Tuesday, July 30, 2013

फोरम नेतामाथि दिनदहाडै गोलि प्रहार


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेशी जनअधिकार फोरम नेपाल महोत्तरीका कार्यालय सचिव समेत रहेका जिल्ला सदस्यमाथि बिहिबार मध्यान्ह गोली प्रहार गरिएकोछ ।
पार्टी कार्यालयमा बसिरहेको बखत सदस्य प्रगाश साहमाथि गोली प्रहार गरिएको फोरम महोत्तरीले जनाएकोछ ।सदरमुकाम जलेश्वरको खैरा चोकमा रहेको पार्टी कार्यालयमा साहमाथि गोली प्रहारगर्दा उनको बा ? या पाखुरामा गोली लागेकोछ । जलेश्वर(६ घर भएका साह फोरम नेपालको खैरा चौक स्थित पार्टी कार्यालयमा वसेको बखत करिब १२ः४० वजे दुई जनाको संख्यामा रहेका हतियारधारीहरुले उनी माथि एक राउड गोली प्रहार गरेको थियो ।
उनको उपचार जलेश्वर अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  
बी आर ८२६३ नम्वरको रातो रंगको टिभीएस मोटर साईकलचढि आएका ती हतियारधारीहरुले पार्टी कार्यालय अगाडी मोटरसाइकल रोकेर गोली प्रहार गरेको घाइते साहले जनाए ।
गोली प्रहार गरे लगतै उनीहरु त्यही मोटरसाईकलमा चढि स्थानियहरु माथि पेस्तोल ते¥सयाउँदै भारतीय नाका भिट्टामोड तर्फ गएको प्रत्यक्षदर्शीहरुले जनाएकाछन ।
घटनाको जिम्मेबारी जनतान्त्रिक तराइ मुक्ती मोर्चाका अध्यक्ष राजन मुक्तीले लिएकाछन । घटना भए लगतै सञ्चारकर्मीहरुलाई टेलिफोनगर्दै पूर्ब चेतावनीलाइ अस्विकार गरेको कारण पार्टी कार्यालयमा गोली प्रहार गरिएको दाबी गरे ।
उनले खिलराज रेग्मीको सरकारलाई चुनाव गराउने हैसियत नभएको भन्दै तराई केन्द्रित दलहरुलाई चुनाव बहिष्कार गर्न र तराईमा रहेको पार्टी कार्यालयहरु बन्द गर्न केहि दिन पूर्ब धम्की दिएका थिए ।
मुक्तीले दलहरुले अटेर गरे कार्वाही जारी राख्ने उल्लेखगर्दै घोषित चुनावलाई सशक्त रुपमा बिथोल्ने दाबी गरेकाछन । घटनाको फोरम नेपाल घनुषाका अध्यक्ष शेषनारायण यादवले भत्सर्नागर्दै दोषीहरुलाई पक्राउगरि कार्वाहीको माग गरेकाछन । बिहिबार जारी गरेको विज्ञप्तिमा दिनदहाडै गोली प्रहारगर्नेलाई पक्राउ गर्न नसक्ने गृहमन्त्रालयले चुनावको सुरक्षा दिने हास्याष्पद दाबी गरेको उनले आरोप लगाएकाछन ।
    यसैगरि निर्माण व्यवसायी संघ महोत्तरीका अध्यक्ष मुनेश्वर चौधरीले पनि घटनाको भत्सर्ना गरेकाछन । यता, मधेशी युवा फोरम, नेपाल धनुषाले घटनको भत्रसना गरेको छ । जिल्ला अध्यक्ष मुकेश यादवले बिहीबार एक विज्ञप्ति जारी गरी दिनदहाडै गरिएको गोली प्रहारले प्रहरी प्रशासनको कामकाजप्रति प्रश्नचिन्ह खडा गरेको बताएका छन् । साहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न मांग समेत गरेको छ । 


 मिति ः २०७०÷४÷१३

No comments:

Post a Comment