Sunday, September 8, 2013

टिकट सिफारिसका लागि हानथाप




अजय अनुरागी

जनकपुरधाम............


मंसिर ४ गते हुने भनिएको संविधानसभाको दोस्रो चुनावको लागि धनुषामा राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार चयनका लागि क्षेत्र हुँदै जिल्ला कमिटि मार्फत केन्द्रिय कमिटीमा सिफारिस गर्ने क्रम बढेको छ । यस पटक चुक्यो भने कहिल्यै मौका पाइन्न भन्दै नेताहरु जुनसुकै हालतमा पनि आ(आफ्नो नाउँ सिफारिस गराउन कुनै कसर बाँकी राख्न चाहेका छैनन । यति सम्मकी केन्द्रिय कमिटिले छनौट गरोस या नगरोस, क्षेत्र र जिल्लाबाट आफ्नो नाउ सिफारिसमा पर्नै पर्ने अडान कसेपछि नेतृत्वहरुको टाउको दुखाई बढेको छ । राजनीतिक दलहरुका पार्टी कार्यालयहरुमा लाग्ने गरेको नेता तथा कार्यकर्ताहरुको भीड र दवाव सहन नसकेपछि नेताहरु दोधारमा पर्नु भन्दा भए भरका सबैको सिफारिस गरेर केन्द्रको टाउकोमा छनौटको बोझ थुपारेर पन्छिन चाहेका देखिन्छन । भोलीको दिनमा केन्द्रले छनौट नगरेपनि समाजमा आफु पनि सभासदको हैसियतको नेता रहेको देखाउन खोज्ने मनोवृति बढनुले पनि सभासद वन्ने आकांक्षा वढेको छ नेताहरुमा । त्रिभुवन विश्व विद्यालयका समाजशास्त्र विषयका प्राध्यापक महारुद्र झा भन्छन,“अहिले २१ औं शताब्दीको मुख्य लक्ष्य अर्थोपार्जन हो, अर्थोपार्जन जुन सुकै विधिले गरेपनि हुने मनोविज्ञान समाजमा वढदै गएको छ । खास गरी नेपालमा राजनीति नै त्यस्तो सर्टकर्ट बाटो हो, जुन बाटो समातेर राता रात धनपति हुने, पावर र पहुँच वढने देखिन्छ । ” हुन त राजनीतिलाई मान्छेले घृणा गर्छन तर नेपालको राजनीतिमा मानिस राजनीतिको वैतरणी पार गर्न तछाडमछाड मात्र होईन हानथाप गर्न समेत पछि परेका छैनन । मुल्य  र मान्यताको आधारमा गरिने राजनीति माथि समाजले आस्था राख्दछ तर अहिले राजनीतिको वागडोर नै उदण्डहरुको हातमा परेकाले नेपालमा राजनीति संस्कार र संस्कृति पहिचान सम्म हुन नसक्नु दुर्भाग्य पुर्ण भन्दै समाजशास्त्री झा भन्छन,“ मानिसमा महत्वकांक्षा र अपेक्षा बढनु स्वभाविक हो तर आफ्नो हैसियत समेत विर्सेर जो कोई पनि सभासद बन्ने दौडमा लाग्नुले भोलीको दिनमा समाज अग्रगमन तर्फ नभएर पश्य गमन तर्फ जाने निश्चित छ ।” केन्द्रले वढीमा पाँच जनालाई समानुपातिक तर्फ सिफारिस गरेर पठाउन परिपत्र जारी गरेपनि जिल्ला नेतृत्वहरुले पाँचको ठाउँमा ४० जना भन्दा वढी सिफारिस गर्नुले नेतृत्व असफल रहेको पुष्टि हुन्छ । त्रिभुवन विश्व विद्यालयका राजनीतिशास्त्रका प्राध्यापक नविन मिश्र भन्छन,“ राजनीतिक दल र तिनका नेताहरु वेइमान भएपछि यस्तो अवस्था आउँछ । जिल्ला र क्षेत्रबाट ज(जस्को सिफारिस गरिएपनि पैसा, जातिबाद, परिवारवाद र चाकडीको आधारमा अन्ततः केन्द्रले टिकट दिने छन ।” विगतको संविधानसभाको चुनावमा समानुपातिक तर्फ आफ्नो नाउ पार्नका लागि लाखौं रकम नदिइएको पनि होइन । यस पटक पनि व्रिफकेशमा टन्नै रुपैयाँ भरेर व्यापारी नेताहरु आफ्नो नाउ प्रत्यक्ष र समानुपातिकमा पार्न टिकट वितरण गर्ने प्रभावशाली केन्द्रिय नेताहरुको मा दौडधुप गर्नेहरुको भीड बढन थालेको नेताहरु नै बताउँछन । संविधानसभा समावेशी चरित्रको हुनुपर्छ भनेर भनिएपनि समावेशीकै नाउमा आफ्नो समुदायको मुल समस्या राख्नै नसक्ने मान्छेको प्रतिनिधित्व होस भन्ने मुल उद्देश्य नै होइन । प्रतिनिधित्व गर्दा उक्त समुदायको समस्या राम्ररी जानेको र त्यसको सम्बोधनका लागि ठीक ढंगले राख्न सक्ने योग्य