Tuesday, July 30, 2013

स्तनपान र नेपाली महिला


रामसागर पण्डित
आमाको दूधलाई अमृतको संज्ञा दिएको हुनाले सो भन्दा पोसिलो बच्चाको लागि अर्को आहार छैन । केही आमाहरु पछौटेपनले गर्दा यस्ता दूधबाट बच्चा लाई बंचित गरेको देखिन्छ भन्ने अर्को तिर केही तयारथित विकसित कहलाउने ठूला घरानियाँ भित्रका आमाहरुको जीउमा नकरात्मक प्रभाव पर्न बाट जोगिन बच्चालाई बोतलको दूध खुवाउने गरेको पाईन्छ । यस्ता कामलाई तुरुन्त रोकी बच्चाको अधिकार लाई सुरक्षित गर्नु पर्दछ ।

    आमाले आफुले जन्मदिएका सन्तानलाई आफ्नो दूध खुवाउनु भनेको नै स्नतना हो । सामान्य भाषामा आमालो आफ्नो स्तन बच्चाबाट चुसाउन लगाउनुलाई नै स्तनपान भनिन्छ । यस्ता दूध खुवाउने प्रक्रिया प्रत्येक स्तनधारी जीवहरुमा निरन्तर चलिरहेको हुन्छ । यस्तो महिलाले मात्र गर्न सक्छे । प्रकृतिले यस्तो सौभाग्य आमालाई नै प्रदान गरेको छ । महिलाहरुको स्तनको  थैलो भित्र सेतो रंगको पोसिलो तरल पदार्थलाई स्तनको मुन्टोलाई बच्चाबाट खुवाउने गर्दछ । यसले भर्खरै जीवित जन्म पाएको नवजात शिशुलाई आमाको पेटबाट बाहिर आएपछिको वातावरण संग जुध्नका लागि विशेष किसिमको शक्ति प्रदान गर्दछ। शिशु जन्मिने वितिकै आमाको स्तनबाट आउने बाक्लो, पहेलो, च्यापच्याप लाग्ने विगौते दूधमा पानीको मात्रा  कम र पोषणयुक्त पदार्थको मात्रा बढी हुन्छ, जसले बच्चालाई तागत बढाई विभिन्न किसिमका रोगहरुसँग लड्ने शक्ति प्रदान गर्दछ । यसबाट महिलाहरुलाई शरीरको चमक बढाउने र यौन आनन्द प्रदान गर्ने जस्ता काम गर्दछ । लामो समयसम्म आमाले बच्चालाई दूध खुवाइ रहँदा प्राकृतिक रुपमै जन्म नियन्त्रण गर्न सहयोग पुगि रहेको हुन्छ ।
स्तनपानका यति महत्व रहँदा रहँदै पनि केही आधुनिक महिलाहरुले स्तनपान गराउन छाडी आफ्ना सन्तानहरुलाई विभिन्न किसिमका तयारी खाधबस्तुहरुका अतिरिक्त शीशीको दूध खुवाउने गर्दछन् भन्ने अर्कोतिर ग्रामीण समाजमा अहिले पनि बच्चालाई अस्वस्थ बनाउँछ भने भ्रममा परेर यस्ता पोसिलो दूधलाई निचोरेर फालि दिनाले बच्चालाई अति पोषणयुक्त भोजनबाट बँचित गरेको पाईन्छ । यस्ता आमाले बच्चालाई कमजोर मात्र बनाउँदैन अन्य रोगहरुसँग लड्ने क्षमता समेत खत्म गरिदिन्छ । यस सम्बन्धमा एउटा अति सानो सर्वेक्षण गरी स्तनपानको स्थिति पत्ता लगाउने प्रयास गरिएको छ । धनुषा जिल्लाहरुको अन्तर्गत गिद्धा गाउँ समितिबाट लिएको ४० जना महिलाहरुको सर्भे परिणामले पनि संतोषजनक नतिजा देखाउँदैन । ४० जना महिलालाई १०० प्रतिशत मान्दा ४७.५ प्रतिशत अर्थात १९ जना महिलाले मात्र विगौती दूध खुवाएको पाईयो भने ५२.५ प्रतिशत अर्थात २१ जना महिलाले आफ्नो विगौति दूधलाई निचोरेर फालि गाई, भैंसी, बाख्री मध्ये बच्चालाई बाख्रीका दूध खुवाएको पाईयो ।
    यी महिलाहरुलाई प्रसव गराउँदा १५ जना अर्थात ३७.५ प्रतिशत महिलालाई गाउँको सार्किनी (चमैन) ले गराईएको पाईयो भने २५ जना अर्थात ६२.५० प्रतिशत महिला तालिम प्राप्त सुडेनाको सहयोगमा बच्चा जन्माएको देखियो । यसरी ग्रामीण ईलाकाका हालसम्म लगभग शतप्रशित महिलाहरु विगौति दूधको अर्थ बुझेको पाईदैन जस्तो देखिन्छ । अर्कोतिर छिटो गर्भ धारण तथा कामको व्यस्तताको कारणले २१ वर्षसम्म बच्चालाई दूध चुसाउनु पर्नेमा औसत १.५ वर्ष चुसाएको पाईयो । यसबाट बच्चाहरुले पाउनु पर्ने पौष्टिक भोजन आमाबाट प्राप्त गर्न नसकेर विभिन्न रोगको सिकार हुन जान्छ ।
