Tuesday, March 4, 2014

मथिला माध्यमिकी परिक्रमा सुरु


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव अर्थात १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा विधिवतरुपमा शुरु भएको छ । फागुन औसींका दिन देखि विधिवतरुपमा शुरु हुने परिक्रमा अन्तर्गत शनिबार राति धनुषाको हुनमान नगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरुको फौज आइतबार बिहान पुजापाठ गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन् ।  माध्यमिकि परिक्रमामा तराईका विभिन्न जिल्ला तथा भारतको बिहार, उत्तर प्रदेश, बृन्दावन लगायतका स्थानहरुबाट साधुसन्त एवम् श्रद्धालुहरु सहभागी हुने गर्दछन् । 
मिथिलापुरीमा जन्म हुनु ठूलो सौभाग्य हो । यस पुरीको यात्रा गर्नुले अनन्त फल प्राप्त हुन्छ । मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहती, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने  मिथिला बिहारीको डोला तथा जनकपुरको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा रहेको छ । प्राचिन समयमा सियालाल जी शरण नाम गरेका सन्तले मध्यमा परिक्रमाको शुरुवात गर्नु भएको  सन्त श्यामल किशोर झाले बताए ।  नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेले पछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् । फागुन पुर्णिमाका  दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् ।  
परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने धार्मिक मान्यता रहेकोले प्रत्येक बर्ष गुणात्मकरुपमा परिक्रमामा सहभागिहुनेहरुको संख्या बढ्दै गएको छ । यसरी श्रद्धालुहरुको संख्या बढीरहँदा पनि विगतमा नेपाल सरकार तथा सरोकारवालाहरुको भुमिका नदेखिएको प्रति परिक्रमावासीहरु दुःख व्यक्त गर्छन् । 

२०७० फागुन २५ गते 

No comments:

Post a Comment