व्यक्तिहरु छनौटमा पर्नु पथ्र्यो । जनकपुरका एक जना वरिष्ठ पत्रकार विएम खनाल भन्छन,“ धनुषामा समावेशी प्रतिनिधित्व नामको लागि गराईदिने तर योग्य छ वा छैन भन्ने विचार नपुर्याई त्यो समुदायको योग्य व्यक्ति भन्दा पनि आफ्नो समर्थक वा आफु पछि हिडने समुदायको व्यक्तिलाई सिफारिस गर्ने प्रवृति देखिएको छ ।” अयोग्य व्यक्तिहरुको प्रतिनिधित्व गराएपनि वास्तविक समस्या समाधान नहुने तथा राम्रो संविधान नबन्ने, पुरानै अनुहारहरुको निरन्तरता दिइनु दुखद रहेको पत्रकार खनाल बताउँछन ।

चुनाबी माहौल तिब्र हुँदै
तराई मधेशका जिल्लामा चुनाबी माहौल तिब्र हँुदै गएको छ । मसिंर ४ गते तोकिएको संबिधानसभाको निर्बाचनका लागि राजनीतिकदलहरुको गतिबिधीले बिस्तारै चहलपहल बढाएको छ । चार बर्षमा पनि संबिधान निर्माण गर्न नसकेका नेताहरु मतदाता तथा कार्यकर्ताहरुलाई रिझाउन गाँउ पस्न थाले पछि दुबिधामा रहेका जनता चुनाब हुनेमा बिश्वसत भएका छन् ।
दोस्रो संबिधानसभाको निर्बाचनको तिथी नजिकिदै गएपछि तराई मधेशका जिल्लामा चुनाबी माहौल पनि बिस्तारै बढदै गएको छ । संबिधानसभाको निर्बाचनको तिथी तय भएको संगै पार्टि प्रबेष कार्यक्रमलाई प्राथमिकता दिएका राजनितीकदलहरु अन्तरकृया, प्रशिक्षण, रायसुझाब संकलन, छलफल, आमसभा गर्दै उम्मेदबार चयनमा केन्द्रित हुदै मतदाताहरुको माँझ गाँउ पस्न थालेका छन ।  चार बर्षको लामो समयमा पनि संबिधान निर्माण गर्न नसके पछि दुबिधामा रहेका जनता राजनीतिकदलहरुको बढदो गतिबिधी संगै चुनाब हुनेमा बिस्वसत हुदै गएका छन् ।
मधेश आन्दोलन पछि नेता तथा कार्यकर्तामा बिकास निर्माणको रकम दुरुपयोग गर्ने र आफुलाई ठुला बढा ठान्ने प्रबृति बढेर गए पनि सर्बसाधारणमा राजनीतिक चेतनाको बिकास अबश्य नै भएको देखिन्छ् । संघियता सहितको संबिधान निर्माणका लागि लामो बहस, छलफल र अभ्यास भईसकेका कारण संघियताको पक्षमा उत्रिने दलहरु प्रति मधेशी जनताको झुकाब रहने सम्भाबना रहेको छ ।  
साना तथा क्षेत्रिय पार्टिहरुमा खासै सम्सया नरहेपनि ठुला पार्टिहरुमा प्रत्यक्ष र सामानुपातिक दुबै तर्फको उम्मेदबारहरुको सिफारिसमा बिवाद देखिएको छ । ठुला पार्टिमा नेता तथा कार्यकर्ता बढि भएकाले बिवाद हुनु स्वभाबिक रहेपनि संगठनमा सहि मुल्याङ्घण नहुनु र एक अर्कालाई होच्चयाउने प्रबृतिका कारण चुनाबमा अन्तरकलह हुने सम्भाबना पनि उतिकै छ ।
एमालेको उम्मेदवार सिफारिसमा जिल्ला र अञ्चलको छुट्टाछुट्टैको सिफारिस
 नेकपा एमाले धनुषाबाट जिल्ला कमिटि र जनकपुर अञ्चल समन्वय कमिटिले फरक फरक सिफारिस केन्द्रमा पठाएको छ । जिल्ला कमिटिले क्षेत्रिय कमिटिबाट आएको सिफारिसलाई अनुमोदन गर्दै केन्द्रमा उम्मेदवारहरुको नामावली सिफारिस गरिएको एमाले धनुषाका प्रचारप्रसार प्रमुख जगदीश साहले बताए । जिल्ला कमिटिमा केन्द्रिय सदस्य रघुविर महासेठको पकड बलियो छ । जिल्लाले गरेको सिफारिसमा जिल्ला कमिटि सदस्य लक्ष्मी यादव, शेख हसन लगायत १३ जनाले विमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । जिल्ला कमिटिको सिफारिसमा पुर्व सभासद शत्रुधन महत्तो, नेता शितल झा, एमालेमा फर्किएका नेताहरु रत्नेश्वर गोइत, यदुवंश झा लगायतका शिर्षस्थ नेताहरु नपरेपछि अञ्चल कमिटिले तिनीहरुको नाउँ थप गर्दै सिफारिस गरेका छन । एमाले धनुषामा दुई गुट रहेको प्रष्ट देखिन्छ । सिफारिसमा आ(आफ्नो पकडका नेतालाई प्राथमिकतामा राखेपनि अन्तिम निर्णय केन्द्रिय कमिटिले गर्ने भएको छ ।
