Sunday, September 8, 2013

नगरका पार्कहरुको संरक्षण आवश्यक



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुरको जिरोमाइल स्थित पार्क दुई वर्ष अघि कवाडखानामा परिणत भएको थियो । जिरोमाइल प्रहरी चौकी र जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषा को सामुन्नेमा रहेको उक्त पार्क कवाडेहरुले आफ्नो कवाड भण्डारण गर्ने कार्यमा प्रयोग गर्दै आएका थिए । पार्कको चारै तिर ग्रिल लगाइएको भएपनि ठाउँ(ठाउँमा ग्रिल भत्किएको थियो । मधेश आन्दोलनमा पार्कमा रहेको तत्कालिन राजा विरेन्द्रको शालिक प्रदर्शनकारीहरुले तोडेका थिए । उक्त शालिकमा बहुमूल्य धातु जडान गरीएको बताइएपनि उक्त शालिक अहिले कहाँ छ त्यसको अतो पतो छैन् । तर अहिले जनकपुर(७ स्थित स्थानिय यूवाहरुको पहल कदमिमा पार्कको सौन्दर्यीकरण गरिएको छ । यूवाहरुले पार्कमा विभिन्न फुलहरु सहितको वृक्षा रोपन गरेका छन भने ग्रिलहरुको रंगरोगन गरेका छन । पार्कभित्र खानेपानीका लागि चापाकल गडाएका छन ।
सरोकारवालाहरुको सोच र विचारमा परिवर्तन नआउंदा हाल(बेहाल भएको उक्त पार्कको जिर्णधार गरेर स्थानीय यूवाले सराहनिय कार्य गरेका छन ।
शहरलाई स्वच्छ, हराभरा र रमणीय बनाउन विभिन्न समयमा निर्माण गरिएका जनकपुरका कतिपय पार्क यतिबेला संरक्षणको अभावमा वेवारिसे बन्न थालेका छन् । सम्बन्धीत निकायले पार्क संरक्षणका लागि चासो नदेखाउदा पार्कहरु वेवारिसे बनाएका हुन् । कुनै बेला सुन्दरता र परिचयको पर्यायबाची बनेका यी पार्कलाई नगरपालिकाले मात्र होइन नगरबासीले समेत विर्सिएका कारण वेवारिसे बनेका हुन् । संरक्षणको मुख्य जिम्मेवारी पाएको जनकपुर नगरपालिका कार्यालयले पार्कको व्यवस्थापनबारे ध्यान दिएर कुनै योजना बनाएको पाईदैन् । गहनाको रुपमा रहेका पार्कहरुको समयमै संरक्षणमा ध्यान नदिने हो भने कुनै पनि समय सुकुम्बासीहरुको नाममा कब्जा गर्ने काम नहोला भन्न सकिन्न । सार्वजनिक पार्क, उद्यान र फराकिला चोक आधुनिक नगरका गहना मानिन्छन् , जसले नगरवासीलाई सुस्ताउने, मनोरञ्जन गर्ने र स्वस्थ रहने ठाउँ दिनुका साथै आगलागी, भूकम्पलगायतका प्रकोपमा उद्धार र उपचारलाई सहज बनाउँछन्  । तर खाली क्षेत्र विस्तार गर्न मात्र जोड दिइरहेको नगरले यतातिर ध्यान दिएको छैन् । भएका पार्क, बगैँचा र चोक पनि मर्मतसम्भार तथा संरक्षणको अभावमा कुरुप बन्दै र नासिँदै छन् । कुनै बेला सुन्दर र हराभरा सार्वजनिक स्थलको चौर हरियाली गुमाँदै गएका छन् । सार्वजनिक स्थल, पार्क र उद्यानहरुलाई सामुदायिक सम्पतिको रुपमा संरक्षण गर्ने चलन धेरै तिर छ । कति देशमा सरकारी उदासीनताबाट शहरको स्वरुप विग्रिन नदिन र सुन्दरता जोगाइराख्न स्थानीय बासिन्दाले कुनै क्लव वा सामाजिक संस्थाको नाममा पार्क सञ्चालन गर्छन् । पार्ककै लागि प्रसिद्ध देशहरु पनि छन् । एसियामै भारत, श्रीलंका, पाकिस्तान सुन्दर उद्यानका लागि गर्व गरिने देश हुन् । सार्वजनिक स्थल र पार्कहरुको व्यवस्थापन स्थानीय सरकारले गर्ने चलन संसारभर छ । यस्तो अभ्यासको राम्रो उदाहरण संयुक्त अधिराज्य बेलायत हो, जहाँका पार्कको चर्चा प्रसिद्ध कलाकार लैनसिंह बाङदेलले आफ्नो संस्मरण मुलुक बाहिर म मा गरेका छन् । बालउद्ययान, पार्क तथा बगैंचाहरुको संरक्षण(सम्बद्र्धनका लागि जिम्मेवार सहज श्वास(प्रश्वास र मानसिक स्वास्थ्यका लागि पनि रुखबिरुवामै निर्भर हुनुपर्ने हुनाले शहरभित्र सार्वजनिक उद्यान, बगंंैचा र पार्क चाहिन्छन् । शहरको कम्तीमा १० प्रतिशत क्षेत्रमा पार्क र बगंैचा हुनुपर्ने बातावरणविद रामसागर पण्डित बताउँछन् । उनी भन्छन् , “यो मापदण्ड कायम राख्ने विदेशका ठूलठूला औद्योगिक शहर पनि प्रदुषणमुक्त छन् । मर्निङ्ग वाक, योग, दृश्यवावलोकन, धार्मिक(सांस्कृतिक अनुषठान र सन्तुलित वातावरणका लागि मात्रै हैन, शहर सभ्य र सुसंस्कृत छ भनी देखाउन पनि पार्कहरु चाहिन्छन् ।”
शहर विस्तार गर्दा सार्वजनिक स्थलहरु एक इन्च पनि बढेका छैनन् । आवास क्षेत्र बनाउँदा कतै जमिन निस्क्यो भने पनि हतार(हतार मन्दिर बनाइन्छ, तर उद्यान बनाउने बारे सोचिन्न् । आफ्नै खुट्टामा बञ्चरो हान्ने काम भइरहेको छ । नगरमा टाँगेको ठूलठूला व्यानरले नगर र प्रतिष्ठित पार्कलाई कुरुप बनाएको छ । नगरका संवेदनशील क्षेत्र र ऐतिहासिक पार्कहरुनै ओझेलमा पर्ने गरी टाँगिएका ब्यानरहरुले जनकपुरको बेईज्जति मात्र भएको छैन् यसले नगरलाई नै कुरुप बनाएको छ । यस तर्फ नगरका यूवा क्लवहरु को ध्यान जानु नितान्त आवश्यक छ ।



मिति ः २०७०/५/२३

No comments:

Post a Comment