Sunday, September 8, 2013

सरकारी उदासिनताका कारण प्याजमा परनिर्भरता वढ्दो



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

सरकारले मध्यतराईका जिल्लामा प्याज खेतिमा आत्मनिर्भर बनाउने उदेश्यले करोडौ रकम खर्च गरेको भएपनि अभियान मुखी प्याज कार्यक्रम प्रभाबकारी हुन सकेको छैन् । प्याज खेति प्रति किसानको आकर्षण बढाउदै आत्मनिर्भर बनाउनको लागि बिगत सात बर्ष देखि यो अभियान थालिएपनि परनिरर्भता हटनुको साटो छिमेकी मुलुकमा मुल्य बृद्धिभएपछि नेपालमा पनि मुल्य बृद्धि हुने परम्परा यस बर्ष पनि कायमै रहयो । जसले गर्दा सर्बसाधारण मर्कामा परेका छन् ।  तराईका जिल्लामा प्रत्येक बर्ष होली पर्ब नजिकिएपछि  प्याजको मुल्यमा बृद्धि हुने परम्परालाई अन्तय गर्दै यस बर्ष दशैं आउनु दुई महिना अगाडि नै प्याजको मुल्यमा अत्याधिक बृद्धि भएको छ । बर्षातको मौसममा समान्यतया अत्याधिक ३० रुपैया प्रीत किलो पाईने प्याज अहिले ९० देखि १ सय रुपैया सम्म बिक्री बितरण हुने गरेको छ । प्याजको मुल्यमा तिन गुणा बढिले बृद्धि भएपछि सम्सयामा परेका दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका सर्बसाधारण नियमित प्याज खान छाडेका छन् ।
आर्थिक वर्ष २०६९÷०७० मा धनुषामा मात्र १८ हजार ७ सय मेटिूकटन प्याजको आबश्यकता मांग रहेपनि यस बर्ष ७ हजार १ सय ५० मेटिूकटन मात्र स्थानिय उत्पादन भएको छ । मांग र उत्पादनमा निकै भिन्नता रहेका कारण छिमेकी मुलुकबाट आयात गर्नु परेकाले प्याजको मुल्यमा अत्याधिक बृद्धि भएको व्यबसायीहरु बताउछन् । हुन त विगतका वर्षहरुमा पनि छिमेकी मुलुक भारतबाट प्याज आपुर्ति गर्नुपथ्र्यो तर यस पटक पछिल्लो ५ वर्षमै सबैभन्दा वढी प्याज आपुर्ति गर्नुपरेको तथ्याङकले देखाउँदछ । आर्थिक वर्ष २०६४÷०६५ मा १७ हजार ३९ मेटिूक टन आवश्यकता रहेकोमा ११ हजार १ सय ८२ मेटिूक टन, २०६५÷०६६ मा १७ हजार ४ सय २० मेटिूक टन आवश्यकता रहेकोमा ९ हजार २० मेटिूक टन, २०६६÷०६७ मा १७ हजार ७ सय ७३ मेटिूक टन आवश्यकता रहेकोमा ५ हजार २ सय ८६ मेटिूक टन, २०६७÷०६८ मा १८ हजार १ सय ५२ मेटिूक टन आवश्यकता रहेकोमा ५ हजार ५ सय ३७ मेटिूक टन र २०६८÷०६९ मा १८ हजार ५ सय ४७ मेटिूक टन आवश्यकता रहेकोमा ६ हजार २ सय ७७ मेटिूक टन प्याज भारतबाट आपुर्ति गर्नु परेको छ । आलुप्याज व्यवसायीसंघ जनकपुरका अध्यक्ष अल्लाउदीन राईन भन्छन,“ भारतको पटनाबाट साढे ४२ सय मा प्याज लोड गर्ने गरिन्छ, भाडा ५ प्रतिशत भन्सार गरी अहिलेको मुल्यमा विक्री गर्न हामी व्यापारीहरु वाध्य छौ ।”
       सरकारले प्याज खेतिमा आत्मनिर्भर बनाउनको लागि जिल्ला कृषि बिकास कार्यालय मार्फत किसानलाई अनुदान सहयोग उपल्बध गराउदै आएपनि यो अभियान प्रभाबकारी हुन सकेको छैन् । कर्मचारीहरुले बजेटको सदुपयोग र समयमा कार्य सम्पादन गर्न नसकेकै कारण यस बर्ष धनुषामा प्याज खेतिको लागि आएको अनुदानको १८ लाख रुपैया फ्रिज हुन गएको छ । जिल्ला कृषि विकास कार्यालय धनुषाका प्रमुख विष्णुदेवयादव भन्छन,“अभियानमुखि प्याज खेतीका लागि सरकारले ५० प्रतिशत रकम मात्र अनुदान दिन्छन र बाँकी ५० प्रतिशत किसान आफैले लगानी गर्नुपर्ने हुँदा किसानहरु लगानी गर्न उदासिन हुनु, लामो समयसम्म खेती गर्नुपर्ने, सिचाईको सुविधा नहुँनु, श्रमिकको अभाव हुनु जस्ता कारणले प्याज खेतीमा ह्रास आउँदै गएको र सरकारी अनुदानको रकम पनि फ्रिज भएको हो ।”
सरकारले प्याज खेतिमा आत्मनिर्भर बनाउन कै लागि करोडांै रुपैया खर्चे पनि यो अभियान वालुबामा पानी हाले सरह नै भएको छ । प्याजको उत्पादन बढाउन प्राबिधिक सहयोग र समुचित सिचाईको व्यबस्था मिलाउनुको साथै सर्बसुलभ दरमा बिउ बिषादी, शित भण्डारण र बजारीकरणको व्यबस्था गर्न सके परनिर्भता हटेर जाने  कृषि बिज्ञहरुको भनाई छ ।

मिति ः २०७०/५/२३

No comments:

Post a Comment