स्तनपानको महत्वलाई हेर्ने हो भने शिशु १८(२४ महिलाको नहुँदासम्म स्तनपान सबैभन्दा उत्तम खानाको रुपमा मानिन्छ । प्रकृतिले जन्मेको बच्चालाई के खुवाउने झंझटबाट मुक्त गरेर सितैमा सवोत्कृष्ट तयारी भोजनको रुपमा आमाको दूधलाई साथै पठाएको हुनाले सहर्ष स्वीकार गरी प्रयोग गर्न हिचकिचाउनु हँदैन् । यसबाट शिशुको उच्चतम् बृद्धिको रक्षा भई श्वासप्रश्वास सम्बन्धी संक्रमण तथा झाडापखाला जस्ता खतरनाक रोगबाट समयमै रक्षा गर्दछ । यसको स्वच्छतामा शंकाको ठाउँ हुँदैन् । यो चौविसै घण्टा उपलब्ध भएको हुनाले तयारी गर्नु पर्दैन । बच्चाको लागि आमाको दूध सुपच्य हुन्छ र साथै सित्तैमा पाईने हुनाले पैसा लिएर किन्नु पर्दैनन् । यसबाट आमा र शिशुको सम्बन्ध कायम गरी एउटा प्राकृतिक आनन्दको अनुभव हुन्छ । बच्चालाई आमाले दूध चुसाई रहँदा छिटो गर्भधारण नभएर जन्मान्तर राख्न मद्दत भेट्छ । यसले शिशु मृत्युदरलाई घटाएर प्राकृतिक गर्भ निरोधकको काम गरेको हुन्छ ।
    केही विशेष अवस्थामा शिशुलाई स्तनपान गराउनु हुँदैन् । जुन आमालाई क्षयरोग, कुष्टरोग, रक्तक्यान्स, रक्तअलपता, स्तनमा घाउ वा पिलो, स्तन सुन्निएको आदि रोग मध्ये कुनै रोग लागेमा स्तनपान गराउनु हँुदैन् । कतिपय आमाको दूधलाई उनकै पतिबाट चुस्ने काम समेत देखिएकोले पति पत्नि क्षणिक आनन्दको लागि आफैले जन्म दिएको शिशुलाई कमजोर बनाई विभिन्न रोगको शिकार बनाउनु हुँदैन् । त्यति मात्र होईन पहाड तिर विहानै जंगलतिर वा खेतमा काम गर्न जानु परेको हुँदा नवजात शिशुलाई अफीम, जाँड वा अन्य लागु पदार्थ बच्चालाई चटाई छोड्छ र बच्चा लठ्ठ परी दिनभर निकै घण्टासम्म सुतेको सुतै रहन्छ । तराईतिर कतिपय बच्चालाई सानै उमेर देखि तार र खजुरको तारी पौष्टिक भोजनसम्झेर दूधमा मिलाई खुवाउने गरिन्छ । यस्ता बच्चाहरु पोषित हुनु भन्दा कुपोषणको सिकार हुन जान्छ । यस्ता बच्चाहरुमा उच्च शिशु तथा बाल मृत्यूदर रहेको पाईन्छ ।
    बालकलाई पोषणको रुपमा ०–५ महिनासम्म पूर्ण रुपले आमाको दूघ मात्र खुवाउनु पर्दछ । त्यसपछि ५–६ महिना सम्म आमाको दूधको संगै संगै लिटो र मिचेको तरकारी र ६–९ महिनाको बच्चालाई सो खानाको साथ साथै नरम फलफुल समेत दिनुपर्दछ । ९(१२ महिनाको बच्चालाई आमाको दूध, लिटो, नरम दाल, भात, तरकारी र फलफुल र १(२ वर्षको बच्चालाई आमाको दूघको साथ साथै पूर्ण सन्तुलित भोजन दिनु पर्दछ । यस्ता बच्चामा कुपोषणको सम्भावना कम रहन्छ । हाम्रो जस्तो देशमा अधिकांश आमाहरु अशिक्षित हुनुका साथ साथै विभिन्न ग्रामीण अन्ध विश्वासले गर्दा सन्तुलित आहारको सम्बन्धमा जानकारी छैन, भने अर्कोतिर आफ्नै खेतबारीमा उपलब्ध हरिया सागसब्जी समेत प्रयोग गरेको पाईदैन । हुन त हिजो भन्दा आजको अवस्था फरक छ । आज यस्ता कुरा सुधारोन्मुख अवस्थामा रहेपनि विकासिल देशहरुको तुलनामा निकै पछाडि रहेको हुनाले समयमै सोच्नै पर्ने हुन्छ अन्यथा ईच्छाउको सुधार र विकास पाउन कठिन छ ।


 मिति ः २०७०÷४÷१३

No comments:

Post a Comment