एमाले जिल्ला कमिटीका अनुसार सो पार्टीका केन्द्रीय सदस्य रघुवीर महासेठलाई दुई क्षेत्र नं ३ र ५ बाट सिफारिस गरिएको छ । यसअघिको संविधानसभा निर्वाचनमा उहाँलाई क्षेत्र नं ४ बाट उम्मेदवार बनाइएको थियो ।
निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जयप्रकाश, शोभित महतो, रामादेवी साह तथा समानुपातिकतर्फ नन्दकुमार मण्डल, कमलदेव यादव, रामचरित्र साह, सुमित्रा कापड र शिवा पासवानको नाम सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ भोला साह, गंगाराम यादव, रामवतीदेवी महरा र समानुपातिकतर्फ रामचन्द्र पण्डित, दयाराम दास, सुशील दास, मुनियादेवी पासवान र रामचन्द्र मण्डलको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ महासेठ, जुली महतो, मोहम्मद कायस्थ तथा समानुपातिकतर्फ सीताशरण यादव, लालबाबु मण्डल, रामआशीष महासेठ, फेकन पासवान र मोहफिरको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फ श्रीप्रसाद साह, फुलगेन साह, संयोगिता शाह र समानुपातिकतर्फ अवधेश पोखरेल, जगदीश शाह, हाफिज अन्सारी, लक्ष्मेश्वर मण्डल र पल्टीदेवी महराको नाम सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ रघुविर महासेठ, रौदी मुखिया, रामपरी मुखिया र समानुपातिकतर्फ सहदेव मुखिया, पल्टी यादव, दुर्गी पासवान र गुरुदेव यादवको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं ६ बाट प्रत्यक्षतर्फ किशोरी साह, योगनारायण यादव, तिलकुमारी गिरी र समानुपातिकतर्फ राजकिशोर यादव, लीला मानन्धर, सैराजुल राइन र ढुण्डिराज दाहालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै क्षेत्र नं ७ बाट प्रत्यक्षतर्फ हरिनारायण महतो, धनबहादुर सारु, शकुन्तला कार्की र समानुपातिकतर्फ मनोज खड्का, रामसुन्दर यादव, तारा लामा, लीला शर्मा र प्रदीप पोखरेलको नाम सिफारिस गरिएको छ ।
बिहीबार सिन्धुलीमा सम्पन्न अंचल कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट जुली महतोलाई प्रत्यक्षबाट सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला कार्य समितिले महतोलाई क्षेत्र नम्बर ३ बाट प्रत्यक्षबाट नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ४ बाट धनुषाका प्रभावशाली नेताहरु प्रत्यक्षतर्पm चुनावी मैदानमा उत्रिने सम्भावनाको दृष्टिगत गर्दै अंचल कमिटीले महतोलाई सिफारिस गर्ने निर्णय गरेको एमालेका वैकल्पिक केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए ।
नेकपा एमाले धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सिन्धुली बैठकको निर्णय सार्वजनिक गर्दै वैकल्पिक केन्द्रीय सदस्य साहलाई क्षेत्र नम्बर ४ बाट समानुपातिकबाट सिफारिस गरेको जनाएको छ ।
यसअघि जिल्ला कार्य समिति धनुषा र सुकुम्बासी संगठनले क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्पm साहको नाम सिफारिस गरेको थियो ।
तर, अंचल कमिटीले क्षेत्र नम्बर ४ बाट सशक्त उम्मेदवार चुनावी मैदानमा उतार्ने भएपछि आपूmले विरोध नगरेको वैकल्पिक सदस्य साहले बताए ।
आपूmभन्दा महतो सशक्त उम्मेदवार हुने अंचल कमिटीको बुझाइरहेको उनले थपे । क्षेत्र नम्बर ४ बाट महतोसहित रामसेवक यादव र विकाउ खङलाई समेत प्रत्यक्षको लागि सिफारिस गरेको छ ।
