Monday, August 19, 2013

स्वस्थ जीबनका लागि भोजन- उमेशलाल कर्ण


उमेशलाल कर्ण

अहिलेको अवस्था मान्छेको जीवनयापनमा विभिन्न चुनौतीहरु देखा पर्दछ जस्तैः खाद्यवस्तुमा मिसावट, कम गुणस्तरका तरकारी लगायत प्याकेटमा आयात भएका वस्तुहरु, औषधीमूलो कम प्रभाव पार्ने इत्यादि । मानवशरीरको उचित विकासका लागि खाना लगायत अन्य सकारात्मक वातावरणले महत्वपूर्ण भूमिका खेल्ने हुँदा त्यस्ता पक्षहरुको उचित प्रबन्ध आवश्यक भएको छ ।
मानव शरीर स्वस्थ रहँदा त्यस भित्रका मनमस्तिष्क पनि स्वस्थ रहन्छ र स्वस्थ मस्तिष्कबाट स्वस्थ विचारको पनि प्रष्फुटन भईरहन्छ । यस प्रकार मानवस्वास्थ्यको अवस्थाले नै उसको मान प्रतिष्ठालाई उचाईमा पुर्याउँदछ । हाम्रो स्वास्थ्य अवस्था समान्य नरहनुमा हामीले खाएका खानाको मात्रा, गुणस्तर, खाने तरिका, खाने समय, रुची र अरुचीको अवस्थाले प्रभाव पार्दो रहेछ । खाना सम्बन्धी हाम्रो समाजमा स्थापित भएका गलत धारणाहरुले पनि नकारात्मक प्रभाव पार्दो रहेछ, जस्तैः खाना जति खायो त्यति नै हाम्रो शरीरको विकास हुन्छ, कुनै खानाले चिसो तातो ( सर्दी गर्मी ) को अनुभवको आधारमा खाना खानबाट वञ्चित भई रहेका हुन्छौं, अरुलाई खुश्याउन पनि खाना खाई रहनु, ईश्वरी आशक्तिलाई खानासँग जोडेर उपवास वस्नु, कुनै दिन खाना पकाउँदा बढी भएको खाना बाँडीचुडी खाएर नोक्शान हुनबाट जोगाउनु, खाना पोषणका लागि नभएर पेट भर्नका लागि मात्र हो भने विश्वास गर्नु इत्यादि ।
कुग्रामवासः कुलहीनसेवा कुभोजनं क्रोधमुखी च भार्या ।
पुत्रश्च मूर्खो विधवा च कन्या विनाऽग्निना षट् प्रदहन्ति कायम् । उपरोक्त श्लोक चाण्क्य नीति दर्पणाबाट उल्लेख गरिएको छ यसको अर्थ अशिक्षित तथा अनुपयुक्त स्थान वा गाउँमा रहनु, कर्मको हिसाबले तल्लोस्तरको सेवा, अरुचीकर वा विना पौष्टिकताको खाना, झगडालु पत्नी मुर्ख पुत्र वा विधवा कन्या यी जम्मा छः कुराहरुले विना अग्नि हाम्रो शरीरलाई जलाउने खालको हुन्छ । विना पोषणको खानाले शरीरलाई अप्ठ्यारोमा मात्र पार्दछ । खाना त्यति खेर खाउ जति खेर भोक लागेको होस् । आवश्यकता भएको आधारमा कुनै कार्य भयो भने त्यस्तो कार्यको महत्व वढी नै हुन्छ । कति, कस्तो, कहाँ, कहिले र कसवाट खाना खाँदा उपयुक्त हुन्छ यस सम्बन्धमा धेरै खोज अविष्कारहरु भएको छ । यसलाई हाम्रो बुझाईको तहमा स्पष्ट गर्न र भविष्यको पुस्तामा पनि यस्ता बहुमूल्य रहस्यहरुको हस्तान्तरणका लागि शिक्षाको माध्यमलाई प्रयोग गर्नु आवश्यक हुन्छ ।
स्वास्थ्यको हिसाबले कसैको शरीर चारपाटे भएको छ भने त्यस्तालाई स्मार्ट शरीरको वर्गमा राखिएको छ । मोटो र भद्दा देखिने शरीरको भित्र भागहरुमा भएका अंगहरुको चारैतिर बोसो नै बोसोले छोपेको हुन्छ, जसबाट शरीरमा फुर्ती हुनुको सटृा शरीरमा कुनै काम गर्ने जाँगरको  अभाव र शरीर लोसे रहन्छ । शरीरमा छाती देखि नाइटोसम्मको संरचना अत्यधिक बढेका युवा, वयस्कहरु आजकल मर्निङ्ग वाकमा प्रशस्त देख्न सकिन्छ । यस प्रकार अनियन्त्रित रुपमा शरीरको मोटाई बढदै