Tuesday, March 4, 2014

शिक्षा, संस्कार र स्वामी विवेकानन्द-रुपेश झा


रुपेश झा

भारतवर्षमा जब बुद्धिलाई आध्यात्मिक र शारीरिक पाराबाट अलग गरेर हेर्न थाल्यो, सूचना प्रवाहमा मात्र जोड दिन थालियो तब बौद्धिक, शारीरिक र आध्यात्मिक जीवन खण्डित भयो र यो खाडल झनझन बढ्न पुग्यो । त्यसको प्रतिफल हो आजको समाज तत्कालिन समाजलाई विश्लेषण गर्दै स्वामी विवेकानन्दले भन्नुभएको थियो ः हामीलाई यस्तो शिक्षा आवश्यक छ । जसले व्यक्तिमा चरित्रको निर्माण गर्न सकोस जसले आत्मवलको विकास गरोस र जसको आधारमा व्यक्ति आफ्नो खुद्रामा खडा हुन सकोस् । तर बर्तमान शिक्षा पद्धतिले कुनै पनि स्तरको विद्यार्थीको अभिरुचि, उसको कला, कौशल उसमा अन्तर निहित प्रतिभा या उसको र रचनात्मिकता तथा सिर्जनशीलताको आंकलन गर्न सक्दैन । किनकी हाम्रो समाज व्यक्तिको अभिरुचि र राष्टिूय आवश्यकताको दिर्घकालिन परिणामलाई ध्यानमा राखेर पाठ्यक्रम दिन असमर्थ छ । शिक्षाको उद्देश्य मानिसलाई सत्यको एकत्व सिकाउनु हो । तर हाम्रो लागि आज शिक्षाको उद्देश्य भनेको आफ्नो व्यक्तिगत भौतिक अन्नयन, प्रगति, विकास, नोकरी र प्रतिष्ठानमा सिमित भयो । भनिन्छ ,“विद्या ददाति विनयम विनयादपति पात्रताम पात्रत्ववाद धनमाप्नोति धनाद धर्म ततः सुत्वम् ।।” विद्यावाट हामीलाई विनय प्राप्त हुन्छ, विनयबाट प्रात्रता मिल्छ, पात्रताको आधारमा धन प्राप्त हुन्छ, धन प्राप्त आइसकेपछि धर्मको अनुभुति हुन्छ र यसले सुख प्राप्त हुन्छ । 
तर आज हामी ठीक उल्टो अनुभव गर्न सक्छौं । विद्याले विनय होइन हामीमा अहंकार पैदा गरेको पाइन्छ । अहंकार युक्त विद्यार्थी सिधा धन आर्जनको प्रयास गर्दछ । धन भएपछि धर्म पनि किन्न सकिन्छ भन्ने व्यवहार उसले गर्दछ । अपात्रलाई धन मिलेपछि उसको र समाजको कति क्षति हुन्छ भन्ने हामीमाझ हजारौं उदाहरण छन् ।     स्वामी विवेकानन्दले सधै मूल्य आधारित शिक्षामा जोड दिनुभयो । मूल्यविहिन शिक्षा समाजको लागि कति हानिकारक हुन सक्दछ भनी स्वामीजीले भन्नुभएको छ ,“The education that does not help the common mass of people to equipy themselves for the struggle of life. Which does not bring of life, which does not bring out strength of charater, a spirit of philosophy and the courage of lion is it worth the name ?"
त्यो शिक्षा जसले आम व्यक्तिलाई जीवनमा संघर्ष गर्नको लागि तयार गर्न नसकोस,जसले व्यक्तिले चरित्रक शक्ति उजागर गर्न नसकोस जसले जनकल्याणकारी भावनाको विकास गर्न नसकोस जसले एक सिंहले जस्तो साहस पैदा गर्न नसकोस, त्यसलाई कसरी सही अर्थमा शिक्षा भन्न सक्दछौं ?
साँच्चै नै भन्ने हो भने आज शिक्षक संस्थामा धनको बलमा ज्ञान÷शिक्षा दिने काम भइरहेको छ । योग्यतालाई प्राथमिकता दिने पद्धति रहेन । जोसँग धन छ उसले कुनै पनि शिक्षा आर्जन गर्न सक्दछ । जोसँग धन छ उसले सर्वश्रेष्ठ शैक्षिक संस्थामा आफ्नो प्रवेश पाउन सक्दछ । यसरी पैसाले सबै गर्न सकिन्छ भन्ने भावना सबै घरमा व्याप्त भएपछि हामी विनयको अपेक्षा कसरी गर्न सक्छौं ? जुन समाजमा विनय र धर्म कमजोर हुँदै गएका छन् त्यहाँ चरित्र र मुल्यको अपेक्षा गर्नु निरर्थक जस्तै हुन्छ ।
हाम्रँे वर्तमान शिक्षा व्यवहारमा मूल्यको कुनै स्थान छैन, संस्कारको कुनै स्थान छैन, धर्मको कुनै स्थान छैन । त्यसको परिणाम पनि हाम्रो अगाडि नै छ । धर्मलाई सम्प्रदायवादसँग जोड्यो, पथ निरपेक्षताले धर्मलाई नै अस्पष्ट बनायौं । स्वामी विवेकानन्दजी ले धर्मको महत्वबारे प्रकाश पार्दै भन्नु भएको छ ।
In building up character in making for everything that is good and great in bringing peace to others and pease to one's ownself religion is the highest motive power and therefore ought to be studies from that stand point.
कुनै पनि ज्ञान वाहिरबाट आउँदैन, सबै भित्र नै छ, संसारले जुन ज्ञान प्राप्त ग¥यो त्यो सबै मनबाट नै प्राप्त गरेको हो । शिक्षाको निश्कर्ष मनको एकाग्रता प्राप्त गर्नु हो, तथ्यहरुको संकलन गर्ने होइन । यदि मलाई अध्ययन गर्नको लागि समय मिल्यो भने र यसका लागि स्वतन्त्र भएकाले सबै भन्दा पहिला म मनलाई शिक्षित गर्नेछु । मन, वुद्धि र आत्माको संयमनै शिक्षाको मेरुदण्ड हो ।”
अन्त्यमा,
त्यो शिक्षा जसले समुदायलाई जीवन संग्राममा उपयुक्त बनाउँदैन, जसले चरित्र शक्तिको विकास गर्न सक्दैन, जसले व्यक्तिमा दयाको भाव अनि सिंहको जस्तो साहस प्रदान गर्न सक्दैन त्यसलाई शिक्षाको नाम दिन सकिदैन ।         महान शिक्षाविद स्वामीविवेकानन्दले आफुलाई समाज, राष्टू र विश्वका लागि समर्पित गरी दिएको विचारलाई हामी नेपालीले मनन गरी कार्यान्वयन प्रक्रियामा अगाडि बढ्यौ भने पुनः विश्व गुरु बन्ने मार्ग हामीले बनाउनु सक्छौं र नेपालले भौतिक रुपमा मात्र सगरमाथाजस्तै विश्वमा उच्च नभएर बौद्धिक र आध्यात्मिक रुपमा पनि विश्वमा उच्च स्थान प्राप्त गर्न सक्नेछ ।
लेखक प्राज्ञिक विद्यार्थी परिषद नेपालको केन्द्रिय सदस्य हुन् ।




२०७० फागुन २५ गते 

No comments:

Post a Comment