वैकल्पिक केन्द्रीय सदस्य साहसहित सुरेन्द्र राय, रामहृदय प्रसाद, सुदोधन यादव र शम्भु पासमानको नाम समानुपातिकबाट सिफारिस गर्ने अंचल कमिटीले निर्णय गरेको थियो ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षबाट सुरेश यादव र समानुपातिकतर्पm रत्नेश्वर गोइत, बालेश्वर यादव, हरिशचन्द्र ठाकुर र रामइश्वर कापरलाई सिफारिस गरेकोछ ।
यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्पm सरस्वती देवी मण्डल र समानुपातिकतर्पm रामऔतार पासमान, शितल झा, विन्देश्वर साह, लीला देवी मण्डल र जगदम्बा देवी ठाकुर सिफारिस गरिएको निर्णय भएको निवर्तमान सभासद् एवम् पूर्व स्थानीय विकास राज्यमन्त्री सत्रुधन महतोले बताए ।
महतोका अनुसार क्षेत्र नम्बर ३ बाट राजकुमार यादव र वेद कुमारी मण्डललाई प्रत्यक्षतर्पm तथा यदुवंश झा, रामवरण सहनी, अब्दुल कलाम, शारदा झा, श्याम सुन्दर चौधरी र कृष्ण कुमार झालाई समानुपातिकका लागि सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ५ बाट लक्ष्मीपुर बगेबा गाविसका नेता राजकिशोर यादवलाई प्रत्यक्षतर्पm तथा प्रेम माया श्रेष्ठ, पल्टु पण्डित, दिलबहादुर जोशी, विल्टु यादव र शितल साहलाई समानुपातिकबाट सिफारिस गरेको हो ।
क्षेत्र नम्बर ६ बाट अक्षय लाल महतोलाई प्रत्यक्षबाट र दुर्गा राय, पुरुषोत्तम लामा, अयोधी मुखिया, जहिरा खातुन र लक्ष्मी कवाडीलाई समानुपातिकको लागि सिफारिस गरिएको नेकपा एमाले धनुषाले जनाएको छ ।
यस्तै, क्षेत्र नम्बर ७ बाट प्रत्यक्षतर्पm सत्रुधन महतो, सुर्य पुडासैनी र तारा लामा बस्नेतलाई र समानुपातिकबाट ज्ञान बहादुर भुजेल, टंक प्रसाद बराल, कुलराज घिमिरे, गुमानसिंह थिङ र जीवछ महतोलाई सिफारिस गरेको छ ।
जिल्ला कार्य समितिले सिफारिसमा अंचल कमिटीले छुटेका सम्भावित उम्मेदवारहरुको नाउँ थप गरेर केन्द्रमा पठाउने वैकल्पिक केन्द्रीय सदस्य योग नारायण यादवले जनाए ।
धनुषामा पार्टीकोे राम्रो प्रदर्शनतर्पm सबै नेता तथा केन्द्रीत हुनुपर्ने जिकिर गर्दै विगतको तिक्तता त्याग गरि मंसिर ४ मा हुन लागेको संविधानसभाको दोश्रो चुनावमा केन्द्रीत हुन उनीहरुले आग्रह गरे ।
जिल्ला समितिले निवर्तमान सभासद् महतोको नाम प्रत्यक्ष र समानुपातिक दुवैबाट हटाएको थियो ।
महतोको नाम हटाएपछि पार्टी भित्र देखिएको गुटबन्दी अन्त्य गर्न अंचल समन्वय समितिले छुटेका नामहरु सिफारिस गरेर असन्तुष्टलाई सन्तुष्ट गर्ने प्रयास गरेको छ ।
यसैबीच पार्टीका केन्द्रीय सचिव एवम् मध्यमाञ्चल व्युरो प्रमुख युवराज ज्ञवालीको प्रमुख आतिथ्य तथा जनकपुर अंचल संयोजक केशव प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न बैठकले जनकपुर अंचल समन्वय समितिमा २४ जनालाई मनोनित गरेको छ ।
मनोनित गरिएका सदस्यहरुलाई बैठकमै पद तथा गोपनियताको सपथ गराइएको थियो । सर्लाहीबाट रंजना सरकार, धनुषाबाट शारदा झा, गंगाराम यादव, प्रेम माया श्रेष्ठ, टंकप्रसाद बराल, योगेन्द्र यादव, सर्लाहीबाट मणी कुमार बुढाथोकी, सोमबहादुर लामा, रामएकवाल मण्डल, प्रकाश पाख्रिन, अञ्जु पौडेल, तारा पोखरेल, महोत्तरीबाट नरबहादुर थापा मगर, इन्द्र बहादुर पुलामी, रञ्जना माझी, सिन्धुलीबाट कमल जंग राई, लक्ष्मण कार्की, खडग बहादुर खत्री र कौशल कोइरालालाई मनोनित गरिएको छ ।
