काठ सहित पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई वन लाई बुझायो । पछि वनले छानविन गर्दा दोषी ठहरिएका उनीहरु २३ हजार धरौटी राखि तारेखमा रिहा भएका छन ।
त्यस्तै भारततर्फ चोरी निकाशी गरि लान लागिएको ३१ थान साखु जातको चिरान फर्निचर र टूयाक्टरसहित जिल्ला प्रहरीले पक्राउ गरेका  औरही ३ का २६ वर्षिय टूयाक्टर साहू निरंजन यादव , चालक इन्दल मण्डल र आफुलाई ठेकेदार खुट्टापिपराडी ८ का विकाश यादवलाईसमेतलाई १० दिन म्याद लिई अनुसन्धान शुरु गरेका जिल्ला  वन सहायक अधिकृत वैदेहीशरणलाल कर्णले बताए ।  रात्री गस्तिमा रहेको प्रहरीले लोहरपट्टी ४ स्थित रातु खोलाको बगरबाट शंकास्पद अवस्थामा मध्यरततिर ज १ त ५१७२ नंको टूयाक्टरलाई नियंत्रणमा लिएको थियो । तलासी लिदा साखुका चिरान फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
 वन ऐन २०४९ अन्र्तगत फितलो कानुनकै कारण बन तस्करहरु धमाधम छुटने गरेको वनका कर्मचारीहरु बताउछन । बनका कर्मचारी स्रोतका अनुसार बन तस्करहरु अनुसन्धान गर्ने  अधिकृतहरुले आर्थिक चलखेल गरी कार्यालय समयपछि छाडने गरेको बताए । पक्राउ परेका ९ जना विरुद्ध वन कार्यालयले  मुद्दा चलाई सोही आधारमा आर्थिक चलखेल गरि समान्य अहिले धरौटीमा छाडेका उनीहरु बताउछन । यो त चालु आवको सात महिनामा ९ जना समान्य धरौटीमा छुटने प्रतिनिधीमात्र हो । तीन साल यता  ८४ जना समान्य धरौटीमा बन ले छाडेका थिए । ६३ वटा बनपैदावर चोरी निकासा मुद्दामा १६ वटा अदालतमा र ४७ वटा जिल्ला वन कार्यालयको ईजलासमा विचाराधीन रहेको छ । जसमा १ सय ६४ जना पक्राउ परेका थिए । ८४ जना प्रारम्भिक सुनवाईको क्रमा समान्य तारेखमा रिहा भएका छन भने ८० जना पुर्पक्षका लागि थुनामा रहेको जिल्ला बन कार्यालय महोतरीले जनाएको छ । आर्थिक चलखेल गरी अभियुकहरुलाई बन कार्यालयबाट न्युनतमभन्दा न्युनतम सजाय सुनाउने गरिएको छ ।
जिल्ला बन कार्यालय महोतरीका प्रमुख वन सन्तमाया श्रेष्ठले यसवारे आफुलाई केही थाहा नभएको बताईन । उनका अनुसार अधिकांश मुद्दामा कार्यालय आफै जाहेरी भएको छ र यस सम्बन्धमा थप अनुसन्धान थालिने उनले बताईन ।  वन पैदावर चोरी निकासी मुद्दा अन्तरर्गत पाँच हजार रुपैया विगोसम्म भएको वन पैदावार चोरी निकासी मुद्दा जिल्ला वन कार्यालयको अधिकार क्षेत्र भित्र पर्दछ । पाँच हजार रुपैया भन्दा वढी विगो भएको वन पैदावार चोरी निकासी मुद्दाको निरुपण जिल्ला अदालतले गर्ने गर्छ । यसरी वन जंगल संरक्षण लगायत वन अपराधमा पक्राउ भई दायर भएका मुद्दाको वा अन्तिम किनारा लगाउने काम समेत जिल्ला वन कार्यालयले गर्ने गर्छ ।
वन कार्यालयमा जाने मुद्दामा वन कार्यालयका रेन्ज स्तर सम्मका कर्मचारीहरुले अनुसन्धान गर्ने, प्रमाण जुटाउने काम गर्दछन भने प्रमुख वन अधिकृतले फैसला गर्ने गर्दछन् । कानुन फितलो भएपछि माइस्थान, खयरमारा, पाटु, गौरीवास लक्ष्मीनिया गाविस क्षेत्रमा पर्ने सालको सरकारी जंगल फडानी गर्दै आएका काठ तस्करले अहिलेसम्म सयौं रुख कटान गरिसकेका छन् । सदरमुकाम जलेश्वर देखि ४० र ५० किलोमिटर उत्तरमा पर्ने सो क्षेत्रमा भइरहेको जंगल फडानीको सूचना सम्बन्धित निकायले पाएको छ । सूत्र भन्छ तर भइरहेको काठ तस्करी र जंगली फडानी नियन्त्रण गरी संलग्न व्यक्ति पक्राउ गर्नु जिल्ला वन कार्यालयले कुनै प्रयास गरेको छैन ।
सो क्षेत्रमा सालको जंगल फडानी गर्ने गराउने माथि वन कार्यालयले कारवाही नगरेपछि काठ तस्करी एवं वन फडानीमा कर्मचारीको मिलोमतो र सँलग्नताको पुष्टि भएको छ ।

२०७१ फाल्गुन १७ गते आईतबार

No comments:

Post a Comment