जानु अत्यन्तै दुःखदायी अवस्था हो । यसलाई समयमा सच्याउन सकेमात्र बाँकि जीबन सुखमय हुन सक्छ अन्यथा जीबनभरको दुःखको रुपमा शरीरलाई कष्ट भएर अन्य रोगहरुको आमन्त्रणलाई निश्चित गर्ने काम पनि भई रहेको हुन्छ । साइकल गुडाउँदा, हाँक्दा टायर भित्रको ट्यूबमा क्षमताको आधारमा मात्र हावा भर्नु पर्ने हुन्छ अन्यथा पाङ्ग्राको आकारमा अस्वभाविक रुपमा आकार बन्दछ र फुट्ने सम्भावना पनि वृद्धि हुँदै जान्छ । यस प्रकार हाम्रो शरीरलाई उर्जा, वृद्धिविकास र रोगबाट बच्न सन्तुलित आहारको आवश्यकता हुन्छ, । खाना सन्तुिलत भएन भने शरीरमा बिभिन्न रोगहरुको आमन्त्रण भएर साइकलको चक्काको अनियमित आकार भएजस्तै शरीरमा समानुपातिक आकार नभएर पेट ठूलो शरीर पात्लो देखिनु अनाकर्षक शरीरको लक्षण देखा पर्दछ । अहिलेका युवा वयस्कहरुमा शारीरिक श्रम गर्ने वानी देखिदैन तर खानपानको आधारमा उनीहरु प्रत्येक दिन उनीहरुले अपनाउनु पर्ने सजगतालाई विर्सेर अनावश्यक बढी परिमाणको क्यालोरी र प्रोटिन भएका माछामासु खानमा समय बिताएको हुन्छ, जसबाट शरीरको मोटोपनामा मात्र वृद्धि नगराई विभिन्न किशिमका रोगहरुलाई पनि स्वागत गर्न वाध्य हुन्छन् । शरीरलाई अनुपयुक्त विकासलाई परीक्षण गर्न सिधा उभेर शरीरलाई तनक्क तन्काई टाउको ननिहुराई खुटृाको बुढीऔंला देख्न सकिन्छ भने तपाँईको शरीर ठीक छ अन्यथा मोटोपना भयो यसलाई समयमै सच्याउने खालका उपायहरुको अवलम्वन गर्नु पर्ने अनिवार्य भएको छ ।
शरीरलाई स्वस्थ राख्न खानाले मात्र पुगदैन यसका अतिरिक्त रहनसहन, कामको प्रकृति, साथीसमूह, विचारको आदानप्रदान, पारिवारिक वातावरण, धर्मसँस्कृति जस्ता पक्षहरुले प्रभाव पारेको स्पष्ट छ । अहिलेको अवस्था मान्छेको जीवनयापनमा विभिन्न चुनौतीहरु देखा पर्दछ जस्तैः खाद्यवस्तुमा मिसावट, कम गुणस्तरका तरकारी लगायत प्याकेटमा आयात भएका वस्तुहरु, औषधीमूलो कम प्रभाव पार्ने इत्यादि । मानवशरीरको उचित विकासका लागि खाना लगायत अन्य सकारात्मक वातावरणले महत्वपूर्ण भूमिका खेल्ने हुँदा त्यस्ता पक्षहरुको उचित प्रबन्ध आवश्यक भएको छ । खानपान स्वास्थ्यको मुख्य आधारको रुपमा लिइन्छ । खानाको मात्रा, पटक, प्रकार, गुणस्तर लगायतका पक्षहरुलाई मूल रुपमा व्यवस्थापन गर्न सक्यौं भने त्यसलाई नै स्वस्थताको मूल कुञ्जीको रुपमा बुभ्mन सकिन्छ । खानाको चयन गर्न निम्न प्रश्नहरुको उत्तर आपैm खोजी खाने वानीको विकास गरौं र आपूm स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ रह्न सहयोग गरौं हाम्रो शरीरको वजन कति छ ? शरीरको उचाई कति छ ? दैनिक जीवनमा के कस्ता कामहरु गर्नु पर्छ ? खाना खाने स्रोतहरुको उपलब्धता कति छ ? रातको खानामा चिल्लो, कार्बोहाइडूेट एवम् प्रोटीनको मात्रा कति कति छ ? यी प्रश्नहरुको उत्तर खोज्ने प्रयाश गरी “ शरीर स्वस्थताको मूल जानकारीलाई अरुको पहुँचमा पुर्याई सहयोग गर्ने वाचा गरौं ”
सुझावका लागि इठेगाना         etcumesh@yahoo.com


मिति ः २०७०÷०५÷०२

No comments:

Post a Comment