Tuesday, September 17, 2013

तालाबन्दी खुलेपनि तमलोपा धनुषामा नेतृत्वद्वारा सामुहिक राजीनामा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
असंतुष्ट पक्षले जनकपुर स्थित तराई मधेश लोकतान्त्रीक पार्टि कार्यालयमा २५ भाद्रमा गरेको तालाबन्दी २८ भाद्रमा खोलेका छन् । अध्यक्ष महन्थ ठाकुरले तपाईहरुको मागको सम्बोधन गरिने तथा सभासदका लागि गरिएको सिफारिसलाई सच्याइने मौखिक आश्वासन दिएपछि आफुहरुले तालाबन्दी खोलेको तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रिय प्रवक्ता शम्भुनाथ झा निर्दोषीले बताएका छन ।
तराई मधेश बिद्यार्थी फ्रन्टका प्रबक्ता शम्भु निर्दाेषीको नेतृत्वमा रहेका असंतुष्ट पक्षका एक समुहले जिल्ला तथा क्षेत्रीय नेतृत्व पंत्तीले संबिधानसभाको निर्बाचनका लागि उम्मेदबारहरुको सिफारिसमा भेदभाब गरेको भन्दै ताला बन्दी बन्द गरेका थिए । मधेश आन्दोलनमा  नेतृत्व दायी भुमिका निर्बाह गरेका र महत्वपुर्ण योगदान पु¥याएकाहरुलाई वेबास्ता गर्दै एकलौटी रुपमा सिफारिस गरेर असंतुष्ट पक्षको आरोप छ । तमलोपाले हालै गरेको केन्द्रिय कमिटि बिस्तारमा समेत मुस्लीम, दलित, जनजाती लगायतका उपेक्षीत बर्गलाई समेटन नसकेको उनिहरुको आरोप रहेको छ । ताला बन्दी कार्यक्रममा  तराई मधेश लोकतान्त्रीक पार्टिका क्षेत्रिय अध्यक्ष, बिद्यार्थी फ्रण्ट, महाधिबेशन प्रतिनिधी, शिक्षक संगठन लगायतका भातृ संगठनका अगुवाहरुको उपस्थीति  रहेको थियो । पार्टीबाट कोही असंतुष्ट नहोस र आगामी संविधानसभाको निर्वाचनमा राम्रो मत आउने अपेक्षा राख्दै तमलोपाले धनुषाका परमेश्वर साह, राजेश्वर महासेठ, कविन्द्रनाथ ठाकुर, रीता झा, रेणु झा र सविता झालाई पहिलो चरणमा तथा सदाशिव मिश्र, भोगी झा र रामजी रायलाई दोस्रो चरणमा केन्द्रिय सदस्यमा वढुवा गरिएको थियो । स्रोतका अनुसार केन्द्रिय कमिटीमा गरिएको वढुवा प्रति असंतुष्टी व्यक्त गर्दै धनुषाका पदाधिकारीहरुले सामुहिक राजिनामा गरेको फ्याक्स अध्यक्ष महन्थ ठाकुरलाई गरिएको छ । यस सम्बन्धमा जिल्ला नेतृत्व संग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
उम्मेदवार सिफारिस, विरोध र राजीनामा
तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाले जिल्लाको ७ वटै निर्वाचन क्षेत्रको लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । भाद्र ७ गते विभिन्न क्षेत्रिय कमिटिद्धारा आएको सिफारिसलाई भाद्र ९ गते जिल्ला कार्यसमितीको वैठकबाट अनुमोदन गरी केन्द्रिय कार्यसम्पादन समितिमा सिफारिस गरिएको छ । धनुषाको क्षेत्र १ मा प्रत्यक्ष तर्फ क्षेत्रीय अध्यक्ष कृष्ण कुमार मरिता यादव, शत्रुधन सल्हैता यादव र मिथिला कर्णलाई सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिक तर्फ बसन्त ठाकुर, चन्द्र नारायण मण्डल र किशोरी दास तत्माको नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं २ मा प्रत्यक्ष तर्फ धनुषाका पार्टी सह संयोजक परमेश्वर साहको  एकल नाउँमा सर्वसम्मती सिफारिस गरिएको छ । साह विगत संविधानसभा चुनावमा पराजित भएका थिए । त्यसैगरी समानुपातिक तर्फ रेणु झा र संजय साहको नाउँ सिफारिस गरिएको छ । क्षेत्र नं. ३ मा राजीव चौधरी, कविन्द्र नाथ ठाकुर, काशिदेवी झा, हेमनाथ साह र भोगवत्ती यादवको नाउँ सिफारिस गरिएको छ । ठाकुर र झा समानुपातिक तर्फ बाट सभासद भएका थिए । उक्त क्षेत्रमा प्रत्यक्ष र समानुपातिक छुट्याइएको छैन । क्षेत्र नंं ४ मा प्रत्यक्ष तर्फ केन्द्रिय उपाध्यक्ष वृषेश चन्द्रलाल र समानुपातिक तर्फ केन्द्रिय सदस्य तथा धनुषा जिल्ला संयोजक डा.विजय कुमार सिंहको क्रमशः एकल नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं ५ मा प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य अनिता यादव र समानुपातिक तर्फ क्षेत्रीय अध्यक्ष विन्देश्वर यादवको एकल नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं ६ मा प्रत्यक्ष तर्फ क्षेत्रिय अध्यक्ष चन्द्रदेव चौधरी, विजय यादव र गजानन्द पटेल तथा समानुपातिक तर्फ जिवछ साह र रुना नायकको नाउँ सिफारिस गरिएको छ । क्षेत्र नंं ७ मा प्रत्यक्ष तर्फ राजेश्वर महासेठ र समानुपातिक तर्फ इकाई महत्तो र श्यामादेवी कार्कीको नाउँ सिफारिस गरिएको छ । कतिपय निर्वाचन क्षेत्रमा एकल व्यक्तिको नाउँ सिफारिस गरिएकोमा समेत असंतुष्टी बढेको हो । असंतुष्टीकै परिणाम स्वरुप निर्वाचन क्षेत्र नं. ३ मा प्रत्यक्ष र समानुपातिक तर्फ नाउँ छुटयाईएको छैन । पार्टी भित्र फोरवार्ड र व्याकवार्डको विषयमा समेत व्यापक असंतुष्टी वढेको छ । व्याकवार्डहरुले पार्टीमा ब्राम्हणवाद हावी भएको आरोप लगाउने गर्छन भने फोरवार्डहरुले पार्टीमा  आउने अवसरमा फोरवार्डकै नाउँमा बञ्चित गराउने गरिएको आरोप लगाउँछन । क्षेत्र नं. ३ का पुर्व सभासद् कविन्द्रनाथ ठाकुर यति सम्म असंतुष्ट भईसकेका थिए कि उनी पार्टी परित्याग गरी सरदसिंह भण्डारीले नेतृत्व गरेको राष्टिूय मधेस समाजवादी पार्टीमा प्रवेश गर्ने लगभग तय भईसकेको थियो । पछि उनलाई र उनी समर्थक क्षेत्र नं.३का भोगेन्द्र झा लगायतलाई केन्द्रिय सदस्यमा मनोनित गरेपछि अन्य पक्ष असंतुष्ट भई सामुहिक राजीनामा नै पठाईएको स्रोतको दावी छ । अब पार्टी भित्र उत्पन्न विवादलाई केन्द्रिय नेतृत्वले कसरी व्यवस्थापन गर्लान त्यो भने हेर्न बाँकी छ ।

 मिति ः २०७०÷५÷३०

No comments:

Post a Comment