Sunday, May 5, 2013

मिथिला आन्दोलनको एक बर्षे कार्यकाल

जिवेश झा
    मिथिला आन्दोलनको एक बर्ष पुरा भएको छ । मिथिला राज्य समितिको अगुवाईमा सुरु भएको  मिथिला आन्दोलनले एक बर्ष पुरा गरिरहादा ३० अप्िरल २०१२ का दिन गराईएको बम बिष्फोटको घाउलाई बिर्षन सकिएको छैन् । भनिन्छ मिथिला आन्दोलन बिरोधीहरुले सुनुयोजित रुपले बम बिस्फोट गराए रे ! शान्तीपुर्ण आन्दोलनमा बम बिस्फोट गर्नु मानवता बिरुद्धको निर्मम अपराध नै हो ।
    मिथिला राज्यको मांग गरिरहेको मिथिला राज्य संघर्ष समितिको आन्दोलनले गत बर्ष जनसमर्थन पाएको आभाष दियो । जनकपुरवासीहरु मिथिला राज्यको आन्दोलनलाई समर्थन र स्वागत गरे । मिथिला आन्दोलन मजबुत भएपछि आफ्नो राजनीतिक दर्शन कतै कमजोर त हुने होईन भन्ने डरले ७ मे २०१२ का दिन सदभावना अध्यक्ष राजेन्द्र महतोले खुलेर मिथिलाको बिरोध गरे र यो आन्दोलनलाई बेतुक, अर्थहिन र मधेश बिरोधी समेत भने । महतोका अनुसार मिथिला आन्दोलन मधेश आन्दोलनलाई कमजोर गर्नका लागि संचालित भएको हो । महतोले मिथिलालाई बिरोध गरिरहदा अर्का मधेशबादी नेता जे.पी. गुप्ताले समेत यो आन्दोलन स्वचालितभन्दा पनि परिचालित रहेको दावी गरे । उनका अनुशार मिथिला आन्दोलनले प्रमुख दलहरुको निहित स्वार्थ पुरा गरेको छ र आन्दोलन ‘नचनिया–गवनियाा’ द्धारा संचालित छ । अर्को तर्फ प्राज्ञ रमेश रञ्जन भने गुप्ताको आरोपलाई पुर्ण रुपमा नकार्छन । रञ्जनका अनुसार मिथिला आन्दोलन सृजनशिलताका साधकहरुबाट संचालित भएको र उनिहरुले आन्दोलनलाई राजनीति भन्दा पनि साधनाको रुपमा लिने गरेको बताए । प्राज्ञ रञ्जन भने मिथिला आन्दोलन मैथिलहरुको हितमा रहेको र मिथिलावासीहरुको पहिचान मैथिल हो न कि मधेशी भन्ने थपे । रञ्जन आफूलाई मधेशी भन्दा पनि मैथिलको रुपमा चिनाउने प्रयाश गरे । अर्कोतर्फ मैथिली साहित्यकार धिरेन्द्र प्रेमर्षी मिथिला आन्दोलन कुनै राजनीतिक दल भन्दा पनि बुद्धिजीविहरुद्धारा संचालित भएको र मिथिलाको कला, संस्कृति, भाषा, पहिचान, र परम्परालाई संबर्धन गर्नका लागि यो आन्दोलन शुरु भएको बताए । मिथिला आन्दोलनको एक बर्ष बितिसक्दा पनि मधेशमा कस्तो खाले संघियता हुने, त्यसको भुगोल कस्तो हुने र के को आधारमा राज्य निर्माण गरिने भन्ने कुराहरु प्रष्ट नभईसकेको स्थिती छ ।
    बिश्लेषकहरु मिथिला आन्दोलन जनकपुरमा सीमित भएको औंल्याउछन् । मिथिला आन्दोलन रामानन्द चोक भन्दा आगाडी बढ्न नसकेको आलोचना भईरहेको बेला मिथिला प्रदेशको भुगोलबारे बहश हुनु स्वाभाविकै हो । संघियताको वकालत गर्नेहरु मिथिलाको सीमाबारे मिथिला आन्दोलनमा लागेकोहरु अझै प्रष्ट हुन नसकेको बताउाछन् । यदि मिथिला राज्यको निर्माण प्राचीन ईतिहाशको आधारमा गरिने हो भने भोलीको दिनमा भोजपुरा र पुर्वेलीहरुद्धारा त्यसको बिरोध हुनसक्छ ।  