एमालेमा उमेदवारीका प्रत्याशी केन्द्रीय कार्यालय घाइरहेका छन् । अहिले प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम सिफारिस भएर आउने क्रम छ । पार्टी केन्द्रीय कार्यालयको मागअनुसारै अंधिकाश एमाले क्षेत्रीय कार्यालयहरूले एक स्थानका लागि ३ जनाको नाम सिफारिस गरेका छन् । एमालेको विधानअनुसार क्षेत्रीय समितिका सिफारिस जिल्ला कार्यसमिति हुँदै पार्टीको अञ्चल समन्वय समितिमा पुग्छ । त्यहाँबाट स्यायी समितिमा लगिन्छ । स्यायी समितिमा उमेदवारको अन्तिम टुंगो लागेपछि नाम केन्द्रीय समितिबाट पास गर्नुपर्ने हुन्छ । विभिन्न चरणबाट सिफारिस हुँदै अन्तिममा केन्द्रीय समितिको ढोकाबाट आउँनुपर्ने प्रक्रियाले रामै लोकतान्त्रिक अभ्यास हुने छनक दिन्छ । तर,एमाले पार्टीका विभिन्न गुटको छायाँले क्षेत्रीयदेखि केन्द्रीय कमिटीसम्म कसरी प्रभावित पार्छन् ? यसको लेखाजोखा सहज देखिँदैन ।
एमालेभित्र बलिया बलिया गुट छन । पार्टी अध्यक्ष खनाल र नेता ओलीको स्यायी गुटमा अर्का नेता माधवकुमार नेपालका कहिले यता कहिले उता हुने प्रवृत्ति थपिन्छ । सायद, एमालेको आन्तरिक राजनीतिमा गुट व्यवस्थापन प्रमुख चुनौतीमध्ये पर्छ । संविधान सभा निर्वाचनमा गुट राजनीतिले अझ व्यापकता पाउने संकेत देखिँदैछ । आन्तरिक राजनीतिमा गुटबन्दीको प्रभावसँगै बाहुबलका भरमा समाजमा स्थापित हुने प्रवृत्ति पनि चर्कै छ ।
६० जना बढीको नाम सिफारिस 
धनुषा जिल्लाको ७ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ नेपाली कांग्रेस क्षेत्रिय समितिहरुले ६० जना बढीको नाम सिफारिस गरेकोछ ।
जिल्लाको सबै निर्वाचन क्षेत्रमा एकै पटक उम्मेदवार सिफारिस गर्न गरिएको क्षेत्रिय भेलाहरुबाट प्रत्यक्ष र समानुपातिक तर्फ  उम्मेदवारहरुको नाम सिफारिस गरिएकोछ । केन्द्रले प्रत्यक्ष तर्फ तीन र समानुपातिक तर्फ पाँच जनाको मात्र नाम सिफारिस गर्न भनेपनि क्षेत्रिय भेलामा एउटै क्षेत्रबाट प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ ४० जना सम्मको नामको सुझाव दिइएकोछ । सर्बाधिक प्रस्ताव निर्वाचन क्षेत्र नम्बर ४मा गरिएकोछ ।
निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ शिवधारी यादव, राजा गोइत, दिनेश प्रसैला, विशेश्वर यादव,मुक्ता यादव लगायत ८ जनाको नाम सिफारिस गरिएकोछ ।त्यसैगरि समानुपातिक तर्फ स्मृतिनारायण चौधरी, राजकुमार साह, सुधिर गोइत, सुदेश चौधरी, सरस्वती चौधरी, दिलिप सहगल, अब्दूल बारिक शेष, भारती झा,युगेश्वर कापडी लगायत २४ जनाको नाम सिफारिस गरिएकोछ । प्रत्यक्षमा सिफारिस भएका मध्ये शिवधारी यादव संसदमा एक पटक निर्वाचित र एक पटक पराजित भएका बाहेक अन्य नयाँ हुन । गत चुनावमा पराजित भएका स्मृतिनारायण चौधरीको नाम समानुपातिकमा सिफारिस गरिएको छ । निवर्तमान सभासद सरस्वती चौधरीपनि २४ जना मध्ये परेकीछन ।
त्यसैगरि निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ रामकृष्ण यादव, प्रदीप यादव र वसन्त गौतमको नाम सिफारिस गरिएकोछ । गत चुनावमा रामकृष्ण यादव निर्वाचित भएका थिए ।समानुपातिक तर्फ क्षेत्रिय अध्यक्ष राजकिसोर सिंह,पूर्ब जिल्ला सचिव राजकिसोर सिंह, राजेन्द्र मण्डल ,दूर्गी देवी मण्डल, रामसुन्दर महरा, भोला चौधरी लगायतको नाम भेलामा प्रस्ताव गरिएकोछ ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट क्षेत्रिय समितिले बिमलेन्द्र निधिको एकल प्रस्ताव गरेको छ ।
समानुपातिक तर्फ स्मृतिनारायण चौधरी, सुरेन्द्रप्रसाद चौधरी, श्याम यादव, बद्री सिंह, मो.सोयब लगायत छन ।
सर्बाधिक नाम निर्वाचन क्षेत्र नम्बर ४ मा प्रस्ताव गरिएकोछ । क्षेत्रिय अध्यक्ष हरीशंकर साहले जनाए अनुसार प्रत्यक्ष तर्फ रामसरोज यादव, अर्जुन चौधरी, महेशशंकर गिरि, लिला कोइराला, बजरंगप्रसाद साह र रामपलटन साहको नाम भेलामा प्रस्ताव गरिएकोछ ।
यादव नेकाँ धनुषाका सभापति एवं निबर्तमान( समानुपातिक) सभासद हुन 
चौधरी तरुण दलका जिल्ला अध्यक्ष, बजरंग प्रसाद साह जनकपुरको पूर्ब मेयर(स्वतन्त्रबाट)गिरि नेका धनुषाका पूर्ब सचिव, कोइराला गत चुनावमा ४ नम्बरबाट पराजित उम्मेदवार, ,श्रीराम साह पूर्ब नेकाँ जनकपुर नगर सभापति र रामपलटन साह निर्वाचन क्षेत्र नम्बर ५ बाट महासमिति सदस्य हुन ।
त्यसैगरि समानुपातिक तर्फ हरीशंकर साह, ललन चौधरी, रामवरण पासमान, बैद्यनाथ साह, धर्मेन्द्र झा, बृजकुमार यादव, श्यामचन्द्र यादव, ताहिर नदाफ, प्रमिला दास, अनिता श्रीवास्तव, रामनन्दन मण्डल, रामनरेश सिंह, राजेश्वर नेपाली, कृष्णा ठाकुर, मिनाक्षी झा लगायत ४० जना छन ।
निर्वाचन क्षेत्र नम्बर ५का सभापति योगेन्द्र पजियारले जनाए अनुसार प्रत्यक्ष तर्फ महेन्द्र यादव, कुमरकान्त झा, योगेन्द्र पजियारको नाम सुझावको रुपमा आएकोछ ।
महेन्द्र यादव निवर्तमान सभासद एवं केन्द्रीय सदस्य,झा जनकपुर अञ्चल अस्पताल विकास समितिको पूर्ब अध्यक्ष एवं महासमिति सदस्य, पजियार क्षेत्रिय सभापति, सन्तोष यादव जिल्ला सचिव र चन्द्रमोहन यादव गत उपनिर्वाचनमा पराजित भएका उम्मेदवार हुन ।
समानुपातिक तर्फ ईब्राहिम राईन, कोमलकान्त झा, महेन्द्र यादव(लेनिन)बृजकुमार यादव, रामपलटन साह, मोहन माथेमा, लता सापकोटा, तुलसा अचार्य लगायतको नाम भेलाले सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर्फ रामउदय यादव, दीपक कार्की, जगतसुन्दर साह, विजय शंकर साह, हरीनारायण साह, प्रेमकिसोर प्रसादको नाम क्षेत्रिय भेलाबाट प्रस्ताव गरिएकोछ । त्यसैगरि समानुपातिक तर्फ रामकृष्ण मण्डल, श्यामसुन्दर यादव, हरीनारायण साह, जगदेव साह, श्यामनारायण यादव, कलावती देवी साह, लियाकत अली,गोमा अचार्य,श्रीकृष्ण यादव लगायतको नाम सिफारिस गरिएकोछ ।
निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष तर्फ सर्बाधिक प्रतिनिधि(१० गाविस)ले समिर घिमिरेको नाम प्रस्ताव गरे । अन्य सुझावहरुमा आनन्दप्रसाद ढुंगाना, रामनरेश महतो, बासोलाल महतो र राजलाल महतोको नाम सिफारिस गरिएकोछ । उक्त क्षेत्रमा राजमार्ग वरिपरिका गाविसहरु पर्छन । समानुपातिक तर्फ अशोक ठाकुर, लक्ष्मीनारायण मण्डल, पुष्पलता लामा, राजकुमार महतो, बुधेश्वर महतो, रामशोभित दाहा, हरी साह लगायतको नाम उम्मेदवारको रुपमा सुझाइएकोछ । यद्यपि अन्तिम निर्णय कांग्रेसले शनिबार समाचारलेख्दासम्म सार्वजनिक गरेको थिएन ।
नेपाली कांग्रेसको पनि प्रमुख चुनौती गुट व्यवस्थापन नै हो । कांग्रेसका क्षेत्रीय समितिमध्ये थौरेले मात्र पार्टी नीतिअनुसार तीन जनाको नाम सिफारिस गरेका छन । अधिकांश क्षेत्रीय समितिले आकांक्षीहरूको संख्या घटाउन नसकेपछि उमेदवार हुन चाहने सबैको नाम सिफारिस गरेका छन । झट्ट हेर्दा त उमेदवार हुन चाहने सबैको नाम सिफारिस गर्नुलाई सम्बन्धित नेतृत्वको लचिलोपन भन्न सकिएला । तर यसो गर्नुको वास्तविक अर्थ चाहिँ क्षेत्रीय समितिले गाउँस्तरका सक्रिय कार्यकर्ताको भावनाअनुसार तीन जना उमेदवार छान्न नसकेर केन्द्रका नेतालाई अधिकार दिनु हो ।
नेपाली कांग्रेस संस्थापन र शेरबहादुर देउवा पक्षमा विभाजित छ । पार्टीको टिकट टुंगो लगाउने संसदीय बोर्ड गठन नै गुटका आधार हुने अवस्थाले अन्तिम समयमा संस्थापन र देउवा पक्षबीच बाँडफाँट हुने नै संकेत देखिँदैछ ।
तराई मघेस लोकतान्त्रिकद्धारा उम्मेदवार सार्वजनिक
तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाले जिल्लाको ७ वटै निर्वाचन क्षेत्रको लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । भाद्र ७ गते विभिन्न क्षेत्रिय कमिटिद्धारा आएको सिफारिसलाई भाद्र ९ गते जिल्ला कार्यसमितीको वैठकबाट अनुमोदन गरी केन्द्रिय कार्यसम्पादन समितिमा सिफारिस गरिएको छ । धनुषाको क्षेत्र १ मा प्रत्यक्ष तर्फ क्षेत्रीय अध्यक्ष कृष्ण कुमार मरिता यादव, शत्रुधन सल्हैता यादव र मिथिला कर्णलाई सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ बसन्त ठाकुर, चन्द्र नारायण मण्डल र किशोरी दास तत्माको नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं २ मा प्रत्यक्ष तर्फ धनुषाका पार्टी सह संयोजक परमेश्वर साहको  एकल नाउँमा सर्वसम्मती सिफारिस गरिएको छ । साह विगत संविधानसभा चुनावमा पराजित भएका थिए । त्यसैगरी समानुपातिक तर्फ रेणु झा र संजय साहको नाउँ सिफारिस गरिएको छ । क्षेत्र नं. ३ मा राजीव चौधरी, कविन्द्र नाथ ठाकुर, काशिदेवी झा, हेमनाथ साह र भोगवत्ती यादवको नाउँ सिफारिस गरिएको छ । ठाकुर र झा समानुपातिक तर्फ बाट सभासद भएका थिए । उक्त क्षेत्रमा प्रत्यक्ष र समानुपातिक छुट्याइएको छैन । क्षेत्र नंं ४ मा प्रत्यक्ष तर्फ केन्द्रिय उपाध्यक्ष वृषेश चन्द्रलाल र समानुपातिक तर्फ केन्द्रिय सदस्य तथा धनुषा जिल्ला संयोजक डा.विजय कुमार सिंहको क्रमशः एकल नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं ५ मा प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य अनिता यादव र समानुपातिक तर्फ क्षेत्रीय अध्यक्ष विन्देश्वर यादवको एकल नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं ६ मा प्रत्यक्ष तर्फ क्षेत्रिय अध्यक्ष चन्द्रदेव चौधरी, विजय यादव र गजानन्द पटेल तथा समानुपातिक तर्फ जिवछ साह र रुना नायकको नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं ७ मा प्रत्यक्ष तर्फ राजेश्वर महासेठ र समानुपातिक तर्फ इकाई महत्तो र श्यामादेवी कार्कीको नाउँ सिफारिस गरिएको छ ।
यसैविच, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल, महोत्तरीको शुक्रवार बसेको जिल्ला कार्यसमितिको वैठकले अगामी संविधान सभाको सम्भावित उम्मेदवारको नाम सार्वजनिक गरेको छ । पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादवको अध्यक्षतामा बसेको वैठकले ६ वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा तत्काल ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । पार्टीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार निर्वाचन क्षेत्र (२ बाट राम प्रकाश यादव र मोहम्मद हारुण रसिदको नाम उम्मेदवारको रुपमा सार्वजनिक गरिएको छ । क्षेत्र नम्बर(३ बाट हाललाई सुरेश पाण्डेलाई उम्मेदवार रुपमा पार्टीले नाम अघि सारेको छ । त्यस्तै, क्षेत्र नम्बर(४ बाट सरोज कुमार सिंह,क्षेत्र नम्बर(५ बाट निलम अधिकारी र क्षेत्र नम्बर(६ बाट महेन्द्र यादव (पार्टीका केन्द्रीय अध्यक्ष) र नरेन्द्र यादव रहेका छन् । त्यस्तै, समानुपाती तर्फ लियाकता राईन, राम नरायण राउत,सुमित्रा वैठा, विनोद महतो पासी(दलित) समता झा, विनोद कुमार सिंह, हसिना खातुन, संजय सिंह, रामकुमार महतो, गणेश महतो, विनोद यादव, राजकिशोर यादव, विजेन्द्र यादव, उदगार वहादुर ढुङगेली, रामकेवल राय, जयकिशोर महतो र शम्भु ठाकर लगायतका छन् । साथै वैठकले पार्टीको एजेण्डा मेलखाने पार्टीहरुसँग चुनावी एकता गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।
सातवटै क्षेत्रबाट फोरम लोकतान्त्रिकले उम्मेदवारी दिने
मधेशी जनअधिकार फोरम नेपाल लोकतानित्रले पनि धनुषा ७ वटै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नंं. १ बाट जिल्ला पार्टी अध्यक्ष उमाशंकर अडगरिया, दुईबाट साहित्यानन्द यादव, तिनबाट अव्दुल हलिम मियाँ, चारबाट कृष्णचन्द्र प्रसाद साह र अरविन्द साह(पुर्व राज्यमन्त्री), पाँचबाट देवेन्द्र यादव, नरेश यादव, रामगोविन्द यादव, सुनिल दास, छ बाट चन्द्रदिप यादव (केन्द्रीय वरिष्ठ उपाध्यक्ष) र सातबाट विजय महतोलाई अगामी संविधान सभाको निर्वाचनमा सम्भावित उम्मेदवारको रुपमा सिफारिश गर्ने पार्टी अध्यक्ष अड्गडियाले बताए ।
त्यस्तै, महोत्तरी निर्वाचन क्षेत्र तिनबाट सुरेश साह, दुईबाट संजिव साह, चारबाट रमण साह, र पाँचबाट अनुराधा यादवलाई सिफारिस गरिएपनि बाँकीका दुईबटा निर्वाचन क्षेत्रमा एजेण्डा मिलने पार्टीसँग चुनावी एकता हुन सक्ने महोत्तरी जिल्ला अध्यक्ष सुरेश साहले बताए ।
एमाओवादीले घोषणा(पत्र जारी गर्न सुझाव संकलन गर्दै
जनकपुरमा एकिकृत नेकपा माओवादीले दोश्रो संविधानसभाका लागि राय सुझाव संकलन गर्न थालेको छ । दोश्रो संविधानमा निर्वाचन २०७०को घोषणा (पत्र तयारी गर्ने सिलसिलामा २१ भाद्रमा जनकपुरस्थित नेपाल बार एशोसिएशनमा बुद्धिजीवी तथा अधिवक्ताहरुसंग अन्तरक्रिया गर्दै राय सुझाव संकलन गरेका छन । एमाअ‍ोवादीका मिथिला राज्यसमिति संयोजक विश्वनाथ साहको अध्यक्षता तथा दोेश्रो संविधानमा निर्वाचन २०७० को घोषणापत्र तयारीको संयोजक डिल्लीराज खनालको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा दर्जनौ बुद्धिजिवी , पत्रकार , नागरिक समाज , अधिवक्ता तथा महिलाअधिकारकर्मीहरुले आ(आफनो राय राखेका थिए ।
कार्यक्रममा राय व्यक्त गर्ने क्रममा वक्ताहरुले जनकपुरको एकिकृत विकास गर्न , मधेश  वा मिथिलाको राजधानी जनकपुर हुनु पर्नेमा जोड दिदै जनकपुरमा राजर्षिजनक विश्वविद्यालय स्थापना गर्न , पुर्ण पश्चिम रेल्वे राजमार्गको निमार्ण गराउन , कृषकहरुलाई सहुलियत दरमा ऋण प्रवाह , समयमा मलखाद्यको व्यवस्था , बढदो बैदेशिक रोजगारलाई नियन्त्रण गर्ने उपाय अवलम्वन गरि युवाहरुको श्रमलाई स्वदेशमै खर्चिने गरि कार्यक्रम वा उद्योगको व्यवस्था मिलाउन , चुरे क्षेत्र विनाशको संघारमा पुगेकाले चुरे क्षेत्र नियन्त्रण गरि मधेशलाई सुख्खा र मरुभूमि हुनबाट बचाउनु पर्ने , जनकपुरमा अन्तराष्टिूय एयरपोर्टको रुपमा विस्तार गरिनुपर्ने , जनकपुरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा एकिकृत गुरुयोजनाको तहत विकास गरिनुपर्नेमा वक्ताहरुले राय राखेका थिए । कायैक्रममा राय सुझाव राख्ने क्रममा पत्रकारहरुले आउँदो संविधानसभामार्फत संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्ने , सुचनाको हक २०६४ लागु भई सरकारले पारित गरेता पनि पूर्ण रुपमा सरकारी तथा सम्बन्धित निकायहरुले ब्यवहारमुखी बनाउन नसकेको बताउँदै सुचनाको हक नागरिकका लागि सुनिश्चित हुनपर्नेमा जोड दिएका दिए ।  
यसैबीच एकीकृत नेकपा माओवादी धनुषाले २६ भाद्रमा बस्ने जिल्ला कमिटीको वैठकबाट धनुषाका ७ वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरिने जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले जनाएका छन ।

मिति ः २०७०÷५÷२३

No comments:

Post a Comment