Tuesday, July 30, 2013

समाजमा स्थापित हँुदैछ ‘फ्लटिङ सम्बन्ध’


धर्मेन्द्र कुमार झा
आधुनिकीकरण र वैज्ञानिक युगको प्रभाव संगै मानवले शब्दलाई हतियारको रुपमा प्रयोग गर्न थालेका छन् । मानव समुदायले आफ्नो व्यवहार र सोंच भन्दा एकदम फरक विचार वा भावना व्यक्त गरिरहेका हुन्छन् । भन्नुको अर्थ मान्छे जे हुन्छ, त्यो भन्दैन जे हुँदैन त्यो भनेर अरुलाई शब्दजाल’ मा फसाईरहेका हुन्छन् । यी कुरा जहाँ पनि जसमा पनि सहजै रुपमा पाईन्छ । फरक यति मात्रै हुन्छ कि कसैमा त्यो स्वभाव अलि कम हुन्छ, भने कसैमा अलि बढी ।
मानव स्वभावले नै सामाजिक प्राणी हुन् । किनभने मानव जाति जहिले पनि समुह वा समाजमा बस्न रुचाउँछन् । एक अर्कामाथी निर्भर वा आश्रित भई जीवन बिताउने मानवीय चरित्र नै हो । मानव सभ्यताको परापूर्वकालमा मानवीय जीवन पनि जनावरको जस्तै नोमेडिक (घुमन्ते) थियो । त्यो समयमा मानवसँग कुनै भाषा, धर्म, नाता कुटुम्ब, संस्कार, लाज धाक, भावनात्मक सम्बन्ध आदि इत्यादि केहि थिएन । तर, जब देखि मानव सभ्यताको शुरुवात भयो तब देखि मानव पारिवारिक वा सामुहिक जीवनमा प्रवेश गरे र मानव सँग समय परिवेश अनुसार भाषा, धर्म, संस्कृति लगायतका कुराहरु हँदै गए ।
    सभ्यता परिस्कृत गर्नमा सबभन्दा बढी महत्वपूर्ण भूमिका भाषा, (शब्द) ले गरेको देखिन्छ । आफ्नो मनको भावना (कुरा)ं अरुलाई सहज रुपमा बुझाउँदा मानव जातिले भाषाको प्रयोग गर्न थाले । वास्तवमा, मानवले १८÷१९ औ शताब्दी सम्म आफूलाई लागेको, बुझेको, सम्झेको, भएको कुराहरु नै शब्दद्वारा व्यक्त गर्थे । तर २० औ शताब्दी तिर आएर मानव समुदायले आफूलाई लागेको वा भएको भन्दा फरक गरेर शब्दहरुको प्रयोग गर्न थालेको देखिन्छ । “आधुनिकीकरण र वैज्ञानिक युगको प्रभाव संगै मानवले शब्दलाई हतियारको रुपमा प्रयोग गर्न थालेका छन् । मानव समुदायले आफ्नो व्यवहार र सोंच भन्दा एकदम फरक विचार वा भावना व्यक्त गरिरहेका हुन्छन् । भन्नुको अर्थ मान्छे जे हुन्छ, त्यो भन्दैन जे हुँदैन त्यो भनेर अरुलाई ‘शब्द–जाल’ मा फसाईरहेका हुन्छन् । यी कुरा जहाँ पनि जसमा पनि सहजै रुपमा पाईन्छ । फरक यति मात्रै हुन्छ कि कसैमा त्यो स्वभाव अलि कम हुन्छ, भने कसैमा अलि बढी ।”
केही दशक यता देखि हामी एकले अर्कालाई ईल्युजनमा पार्नलाई मात्रै शब्दहरुको प्रयोग गरिरहेका छौं । अहिलेको समयमा कसैलाई कसैमाथि विश्वास छैन । किनभने हामी सबैलाई थाहा छ कि हाम्रो सम्बन्धको आधार नै ‘फ्लटिगं सम्बन्ध’ हो । एकले अर्कालाई खुशी पार्न हामी हदै सम्मको मिठा शब्दहरु प्रयोग गर्छौ तर धोखा दिन पनि हदै सम्मको उपाय गरिरहेका हुन्छौं । फ्लटीगं सम्बन्धको प्रभाव परिवार, समाज, राजनीति कर्मचारीतन्त्र, धर्म, शिक्षा, मित्रता, प्रेम, आदिमा परेको छ । हामी अहिले वचन भन्दा लिखत्तममा विश्वास गर्ने भएका छौं । जसको मात्र कारण हो बोलाई र गराईमा फरक हुनु । त्रेता युगको एउटा भनाई प्रसिद्ध थियो, “रघुकुल रीति सदा चलि आई, प्राण जाए पर वचन ना जाई ।” यी भनाईले शब्दको महत्व स्पष्ट पारेको छ । तर अहिलेको समयमा शब्द वा बोली भएको कुरालाई दर्शाउनलाई हो की भएको कुरालाई लुकाउनलाई भन्नै गाह्रो छ । के कुरा सही हो, के कुरा गलत हो वा को सही हो, को गलत हो त्यो छुट्याउन झन गाह्रो । मान्छेले साईन्स र टेक्नोलोजीको सहायताले अझ एक अर्कालाई भुक्याउन सफल भएको छ । कुनै व्यक्ति घरमा भए बजारमा छु भन्छ, बजारमा भए खेतमा छु भन्छ । होटलमा भए अफिसमा छु भन्छ, रेष्टुरेन्टमा भए पार्टीमा छु भन्छ । अहिले आएर पारिवारिक जीवनमा पनि यसको प्रभाव त्यतिकै देखिन्छ । भाईले दाईलाई ठग्छ, दाईले भाईलाई ठग्छ, “म सँग त पैसै छैन, फलानोको ऋण छ चिलानोको सापटी छ । बैंकको किस्ता त अझै बुझाउनै पा छैन । कहाँबाट घरमा पैसा दिने” यस्ता भनाई प्रायः घरको दाई भाईको सम्बन्धमा देखिन्छ । तर भिन्न (भान्सा छुटेपछि) भएको केही दिन पछि हजारौ लाखौं को सम्पति ईक्सपोज हुन्छ ।
