Tuesday, July 30, 2013

मिथिलामा मधुश्रावणी मनाइँदै


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया,सीताके संग सहेलिया.........
  ..... यी स्वरका धुन तथा लयले यतिखेर जनकपुर सहित मिथिलाञ्चल गुञ्जयमान छन् । नव बस्त्र तथा आभुषणले सृङ्गारिएकी नव दुल्हीहरु आफ्नी सहेली संग फुल लोड़ही अर्थात फुलपात टिपिरहेको मनमोहक दृष्य र माथि उल्लेखित यी र यस्ता कर्ण प्रिय गीत र सम्वादले यतिखेर सवैको नजर  केन्द्रित गरेको छ ।
    मिथिलाञ्चलमा विवाहित महिलाहरूले प्रत्येक वर्ष साउन कष्ण पञ्चमीको दिनदेखि पन्ध्रदिनसम्म परम्परागत मधुश्रवाणी व्रत लिन्छन् । मैथिली भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको उक्त पर्व नवविवाहिता महिलाका लागि मूलतः विशिष्ट र महत्वपूर्ण रहिआएको छ । उक्त व्रतमा संलग्न महिलाले गौरीपूजा, कलशपूजा, विषहराको पूजा, बैरसीकरजा, चनाइ नाग पूजा, कुसमावती पूजा, पिङगला पूजा, लिली नागपूजा, शतमगिनिसहित गोसाउनी, नाग पूजा र साठिक पूजा गर्ने गर्छन् । व्रत बस्ने महिलाले यो व्रत लिँदा निष्ठापूर्वक नित्यकर्म गरी पूजा सामग्रीसहित पूजामा बसेका बेला तीनदिनसम्म अनिवार्य रूपमा मौनापञ्चमी, बिहुला र मनसा, मंगला(गौरीको पृथ्वीजन्म सती, दन्त्यकथामा आधारित महादेवको पारिवारिक कथा, गंगाको कथा, गौरी तपस्याको कथा, गौरी विवाह र जन्तीको कथा, मैनाको मोहको कथा, भगवान कात्र्तिक जन्मको कथा, सन्ध्याको विवाह र लिलीको जन्मको कथा, पतिव्रता सुकन्याको कथा, बाल(वसन्तको कथा, गोसाउनीको कथा, राजा श्रीपुरको कथा श्रवण गरी पूजा अर्चना गर्ने परम्परा छ ।
    नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणी शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ । १५ दिन सम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् ।    
यो पर्वको विशेषता भनेको विषघरको पुजा बासी फुल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोही कारण ससुराबाट नवविवाहिताहरुको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ । यो पर्व १५ दिनसम्म मनाईने गरिन्छ । श्रावणको झरी, कालो वादल, चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पति भएपनि आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुन भनेर भनिन्छ ।
    विषहाराको पुजा बासी फुल र पातबाट हुने गरेको कारण नवविवाहिता महिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमा गित गाउँदै गाउँ बाहिर स्वछन्द भई घुम्ने गर्दछन ।  कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजा अवधिभर साथीहरुसंग गफिदै झरीको मजा लिन चुक्दैनन भने उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनि गाउने गर्छिन ।
    यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । महिलाहरुलाई अग्निपरिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ ।
 मिति ः २०७०÷४÷१३
        त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गर्दछन्  । हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देव जातिका नवविवाहिता महिलाहरुले मनाउने गर्छन् ।  श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानी गर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो । यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्म भन्ने गरेको कारण यसलाई यौन शिक्षा दिने पर्व समेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन् ।  पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईत गएर मनाउने प्रचलन रहे केहि समय यता पर्व ससुरालमा समेत मनाउन थालिएको छ ।

No comments:

Post a Comment