Sunday, May 5, 2013

रोकिएन अपहरण – फिरौतिको धन्दा

संतोष सिंह
मओवादीको जनयुद्ध पछि मुलुकमा अपहरण र फिरौती बन्द भए । तर तराइ मधेशमा झन बढेको छ । माओवादी पछि तराइका जिल्लाहरुमा मधेशको अधिकारका लागि सशस्त्र गतिविधि तिब्र भयो । पटक पटक वर्ता पछि केहि समुह हतियार बिसाए । केहि समुहले अझै हतियार बुझाएको छैन । सशस्त्र समुहको नाममा कुनै बेला चन्दा, अपहरण, फिरौती र हत्याले अक्रान्त मधेश शान्त भएको छैन । दिन दहाडै जनकपुरमा गोली चल्ने श्रृखला रोकिएको छैन । महोत्तरी र धनुषामा अपहरण र फिरौती अपराधिको पेसा बन्यो । महोत्तरीको सिमा संग जोडिएको सदरमुकाम सहित दक्षिणि क्षेत्र अपराधि गतिविधिले युवा जमातको भविष्य अन्यौलमा छ । यहाा हतियार, मोटरसाइकल, दारु र भारुले युवा मातिएको अवस्था छ । अपहरणको उजुरी प्रहरी कार्यालयमा जान छोडि सकेको छ । अपहरण पछि परिवारले गुहारको साटो सिधै फिरौतिमै कुरा सिध्याएर मान्छे जोगाउने सुत्र र मन्त्र महोत्तरीमा बनेको छ । धनुषा र महोत्तरीको अपराधि सामु प्रहरी किन चुकेका हुन ? रहस्यमय बन्दै छ । अपराधिको छाया र संरक्षकको सवाल किन जवाफ बन्न सकेन ? महोतरीमा अपहरणको तार यहाा सम्म विकसित भयो कि घर घडेरी बेचेर पैसा न पुगे पछि चन्दा संकलन गरेर फिरौति दिनु परेको छ । 
चन्द संकलन गरि फिरौती
महोत्तरी सोनमा(७ का ३६ वर्षीय भोला यादव पााच लाख फिरौती बुझाएर अपहरण मुक्त भएका छन् । बैशाख सात गते राती अज्ञात समुहको अपहरणमा परेका सामान्य परिवारका कृषक यादव भारतमा फिरौति बुझाएर बैशाख १४ गते नेपाली भुमि बाट अपहरण मुक्त भएका हुन । अपहरणकारीको चंगुलबाट छुटाउन उनका परिवारले गाउमा चन्दा संकलन गरेर पााच लाख फिरौति बुझाए । छिमेकि र आफन्तबाट पााच हजार देखि पच्चीस हजार सम्म चन्दा संकलन गरी अपहरणकारीलाई भारतको मनपौरमा एक मुस्ट रकम बैशाख १३ गते (शुक्रबार) मध्यरातमा बुझाएको यादवका नातेदार राजेन्द्र प्रसाद यादवले बताए । अपहरित यादव शनिबार बिहान महोत्तरीको भोल्हीबाट अपहरण मुक्त भए । दश लाख फिरौति मागेका अपहरणकारीले फोनमा  लगातार सम्पर्कमा रहेर पााच लाख फिरौति लिएर यादवलाई मुक्त गरे । महोत्तरीको कन्तावामा निमार्णाधिन अवस्थामा रहेको पुलका ठेकेदार उदय यादव संग नजिक रहेका भोलालाई  गत शनिबार अपहरण गरी उनले चढेको ज ४ प ३३६९ नम्बरको मोटर साइकल तरहारि विद्यालय नजिक फालिएको अवस्थामा प्रहरीले बरामद गरे पछि यादवको अपहरण आशंका भएको थियो । ७ गते रातीबाट घर नफर्केको यादवको आफन्तको घरमा ८ गते अपरान्ह् फिरौतिका लागि फोन आए पछि अपहरण भएको पुष्टि भयो । तर पनि अपहरण नै गरिएको भने विश्वास परिवालाई नभएको आफन्त राजेन्द्र यादवले बताए । सााझमा पुन फोन आए पछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।