वैवाहिक सम्बन्ध र प्रेमात्मक सम्बन्ध जुन विश्वास र समर्पणको आधारमा टिक्ने सम्बन्ध हो । यस्ता सम्बन्धमा पनि फ्लटीगं रिलेशनरुपी भाईरसले प्रवेश गरिसकेको छ । जसको प्रभाव डिभोर्स, हत्या, धोखा, अनैतिक सम्बन्ध जस्ता घट्नाहरुमा देखिन्छन । विवाहित होस वा अविवाहित पुरुष वा महिला आ–आफ्नो जीवन साथी वा प्रेमी प्रेमिकालाई शब्दजालमा बाधेर विश्वासघात गरिरहेको विभिन्न घट्नाहरुबाट प्रष्ट हुन्छ । एउटा पुरुष वा महिलाले अर्को विपरित लिंगीय साथीलाई झुठा विश्वास र आस्थाको डोरीले बाँधीरहेका हुन्छन् ।
     “म त तिमी विना बाँच्नै सक्दिन, के गर्ने जुन बेला पनि तिमी नै याद आईरहेको हुन्छौ । जहिले पनि सपनामा तिमीलाई नै देख्छु । तिमि सँग कुरा नगरुन्जेल वा तिमिलाई नदेखुनजेल मनै लाग्दैन । म तिम्रो लागि जे पनि गर्न सक्छु, यहाँ सम्म की ज्यान पनि दिन सक्छु ।” यस्ता यावत कुराले एकले अर्कालाई मोहजालमा अल्झाई रहेको देखिन्छ । तर वास्तविकता केही निहित स्वार्थमा नजर अडकेको हुन्छ । प्रायः व्यक्तिले यस्तै भन्छन, तर सबैकुरा आफुले सोंचे कै जस्तो होस भन्ने चाहन्छन् । जसको परिणाम स्वरुप पति पत्निमा अविश्वास भई सम्बन्ध विग्रेको र ब्वाईफ्रेन्ड, गर्लफ्रेन्डमा धोखाधरी भई झगडा भएको टन्नै उदाहरण भेटिन्छन् । अहिलेको वैज्ञानिक युगमा एउटा पुरुष वा महिला अर्कासँग डेटिङमा हुन्छन् तर आफ्ना पति वा पत्निको अगाडि पुरुषोत्तम रामचन्द्र र सति सावित्रि भएको ढोगं गरिरहेका हुन्छन् ।
    हामी वास्तवमा नाटकका पात्रहरु जस्तै भएका छौं । जसमा केही सत्यता हुँदैन तर भुमिका पाए अनुसार वास्तविकता झल्कने गरी एक्टीगं गरिरहेका हुन्छौ । त्यसैगरी अब हाम्रो सम्बन्धमा पनि केही सत्यता छैन हामी आप्mनो फाईदा अनुकुल केही स्वार्थवस एक्टीगं गरिरहेका हुन्छौं । सामुनेमा एक थरीका कुरा गर्छौ र परोक्षमा अर्को थरिका । जसले गर्दा कसैले कसैमाथि विश्वास गर्नै गाह्रो भएको छ ।
    कार्यकर्ताले नेताको अगाडि झुठा प्रशंसा गर्छन भने एउटा भनाउदा विद्वानले अर्को विद्वानका अगाडिं एउटा सन्त वा पण्डितले भगवानको नाममा श्रद्धालु भक्तजन वा जजमानलाई ठग्छन् भने व्यापारीले ग्राहकलाई । समाजमा मर्यादित पदमा रहेका शिक्षकले विदार्थीलाई गुमराह गर्न बाट पछि परेका छैनन् भने पत्रकार र वकिलले सहिलाई गलत र गलतलाई सहि बनाउन लागेको देखिन्छ ।
यस्ता धेरै घटना–परिघटनाहरु हामी दिनहँु हेर्न, सुन्न र भोग्न पाईरहेका हुन्छौं । जसले गर्दा वर्तमान सामाजिक सम्बन्ध अति नै कमजोर हुँदै गएको छ । जुन अति नै डरलाग्दो कुरा हो ।
    मान्छेको हाति झै, देखाउने र खाने दाँत फरक–फरक भए झै व्यवहार र बोली फरक भएको देखिन्छ । एउटा व्यक्ति अर्को व्यक्तिलाई हेरेर मुसुक्क हाँस्ने, गरेको सत्कार गरेको देखिन्छ तर भित्रबाट रिसाएको वा घृणा गरिरहेको हुन्छ । हाम्रो घरमा अतिथि (पाहुना) आएमा खुब कृतज्ञता वा प्रशंन्नता व्यक्त गरिरहेका हुन्छौं तर भित्रबाट श्रापी रहेका हुन्छौं । अहिले एक्काईशौं शताब्दीमा आएर एक अर्कालाई मूर्ख बनाउने संस्कृति नै स्थापना भईरहेको छ । फ्लटीगं (देखावटी) सम्बन्ध समाजमा स्थापित हुँदै गएपछि सामाजिक संरचनामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।
    तसर्थ, सामाजिक सम्बन्धलाई बलियो र दिर्घकालिन बनाउन फ्लटिगं सम्बन्धमा पूर्णविराम लगाउने आवश्यकता देखिन्छ ।



 मिति ः २०७०÷४÷१३

No comments:

Post a Comment