Tuesday, April 1, 2014

अमर ब्रदर्सलाई नेपाल कप फुटबल उपाधि



उपाधि साथ काठमाडौंको अमर ब्रदर्स क्लब ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

काठमाडौंको अमर ब्रदर्स क्लबले प्रथम नेपाल कप फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।जनकपुरको कभर्डहलस्थित खेल मैदानमा भएको उपाधि भिडन्तमा अमर ब्रदर्सले चपुर ११, चन्द्रनिगाहापुरलाई टाइब्रेकरमा ४(२ गोलले पराजित ग¥यो । निर्धारित र अत्तिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नकसेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । अमर ब्रदर्सका पुकार गहतराज, पाल्साङ लामा, विकास गौचन र जसबहादुर राईले गोल गरे । कृष्ण लामाको प्रहार बाहिरिएको थियो । चपुरका राजु मण्डल र सुलभजंग राणाले बललाई जाली चुमाए । चपुरका अरुण गुरुङ र राजेश चौधरीको प्रहार अमर ब्रदर्सका गोलरक्षक किशोर गिरीले बचाएपछि अमर ब्रदर्स उपाधि सुनिश्चित गर्न सफल रह्यो । किशोर उत्कृष्ट गोलरक्षक पनि चुनिए ।
उपाधिसंगै अमर ब्रदर्सले ५० हजार नगद पुरस्कार पायो भने चपुरले २५ हजारमा चित्त बुझायो । चपुरका नुरराज काफ्ले सर्वोत्कृष्ट खेलाडी चुनिए भने एभरेष्ट क्लब, महोत्तरीका टंकु लामा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । उनले ह्याटिूकसहित ५ गोल गरेका थिए । प्रतियोगितामा कुल दुई ह्याटिूक सम्भव भयो । टंकुकै टोलीका श्यामबासु मगरले पनि ह्याटिूक गरेका थिए । उत्कृष्टत्रयले समान २ हजारका दरले नगद पुरस्कारसहित टूफी पाए । विजेतालाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । चैत ८ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १२ पुरुष टिमले सहभागिता जनाएको आयोजक क्लबका सह(सचिव हरि मानन्धरले जनाएका छन् ।
 पूर्व खेलाडी सम्मानित
जनकपुरमा भएको नेपाल कप फुटबल प्रतियोगिताको समापनका अवसरमा आयोजक स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्टिूय खेलकुद संघ, नेपालले विभिन्न ६ खेलका १६ पूर्व राष्टिूय खेलाडीलाई सम्मान गरेको छ । फुटबलका ११ तथा क्रिकेट, भलिबल, ह्यान्डबल, कबड्डी र सितोरियो करातेका समान एक(एक सम्मानित भए । सम्मानित हुने फुटबलरहरुमा अमर थापा, प्रकाशजंग राणा, अनिल रुपाखेती, पुष्प केसी, जीवन लामा, पारस चौधरी, हरि मानन्धर, राजेश थापा, पुनम थापा, ललित थापा र देवेन्द्र बस्नेत रहेका छन् । सम्मान थाप्ने अन्यमा क्रिकेटका संजय ठाकुर, भलिबलका सुनील मानन्धर, ह्यान्डबलका पवनलाल कर्ण, कबड्डीका सरोज सिंह र करातेका रामचन्द्र ठाकुर छन् ।
नेपाल कप फुटबलको समापनका अवसरमा सम्मानित पूर्व खेलाडीहरु सामूहिक तस्वीर खिचाउदै ।
अमर, सुनील र सरोज बाहेक सबै खेलाडीले कुनै बेला खेलकुदमा आफ्नो छुट्टै पहिचान बनाएको जनकपुर चुरोट कारखाना लिमिटेडबाट खेल्ने गर्थे । २०२० सालमा नेपालले पाकिस्तानमा भएको आहा खान गोल्ड कप खेल्दा अमर नेपाली टोलीका उपकप्तान थिए । अमर पुनम, ललित र राजेशका पिता हुन् । नेपालले छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) अन्तर्गत फुटबलमा स्वर्ण जित्दा जीवन र राजेश नेपाली टोलीका हिस्सा थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनीहरुलाई दोसल्ला ओडाउनुका साथै ताम्रापत्र प्रदान गरी सम्मान गरेका थिए । ‘जुन ठाउँबाट मैले आफ्नो खेलको करियर सुरु गरे आज त्यही ठाउँमा सम्मानित हुन पाउँदा खुशी लागेको छ ।’ सम्मानित भएपछि राजेशले भने ।

२०७० चैत्र १६ गते आईतबार

No comments:

Post a Comment