Tuesday, September 17, 2013

नापीको टेबुलमा टाइम बम विस्फोट अपराधिको हातमा प्रहरीको हथकडि अटेन



एस. कुशवाहा
मलंगवा............
सर्लाहीमा सुरक्षा स्थिति वेकाबु बन्दै गएको छ । अपराधिक घटना एक पछि अर्को दोहरिए पनि प्रहरीको गहिरो अनुसनधान ‘प्रक्रियामा’ मात्र सिमित भएको छ । चुनाव नजिकिँदै जाँदा यहाँ सुरक्षा चुनौति थपिदै गएको छ । पछिल्लो समयमा यहाँ उद्योग वाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवालको शंकास्पद हत्या र नापी कार्यालयमा दिन दहाडै टाइम बम विस्फोटको घटनाले प्रहरी माथि औँला तेर्सिएको छ । प्रहरीको रात दिन तैनाथीले पनि यहाँ अपराधिलाई नथ्थि लगाउन सकेको छैन ।  अपराधि खुलेआम घुम्न थाले पछि सदरमुकाम मलंगवा असुरक्षित बनेको छ । सर्वसाधारण असुरक्षित भएका छन् ।
पछिल्लो समयमा प्रहरीले सिमानामा तस्करको लाइन बन्द गरे पछि यहाँ चलखेल बढेको अडकल गरिन्छ । तस्कर र अपराधि सल्बलाउन थाले पछि मलंगवा अस्त व्यस्त हुन थालेको हो ।
सर्लाही सदरमुकाम मलंगवा स्थित नापी कार्यालयमा अखिल तराइ मुक्ति मोर्चाले शुक्रबार बम विस्फोट गराए । बिस्फोटमा परि नापी कार्यालयमा ८ जना भन्दा बढी घाइते भए । विस्फोटमा ६ जना गम्भिर घाइते भए । एक कर्मचारी सहित सात जना बिस्फोटबाट सख्त घाइते भए ।
बिस्फोटमा नापी अधिकृत सर्लाही पिडारी–४ का नागेन्द्र राय र काम विशेषले आएका सर्लाही बसंतपुर(२ का फेकन मण्डल, वेल्वा जब्दीका सरोज कुमार राय, सलेमपुरका सरोज मण्डल, हेमपुरका राजकिशोर महरा र रामवन (८ का गौरीशंकर महतो सख्त घाइते भए । बमको चोटले गम्भिर घाइते महतोको अत्यधिक रगत बगे पछि थप उपचारका लागि नारायणि उप क्षेत्रिय अस्पतलामा तत्कालै पु¥याइएको थियो । अन्य सर्लाही जिल्ला अस्पतालमा उपचार पछि घर फर्केका छन् ।
  जय कृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाले चार बुँदे माग गर्दै कार्यालयमा बम विस्फोट गराएको हो । बिस्फोट स्थलमा २०६७ साउन १० गते मिति लेखिएको मोर्चाको पर्चा फेला परेको छ । पर्चामा नेपाली शासक तराइ छोड(तराइको शासन तराइको मुलनिवासीहरुले गर्ने, तराईको सम्पुर्ण सेना, प्रहरी र प्रशासक(तराइको मुलनिवासीहरु हुने र तराईको सम्पुर्ण राजस्व(तराईको विकासमा खर्च हुने माग उल्लेख गरको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २ सय मिटर पश्चिममा रहेको नापी कार्यालयको प्रवेशद्वारबाट चार पाइला भित्र सेवाग्रही बस्ने बेञ्च मुनि  करिब ५ किलो तौल बराबरको प्रेसर कुकर टामइ बम ११ बजेर ४५ मिनेटमा मोर्चाले विस्फोट गराएका हुन । बिस्फोटबाट भवनमा समेत क्षति पुगेको छ । कार्यालयको माथिल्लो तल्ला सम्म झ्यालको सिसा फुटेको छ । रातो झोलामा राखिएको बम बिस्फोट भएको नापी कार्यालय प्रमुख सियाराम यादवले बताए । प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइको नेतृत्वमा तत्कालै प्रहरी घटना स्थलमा पुगेर घाइतेहरुको उद्धार गरेका थिए । विस्फोट सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर धानुकले बताए ।
सर्लाही सदरमुकाम मलंगवामा १६ दिन अघि मात्र उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष रंगलाल अग्रवालको शंकास्पद हत्या भएको थियो । प्रहरीले घटनाको अनुसनधान भइरहेको बताए पनि हाल सम्म कोहि पक्राउ पर्न सकेको छैन । अग्रवालको भदौ १२ गते मृत्यु भएको थियो । अग्रवालको मृत्यु पछि प्रहरी कार्यालयसंगै रहेको नापी कार्यालयमा सर्वसधारणको ज्यान लिने गरी अखिल तराइ मुक्ति मोर्चाले बम विस्फोट गराए पछि सर्लाहीमा सुरक्षा चुनौति बढेको छ । मलंगवामा सर्वसाधारण असुरक्षित महसुश गर्न थालेका छन् ।
किन हथकडि हात सम्म पुगेन?
सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवालको शंकास्पद हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । भदौ १२ गते शंकास्पद मृत्यु भएको अग्रवालको हत्यामा संलगनलाई १५ दिन भित्र पक्राउ गर्ने स्थानिय प्रशासनले बताए पनि हाल सम्म हत्याराको हातमा प्रहरीले हथकडि लगाउन सकेको छैन । झन छानविन प्रति पिडित परिवारले असन्तुष्टि जनाएका छन् । प्रहरीको अनुसन्धान सन्तोष जनक नरहेको मृतक अग्रवालका छोरा रवि अग्रवालले बताए । संघको साधारणसभा हुने अघिल्लो रात बुधवार मोटरसाइकल सहित संघको निर्माणाधिन भवन अगाडी खेतमा मृत अबस्थामा अग्रवालको लाश भेटिएको थियो । निर्वाचनका लागि आफु पक्षिय उमेदवार चयनका लागि डाकिएको बैठकमा बसेका अग्रवाल फोन आएपछि संघको निर्माणाधिन भवन पुगेका थिए । जहाँबाट उ अबेर राती सम्म नफर्के पछि उनको खोजि गर्दा मृत फेला परेका थिए ।
फोन गरेर बोलाउने ब्यक्ति नखुल्नु, रातको समयमा कोही नभएको निर्माणाधिन भवनमा जानुको कारण नखुल्नुले मृत्यु शंकास्पद बनेको छ । अग्रवाल तराई मधेस सदभावना पार्टी नेपालका जिल्ला सदस्य समेत थिए । अग्रवालको हत्या भएको पार्टीले ठहर गरेको छ । पिडित परिवारले पाँच जनाको नाम सहितको किटानि प्रहरी कार्यालयमा दर्ता गराए । तर प्रहरी अनुसन्धान भइरहेकोले किटान गरिएको व्यक्ति पक्राउ गर्न नसकिने बताए पछि परिवार चुप चाप घरमा हात बाँधेर तमासा देखेर बस्न बाँध्य भएका छन् । अपुष्ट श्रोतका अनुसार अग्रवालको हत्यामा स्थानिय एक युवतीको समेत संलग्नता छ । घटना स्थलमा हत्याराले चुरोट खाएर फालेको ठुठा भारतीय भएकोले हत्यारा पनि भारतीय नै हुन सक्ने अनुमान छ ।




 मिति ः २०७०÷५÷३०

No comments:

Post a Comment