Sunday, September 8, 2013

राजनीतिको केन्द्र विन्दु बन्दै जनकपुर - पुरन साह




पुरन साह

समग्रमा, मधेशवादी सबै दलले अखण्ड मधेश प्रदेशकै अडानमा देखिएपनि आन्तरिक रुपमा दुई प्रदेश बनाउन मनस्थिति बनाइसकेको स्पष्ट हुन्छ । कर्णाली नदीलाई साँधमा राखेर समय, परिवेश अनुसार नामाकरण गर्नेगरी पुर्वी मधेश र पश्चिमी मधेश प्रदेश स्थापना गर्ने र पुर्वी मधेश प्रदेशको केन्द्र जनकपुर बनाउने विषयमा मधेश केन्द्रित दलहरु करिब निधोमै पुगिसकेको सुनिन्छ । 



संविधान सभाको दोस्रो निर्वाचनको समय नजिकिदै जाँदा मध्यपुर्वी मधेशमा पर्ने जनकपुर राजनीतिको केन्द्र विन्दु बन्दै गएको छ ।
गत साता मधेशवादी दलको ठूलो घटक राजेन्द्र महतो नेृतत्वको सद्भावना पार्टीको केन्द्रिय कार्यसमितिको तीन दिवसीय विस्तारित बैठक जनकपुरमै बस्यो । मधेश राजनीतिको छुट्टै शक्तिको रुपमा स्थापित उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम नेपालले पनि साताव्यापी केन्द्र स्तरिय कार्यकर्ता प्रशिक्षण गरी केन्द्रिय कार्यसमितिको बैठक जनकपुरमै बोलायो ।
यता कहिले मधेशसँग ‘लभु परेको वक्तव्य दिएर त कहिले मधेशीको छोरोको हैसियतले मधेशबाटै चुनाव लड्ने घोषणा गरेर, मधेशी जनताको भावना जित्ने प्रयासमा लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजधानी केन्द्रित राजनीति खिचातानीको व्यस्त समयमा पनि तीन दिन जनकपुरमै बास बस्न भ्याए ।
मंसिर चार गतेको लागि निर्वाचनको मिति तय भएदेखि नै चुनावी प्रचारप्रसारमा एमाओवादी र हैसियतमा रहेका मधेशवादी दलहरुले मधेशलाई प्राथमिकतामा राखेको देखिन्छ । मधेशमा पनि जनकपुरलाई करिब सबै दलले केन्द्रविन्दु मानेर राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् । यसबाट, अस्तिसम्म ‘एक मधेश, एक प्रदेशु को रट लगाइरहने मधेशवादी दलहरुले आन्तरिक रुपमा मधेशलाई दुई प्रदेशमा बाँड्ने मनस्थिति बनाइसकेको र पुर्वी मधेशको राजधानी जनकपुरलाई परिकल्पना गर्न लागेको बुझिन्छ ।
फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादवले भने आफ्नो पार्टी अझै अखण्ड मधेश प्रदेशकै पक्षमा अडिग रहेको दावी गर्छन् । ‘संयुक्त मधेशी मोर्चामा रहेका दलहरुले दुई प्रदेशको कुरा गरेकै होु यादवले हिमालय टाइम्ससँग भने, ‘फोरम नेपालले भने अहिलेसम्म मधेशलाई विभाजित गर्ने विषयमा सोच्न पनि भ्याएको छैन । पार्टी केन्द्रिय कार्यसमितिको बैठकले अहिलेसम्मको मन्थनबाट प्राप्त अनुभव र सम्भावनालाई अध्ययन गरी चुनावकै लागि घोषणा पत्र जारी गर्ने गरी नयाँ निर्णय लिन सक्ने संकेत उनले गरे । तराई मधेश लोकतान्क्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले स्वायत मधेश, एक प्रदेशको पक्षमा रहेपनि संविधान सभाले संवैधानिक प्रक्रियाबाट गरेको निर्णय नै मान्य हुने बताए । राज्यपुनर्संरचना समितिले दुई प्रदेशको खाका कोरेको थियो । आयोगले पनि दुई प्रदेश भनिसकेको थियो । ‘त्यसबेला ठोस निर्णय हुन सके खासै अवरोध हुन्थ्यो जस्तो हामीलाई लाग्दैनु उनले भने ।
सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहले अखण्ड मधेश प्रदेशकै पक्षमा जिकिर गर्दै मधेशको केन्द्र (राजधानी) जनकपुर नै हुने दावी गरे । ‘समग्र मधेश एक प्रदेश, मधेश आन्दोलनबाट स्थापित भएको जनताको माग होु उनले भने । भौगोलिक, ऐतिहासिक, साँस्कृतिक र पहिचानको हिसाबले राजधानीको लागि उपयुक्त थलो भएकाले मधेशको राजधानी बनाउन जनकपुरको विकल्प नरहेको उनले बताए । संघीयताको मुद्दा स्थापित भएदेखि मधेशको राजधानी जनकपुरसँगै जोडेर चर्चामा रहेपनि अहिलेसम्म कुनै पनि पार्टीले असहमती नजनाएकोले पनि यो सम्भावनालाई नकार्न नमिल्ने साहको तर्क छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, तमलोपा नेपालका महेन्द्र राय यादव लगायत मधेशवादी दलहरुले पनि समय समयमा जनकपुरलाई मधेशको केन्द्र बनाउने वक्तव्य दिँदै आएका छन् ।
समग्रमा, मधेशवादी सबै दलले अखण्ड मधेश प्रदेशकै अडानमा देखिएपनि आन्तरिक रुपमा दुई प्रदेश बनाउन मनस्थिति बनाइसकेको स्पष्ट हुन्छ । कर्णाली नदीलाई साँधमा राखेर समय, परिवेश अनुसार नामाकरण गर्नेगरी पुर्वी मधेश र पश्चिमी मधेश प्रदेश स्थापना गर्ने र पुर्वी मधेश प्रदेशको केन्द्र जनकपुर बनाउने विषयमा मधेश केन्द्रित दलहरु करिब निधोमै पुगिसकेको सुनिन्छ । केन्द्रिय कार्यसमितिको विस्तारित वैठक समापनका वेला सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पत्रकार सम्मेलनमै भने, ‘मधेशमा मधेश र थरुहट गरि हामि दुई प्रदेश मान्छौ ।’ मधेशको केन्द्र जनकपुर हुुनुपर्ने उनको संकेत थियो ।  
विघटित संविधान सभामा नेपाली काँग्रेस र नेकपा एमालेको तुलनामा नजिक रहेर अघि बढेका एमाओवादी तथा मधेशवादी दलहरु अगामी दिनमा पनि मोर्चा बन्दी गर्ने संकेत देखिन्छ । भर्खरै तीन दिनको जनकपुर बसाइ सकेर फर्केने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले भाषणमै मधेशवादी दलको लागि भोट मागिदिए । ‘मधेशी, आदिवासी जनजाति लगायत उत्पीडनमा परेका समुदाय र संघीयताको हितमा संविधान बनाउन माओवादीलाई जिताउनुस्ु चुनावी प्रचारको उदेश्यले धनुषामै आयोजित एक खुल्ला सभामा दाहालले भने, ‘कुनै कारण वश माओवादी मन नपरेको अवस्थामा मधेशवादी दलालाई जिताउनुस् ।
हामी मिलेर तँपाइहरुकै हितमा काम गर्छौ ।ु एकसाता अघि काठमान्डौको पानोस साउथ एसिया नामक संस्थाको अगुवाईमा देशभरिकै विभिन्न भु(भागको प्रतिनिधित्व गर्दै स्थलगत निरिक्षणका लागि जनकपुर आइपुगेका २६ सदिस्य पत्रकारहरुको टोली संगको अन्तरक्रियाका क्रममा समेत यहाँका सातवटै प्रमुख राजनितिकदलका सवै नेताहरुले आफ्नो पार्टी जनकपुरलाई मधेशको केन्द्र बनाई चुनावको तयारी थालेको बताएका थिए । कार्यक्रममा सहभागि नेपाली कांग्रेसका जिल्ला सभापति रामसरोज यादवले जनकपुर जहिले पनि कांग्रेसको आँखामा मधेशको केन्द्र नै रहेको भनिरहदा एमाओवादीका झल्कु यादवले सो को प्रतिवाद गर्दै कांग्रेस र एमालेकै यथास्थितीवादकै कारण जनकपुरको हाल बेहाल भएको आरोप लगाए । मधेशीजनअधिकार फोरमका लालजी शरण यादवले जनकपुरवाट सल्केको मधेश आन्दोलनकै कारण जनकपुर प्रत्येक पार्टीको आकर्षण बन्न थालेको र त्यअघि सवैले जनकपुरलाई शोषण वाहेर अरु केहि गर्न नसकेको टिप्पणी गरे । तराईमधेश लोक्तान्त्रिक पार्टीका डा. बिजय कुमार सिंहले सवैदलका शिर्षनेताहरु जनकपुरमा आएर सान्तवना भाषण दिने तर काठमान्डौ पुगेपछि विर्सने गरेको बताए । सदभावना पार्टीका जिल्ला अध्यक्ष संयय सिंहले प्रचण्ड तर्फ संकेत गर्दै लुम्बीनी तथा जनकपुरकै विकासका लागि शिर्र्षनेताहरुले गर्ने गरेको पहलले पनि जनकपुुरप्रतिको नेताहरुको दृष्टी स्पष्ट भएको बताए । फोरम लोक्तान्त्रिकका जिल्ला प्रवतmा पवन झा र नेकपा एमालेका जिल्ला उपाध्यक्ष रामचन्द्र पण्डितले पनि जनकपुर सधै आफ्नो पार्टीको प्राथमिकतामा रहेको दावि गरे । सवैदलको प्राथमिकतामै रहेको जनकपुरको हालत किन यस्तो ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनीहरु सवैले एकअर्का प्रति आरोप परित्यारोप लगाउन बाहेक केहि गरेनन् । राजनितिकदलहरुको यस्ता दौडधुप र आरोप प्रत्यारोपले जनकपुरको समुचित  विकास हुन अझै समय लाग्ने निश्चि छ । कांग्रेस र एमालेलाई प्रतिक्रियावादी तथा  यथास्थितीवादी भन्न नछुटाउने एमाओवादी तथा मधेश केन्द्रित केहि दलहरु एकै एजेन्डाका साथ प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै रुपमा मार्चा बनाएर चुनावमा दुइतिहाई मत ल्याउने समेत योजना बनाएको उनीहरुकै प्रतिक्रियाले दर्शाउँछ ।

मिति ः २०७०/५/२३

No comments:

Post a Comment