Monday, March 3, 2014

प्रशासकिय अधिकृत झा डकैतीका मुख्य योजनाकार


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रशासकिय अधिकृत नारायण झा
सन्तोष पासवान
सरकारी कार्यालयमा भ्रष्टाचार सामान्य भईसकेको र भ्रष्टाचार गर्नकैलागि कर्मचारीहरु अन्य अपराध गर्नमा पनि पछि पर्दैनन् । १० लाख रुपैयाँ बजेट सहितको एउटा कार्यक्रम आयोजन गर्ने विषयमा कार्यालय प्रमुख र प्रशासकिय अधिकृत बीचको अन्तरकलहले अपराधको भयावहबाटो अख्तियार गर्न पनि पछि पर्दैनन् । धनुषाको बनिनियाँ गाविस वडा नं. ३ हर्दिनाथमा रहेको राष्टिूय धानबाली अनुसन्धान कार्यक्रमका कार्यालय प्रमुख सहित अन्य कर्मचारी माथि भएको आक्रमणका प्रमुख योजनाकार सोही कार्यालयका प्रशासकीय अधिकृत रहेको तथ्य बाहिर आएको छ । 
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत जनकपुरभन्दा ८ किलोमिटरको दूरीमा स्थापना गरिएको राष्टिूय धानबाली अनुसन्धान कार्यक्रम कार्यालयका प्रमुख सुर्य नारायण साहमाथि आक्रमण तथा लुटपाटको
 दामोदर पासवान
कार्यालय सहयोगी जयकिशोर पासवान
घटनामा अनुसन्धानमा कार्यरत्त प्रशासकीय अधिकृत नारायण झाकै संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । कार्यालयमा लेखापाल राम सोभित यादबसित सामान्य भनाभन भएको विषयलाई लिएर झाले माघ १६ गते कार्यालय प्रमुखमाथि आक्रमण गर्न लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत यो तथ्य सार्वजनिक गरेको हो । प्रहरीका अनुसार प्रशासकिय अधिकृत झा र कार्यालय प्रमुख साहका बीच विवाद उत्पन्न भएपछि कार्यालय प्रमुख साहलाई ठिक पार्न भनी कार्यालयका प्रशासकिय अधिकृत झाले सोही कार्यालयका कार्यालय सहायक पदमा कार्यरत जय किशोर पासवानलाई आर्थिक प्रलोभन देखाई त्यस्तै अपराधिक व्यक्तिहरु खोजी आक्रमण र डाँका हाल्न योजना बनाई काम गर्न आदेश दिएको हो ।


 
जमाहिर पासवान
प्रशासकिय अधिकृत झाले कार्यालय सहयोगि जय किशोर पासवानलाई सुपारी दिएर प्रमुख देब नारायण साहमाथि आक्रमण गर्न लगाई साहकै आबासबाट पाँच तोला सुन, दुई थान ल्यापटप, मोबाईल लगायतका सामग्री लुटपाट गर्न लगाएको प्रहरी नायब उपरिक्षक दिलीप घिमिरेले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ठेरा कचुरी गाविस वडा नं. ७ बस्ने सोही कार्यालयका प्रशासकिय अधिकृत नारायण झा सहित धानबाली अनुसन्धान कार्यालयका कार्यालय सहयोगि तारापट्टी सिरसिया बस्ने ४२ वर्षिय जय किशोर पासवान, ठाडी झिझा (८ का ४८ वर्षिय बीबीसी भनिने जमाहिर पासवान, देउरी परवाहा ( ९ का २३ वर्षिय दामोदर पासवान र ठाडी झिझा ( ८ का १९ वर्षिय सन्तोष पासवानलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । उनीहरुबाट एक थान ल्यापटप, ६ थान मोबाईल बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका जमाहिर पासवान पेसेवर डाँका हुन् । नेपाल र भारतका विभिन्न ठाउँहरुमा डकैत ीगर्ने गरेको र यस अघि उनी डाँका मुद्दामा पक्राउ समेत परिसकेको हो ।
प्रहरीले बरामद गरेको लुटिएको ल्यापटप(फुटाइएको अवस्थामा) र मोवाइल लगायतका सामग्रीहरु ।



 घटनामै संलग्न रहेको आरोपमा प्रहरीले अर्का कार्यालय सहयोगि रामचन्द्र यादबलाई पक्राउ गरेपनि राजनीतिक दबाबमा यादबलाई मुक्त गरिएको चर्चा छ । यादब अहिले सम्पर्क बाहिर रहेका छन् । 
माघ १६ गते मध्यराती कर्मचारी आबासमा सुतिरहँदा कार्यालय प्रमुख सुर्य नारायण साह सहितका कर्मचारीमाथि आक्रमण गरिएको घटनामा टाउकोमा बन्चरो प्रहारले घाईते भएका साहको अवस्था अहिले समान्य रहेको छ । घटना भएपछि कर्मचारीहरुले काम गर्ने वातावरण नरहेको भन्दै दुई सातासम्म कामकाज ठप्प गरेका थिए ।
घटना भएको एक महिना पछाडि मात्र अभियूक्त पक्राउ पर्नु र सार्वजनिक गरिनुले प्रहरीको भुमिका माथि केही कर्मचारीहरु नै आशंका व्यक्त गर्दछन् । प्रहरी निरीक्षक गोविन्द पुरीका अनुसार घटनामा खटिएको प्रहरीको विशेष टोलीले घटना स्थलको सुक्ष्म अवलोकन तथा विशलेषण, घटना पछि उत्पन्न भएका परिणामको सुक्ष्म अध्ययन, स्थानिय व्यक्तिसँगको सोधपुछ, बरामद भएका सामग्री, पक्राउ परेका अभियूक्तहरुको भनाई तथा प्राविधिक अनुसन्धानहरुबाट खुलेको तथ्यको आधारमा प्रहरीले पक्राउ परेका व्यक्तिहरु विरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग तथा डाँका मुद्दा दर्ता गरिएको छ ।
यसरी आर्थिक लोभमा परेर कर्मचारीहरु आफ्नै कार्यालय प्रमुखलाई समेत आक्रमण गर्न लगाउने प्रवृति जनकपुरमा नौलो होइन । खास गरी स्थानीय निकाय,विकास निर्माण र पर्याप्त बजेट हुने कार्यालयहरुमा प्रायः जसो कर्मचारीहरु बीच अन्तरद्वन्द रह्ने गरेको देखिन्छ । जनकपुरबाट टाढा ग्रामीण क्षेत्रमा ४५ विग्घा क्षेत्रफलमा रहेको धानबाली अनुसन्धान कार्यालयकै कर्मचारी राजकुमार जोशीको ५ वर्ष अघि अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।


२०७० फागुन २५ गते 

No comments:

Post a Comment