    यादवका परिवारले फिरौती दिएर अपहरण मुक्त गराउने प्रयासमा थिए भने प्रहरीले सशकुशल यादवलाई मुक्त गराउन जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय गौशालाका सादा पोसाकका प्रहरी व्यापक रुपमा परिचालन गरेका थिए । तर अन्तत: प्रहरी असफल भयो । अपहरणकारीको पहिचान प्रहरीले गर्न नसकेको एक साता पछि फिरौती बुझाउन बाध्य भए । भोलाको अपहरण शैलिमा नै यहाा भएका दुई अपहरणमा हत्या भएका छन् । एक वर्ष अघि बैशाखमा सुन्दरपुर मगरथानामा कृषक सञ्जय शाहको अपहरण गरी पााच लाख फिरौतीमा छोडने सहमति भए पनि हत्या भएको थियो । एक महिना अघि चैत्रमा मात्र सुन्दरपुर मगरथानमा २२ वर्षिय पंकज यादवलार्य अपहरण गरि हत्या गरिएको छ । यादवको परिवार संग सात लाख फिरौती लिएर हत्या गरेका थिए । 
अपहरणकारी उम्किन पाउदैन : एसपी
महोत्तरीमा अपहरण, हत्या र फिरौतिको घटना समान्य बन्दै गएको बेला महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले यादवको अपहरणमा संलग्नको पहिचान भइसकेको बताउछन् । प्रहरीको  प्रारम्भिक अनुसान्धान र पिडितको बयानको अधारमा अपहरणकारी समातिन्छ, खरेलले भन्छन(‘अपहरणकारी उम्कीन पाउदैन । अपहरित व्यक्ति अपहरणकारी संग हुदा उनको ज्यानको जोखिम थियो । प्रहरीले अपहरितको ज्यान बचाउन प्रयास गरे ।’ तर अब अपहरित मुक्त भइसकेकोले प्रहरी तुरुन्तै अपहरणकारीलाई समाउछ, उनले भने । महोत्तरीमा व्यक्ति अपहरणमा पर्ना साथ सर्च अभियान तिब्र हुन्छ । सञ्चारकर्मीलाई प्रहरी अधिकृतले कुनै जानकारी नदिइ नकारात्मक समाचार नलेखि दिन आग्रह गर्छन । अनुसन्धान भइरहेको भन्दै प्रहरी कार्यालय र प्रहरी अधिकृत पन्छिन खोज्छन् । अनुसन्धानमा असर पर्छ, भन्दै प्रहरी अपहरण, फिरौती र हत्याको घटनामा चुप बस्छ ।  पछिल्लो समय महोत्तरीमा अपहरण र हत्यामा संलग्न अपराधि पक्राउ परेको  कुनै उदाहरण प्रहरी कार्यालय संगै छैन ।
सोनमा र सुन्दुरपुरमा अपहरणको शैलि
महात्तरी गौशाला संग जोडिएको सुन्दरपुर, सोनमा मगरथाना सहित आसपासमा अपहरण र फिरौती आतंक मौलाएको छ । अपहरण पछि फिरौति नपाए पछि हत्याको ताजा उदाहरणले सर्वसधारण त्रसित छन ।  अपहरणकारीले समयमा नै फिरौती पाउन नसक्दा असुरक्षीत हुदै जादा अपहरीतको हत्या गर्ने परम्परा बढेको छ । वर्ष दिन अघि सम्म सशस्त्र समुहको अवरणमा फिरौती र हत्याका आतंक बचाउने क्रम रोकिए पनि पेसवरहरुको पेसा रोकिएको छैन । सशस्त्र समुहको आवरण छोडेर अपराधि गिरोह अपहरण र फिरौतीमा सक्रिय छन् । अपराधिको निसानमा युवा परेको छ । एक कि.मि.