बिरगन्जबासीले भोजपुरा क्षेत्र मिथिलामा गााभिदा आफ्नो पहिचान सङकटमा पर्ने हो कि भन्ने शंकामा पर्दा मिथिला आन्दोलकर्मीहरुले उनिहरुलाई विश्वासमा लिन नसक्नु एक बिफलता नै हो । एक बर्षे आन्दोलनलाई केलाउादा त्यति धेरै उपल्बधी प्राप्त गर्न नसकेको देखिन्छ । मिथिला राज्यको मााग किन भएको हो, मिथिला राज्यको सीमा कस्तो हुने, मिथिला राज्यको परिकल्पना गरिएको जिल्लावासीहरुले मिथिला राज्यमा गााभिन स्वीकार्लान त, मिथिला राज्यले मिथिला क्षेत्रको गैर मैथिललाई कसरी संबोधन गर्ला, मुस्लिमहरुको अवस्था कस्तो होला, सीमान्कृत समुदायको प्रतिनिधित्व कसरी होला, यो भाषिक आन्दोलन मात्र हो त भन्नेजस्ता प्रश्नहरुको जबाफ रामान्नद चोक भन्दा बाहिरका जनताले पाउान नसकेको स्थिती छ । मिथिला आन्दोलनवालाहरुले सर्लाहीलाई मिथिलामा गााभने प्रस्ताव गरिरहादा त्यहााका बज्जिका भाषीहरु मिथिलाको बिरोधमा आफ्नो आवाज बुलन्द गर्न तम्सिएका छन । अर्को तर्फ झापावासीहरुको मिथिला प्रति समर्थन छैन् । धनुषा, महोत्तरी, सिरहा, सप्तरीको मिथिला राज्य बने त्यो कमजोर राज्यको रुपमा स्थापित हुने भन्ने बिश्लेषण पनि भईरहेका छन् ।  विश्वको २९ वटा संघिय देशहरुमध्ये मात्र ४६ हजारको जनसङख्या भएको सेन्ट किट्स निभास पनि संघिय देश हो । यदि ४६ हजार  मात्र जनसङख्या भएको देशले संघियता रमाउन सक्छ भने थोरै जिल्लाको मिथिला राज्यको परिकल्पना किन नगर्ने ? मिथिला राज्य यदि ५ जिल्लामा मात्र सीमित गरिए पनि आर्थिक रुपले मिथिला सम्पन्न नै हुनेछन भन्ने तर्क पत्रकार श्याम सुन्दर शशिको छ । उनि एक मधेश बने मिथिलाका अल्प संख्यकहरु फेरी बहुसंख्यकहरुबाट आन्तरिक औपनिवेशिकरणको शिकार हुनेसम्मको बिश्लेषण गरे । विरगञ्जका  पत्रकार चन्द्रकिशोर भने मिथिला आन्दोलन जनकपुरमा सीमित भएको प्रस्ट पारे । चन्द्रकिशोरका अनुसार मिथिला आन्दोलन मलङवा, सिरहा, सप्तरीलगायतका अन्य जिल्लामा नजानु आन्दोलनको बिफलता हो ।
    एक बर्ष बितिसक्दा मिथिला आन्दोलनले मुलभुत उपल्बधी प्राप्त गर्यो कि गरेन भन्ने पता लगाउनका अनुसन्धानको आवश्यक्ता छ । यी पङतिकारले गरेको एक अध्ययन अनुशार मिथिला आन्दोलनले मिडियामा राम्रै कभरेज पाएको देखाएको छ । मिथिला आन्दोलनले पत्रकारिताको ‘दशा र दिशा’ समेत बदलेको अध्ययनले देखाएको छ । जनकपुरबाट प्रकाशित हुने एक मैथिली भाषी दैनिकले भने आफूलाई मिथिलावादीको रुपमा प्रचारवाजी गरेको, अर्का नेपाली दैनिकले भने आदेशात्मक शैलीको संपादकिय लेखेर सरकारलाई मिथिला आन्दोलनको मर्म बुझ्न निर्देशन दिएको र अर्का पत्रिकाले भने संतुलित र ब्यालेन्सड समाचार दिएको अनुसंधानले बतााउछ । जनकपुरलगायत मुलधारे भनिने पत्रिकाहरुले पनि मिथिला आन्दोलनलाई समर्थन गर्योब। कान्तिपुर दैनिकले भने गत बर्ष ७ वटा बिचार लेखलाई स्थान दिदा एक मधेशसंबधीको विचारलाई कभरेज नदिनुले उ मिथिलाको समर्थक रहेको प्रस्ट्यायो । अर्को तर्फ अंग्रेजी दैनिकहरुले मिथिलालाई समर्थन गर्दा पनि बिचारलाई भने स्थान दिन सकेन । मिडियामा मिथिला आन्दोलनले आफ्नो राम्रो प्रभाव जमायो ।  पत्रकारिता कति मर्याादित र व्यवासीयक भएको भन्ने अर्को पाटो छ भने मिथिला आन्दोलन मिडियामा आफ्नो दायरा बढाउन सक्नु फलदायी नै हो ।
    मिथिला आन्दोलनमा लागेकाहरु प्रस्तावित मिथिला राज्यबासीलाई ‘कन्भिन्स’ गर्न नसक्नु ठुलै ‘झटका’ हो । मिथिला राज्य मधेशीहरुको ‘ईन्ट्ेरस्ट’ मा छ कि छैन भन्ने मिडियालाई पनि बुझाउन नसकिएको होला जनकपुरिया पत्रकारिताले आफ्ना आधाभन्दा बढि संपादकियमा एक मधेशको समर्थन गरेका छन् । आदेशात्मक शैलीमा संपादकिय लेख्ने सञ्चार माध्यमले लगभग ६० प्रतिशत संपादकियमा एक मधेशको समर्थन गरेको अनुसन्धानले बताएको छ । अर्को तर्फ अर्का नेपाली भाषी मिडियाले भने संपादकियमा भने एक मधेश स्वायत मिथिला प्रदेशको वकालत गरेको छ भने समाचार सेक्सनमा मिथिलालाई समर्थन गरेर आफूलाई ‘ब्यालेन्सड’ मिडियाको रुपमा चित्रित गरेको छ । त्यसैले जनकपुरका मिडियाहरु अझैसम्म मिथिलाबारे प्रस्ट नभईसकेको अवस्था छ । त्यसैले एक बर्षे आन्दोलनको ईतिहाशले जनकपुरका मिडियालाई पनि ‘कन्भिन्स’ गर्न नसक्नु अर्को कमजोरी रहयो । साथै रामानन्द चोक केन्द्रीत आन्दोलन ग्रामिण समर्थन पाउन नसकेको र अन्यत्र जिल्लाका मिथिलावासीहरु मिथिला आन्दोलनमा होमिन नपाउनु ठुलै बिफलता हो भन्न सकिन्छ । मिथिला राज्यको मााग भाषाको आधारमा गरिएको हो जातिया आधारमास सांस्कृतिक आधारमा राज्य माागिएको हो कि ऐतिहााशिक आधारमा, आर्थिक सबलताका आधारमा मागिएको हो कि प्राकृतिक स्रोत शाधनको आधारमा र आन्दोलनकै भरमा राज्यको मााग गरिया होईन भन्ने कुराहरु प्रस्ट भई नसकेको अवस्था छ । हो, भाषा र संस्कृतिको आधारमा मिथिला राज्यको मााग गरिएको हो । तर अरु आधारहरुलाई कसरी ‘एड्रेश’ गर्ने भन्ने प्रस्ट पार्न नसक्नु अर्को असफलता रहयो ।
    मिथिला राज्य आन्दोलन डर–भयबाट त्रशित भए पनि आफ्नो ‘हाईट’ लिनु ठुलै उपलब्धि मान्नुपर्छ । दुस्मन बढि मित्र कम जन्माउन सकेको आन्दोलन गैर–राजनीतिक भए पनि आफ्नो सफल एक बर्षे कार्य काल पुरा गर्नु उत्साहजनक नै छ । मिथिलावासीको आवाज यदि परमेश्वर कापडीको मुखबाट मुखरित भएको छ भने संसारका जस्तो सुकै आतंकी शक्तिले आन्दोलनलाई कमजोर पार्न सक्दैन् । मिथिला आन्दोन जनकपुरियाहरुको आन्दोलन मात्र हो भन्ने शङकाबाट प्रस्तावित मिथिला क्षेत्र वासीहरु ‘फ्री ?  होउन भन्ने आशा राख्दै आन्दोलन अगाडी बढाए बढि हितकर होला । साथै ऐतिहाशिकताको आधारमा ११ जिल्लाको प्रदेश बनाईए सवल मिथिला राज्य बन्नेमा दुई मत छैन । ५ जिल्लाको मिथिला कमजोर राज्य होला नहोला भन्नेमा  गम्भिर बहशको आवश्यक्ता छ भने कमजोर र स्यानो मिथिला प्रदेश निर्माण गरिनु  ? ईज लाईक जस्ट ए ललिपप ?  भन्ने दृष्टिकोणबाट पनि मिथिलाबादीहरु प्रस्ट हुनु आवश्यक छ । एक बर्षे आन्दोलनको ईतिहाशले राम्रै संदेश दिएको भए पनि जनकपुर भन्दा बाहिर आफ्नो दह्रो प्रभाव जमाउन नसक्नुले ‘निराशका पाना’ पल्टाउन शहज गरको त होईन भन्ने आशंका उब्जिनु स्वभाविकै हो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete