Tuesday, September 17, 2013

सरकारी कार्यालयहरुको कामकाज सन्तोषजनक नरहेको ठहर



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा जिल्लाको गत वर्षको प्रगति ‘सन्तोष जनक’नभएको वार्षिक समिक्षामा स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदीले उल्लेखगर्दै भने(चार पटक बजेट आउँदा त्यसले देसभरि नै विकास निर्माणको काम प्रभावित भएको थियो । छुतो रहन सकेन(उनले थपे । धनुषा जिल्लाको दुई दिने वार्षिक समिक्षा बैठकको समापनगर्दै स्थानिय विकास अधिकारी सुवेदीले बिहिबार साँझ भने(केहि कार्यालयहरुको अवस्था त अत्यन्त दयनिय देखियो ।
नामै लिएर भन्नुपर्दा शिक्षा कार्यालय, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लगायतको गत वर्षको काम बहुत खराब रहेको देखिएको उल्लेखगर्दै उनले भने(जल उत्पन्न नियन्त्रणको कामको छानबिन गर्न अख्तियारलाई नै जिम्मा लगाउनुपर्ने अवस्था छ ।
अधिकांश सरकारी कार्यालयहरुको प्रगति गत वर्षको सन्तोषजनक नरहेको समिक्षा बैठकमा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले जनाए ।
जलउत्पन्न कार्यालयको ईञ्जिनियर शशिप्रसाद साह र राष्टिूय प्रजातन्त्र पार्टीका अध्यक्ष देवन गोइतबीच हात हालाहालको अवस्था नै सृजना भएको थियो ।
‘सुरक्षाकर्मीले बीच बचाउ नगरेको भए स्थिति बिग्रन सक्थ्यो’सहभागिहरुले भने(हुँदै नभएको कामहरुको प्रगति देखाइएकोछ । जिविस धनुषाको पनि धेरै बजेट फ्रिज भएको देखिएकोछ । समयमै निकासा नआउँदा गत वर्ष काम हुन नसकेको बताइएकोछ । समिक्षा बैठकमा विकास सम्बद्ध कार्यालयका प्रमुख,प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।


 मिति ः २०७०÷५÷३०

No comments:

Post a Comment