को दुरीमा रहेको सोनामा र सुन्दरपुरमा एक वर्षमा तीन अपहरण र दुई हत्याको नालिबेलि मिल्दा जुल्दा छन् । एक महिनाको अन्तरालमा मात्रै यहाा दुई अपहरण र एक हत्याको घटना भएको हो । अपहरण पछि अपहरणकारीले स्थानिय बोलचालको भाषामा ५० लाखबाट फिरौतीको डिमाण्ड राख्दै बार्गेनिङ्ग एक साता सम्म चल्छ । दिनमा पटक पटक लामो दुइ पक्षिय कुरा एक साता सम्म हुन्छ । सम्पुर्ण जानकारी पिडित परिवारले प्रहरीलाई तत्कालै जानकारी गराइराखेको हुन्छ । एक साता पछि पााच सात लाखमा मान्छे छोडने सहमति हुन्छ । पैसा भारतिय क्षेत्रमा दिने/लिने सहमति हुन्छ । फिरौती लिएर पिडित पक्ष अपहरणकारीले बोलाएको ठाउमा गए पनि एक दुई दिन सम्म फिरौती नबुझी अपहरणकारीले नालिबेली बुन्न थाल्छ । प्रहरी संगै ल्याएको भन्दै परिवारलाई अपहरितको हत्या गर्ने भने पछि प्रहरीको साथ छोडेर फिरौती बुझाउने चलन छ । फिरौती बुझि सके पछि फोन सम्पर्क हुदैन । अपहरीत कोहि ज्युादै घर फर्किन्छ भने अधिकतर मृत अवस्थमा भेटिन्छ ।  ज्युादो फर्किने व्यक्ति नेपाली भुमिबाट नै मुक्त गरिन्छ । पिडित परिवारहरुका अनुसार मान्छेलाई नेपालमा नै राखेर भारतीय क्षेत्रबाट अपहरणकारीले फिरौतिका लागि बार्गेनिङ्ग गर्ने गर्छन । अपहरणकारी असुरक्षित हुन थाले पछि हतारमा थोरै पैसा लिने वा मान्छे मार्ने प्रवृति विकसित हुदै गएको छ । अपहरण, फिरौती र हत्याको घटनाले महोत्तरीको पश्चिमि दक्षिण व्यपारी केन्द्र गौशाला आसपासका क्षेत्र त्रसित भएको छ । यहाा समपन्न परिवारका छोराहरु गाउमा बस्न छोडिसकेका छन् । अपहरणकै डरले चाड पर्वमा समेत सम्पन्न परिवारका सदस्य गाउ आउन छोडेका हुन ।
धनुषामा अपहरित मुक्त, अपहरणकारी फरार
१६ बैशाख २०७० राती अन्दाजी ९ वजे जिल्ला धनुषा चोराकोयलपुर ८ वस्ने वर्ष ४० को गोपी मण्डललाई चोराकोयलपुरवाट सिरहा जिल्ला तर्फ विवाहको लागि ं. ज४प ७८४५ नम्बरको मोटरसाइकलमा चढी जादै गर्दा जिल्ला धनुषा रघुनाथपुर ७ स्थित वडफुल्वा स्कुल नजिकको रोडवाट अन्दाजी ५/६ जनाको समूहमा रहेका अपरीचित व्यक्तिहरुले मोटरसाइकिल रोकी अपहरण गरी लग्दछ । अपहरण गरि लगेको मण्डलकै फोनवाट अपहरीत व्यक्तिको श्रीमतीसाग फोन गरी अपहरणकारीहरुले रु.१ लाख फिरौती मााग गर्दछ । अपहरणको घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराईन्छ । सोही सम्बन्धमा इलाका प्रहरी कार्यालय सबैलावाट खटिएको प्रहरी निरीक्षक रुपक खड्काको टोलीले मिति २०७०।०१।१७ गते विहान ०४:०० वजेको समयमा जिल्ला धनुषा पटेर्वा ७, बल्टीया भन्ने स्थानवाट अपहरीत मण्डललाई सकुशल मुक्त गराउन सफल हुन्छ । मुक्त गराउने क्रममा अपहरणकारी र प्रहरी विच दोहरो फायरीङ्ग भएको तथा प्रहरीले घटनास्थलवाट १ राउण्ड गोली लोड गरेको नलकटुवा थान १ समेत अन्य अपहरणकारीले प्रयोग गरेका चप्पल र कपडा बरामद गरेको प्रहरी निरीक्षक गोविन्द पुरीले बताए । अपहरणकारी भाग्न उम्कन सफल भएको साथै अपहरणकारीको प्रहरीले ब्यापक खोजी गरिरहेको प्रहरी निरीक्षक पुरीले बताएका छन ।


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete