Monday, March 3, 2014

फरार अभियूक्त पक्राउ गर्न धनुषा प्रहरीद्वारा विशेष अभियान


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

अदालतबाट विगत लामो समय देखि विभिन्न फौजदारी अभियोग लगाइएका र सो सजायबाट भागी, उम्कीई फरार रहेका विभिन्न मुद्दाका फरार अभियूक्तहरुलाई पक्राउ गर्न धनुषा प्रहरीले विशेष अभियान चलाएको छ । ७ माघ देखि चलाएको उक्त अभियान अन्तरगत धनुषा प्रहरीले विभिन्न अपराधको अभियोगमा १ सय १५ जना व्यक्तिलाई पक्राउ गरी ८ जनालाई कारागार पठाएको छ भने २६ जना धरौटी राखि छुटेका छन् । त्यसैगरी ३६ जना साधारण तारेखमा छुटेका छन भने ४२ जनाले सफाइ पाएका छन् । र, २ जनालाई जिम्मा जमानीमा प्रहरीले छाडेका छन् ।
 जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङक अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ३९ जना मध्ये एक जनालाई कारागार पठाइएको, एक जना धरौटी राखि छुटेको, १९ जना साधारण तारेखमा छुटेको, १६ जनाले सफाई पाएको र दुई जना जिम्मा जमानीमा छुटेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा मुद्दामा पक्राउ परेका १९ जना मध्ये २ जनालाई कारागार पठाइएको, ७ जना धरौटी राखि छुटेको, ५ जना साधारण तारेखमा छुटेको र ५ जनाले सफाई पाएको छ । त्यसैगरी अपहरण मुद्दामा  पक्राउ परेका ५ जना मध्ये  २ जना धरौटी राखि छुटेको, १ जना साधारण तारेखमा छुटेको र २ जनाले सफाई पाएको छ । त्यसैगरी डाँका मुद्दामा पक्राउ परेका १६ जना मध्ये ४ जनालाई कारागार पठाइएको, ७ जना धरौटी राखि छुटेको, ४ जना साधारण तारेखमा छुटेको र १ जनाले सफाई पाएको छ । त्यसैगरी कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका ३ जना मध्ये १ जनालाई कारागार पठाइएको र २ जना धरौटी राखि छुटेका छन् । त्यसैगरी बहुविवाह मुद्दामा पक्राउ परेका १ जना साधारण तारेखमा छुटेका छन् । त्यसैगरी केही सार्वजनिक अपराध मुद्दा अन्तरगत पक्राउ परेका ९ जना मध्ये ६ जना धरौटी राखि छुटेका छन भने १ जना साधारण तारेखमा र २ जना सफाइ पाएका छन् । त्यसैगरी खुन डाँका मुद्दामा पक्राउ परेका १० जना मध्ये १ जना धरौटी राखि छुटेको, ४ जना साधारण तारेखमा छुटेको र ५ जनाले सफाई पाएका छन् । त्यसै गरी जबरजस्ती करनी मुद्दामा पक्राउ परेका ३ जना अभियूक्तले सफाई पाएका छन भने बोक्सीको आरोपमा पक्राउ परेका सातै जनाले सफाइ पाएका छन् । नागरिकता मुद्दा अन्तरगत ३ जनालाई प्रहरीले अनुसन्धान जारी राखेका छन् । 


२०७० फागुन २५ गते 

No comments:

Post a Comment